Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #फार्मर्स_मार्केट
  • #Farmer's market
  • #गोकर्णेश्वर_नगरपालिका
  • #प्रतिनिधि सभा बैठक
  • #राजेन्द्र_राई
  • #अमेरिका_ठगी
  • #मिड_डे_मील
  • #मुक्तिनाथ_बैंक
  • #शिशिर खनाल
Search Here
सम्पादकीय
  • Home
  • सम्पादकीय
  • पराजयबाट पनि नसिक्ने ओली
पराजयबाट पनि नसिक्ने ओली
प्रभाव संवाददाता
प्रभाव संवाददाता शुक्रबार, जेठ २२, २०८३

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बुधबार दिएको अभिव्यक्तिले एउटा कुरा स्पष्ट गरेको छ– उनी अझै पनि आफ्नो राजनीतिक असफलताको समीक्षा गर्न तयार छैनन् । बरु उनी पराजय, असन्तुष्टि र पार्टीभित्र उठेका प्रश्नहरूलाई बेवास्ता गर्दै अहंकारमै टिकिरहने ध्येयमा छन् । 

‘झोला फ्याँकेर बीचमै हिँड्दिनँ’ भन्ने उनको अभिव्यक्ति झट्ट सुन्दा जिम्मेवारीबाट नभाग्ने नेताको भनाइजस्तो लाग्छ । तर, प्रश्न उनले आफ्नो नेतृत्वमा भएका असफलताहरूको जिम्मेवारी कहिले लिन्छन् भन्ने हो । ओली मूल नेता रहेको तत्कालीन नेकपा एक समय नेपालको सबैभन्दा शक्तिशाली राजनीतिक शक्ति थियो । २०७४ सालको निर्वाचनमा झण्डै दुईतिहाइ जनादेश प्राप्त गरेको थियो । पछि विघटन भए पनि मूलधार एमाले रहेको र यतिबेला उक्त दल इतिहासकै कमजोर अवस्थामा पुगेको छ । त्यो जनादेश विपक्षीले खोसेको होइन, स्वयं ओली नेतृत्वले गुमाएको हो । जनताले स्थायित्वका लागि दिएको मत संसद् विघटन, सत्ता संघर्ष र पार्टी विभाजनमा खर्च भयो । राजनीतिक इतिहासमा दुर्लभ अवसर पाएको ओलीले त्यसलाई जोगाउन नसक्नु सामान्य कमजोरी होइन, गम्भीर असफलता हो ।

ओली शैलीकै कारण एमाले नेपाली कम्युनिस्ट आन्दोलनमा ‘धिपधिपे’ पार्टी बन्दै गएको छ । जनमत खस्किएको तथ्यले पनि बताउँछ । पार्टीबाट युवापुस्ता टाढिएको छ । चुनावमा शर्मनाक हार भयो । तर, ओली भने अझै पनि समस्या आफूभित्र होइन, अरूमा देखिरहेका छन् । सबैभन्दा चिन्ताजनक कुरा त बदलिएको नेपाली समाज र युवापुस्ताको राजनीतिक चेतनाप्रति ओलीको दृष्टिकोण हो । गत वर्षको २३ र २४ भदौमा भएको जेन–जी विद्रोहलाई उनले आजसम्म पनि स्वीकार गर्न सकेका छैनन् । भ्रष्टाचारविरुद्ध, सुशासनका पक्षमा र पुराना राजनीतिक संस्कारविरुद्ध सडकमा उत्रिएका हजारौं युवालाई उनले बुधबार देशद्रोही, विध्वंसकारी र षड्यन्त्रकारीको संज्ञा दिए । लोकतन्त्रमा जनताको आवाज सुन्नुपर्ने नेता जनताको आवाजसँग डराउने अवस्थामा पुगे भने त्यो नेतृत्व संकटको संकेत हो ।

Hardik health

आज एमालेभित्र नेतृत्व हस्तान्तरणको बहस चर्किएको छ । पार्टी पुनर्गठनको मुद्दा सचिवालय बैठकमा जोड्तोडले उठ्यो । उनी रक्षात्मक अवस्थामा पुगेका छन् । तर, ओलीले फेरि पनि नेतृत्व नछाड्ने मुडमा देखिए । उनी अझै पनि आफूलाई समस्याको समाधानकर्ता ठानिरहेका छन्, जबकि पछिल्ला घटनाक्रमहरूले उनी स्वयं समस्याको प्रमुख कारण बनेको देखाएका छन् ।
उसो त उनी जनताले दिएको ऐतिहासिक अवसर गुमाइसकेपछि पनि आत्मसमीक्षा होइन, आत्मरति गरिरहेका छन् । यही प्रवृत्ति कायम रहने हो भने एमालेको संकट झन् गहिरिनेछ र इतिहासले ओलीलाई पार्टी र आन्दोलनको सफायकर्ता नेतृत्व भनेर गिज्याउने छ ।  
 


प्रकाशित मिति: शुक्रबार, जेठ २२, २०८३  ११:३२
प्रतिक्रिया दिनुहोस्
थप सम्पादकीय
शैक्षिक बेथितिमा लगामः स्वागतयोग्य कदम
शैक्षिक बेथितिमा लगामः स्वागतयोग्य कदम शुक्रबार, असार २६, २०८३
संविधान संशोधनमा सर्वपक्षीय सहमति अनिवार्य
संविधान संशोधनमा सर्वपक्षीय सहमति अनिवार्य बिहीबार, असार २५, २०८३
अर्थतन्त्र ब्युँताउने मौद्रिक नीतिको आवश्यकता
अर्थतन्त्र ब्युँताउने मौद्रिक नीतिको आवश्यकता मंगलबार, असार २३, २०८३
डेंगु संक्रमणबाट जोगिन सतर्कता अपनाऔं
डेंगु संक्रमणबाट जोगिन सतर्कता अपनाऔं सोमबार, असार २२, २०८३
आशालाग्दा संकेत, अलमलिएको कार्यशैली
आशालाग्दा संकेत, अलमलिएको कार्यशैली आइतबार, असार २१, २०८३
वर्षाले धराप बन्दै काठमाडौंका सडक
वर्षाले धराप बन्दै काठमाडौंका सडक शुक्रबार, असार १९, २०८३
‘पम्प माफिया’ माथि डण्डा चलाऊ
‘पम्प माफिया’ माथि डण्डा चलाऊ बिहीबार, असार १८, २०८३
लोकप्रिय
  • Week
  • Month
 ‘साइली’  र ‘छ लिसे'  म्युजिक भिडियो सार्वजनिक
 ‘साइली’ र ‘छ लिसे' म्युजिक भिडियो सार्वजनिक
कल्याणकारी कोषको दायरा फराकिलो बनाइँदै
कल्याणकारी कोषको दायरा फराकिलो बनाइँदै
नेयमारद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट बिदाइको संकेत
नेयमारद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट बिदाइको संकेत
कलाकारलाई प्रविधिमा पोख्त हुन सुझाव
कलाकारलाई प्रविधिमा पोख्त हुन सुझाव
गार्जेनसिपको घण्टी मट्याङ्ग्रोको बिदाइ
गार्जेनसिपको घण्टी मट्याङ्ग्रोको बिदाइ
तीन म्यानपावरमाथि विभागको कारबाही
तीन म्यानपावरमाथि विभागको कारबाही
बोनको सन्देशः भूमि जोगाउने लडाइँमा महिलाको नेतृत्व र जलवायु वित्तको आवश्यकता
बोनको सन्देशः भूमि जोगाउने लडाइँमा महिलाको नेतृत्व र जलवायु वित्तको आवश्यकता
गायिका मेलिनाकाे 'कहीँ नभाको जात्रा'
गायिका मेलिनाकाे 'कहीँ नभाको जात्रा'
वैदेशिक रोजगार व्यवसायी एसोसिएसनको १३औँ साधारणसभा सम्पन्न
वैदेशिक रोजगार व्यवसायी एसोसिएसनको १३औँ साधारणसभा सम्पन्न
डंगोलको उपन्यास ‘बदलिएको आकाश’ सार्वजनिक 
डंगोलको उपन्यास ‘बदलिएको आकाश’ सार्वजनिक 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP