Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #कांग्रेसका संस्थाइतर
  • #सिएन थारु/आरके तामाङ
  • #दीपक बन्जारा
  • #‘हृदयांश’
  • #गगनकुमार थापा
  • #नेपाली कांग्रेसको संस्थापनइतर
  • #जाइका
  • #तानाका अकिहिको
  • #सुनिल लम्साल
Search Here
सम्पादकीय
  • Home
  • सम्पादकीय
  • विधेयकमा त्रुटिः बचाउ होइन, विधिको पालना गर
विधेयकमा त्रुटिः बचाउ होइन, विधिको पालना गर
प्रभाव संवाददाता
प्रभाव संवाददाता बिहीबार, जेठ २८, २०८३

आर्थिक वर्ष २०८३/८४ को बजेटसँगै संसद्मा प्रस्तुत आर्थिक विधेयकलाई लिएर उत्पन्न विवाद र त्यसपछि संसदीय समितिहरूमा देखिएको बहसले हाम्रो नीतिगत परिपक्वतामाथि गम्भीर प्रश्न उठाएको छ । सार्वजनिकरूपमा उपलब्ध भइसकेको विधेयक पटक-पटक परिवर्तन हुनु, पानाहरू थपघट हुनु र अर्थ मन्त्रालयकै वेबसाइटबाट समेत केही समयका लागि गायब पारिनु कुनै पनि अर्थमा सामान्य प्रक्रिया होइनन् । यो प्राविधिक हेलचेक्र्याइँ मात्र नभएर अर्थमन्त्रीले संसद् र कानुनमाथि गरेको बलमिच्याइँ हो । यस विषयमा जननिर्वाचित सांसदहरूले प्रश्न उठाउँदा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले जुन ढंगको प्रतिरक्षात्मक र केही हदसम्म गैरराजनीतिक शैली अपनाए, त्यसले सुशासनको नारालाई गिज्याएको छ ।

विधेयकका पानाहरू तलमाथि भएको विषयलाई अर्थमन्त्रीले ‘माइक्रोसफ्ट वर्ड’ को कोलम मिलाउने प्राविधिक कुरासँग जोडेर सञ्चारकर्मी र आलोचकहरूलाई व्यंग्य गरे । तर, मुलुकको आर्थिक नीति तय गर्नेजस्तो संवेदनशील दस्तावेजमा यस्ता प्राविधिक त्रुटि कसरी दोहोरिइरहन्छन् र सुटकेसको भन्सार दर आधा घट्नेगरी ‘अञ्जानमा’ कसरी प्राविधिक गल्ती हुन्छ भन्ने प्रश्नको चित्तबुझ्दो जवाफ आएको छैन । भ्याक्सिन र रगत बोक्ने क्यारियरको भन्सार घटाउने बहानामा सुटकेसको दर पनि घट्नु र पछि आलोचना भएपछि सच्याउनुले पर्दापछाडिको चलखेल वा चरम लापरवाहीलाई नै संकेत गर्छ ।

सबैभन्दा गम्भीर कुरा त अर्थमन्त्रीले करका दरहरू हेरफेर गर्ने आफ्नो बचाउका लागि आर्थिक ऐनको दफा १८ को अपव्याख्या गरे । प्रचलित कानुनमा जुनसुकै कुरा लेखिएको भए पनि सरकारले कर, दस्तुर वा महसुल घटाउन वा बढाउन सक्ने अधिकार उक्त दफाले दिएको दाबी अर्थमन्त्रीको छ । तर, कानुनी राज्यको स्थापित सिद्धान्तअनुसार बजेट संसद्मा विचाराधीन रहेको अवस्थामा संसद्को अनुमतिविना वा संसदीय प्रक्रियाबाहिरबाट विधेयकका प्रावधान सुटुक्क फेरबदल गर्न पाइँदैन । आर्थिक ऐनको दफा १८ को व्यवस्था बजेट पूर्णरूपमा पारित भई साउन १ गतेबाट कार्यान्वयनमा आएपछि मात्र लागू हुने विशेष अधिकार हो, न कि संसद्मा दर्ता भइसकेको विधेयकलाई मन्त्रीको चाहनाअनुसार जतिबेला पनि बदल्ने खुला अनुमतिपत्र ।

Hardik health

संसद्मा दर्ता भइसकेको विधेयकमा कुनै भाषिक वा प्राविधिक त्रुटि भएमा त्यसलाई सच्याउने निश्चित कानुनी मार्गहरू छन् । अर्थमन्त्रीले मन्त्रिपरिषद्बाट निर्णय गराएर वा संसद्मा औपचारिक संशोधन निवेदन दर्ता गराएर मात्र परिमार्जन गर्नुपर्ने स्थापित संसदीय अभ्यास र मर्यादा छ । प्रक्रियालाई मिचेर, संसद्लाई छलेर मन्त्रालयको तहबाटै मस्यौदा फेरबदल गरिनुले विधिको शासनको खिल्ली उडाउँछ ।

विद्युतीय सवारी साधनको आयात र सूचना चुहावटको विषयमा पनि अर्थमन्त्रीले प्रमाण पेस गर्न चुनौती दिँदै आक्रोश पोखेका छन् । तर, सार्वजनिक पदमा बसेको व्यक्ति सधैँ जवाफदेही र पारदर्शी हुनुपर्छ । ‘मबाट सूचना चुहिने कुरै भएन’ भन्ने ढिपीले मात्रै नागरिकको आशंका मेटिँदैन । सुशासनमा निर्मम छु भन्दैमा आफ्ना कमजोरी लुकाउन अरूमाथि हिलो छ्यापिएको आरोप लगाउनु राजनीतिक इमानदारिता होइन ।

तसर्थ, अर्थमन्त्री डा. वाग्लेले शब्दजाल र प्राविधिक बहानाबाजी गरेर आफ्नो बचाउमा उत्रनु ठीक होइन । लोकतन्त्रमा गल्ती स्वीकार्दा र विधिमा चल्दा मान्छेलाई सानो बनाउँदैन, बरु उसको उचाइ बढाउँछ । संसद्को गरिमा र आर्थिक ऐनको अक्षरसः पालना गर्नु सरकारको पहिलो कर्तव्य हो । करका दर र आर्थिक ऐन जस्तो देशको संवेदनशील विषयमा स्वेच्छाचारिता होइन, पूर्ण कानुनी प्रक्रिया र पारदर्शिता अवलम्बन गरियोस् ।
 


प्रकाशित मिति: बिहीबार, जेठ २८, २०८३  १०:५२
प्रतिक्रिया दिनुहोस्
थप सम्पादकीय
नेतृत्वको परीक्षामा चुकेका प्रधानमन्त्री
नेतृत्वको परीक्षामा चुकेका प्रधानमन्त्री बिहीबार, साउन १४, २०८३
दोषीलाई कारबाही गर, बिरामीलाई बन्धक नबनाऊ
दोषीलाई कारबाही गर, बिरामीलाई बन्धक नबनाऊ बुधबार, साउन १३, २०८३
आवेग र प्रतिशोध होइन, सद्भावको हात बढाऔं
आवेग र प्रतिशोध होइन, सद्भावको हात बढाऔं मंगलबार, साउन १२, २०८३
प्रश्नपत्र ‘लिक’ प्रकरणले उब्जाएका प्रश्न
प्रश्नपत्र ‘लिक’ प्रकरणले उब्जाएका प्रश्न सोमबार, साउन ११, २०८३
न्यायपालिकामाथिको प्रहार र लोकतन्त्रको भविष्य
न्यायपालिकामाथिको प्रहार र लोकतन्त्रको भविष्य आइतबार, साउन १०, २०८३
अनलाइन प्रणाली व्यवस्थित बनाऊ
अनलाइन प्रणाली व्यवस्थित बनाऊ शुक्रबार, साउन ८, २०८३
मार्गदर्शन कागजी होइन, व्यवहारमा देखियोस्  
मार्गदर्शन कागजी होइन, व्यवहारमा देखियोस्   बिहीबार, साउन ७, २०८३
लोकप्रिय
  • Week
  • Month
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
‘अव्यावहारिक कानुन नबदलिए व्यवसाय बन्द गर्न बाध्य हुन्छौं’
‘अव्यावहारिक कानुन नबदलिए व्यवसाय बन्द गर्न बाध्य हुन्छौं’
पूर्वउपसभामुख  राना मगरद्वारा  ‘हृदयांश’ उपन्यासकाे  विमोचन
पूर्वउपसभामुख राना मगरद्वारा ‘हृदयांश’ उपन्यासकाे विमोचन
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
तीन म्यानपावरमाथि विभागको कारबाही
तीन म्यानपावरमाथि विभागको कारबाही
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP