Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #८०औँ स्वतन्त्रता दिवस
  • #३२ औं तामाङ प्रसारण दिवस
  • #शेरबहादुर देउवा
  • #नेपाली कांग्रेस
  • #शेरबहादुर देउवा समूह
  • #डा. शेखर कोइराला
  • #‘ए मैना सुनन’
  • #राष्ट्रियसभा
  • #नेपाल इन्भेष्टमेन्ट मेगा बैंक
Search Here
विचार
  • Home
  • विचार
  • मान्छे हराउँदै गरेको देश
मान्छे हराउँदै गरेको देश
वैकुण्ठ भण्डारी
वैकुण्ठ भण्डारी मंगलबार, असोज २, २०८०

‘बा म त कुनै हालतमा बस्दै बस्दिनँ यो देशमा’ स्नातक सिध्याएर प्रमाणपत्र प्राप्त गर्न निकै कष्ट गरेको छोरोले भन्यो । छोरोको अनुहार मलिन थियो । स्नातक तह प्रथम श्रेणीमा उत्तीर्ण भएको दिन संसार जितेको जस्तो मुहारमा देखिएको मान्छे । प्रमाणपत्र हातमा पर्दा युद्धबाट हारेको सिपाहीजस्तो बनेर देश छाड्ने कुरा गर्दा मट्याङ्ग्राको दिमाग आधा गाग्रीको पानी छछल्किएको जस्तै भयो । 
विचरा ऋण धन गरेर, एक छाक भोकै बसेर छोरालाई पढाउँदा निकै खुसी भएको मट्याङ्ग्रा छोराले देश छाड्ने कुरा गर्दा मुटु भक्कानिन्छ । उसले छोरालाई किन ? भन्ने प्रश्नसमेत गर्न सक्दैन ।

केही दिनअघि मात्र छिमेकीले १२ कक्षा सकिन नपाउँदै छोरीलाई लाखौं खर्चेर, डोलको खेतसँगै विदेश उडाएको थियो । पुर्खाले आर्जेको डोलखेत बेचेसँगै छोरीको सपनाका लागि पनि उडिरहेको थियो । र, मट्याङ्ग्राले सुझाव दिँदै थियो । भर्खर १२ कक्षा पास गरेकी छोरीलाई किन विदेश उडाउने ? आखिर यही देश नै स्वर्ग छ नि होइन र माइला दाइ ? मट्याङ्ग्राको कुरा सही भए पनि माहिला दाइले उसको उत्तर फर्काउन सकेको थिएन । तर, आज मट्याङ्ग्रा आफैं छोरालाई प्रश्न गर्न सकिरहेको छैन ।
मट्याङ्ग्रो एकोहोरो भएको देखेर छोरो भन्छ । ‘बा तपाईं किन बोल्नुहुन्न ? किन टोलाउनुभएको ?’
विचरा जवाफ छैन । तर पनि विदेशको मोह छाडोस् भनेर मट्याङ्ग्रा भन्छ, ‘के भो बाबु अस्तिसम्म यही देशमा जागिर खान्छु, यही बस्छु विदेश जान्न भन्ने मान्छे । किन विदेशको कुरा गर्दै छस् ?’
बाउको प्रश्नले छोरालाई कता–कता पिरोल्छ । ‘बा तपाईंको कुरा त ठिकै हो । तपाईंले नै सिकाउनुभएको थियो । आफ्नो जन्मभूमि छाडेर जानु हुँदैन ।’

अनि किन त ? बाबुले सोध्छन् ।
छोराको जवाफ, ‘यति दुःख गरेर पढियो । न त रोजगारीको ग्यारेण्टी छ । न त केही गरौं भन्दा गर्न नै सकिन्छ । पढेको प्रमाणपत्र लिन त हप्तौं धाउँदा पाइँदैन भने अरु के आशा गर्ने र बा ?’

छोराको कुरा सुनेर अवाक्क हुन्छ मट्याङ्ग्रा ! बोलुँ कि नबोलुँजस्तै भएको छ, उसलाई । हुन पनि हरेक दिन दशौं हजार छोराछोरी पढ्ने निहुँले बेग्लै सपना बनाएर विदेश उडिरहेका छन् । बा आमा एक्लो छाडेर हिँडेका छन् । पुर्खाले जोेडेका गाउँका घरहरु रित्तो भइसकेका छन् । खेतबारी बाँझो छ । सदरमुकाममा पनि बिस्तारै पातलो हुँदै छ रे ?

Hardik health

मट्याङ्ग्रालाई छोरालाई विदेश पठाउन रत्तिभर इच्छा छैन । यही बसेर पढोस् र यही आफ्नो जीवन बिताओस् बूढेसकालमा सँगै होस् भन्ने आशा छ । तर छोरोको मन भड्किएको छ । 

शैक्षिक प्रमाणपत्र लिन जाँदा पाएको दुख होस् कि नागरिकता बनाउन जाँदा पाएको ‘किचकिच’ उसले सहनै सकेको छैन । मट्याङ्ग्रालाई छोरो भन्छ, ‘बा यहाँ त गलत सोच बोकेर देश रित्याउनेहरुका लागि मात्र उपयुक्त भएको छ । भ्रष्ट, दलालहरुको बोलवाला छ । सत्य बोल्नेहरुले निकै कष्ट बेहोर्नुपरेको छ । यहाँ अब सुख पाइँदैन बा’ । 

छोराको कुरा सुनेर पल्ला घरे साहिँली भाउजुलाई सम्झन्छ मट्याङ्ग्रो । लामो समयदेखि बिरामीले थला परेकी थिइन् । दाजुको केही भर नै नहुने । बिग्रिएका पनि हैनन । तर, निकै सोझा । दुई सन्तानलाई ज्यामिरेको पाखो बेचेर विदेश पठाएका थिए । घरजम उतै गरे । गएदेखि उही मोबाइलमा कुरा गर्नेबाहेक फर्केर नै आएनन् । नाती नातिना कस्ता छन् भन्ने पनि थाहा छैन । छिमेकीले भने छोराछोरी अस्ट्रेलिया– अमेरिका छँदै छन् के भो र बस्यो खायो भन्थे ।

तर बिरामी पर्दा तातो पनि तताएर खान दिने मान्छे पनि भएनन् । ‘बाह्र छोरा तेह्र नाती बूढाको धोक्रो काँधै माथि’ भन्थे त्यस्तै भएको थियो । लामो समयदेखि साहिँली भाउजु थला परे पनि सहयोग गर्ने कोही नभएकाले मट्याङ्ग्रा बेला बेला जान्थे । तर अब कहिल्यै भेट्न जान नपर्नेगरी साहिली भाउजु सदाका लागि बिदा भएकी छन् । भाउजुको सास उडेको शरीर घरभित्रै राखेर मट्याङ्ग्रो घर फर्केको थियो । तर छोरो विदेश जाने कुरा गर्दछ । उनी झन् भावविह्वल भएका छन् । बोल्नै आँट नै छैन । साहिली भाउजुको मृत शरीर उठाउन मान्छे भएन । बिरामी हुँदा कुर्ने मान्छे थिएन । अहिले मरेपछि पनि लास जलाउन सकस भइरहेको छ । थाहा छैन कहिले विदेशबाट छोराहरु आउलान् । लासले सुख पाउला !
पहिले–पहिले बिरामी हुँदा कुर्ने मान्छे हुन्थे । तर अहिले मरेपछि जलाउन कहिले छोरा विदेशबाट फर्केला भनेर लासले कुर्नुपर्ने दिन आएको छ । मट्याङ्ग्राले छोरालाई न त विदेश जानसक्ने संकेत गरेका छन् । न त यही बस यही सुन फलाउन सकिन्छ भन्न सकेका छन् । स्वर्गजस्तो देशलाई नर्क बनाईरहेका नेताहरुलाई धिक्कार्दै छन्, मनमनै । 

अनायासै मट्याङ्ग्रा आँखाबाट आँशु झर्छ । उसले छोरालाई भन्छ, ‘जा बाबु जा, तँलाई विदेशले बोलाइरहेको छ, उतै जा । यो देश चलाउने ठेक्का लिएकाहरुले तँ जस्ता लाखौंलाई घोक्र्याइसकेको छ । तै पनि जा । अबको १० वर्षपछि त हामीजस्तै बूढाबूढीमात्र बस्ने देश त हो यो ! के भो र जा’ तर एउटा कुरा ?

मट्याङ्ग्रा छोरा ट्वाँ पर्दछ र बाबुलाई सोध्छ, तर के एउटा कुरा बा ? युवा पुस्ता हराउँदै गरेको देश हो यो । तँ जस्ता अलि अलि बचेखुँचेकालाई पनि लखेट्दै छन् । तर तँ जाँदा तेरो हजुरबाउले छाडेर गएको सवै घरजग्गा बेचेर जा । यो देश चलाउने ठेकेदारहरुलाई कोही चाहिँदैन । द्रव्य पिचास भएर बसेका छन् । हामी जसो तसो बाँचौला । गाउँ छाडियो, सदरमुकाम छाडियो, मर्ने बेलाका हामीले देश त के छाडौं ? तँ यो देशै छाडेर जान्छ भने जा । तर बा आमा मरेरे भनेर जलाउन कहिल्यै पनि नआ ! बिरामी हुँदा हामीलाई कुर्ने मान्छे हुँदैन । त्यसैले हामी मर्दा पनि लास जलाउनकै लागि तिमीहरुलाई कुर्दैनांै । जा छोरा जा ! कहिल्यै यो देशमा नफर्कनेगरी विदेश जा !!
 


प्रकाशित मिति: मंगलबार, असोज २, २०८०  १३:३४
प्रतिक्रिया दिनुहोस्
थप विचार
फोन ट्यापिङ अधिकारः आवश्यकता र प्रश्न
फोन ट्यापिङ अधिकारः आवश्यकता र प्रश्न मंगलबार, भदौ २, २०८३
हेलिकप्टर सम्वाद 
हेलिकप्टर सम्वाद  मंगलबार, भदौ २, २०८३
वस्तुनिष्ठताको कसीमा शैक्षिक परामर्श सेवा
वस्तुनिष्ठताको कसीमा शैक्षिक परामर्श सेवा सोमबार, भदौ १, २०८३
महिला सशक्तीकरणः दिगो विकासको मूल आधार
महिला सशक्तीकरणः दिगो विकासको मूल आधार आइतबार, साउन ३१, २०८३
ओखलढुंगाका जालपादेवी र सुकुमालादेवी मन्दिर
ओखलढुंगाका जालपादेवी र सुकुमालादेवी मन्दिर शुक्रबार, साउन २९, २०८३
बाध्यताको परदेश यात्रा
बाध्यताको परदेश यात्रा बिहीबार, साउन २८, २०८३
नारामा सीमित नीति, पलायन हुन बाध्य युवा
नारामा सीमित नीति, पलायन हुन बाध्य युवा बुधबार, साउन २७, २०८३
लोकप्रिय
  • Week
  • Month
वैदेशिक रोजगारीमा कीर्ते गर्नेलाई १२ वर्षसम्म कैदको प्रस्ताव 
वैदेशिक रोजगारीमा कीर्ते गर्नेलाई १२ वर्षसम्म कैदको प्रस्ताव 
कालो पट्टी बाँधेर सरकारविरुद्ध सांकेतिक विरोध 
कालो पट्टी बाँधेर सरकारविरुद्ध सांकेतिक विरोध 
विभागको कार्यालयमा व्यवसायीले दिए धर्ना
विभागको कार्यालयमा व्यवसायीले दिए धर्ना
वीरगञ्जमा भारतको ८०औँ स्वतन्त्रता दिवस उत्साहपूर्वक मनाइयो
वीरगञ्जमा भारतको ८०औँ स्वतन्त्रता दिवस उत्साहपूर्वक मनाइयो
नारामा सीमित नीति, पलायन हुन बाध्य युवा
नारामा सीमित नीति, पलायन हुन बाध्य युवा
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
सरकारले सभापति थापामाथि निगरानी बढाएको कांग्रेसको आरोप
सरकारले सभापति थापामाथि निगरानी बढाएको कांग्रेसको आरोप
व्यवसाय बन्द गर्ने चेतावनीकाबीच थप ८९ म्यानपावरमाथि विभागको कारबाही
व्यवसाय बन्द गर्ने चेतावनीकाबीच थप ८९ म्यानपावरमाथि विभागको कारबाही
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक / सम्पादक कृष्ण कार्की
मल्टिमिडिया मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP