Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #फार्मर्स_मार्केट
  • #Farmer's market
  • #गोकर्णेश्वर_नगरपालिका
  • #प्रतिनिधि सभा बैठक
  • #राजेन्द्र_राई
  • #अमेरिका_ठगी
  • #मिड_डे_मील
  • #मुक्तिनाथ_बैंक
  • #शिशिर खनाल
Search Here
सम्पादकीय
  • Home
  • सम्पादकीय
  • सरकार-प्रशासन द्वन्द्वः सुशासनको संकट
सरकार-प्रशासन द्वन्द्वः सुशासनको संकट
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, जेठ २४, २०८३

जेन-जी विद्रोहपछिको पहिलो निर्वाचनबाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को नेतृत्व र वालेन्द्र शाहको प्रधानमन्त्रीत्वमा बनेको नयाँ सरकारप्रति आमनागरिकको ठूलो भरोसा थियो, त्यो अद्यपि कायम छ । परम्परागत राजनीतिक दलहरूको सत्ताकेन्द्रित कार्यशैलीबाट दिक्क भएका जनताले यो सरकारबाट द्रुत कार्य र सुशासनको अपेक्षा गरेका थिए । तर, सरकार गठन भएको छोटो समयमै सिंहदरबारभित्र देखिएको सरकार र कर्मचारीतन्त्रबीचको बढ्दो द्वन्द्वले नागरिकको त्यो आशामाथि चिसो पानी खन्याउने संकेत गरेको छ । पछिल्ला घटनाक्रमहरूले सरकार र स्थायी सरकार भनिने कर्मचारीतन्त्र टकरावको बाटोमा अघि बढेको स्पष्ट पार्छन् ।

प्रशासन र सरकारबीचको यो द्वन्द्वको मुख्य कारण कार्यशैलीमा रहेको भिन्नता र परिपक्वताको अभाव देखिन्छ । प्रधानमन्त्री शाहको नयाँ र ‘आक्रामक’ शैली अनि कर्मचारीतन्त्रको वर्षौं पुरानो कानुनी र प्रक्रियामुखी शैलीबीच उचित तालमेल मिल्न सकेको छैन । हालैमात्र राजदूत बन्ने चाहना राख्दै प्रधानमन्त्रीलाई मेसेज पठाएको आरोपमा नेपाल सरकारका सचिव कृष्णहरि पुस्करलाई प्रहरी लगाएर पक्राउ र केरकार गरिनु यसैको एउटा उदाहरण हो । प्रशासनिक मर्यादा र पदीय आचरणविपरीतका कार्यमाथि नियमन हुनु स्वाभाविक हो, तर एउटा मेसेजकै भरमा बहालवाला सचिवलाई अपराधीझैं नियन्त्रणमा लिनुले सरकारको अधिनायकवादी र अपरिपक्व चरित्र झल्काउँछ । यसले कर्मचारीतन्त्रमा भय र आतंक सिर्जना गरेको छ ।

सरकारले दलीय ट्रेड युनियन खारेज गर्नेजस्ता केही लोकप्रिय र साहसिक निर्णयहरू त ग¥यो तर त्यसपछिको परिस्थिति व्यवस्थापन गर्न पूर्णरूपमा असफल देखियो । कर्मचारीहरूलाई जथाभावी सरुवा गर्ने, उनीहरूलाई दलीय ट्याग लगाएर हतोत्साही बनाउने र मन्त्रीहरूका व्यक्तिगत सनकका आधारमा कारबाही गर्ने प्रवृत्तिले प्रशासन संयन्त्र रक्षात्मक मोडमा पुगेको छ । अहिले सिंहदरबारका कर्मचारीहरू ‘रोबोट’ जस्ता भएका स्वयं कर्मचारीहरु बताउँछन् । जसले गर्दा निर्णय प्रक्रियामा रचनात्मक भूमिका खेल्नुको साटो आफू बच्नका लागि काम पन्छाउने र ठाडो आदेशमात्र पर्खने गर्न थालेका छन् ।

Hardik health

काम गरेकै भरमा कतिबेला फसिने हो भन्ने डरले कर्मचारीहरू तर्किंदा सरकारले घोषणा गरेको ‘१०० दिने कार्यसूची’ कार्यान्वयनमा चुनौती देखिएको छ । कर्मचारी प्रशासनलाई त्रसित बनाएर होइन प्रोत्साहित गरेर सरकारको कामलाई चुस्त र प्रभावकारी बनाउनु अहिलेको आवश्यकता हो । विगतका प्रधानमन्त्री, मन्त्रीहरुले पनि कर्मचारीतन्त्रलाई नै दोष दिएर आफू पन्छिने गरेका थिए । वर्तमान सरकारका प्रधनमन्त्री-मन्त्रीले पनि त्यही प्रवृत्तिलाई निरन्तरता दिनु ठीक होइन । सरकारले के बुझ्न जरुरी छ भने, लोकतान्त्रिक र कानुनी राज्यमा केवल सस्तो लोकप्रियता वा उत्तेजनाका भरमा देश चल्दैन । नयाँ जोश र भिजन हुनु राम्रो पक्ष हो, तर त्यसलाई कार्यान्वयन गर्न मुलुकको स्थापित कानुनी प्रक्रिया र प्रशासनिक संयन्त्रलाई विश्वासमा लिनैपर्छ । विज्ञता र अनुभवको सम्मान नगरी शासन चलाउन खोज्नु प्रत्युत्पादकमात्र हुन्छ । कर्मचारीतन्त्रले पनि बदलिँदो जनचाहनाअनुरूप आफ्नो कार्यशैलीमा सुधार ल्याउनु अत्यावश्यक छ । अन्यथा, यो द्वन्द्वले सरकारलाई मात्र असफल बनाउने छैन, मुलुकको सुशासन र विकासको सपनालाई समेत धराशायी बनाउने निश्चित छ ।
 


प्रकाशित मिति: आइतबार, जेठ २४, २०८३  ११:२५
प्रतिक्रिया दिनुहोस्
थप सम्पादकीय
शैक्षिक बेथितिमा लगामः स्वागतयोग्य कदम
शैक्षिक बेथितिमा लगामः स्वागतयोग्य कदम शुक्रबार, असार २६, २०८३
संविधान संशोधनमा सर्वपक्षीय सहमति अनिवार्य
संविधान संशोधनमा सर्वपक्षीय सहमति अनिवार्य बिहीबार, असार २५, २०८३
अर्थतन्त्र ब्युँताउने मौद्रिक नीतिको आवश्यकता
अर्थतन्त्र ब्युँताउने मौद्रिक नीतिको आवश्यकता मंगलबार, असार २३, २०८३
डेंगु संक्रमणबाट जोगिन सतर्कता अपनाऔं
डेंगु संक्रमणबाट जोगिन सतर्कता अपनाऔं सोमबार, असार २२, २०८३
आशालाग्दा संकेत, अलमलिएको कार्यशैली
आशालाग्दा संकेत, अलमलिएको कार्यशैली आइतबार, असार २१, २०८३
वर्षाले धराप बन्दै काठमाडौंका सडक
वर्षाले धराप बन्दै काठमाडौंका सडक शुक्रबार, असार १९, २०८३
‘पम्प माफिया’ माथि डण्डा चलाऊ
‘पम्प माफिया’ माथि डण्डा चलाऊ बिहीबार, असार १८, २०८३
लोकप्रिय
  • Week
  • Month
 ‘साइली’  र ‘छ लिसे'  म्युजिक भिडियो सार्वजनिक
 ‘साइली’ र ‘छ लिसे' म्युजिक भिडियो सार्वजनिक
कल्याणकारी कोषको दायरा फराकिलो बनाइँदै
कल्याणकारी कोषको दायरा फराकिलो बनाइँदै
नेयमारद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट बिदाइको संकेत
नेयमारद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट बिदाइको संकेत
कलाकारलाई प्रविधिमा पोख्त हुन सुझाव
कलाकारलाई प्रविधिमा पोख्त हुन सुझाव
गार्जेनसिपको घण्टी मट्याङ्ग्रोको बिदाइ
गार्जेनसिपको घण्टी मट्याङ्ग्रोको बिदाइ
तीन म्यानपावरमाथि विभागको कारबाही
तीन म्यानपावरमाथि विभागको कारबाही
बोनको सन्देशः भूमि जोगाउने लडाइँमा महिलाको नेतृत्व र जलवायु वित्तको आवश्यकता
बोनको सन्देशः भूमि जोगाउने लडाइँमा महिलाको नेतृत्व र जलवायु वित्तको आवश्यकता
गायिका मेलिनाकाे 'कहीँ नभाको जात्रा'
गायिका मेलिनाकाे 'कहीँ नभाको जात्रा'
वैदेशिक रोजगार व्यवसायी एसोसिएसनको १३औँ साधारणसभा सम्पन्न
वैदेशिक रोजगार व्यवसायी एसोसिएसनको १३औँ साधारणसभा सम्पन्न
डंगोलको उपन्यास ‘बदलिएको आकाश’ सार्वजनिक 
डंगोलको उपन्यास ‘बदलिएको आकाश’ सार्वजनिक 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP