Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #८०औँ स्वतन्त्रता दिवस
  • #३२ औं तामाङ प्रसारण दिवस
  • #शेरबहादुर देउवा
  • #नेपाली कांग्रेस
  • #शेरबहादुर देउवा समूह
  • #डा. शेखर कोइराला
  • #‘ए मैना सुनन’
  • #राष्ट्रियसभा
  • #सन्तोष परियार
Search Here
सम्पादकीय
  • Home
  • सम्पादकीय
  • कागजी निर्देशनमा होइन व्यवहारमा देखियोस् न्यायालय सुधार
कागजी निर्देशनमा होइन व्यवहारमा देखियोस् न्यायालय सुधार
प्रभाव संवाददाता
प्रभाव संवाददाता बिहीबार, जेठ २१, २०८३

प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माले सोमबार उच्च अदालतका मुख्य न्यायाधीशहरुलाई २१ बुँदे निर्देशन दिए । अदालतमा मुद्दाहरु धेरै समयदेखि अड्किएको विषयलाई सम्बोधन गर्न प्रधानन्यायाधीशले उच्च अदालतका १८ वटा इजलासलाई केन्द्रित गरेर उक्त निर्देशन दिएका हुन् ।

नेपालमा राजनीतिमा संलग्न नेता, कर्मचारीपछि सबैभन्दा बढी आलोचित कुनै निकाय छ भने त्यो न्यायालय हो । न्याय पाउने अन्तिम मन्दिरका रुपमा हेरिने अदालतमा न्यायको किनबेच हुनेदेखि सेवाग्राहीलाई दुःख दिने नियतले तहतहको अदालत धाउन बाध्य पार्ने अधिवक्ताहरुलाई बिचौलियाका रुपमा हेरिन्छ । उनीहरुमार्फत न्यायाधीशसमेत प्रभावित हुने आरोप अदालतमाथि लाग्दै आएको छ ।

सामान्यतय न्यायको ढोका ढक्ढकाउँदै सुरुमा सेवाग्राही जिल्ला अदालत पुग्छन् । जिल्ला अदालतमा लेखापढी व्यवसायी, अधिवक्ता, बिचौलियाको फन्दामा परेकाहरु फैसला आफ्नो पक्षमा पार्न अनेक तिकडम् गर्न पछि पर्दैनन् । दुवै पक्षको दाबी हेरेर न्यायाधीशलाई प्रभावित पारी अन्यायमा परेकालाई न्याय नदिने चलन बढेको अधिवक्ताहरु नै बताउँछन् । यसले मुद्दा जिल्लाबाट उच्चमा पुग्छ र न्यायाधीश र अधिवक्ताहरुले थप काम पाउँछन् । एवं रितले मुद्दाको समय लम्बिँदै सर्वोच्चसम्म पुग्छ । उसैगरी विशेषमा पनि पुग्छ ।

Hardik health

न्यायको तहगत संरचनाको फाइदा उठाउँदै बिचौलियाले यसरी खेल्दा सर्वसाधारणले दुःख पाएका कयौं उदाहरण छन् । त्यसैले प्रधानन्यायाधीशले मुख्यगरी यही पुसभित्र १८ महिना नाघेका मुद्दालाई शून्यमा झार्न निर्देशन दिनु स्वागतयोग्य कदम हो । तर के अब यो विषय निर्देशनमा सीमित भएर हुन्छ त ? पक्कै पनि हुँदैन । यस्तो विषय उच्च अदालतमामात्र हैन जिल्ला अदालत र सर्वोच्च अदालतमा पनि लागू हुनुपर्छ । 

२१ बुँदामा रहेका निर्देशन जिल्ला अदालत, विशेष अदालत र सर्वोच्चमा पनि लागू हुनुपर्छ । पछिल्लो समय सुकुम्बासी बस्ती भत्काइसकेपछि नभत्काउनु भनेर आदेश दिनेजस्ता कदम सर्वोच्चबाटै भएका छन् । अदालतमा मुद्दाको फैसला ढिलो हुँदा सेवाग्राहीले समयको बर्बादी, आर्थिक भार र मानसिक तनावजस्ता गम्भीर सास्तीहरू भोग्नुपर्छ । यसले ‘ढिलो न्याय भनेको न्याय नदिनुसरह हो’ भन्ने भनाइलाई चरितार्थ गर्छ ।

नेतृत्वमा नयाँ व्यक्ति पुगेपछि आफूलाई चिनाउन केही न केही नयाँ निर्देशन दिने वा निर्र्णय गर्ने चलन पहिलेबाटै हो । यस खालका निर्देशन लागू गराउन पहिले आफैं पनि सही तवरले ‘एक्सन’मा उत्रनुपर्छ । कागजी निर्देशनसँगै व्यवहारमै काम देखिए बल्ल सेवाग्राहीले शान्तिको सास फेर्न पाउने छन् ।
 


प्रकाशित मिति: बिहीबार, जेठ २१, २०८३  ११:३८
प्रतिक्रिया दिनुहोस्
थप सम्पादकीय
वैदेशिक रोजगार क्षेत्रको बेथिति र ६० दिने सम्झौता 
वैदेशिक रोजगार क्षेत्रको बेथिति र ६० दिने सम्झौता  मंगलबार, भदौ २, २०८३
नागरिकको ज्यान पहिलो प्राथमिकता
नागरिकको ज्यान पहिलो प्राथमिकता सोमबार, भदौ १, २०८३
संसदीय मर्यादा र विधिको कसी
संसदीय मर्यादा र विधिको कसी आइतबार, साउन ३१, २०८३
ग्यास कहाँ पाइन्छ सरकार ?
ग्यास कहाँ पाइन्छ सरकार ? शुक्रबार, साउन २९, २०८३
नयाँ राजनीतिको पुरानै चरित्र
नयाँ राजनीतिको पुरानै चरित्र बिहीबार, साउन २८, २०८३
कूटनीतिमा बदलिएका वालेन्द्र
कूटनीतिमा बदलिएका वालेन्द्र बुधबार, साउन २७, २०८३
फुटबललाई मृत्युशय्याबाट ब्युँझाऊ
फुटबललाई मृत्युशय्याबाट ब्युँझाऊ मंगलबार, साउन २६, २०८३
लोकप्रिय
  • Week
  • Month
वैदेशिक रोजगारीमा कीर्ते गर्नेलाई १२ वर्षसम्म कैदको प्रस्ताव 
वैदेशिक रोजगारीमा कीर्ते गर्नेलाई १२ वर्षसम्म कैदको प्रस्ताव 
कालो पट्टी बाँधेर सरकारविरुद्ध सांकेतिक विरोध 
कालो पट्टी बाँधेर सरकारविरुद्ध सांकेतिक विरोध 
विभागको कार्यालयमा व्यवसायीले दिए धर्ना
विभागको कार्यालयमा व्यवसायीले दिए धर्ना
वीरगञ्जमा भारतको ८०औँ स्वतन्त्रता दिवस उत्साहपूर्वक मनाइयो
वीरगञ्जमा भारतको ८०औँ स्वतन्त्रता दिवस उत्साहपूर्वक मनाइयो
नारामा सीमित नीति, पलायन हुन बाध्य युवा
नारामा सीमित नीति, पलायन हुन बाध्य युवा
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
सरकारले सभापति थापामाथि निगरानी बढाएको कांग्रेसको आरोप
सरकारले सभापति थापामाथि निगरानी बढाएको कांग्रेसको आरोप
व्यवसाय बन्द गर्ने चेतावनीकाबीच थप ८९ म्यानपावरमाथि विभागको कारबाही
व्यवसाय बन्द गर्ने चेतावनीकाबीच थप ८९ म्यानपावरमाथि विभागको कारबाही
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP