काठमाडौं– सामाखुसी तामाङ परिवार कोषमा नयाँ कार्यसमिति चयन भएको छ ।
शनिबार सम्पन्न कोषको ११औं अधिवेशनबाट शेरबहादुर तामाङको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरिएको हो ।
नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा डम्बरबहादुर लामा, महिला उपाध्यक्षमा जमुना स्याङबो, महासचिवमा बाबुराम लोप्चन, सचिवमा राजुकुमार बमजन र कोषाध्यक्षमा सावित्री (सबि) लामा चयन भएका छन् ।
यसैगरी सदस्यहरुमा लिलिमा तामाङ, मैया तामाङ, शुशिला लामा, लालबहादुर पाख्रिन र ईश्वर घिसिङ निर्वाचित भएको संस्थाले जानकारी दिएको छ ।
सामाखुसी क्षेत्रमा बसोबास गर्ने तामाङहरुलाई संगठित गर्दै वि.सं. २०५० सालमा स्थापना भएको यो संस्थाले विभिन्न सामाजिक कार्यहरु सञ्चालन गर्दै आएको छ ।