Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #फार्मर्स_मार्केट
  • #Farmer's market
  • #गोकर्णेश्वर_नगरपालिका
  • #प्रतिनिधि सभा बैठक
  • #राजेन्द्र_राई
  • #अमेरिका_ठगी
  • #मिड_डे_मील
  • #मुक्तिनाथ_बैंक
  • #शिशिर खनाल
Search Here
सम्पादकीय
  • Home
  • सम्पादकीय
  • जवाफदेही बन प्रधानमन्त्री
जवाफदेही बन प्रधानमन्त्री
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, जेठ २६, २०८३

प्रधानमन्त्री वालेन्द्र शाहले यही १७ जेठमा दिएको सीमासम्बन्धी विवादित अभिव्यक्तिले देशको राजनीति तरंगित छ । सीमा र राष्ट्रियताजस्तो संवेदनशील विषयमा आएको उनको अभिव्यक्ति अपरिपक्व, बेढंगी र राष्ट्रघाती हो । देशको सार्वभौमिकता जोडिएको मामिलामा प्रधानमन्त्रीकोे तहबाट यस्तो तथ्यहीन अभिव्यक्ति आउनु सामान्य होइन । उनले संसद्को रोस्ट्रमबाट भनेका थिए, ‘नेपालले पनि भारतको जग्गा धेरै ठाउँ मिचेको रहेछ ।’ यो कुनै बेवास्ता गर्न मिल्ने टिप्पणी होइन ।

विपक्षीहरूले सदनबाटै प्रधानमन्त्रीले जनतासँग माफी मागून् भनिरहेका छन् । नमागुञ्जेलसम्म संसद् अवरोध जारी रहने चेतावनी दिएका छन् । यही बुझेर सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सोमबार सर्वदलीय बैठक बोलाए । बैठकमा सबै विपक्षी दलको एउटै स्वर थियो–संसद्बाटै क्षमायाचनासहित माफी । विपक्षी दलहरूले १७ जेठमै क्षमायाचनासहित माफी प्रधानमन्त्रीले माग्नुपर्ने अडान लिएका थिए ।

यता प्रधानमन्त्री शाह माफी माग्न त के संसद्मा आउन नै तयार छैनन् । यसको प्रत्यक्ष प्रभाव संसद् बैठकमा परेको छ । बजेटमाथिको छलफल अवरुद्ध भएको छ । प्रधानमन्त्रीले कुन तथ्यमा आधारित थियो भन्ने बताएका छैनन् । पुष्टि हुनेगरी कुनै आधिकारिक दस्तावेज सार्वजनिक गरेका छैनन् । यसले झन् शंका बढाएको छ ।

Hardik health

यदि, प्रधानमन्त्रीसँग प्रमाण छ भने राष्ट्रलाई देखाउनुपर्छ । प्रमाण छैन भने अभिव्यक्ति सच्याउनुपर्छ । जनतासँग माफी माग्नैपर्छ । लोकतन्त्रमा यही अभ्यास प्रचलित छ । यही राजनीतिक संस्कार हो । गल्ती स्वीकार गर्नु कमजोरी होइन, त्यो जिम्मेवारीबोध हो ।
राष्ट्रियतासँग जोडिएको सवालमा विपक्षी दलहरूले खबरदारी गर्नु स्वाभाविक हो । यो उनीहरूको जिम्मेवारी पनि हो । तर प्रश्नको जवाफ दिनै नचाहने प्रधानमन्त्री शाहको प्रवृत्ति सीधा गैरजिम्मेवार ठहरिन्छ । त्यसैले संस्मा जारी अवरोध हटाउने भनेको उनै प्रधानमन्त्री स्वयं उपस्थित भएर जवाफ दिनु हो । मौनता समाधान होइन । मौनता झन् समस्या हो । मौनताले अविश्वास बढाउँछ, विवाद लम्ब्याउँछ । त्यसैले मौन बसेर संसद्लाई बन्धक नबनाइयोस् ।

प्रधानमन्त्रीले बुझ्नुपर्छ, संसद् सरकारको विपक्षी होइन । संसद् लोकतन्त्रको सर्वोच्च राजनीतिक मञ्च हो । त्यहाँ उठेका प्रश्नको उत्तर दिनु सरकारको कर्तव्य हो । प्रधानमन्त्रीको झन् ठूलो दायित्व हो । सीमासम्बन्धी विषयमा राष्ट्र संवेदनशील छ । नेपाली जनताको भावना जोडिएको छ । यस्तो विषयमा आएका अभिव्यक्तिको व्याख्या र स्पष्टीकरण अनिवार्य हुन्छ । त्यसबाट प्रधानमन्त्री भाग्न मिल्दैन । उनले राजनीतिमा आउँदा जवाफदेहिता र पारदर्शिताको कुरा गरेका थिए । पुराना राजनीतिक प्रवृत्तिको आलोचना गरेका थिए । जनताले पनि त्यही आशा गरेका थिए । आज त्यही मापदण्ड उनैमाथि लागू भएको छ ।

लोकतन्त्रमा लोकप्रियतामात्र पर्याप्त हुँदैन । उत्तरदायित्व पनि चाहिन्छ । आलोचना सहने क्षमता पनि चाहिन्छ । संसद्को सामना गर्ने साहस पनि चाहिन्छ । देश अहिले अनावश्यक विवादमा अल्झिएको छ । संसद् अवरुद्ध छ । बजेटमाथिको बहस प्रभावित छ । कानुन निर्माणको प्रक्रिया रोकिएको छ । यो अवस्था लामो समयसम्म रहनु हुँदैन । त्यसैले प्रधानमन्त्रीले अब ढिला गर्नु हुँदैन । संसद्मा आउनुपर्छ । आफ्नो भनाइको आधार प्रस्तुत गर्नुपर्छ । प्रमाण छ भने देखाउनुपर्छ । छैन भने सच्याउनुपर्छ । आवश्यक परे देशवासीसँग माफी माग्नुपर्छ ।
 


प्रकाशित मिति: मंगलबार, जेठ २६, २०८३  ११:१०
प्रतिक्रिया दिनुहोस्
थप सम्पादकीय
शैक्षिक बेथितिमा लगामः स्वागतयोग्य कदम
शैक्षिक बेथितिमा लगामः स्वागतयोग्य कदम शुक्रबार, असार २६, २०८३
संविधान संशोधनमा सर्वपक्षीय सहमति अनिवार्य
संविधान संशोधनमा सर्वपक्षीय सहमति अनिवार्य बिहीबार, असार २५, २०८३
अर्थतन्त्र ब्युँताउने मौद्रिक नीतिको आवश्यकता
अर्थतन्त्र ब्युँताउने मौद्रिक नीतिको आवश्यकता मंगलबार, असार २३, २०८३
डेंगु संक्रमणबाट जोगिन सतर्कता अपनाऔं
डेंगु संक्रमणबाट जोगिन सतर्कता अपनाऔं सोमबार, असार २२, २०८३
आशालाग्दा संकेत, अलमलिएको कार्यशैली
आशालाग्दा संकेत, अलमलिएको कार्यशैली आइतबार, असार २१, २०८३
वर्षाले धराप बन्दै काठमाडौंका सडक
वर्षाले धराप बन्दै काठमाडौंका सडक शुक्रबार, असार १९, २०८३
‘पम्प माफिया’ माथि डण्डा चलाऊ
‘पम्प माफिया’ माथि डण्डा चलाऊ बिहीबार, असार १८, २०८३
लोकप्रिय
  • Week
  • Month
 ‘साइली’  र ‘छ लिसे'  म्युजिक भिडियो सार्वजनिक
 ‘साइली’ र ‘छ लिसे' म्युजिक भिडियो सार्वजनिक
कल्याणकारी कोषको दायरा फराकिलो बनाइँदै
कल्याणकारी कोषको दायरा फराकिलो बनाइँदै
नेयमारद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट बिदाइको संकेत
नेयमारद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट बिदाइको संकेत
कलाकारलाई प्रविधिमा पोख्त हुन सुझाव
कलाकारलाई प्रविधिमा पोख्त हुन सुझाव
गार्जेनसिपको घण्टी मट्याङ्ग्रोको बिदाइ
गार्जेनसिपको घण्टी मट्याङ्ग्रोको बिदाइ
तीन म्यानपावरमाथि विभागको कारबाही
तीन म्यानपावरमाथि विभागको कारबाही
बोनको सन्देशः भूमि जोगाउने लडाइँमा महिलाको नेतृत्व र जलवायु वित्तको आवश्यकता
बोनको सन्देशः भूमि जोगाउने लडाइँमा महिलाको नेतृत्व र जलवायु वित्तको आवश्यकता
गायिका मेलिनाकाे 'कहीँ नभाको जात्रा'
गायिका मेलिनाकाे 'कहीँ नभाको जात्रा'
वैदेशिक रोजगार व्यवसायी एसोसिएसनको १३औँ साधारणसभा सम्पन्न
वैदेशिक रोजगार व्यवसायी एसोसिएसनको १३औँ साधारणसभा सम्पन्न
डंगोलको उपन्यास ‘बदलिएको आकाश’ सार्वजनिक 
डंगोलको उपन्यास ‘बदलिएको आकाश’ सार्वजनिक 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP