Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #राजेन्द्र_राई
  • #प्रतिनिधि सभा बैठक
  • #फार्मर्स_मार्केट
  • #Farmer's market
  • #गोकर्णेश्वर_नगरपालिका
  • #सुनचाँदीको_मूल्य
  • #परराष्ट्रमन्त्री
  • #शिशिर खनाल
  • #शिष्टाचार_भेटवार्ता
Search Here
सम्पादकीय
  • Home
  • सम्पादकीय
  • सीमा समस्या समाधान ‘गफ’मै सीमित
सीमा समस्या समाधान ‘गफ’मै सीमित
प्रभाव संवाददाता
प्रभाव संवाददाता सोमबार, जेठ २५, २०८३

भारतसँगको सीमा विवाद नेपालको राष्ट्रिय हित, सार्वभौमिकता र भू-राजनीतिक संवेदनशीलतासँग जोडिएको विषय हो । यस्तो विषयमा प्रधानमन्त्रीको तहबाट आउने अभिव्यक्ति तथ्यमा आधारित र राष्ट्रिय अडानसँग मेल खाने हुनुपर्छ । तर, प्रधानमन्त्री वालेन्द्र शाहले १७ जेठको संसद् बैठकमा ‘नेपालले पनि भारतको जग्गा धेरै ठाउँ मिचेको रहेछ’ भन्ने अभिव्यक्ति कुनै तथ्य र नेपालको अडानमा आधारित छैन । 

प्रधानमन्त्रीको अभिव्यक्ति सार्वजनिक भएपछि विपक्षी दलहरूले भने कहाँ-कहाँ नेपालले भारतको भूमि मिचेको छ भन्दै जवाफ मागे । सीमाविद्हरूले पनि नेपालले भारतको भूमि अतिक्रमण गरेको निष्कर्षलाई स्वीकार गर्न नसकिने बताए । परराष्ट्र मन्त्रालयले पछि स्पष्टीकरण दिँदै केही स्थानमा ‘क्रस बोर्डर अकुपेसन’ र दशगजा अतिक्रमणको समस्या रहेको बतायो । तर, प्रधानमन्त्रीले प्रयोग गरेको भाषा र मन्त्रालयले दिएको प्राविधिक व्याख्याबीच स्पष्ट अन्तर देखियो । यसले सरकारभित्र नै विषयको पर्याप्त तयारी र एकरूपता नभएको प्रस्टिन्छ ।

यही विवादकाबीच सरकारका परराष्ट्रमन्त्री शिशिर खनाल भारत भ्रमणमा गएर आइतबारमात्रै स्वदेश फर्किए । भारतमा छँदा उनका समकक्षीसँग भेटघाट गरे । त्यस क्रममा सीमा समस्याबारे छलफल भएको जानकारी दिइयो । कूटनीतिक संयन्त्रमार्फत समस्या समाधान गरिने पुरानै प्रतिबद्धता सुनाए । सुगौली सन्धिसम्बन्धी ऐतिहासिक दस्तावेज खोज्न बेलायतसम्मको सहयोग लिन सकिने चर्चा पनि गरे । तर प्रश्न उठ्छ- यी सबै कुरा नयाँ के हुन् ? नेपालले विगत दुई दशकदेखि यिनै विषय उठाउँदै आएको छ । संयन्त्र सक्रिय छ भन्ने भनाइ पनि नयाँ होइन । तर, परिणाम कहाँ छ ?

Hardik health

अर्कोतर्फ, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने पनि भारत भ्रमणमा खनालभन्दा अघि गएका थिए । उनले सीमा विवादलाई ढोल बजाएर नभई कूटनीतिक माध्यमबाट समाधान गर्नुपर्ने धारणा राखे । हिन्दूस्तान टाइम्समा प्रकाशित उनको लेखमा नेपाल-भारत सम्बन्धलाई विकास, व्यापार, ऊर्जा र कनेक्टिभिटीमा केन्द्रित गर्नुपर्ने कुरा उल्लेख थियो । यी विषय महŒवपूर्ण हुन् । तर, सीमा विवादजस्तो राष्ट्रिय सरोकारको विषयमा उनको भ्रमणबाट कुनै ठोस कूटनीतिक उपलब्धि वा नयाँ पहलको संकेत देखिएन ।

यहाँ फेरि प्रश्न उठ्छ- प्रधानमन्त्रीको विवादास्पद अभिव्यक्ति, परराष्ट्रमन्त्रीको भारत भ्रमण र सत्तारुढ रास्वपाका सभापति लामिछानेको भारत भ्रमण यी सबै लगभग एउटै समयावधिमा भए । तर, सीमा समस्याको समाधानतर्फ ठोस रूपमा के उपलब्धि हासिल भयो ? कुनै नयाँ वार्ता संयन्त्र बनेन । कुनै समयसीमा तय भएन । प्रबुद्ध समूहको प्रतिवेदन सार्वजनिक भएन । कुनै राजनीतिक तहको समझदारी पनि देखिएन ।

यसले सरकारको प्राथमिकतामाथि प्रश्न उठाउँछ । यदि प्रधानमन्त्री शाहले वास्तवमै सीमा समस्यालाई गम्भीरतापूर्वक लिएका हुन् भने त्यसलाई संसद्मा विवादास्पद अभिव्यक्तिमा सीमित राख्नु हुँदैन । त्यसपछि त्यसलाई ठोस कूटनीतिक एजेण्डामा रूपान्तरण गर्नुपथ्र्यो । परराष्ट्रमन्त्रीको भ्रमण त्यसका लागि अवसर बन्न सक्थ्यो । सत्तारुढ दलका सभापतिको भारत भ्रमणले पनि विश्वास निर्माण र संवाद विस्तारमा भूमिका खेल्न सक्थ्यो । तर, त्यस्तो भएन । सीमा समस्याबारे रास्वपा नेताहरूको भाषण धेरै, परिणाम भने शून्यजस्तै भएको देखिएको छ ।
 


प्रकाशित मिति: सोमबार, जेठ २५, २०८३  ११:०८
प्रतिक्रिया दिनुहोस्
थप सम्पादकीय
शैक्षिक बेथितिमा लगामः स्वागतयोग्य कदम
शैक्षिक बेथितिमा लगामः स्वागतयोग्य कदम शुक्रबार, असार २६, २०८३
संविधान संशोधनमा सर्वपक्षीय सहमति अनिवार्य
संविधान संशोधनमा सर्वपक्षीय सहमति अनिवार्य बिहीबार, असार २५, २०८३
अर्थतन्त्र ब्युँताउने मौद्रिक नीतिको आवश्यकता
अर्थतन्त्र ब्युँताउने मौद्रिक नीतिको आवश्यकता मंगलबार, असार २३, २०८३
डेंगु संक्रमणबाट जोगिन सतर्कता अपनाऔं
डेंगु संक्रमणबाट जोगिन सतर्कता अपनाऔं सोमबार, असार २२, २०८३
आशालाग्दा संकेत, अलमलिएको कार्यशैली
आशालाग्दा संकेत, अलमलिएको कार्यशैली आइतबार, असार २१, २०८३
वर्षाले धराप बन्दै काठमाडौंका सडक
वर्षाले धराप बन्दै काठमाडौंका सडक शुक्रबार, असार १९, २०८३
‘पम्प माफिया’ माथि डण्डा चलाऊ
‘पम्प माफिया’ माथि डण्डा चलाऊ बिहीबार, असार १८, २०८३
लोकप्रिय
  • Week
  • Month
 ‘साइली’  र ‘छ लिसे'  म्युजिक भिडियो सार्वजनिक
 ‘साइली’ र ‘छ लिसे' म्युजिक भिडियो सार्वजनिक
नेयमारद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट बिदाइको संकेत
नेयमारद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट बिदाइको संकेत
कलाकारलाई प्रविधिमा पोख्त हुन सुझाव
कलाकारलाई प्रविधिमा पोख्त हुन सुझाव
सूचनाको हकका लागि राष्ट्रिय महासंघ बागमति प्रदेशको प्रथम अधिवेशन सम्पन्न
सूचनाको हकका लागि राष्ट्रिय महासंघ बागमति प्रदेशको प्रथम अधिवेशन सम्पन्न
कल्याणकारी कोषको दायरा फराकिलो बनाइँदै
कल्याणकारी कोषको दायरा फराकिलो बनाइँदै
तीन म्यानपावरमाथि विभागको कारबाही
तीन म्यानपावरमाथि विभागको कारबाही
बोनको सन्देशः भूमि जोगाउने लडाइँमा महिलाको नेतृत्व र जलवायु वित्तको आवश्यकता
बोनको सन्देशः भूमि जोगाउने लडाइँमा महिलाको नेतृत्व र जलवायु वित्तको आवश्यकता
गायिका मेलिनाकाे 'कहीँ नभाको जात्रा'
गायिका मेलिनाकाे 'कहीँ नभाको जात्रा'
वैदेशिक रोजगार व्यवसायी एसोसिएसनको १३औँ साधारणसभा सम्पन्न
वैदेशिक रोजगार व्यवसायी एसोसिएसनको १३औँ साधारणसभा सम्पन्न
डंगोलको उपन्यास ‘बदलिएको आकाश’ सार्वजनिक 
डंगोलको उपन्यास ‘बदलिएको आकाश’ सार्वजनिक 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP