Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #आदिवासी जनजाति
  • #नेपाल_आदिवासी_ज्ञान
  • #शुक्रराज शर्मा
  • #‘हट स्पट’ रुपन्देही-३
  • #विश्व सिमसार दिवस
  • #राष्ट्रिय जनमुक्ति पार्टी
  • #सामाजिक सुरक्षा कोष
  • #जरा_उद्यान
  • #सिगाना
Search Here
सम्पादकीय
  • Home
  • सम्पादकीय
  • भूकम्पपीडितलाई बाँच्‍न देऊ
भूकम्पपीडितलाई बाँच्‍न देऊ
प्रभाव संवाददाता
प्रभाव संवाददाता सोमबार, मंसिर ४, २०८०

जाजरकोट र रुकुम पश्चिममा भूकम्पले घाउ बनाएर गएको दुई हप्ता बित्दै छ । भूकम्प जानसाथ त्यहाँ पुग्न सरकार प्रमुखहरु हतारिएका थिए । प्रधानमन्त्री पुष्पकमल दाहाल झिसमिसेमै १८ गते जाजरकोट पुगे । राष्ट्रपति रामचन्द्र पौडेल विदेश भ्रमण नै रद्द गरी भूकम्पग्रस्त क्षेत्रमा सवार भए । मन्त्रीहरु धमाधम पुगे । पार्टीका शीर्ष नेताहरु पनि त्यहाँ पुगे । उद्दार र राहतका नाममा विभिन्न घोषणा भए र सामाजिक सञ्जालमा वाहवाही पनि कमाए ।

राष्ट्रियस्तरमा काठमाडौंमा त्यहाँका भूकम्पपीडितका लागि अनेकौं सुरक्षित आवासका लागि विभिन्न जुक्ति सुझाए । सरकारले आह्वान गरेको राहत कोषमा सहयोग गर्नेको ओइरो नै लाग्यो । अहिले सरकारी राहत कोषमा १५ करोड रकम जम्मा भइसकेको छ । तर भूकम्पपीडितले त्रिपालबाहेक सरकारबाट केही पाएका छैनन् । 

भूकम्पमा परी दुई जिल्लाका १५३ जनाको मृत्यु भएको थियो । ६.४ रेक्टर स्केलको भूकम्पमा ज्यान जोगाएकाले पनि राहत नपाउँदा मृत्यु रोज्न बाध्य हुनुपरेको छ अहिले । आठ जनाले उचित न्यानो र उपचार नपाउँदा मृत्यु रोज्न बाध्य भएका छन् । भूकम्पपछि सरकारको पहिलो प्राथमिकता उद्धार नै हो । यसमा तदारुकता देखाएको सरकार त्यसपछिको प्रक्रियागत व्यवस्थापनमा भने चुकेको देखिन्छ । राहत र पुर्नस्थापना अहिलेको प्रमुख आवश्यकता हो ।

Hardik health

मौसम परिवर्तनसँगै रोगको प्रकोप बढ्दो छ । अझ प्राकृतिक प्रकोपग्रस्त क्षेत्रमा एकै ठाउँमा धेरै मानिसहरु बस्नुपर्ने भएकोले संक्रामक रोग फैलने डर हुन्छ । यस्तो बेला सरकारले विशेष ध्यान पु¥याउनुपर्ने हो । अहिले भूकम्पग्रस्त क्षेत्रमा रोग फैलँदो छ । आँखा पाक्ने रोगदेखि सामान्य फ्लुलेसमेत यस्तो बेला जोखिमको अवस्था सिर्जना गराइदिन सक्छ ।

भूकम्पग्रस्त क्षेत्रमा राज्यले उपचारदेखि राहतको विभिन्न प्याकेज घोषणा गरेको सुनिन्छ । संघसंस्था, सेनाप्रहरीको खटाइ त्यतिकै देखिन्छ । तर चिसोका कारण भूकम्पपीडितको ज्यान जाने क्रम बढ्दो छ । भूकम्पपीडितको बसाइ क्षेत्रमा रोगको प्रकोप फैलने खतरा उस्तै छ । जाजरकोट र रुकुम पश्चिमको पछिल्लो अवस्था हेर्दा त्यहाँ न त राज्य गम्भीर भएको देखिन्छ, न त प्रमुख राजनीतिक दल नै । भूकम्पमा त बालबाल बाँचेकै थिए, तर चिसोले उनीहरुलाई नछोड्ने भए । के राज्यले नागरिकको ज्यान जोगाउन सक्दैन ? भूकम्पपीडितलाई बाँच्न देऊ सरकार ।
 


प्रकाशित मिति: सोमबार, मंसिर ४, २०८०  ११:४९
प्रतिक्रिया दिनुहोस्
थप सम्पादकीय
साङ्ताबासीको प्रस्ताव अनुमोदन गर
साङ्ताबासीको प्रस्ताव अनुमोदन गर बिहीबार, माघ २२, २०८२
निपाहको जोखिम नियन्त्रण गर
निपाहको जोखिम नियन्त्रण गर बुधबार, माघ २१, २०८२
स्वास्थ्य बिमामा बोझ, सरकारको बदनियत
स्वास्थ्य बिमामा बोझ, सरकारको बदनियत मंगलबार, माघ २०, २०८२
ग्यासको कृत्रिम अभाव नियन्त्रण गर
ग्यासको कृत्रिम अभाव नियन्त्रण गर सोमबार, माघ १९, २०८२
निर्वाचनसँगै बजेट कार्यान्वयनमा ध्यान देऊ
निर्वाचनसँगै बजेट कार्यान्वयनमा ध्यान देऊ आइतबार, माघ १८, २०८२
हिमपात र चिसोमा सावधानी अपनाऔं
हिमपात र चिसोमा सावधानी अपनाऔं शुक्रबार, माघ १६, २०८२
आश्वासनको पोकामात्र नबनोस् घोषणापत्र 
आश्वासनको पोकामात्र नबनोस् घोषणापत्र  बिहीबार, माघ १५, २०८२
लोकप्रिय
  • Week
  • Month
पुलिस रिपोर्ट प्रमाणीकरणले युएई रोजगारीमा झमेला
पुलिस रिपोर्ट प्रमाणीकरणले युएई रोजगारीमा झमेला
असफल नेतृत्वको ‘सिंगापुर’ सपना
असफल नेतृत्वको ‘सिंगापुर’ सपना
एआई, रोबोटिक्स र कोडिङको राष्ट्रिय प्रतियोगिता ‘कोडभर ७.०’ हुँदै
एआई, रोबोटिक्स र कोडिङको राष्ट्रिय प्रतियोगिता ‘कोडभर ७.०’ हुँदै
रोजगारदाता परिवर्तन गर्ने नियममा कोरियाका आधा कम्पनीको समर्थन
रोजगारदाता परिवर्तन गर्ने नियममा कोरियाका आधा कम्पनीको समर्थन
निर्वाचन आचार संहिताविपरीत कार्य गरेको भन्दै  गुठी संस्थानलाई आयोगकाे पत्र
निर्वाचन आचार संहिताविपरीत कार्य गरेको भन्दै गुठी संस्थानलाई आयोगकाे पत्र
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
पुलिस रिपोर्ट प्रमाणीकरणले युएई रोजगारीमा झमेला
पुलिस रिपोर्ट प्रमाणीकरणले युएई रोजगारीमा झमेला
वैकल्पिक राजनीतिको परीक्षाः एकता, एजेण्डा र आत्मसम्मान
वैकल्पिक राजनीतिको परीक्षाः एकता, एजेण्डा र आत्मसम्मान
नाट्टाले गर्‍याे 'फितुर- २०२६' मा सहभागी नेपाली प्रतिनिधिमण्डललाई बिदाइ
नाट्टाले गर्‍याे 'फितुर- २०२६' मा सहभागी नेपाली प्रतिनिधिमण्डललाई बिदाइ
असफल नेतृत्वको ‘सिंगापुर’ सपना
असफल नेतृत्वको ‘सिंगापुर’ सपना
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP