Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #लोचाखोला
  • #रावाबेँसी
  • #हौँचुर
  • #नेत्रज्योति दिवस
  • #सीता वादी
  • #सोविता गौतम
  • #गीता_चौधरी
Search Here
विचार
  • Home
  • विचार
  • मान्छे हराउँदै गरेको देश
मान्छे हराउँदै गरेको देश
वैकुण्ठ भण्डारी
वैकुण्ठ भण्डारी मंगलबार, असोज २, २०८०

‘बा म त कुनै हालतमा बस्दै बस्दिनँ यो देशमा’ स्नातक सिध्याएर प्रमाणपत्र प्राप्त गर्न निकै कष्ट गरेको छोरोले भन्यो । छोरोको अनुहार मलिन थियो । स्नातक तह प्रथम श्रेणीमा उत्तीर्ण भएको दिन संसार जितेको जस्तो मुहारमा देखिएको मान्छे । प्रमाणपत्र हातमा पर्दा युद्धबाट हारेको सिपाहीजस्तो बनेर देश छाड्ने कुरा गर्दा मट्याङ्ग्राको दिमाग आधा गाग्रीको पानी छछल्किएको जस्तै भयो । 
विचरा ऋण धन गरेर, एक छाक भोकै बसेर छोरालाई पढाउँदा निकै खुसी भएको मट्याङ्ग्रा छोराले देश छाड्ने कुरा गर्दा मुटु भक्कानिन्छ । उसले छोरालाई किन ? भन्ने प्रश्नसमेत गर्न सक्दैन ।

केही दिनअघि मात्र छिमेकीले १२ कक्षा सकिन नपाउँदै छोरीलाई लाखौं खर्चेर, डोलको खेतसँगै विदेश उडाएको थियो । पुर्खाले आर्जेको डोलखेत बेचेसँगै छोरीको सपनाका लागि पनि उडिरहेको थियो । र, मट्याङ्ग्राले सुझाव दिँदै थियो । भर्खर १२ कक्षा पास गरेकी छोरीलाई किन विदेश उडाउने ? आखिर यही देश नै स्वर्ग छ नि होइन र माइला दाइ ? मट्याङ्ग्राको कुरा सही भए पनि माहिला दाइले उसको उत्तर फर्काउन सकेको थिएन । तर, आज मट्याङ्ग्रा आफैं छोरालाई प्रश्न गर्न सकिरहेको छैन ।
मट्याङ्ग्रो एकोहोरो भएको देखेर छोरो भन्छ । ‘बा तपाईं किन बोल्नुहुन्न ? किन टोलाउनुभएको ?’
विचरा जवाफ छैन । तर पनि विदेशको मोह छाडोस् भनेर मट्याङ्ग्रा भन्छ, ‘के भो बाबु अस्तिसम्म यही देशमा जागिर खान्छु, यही बस्छु विदेश जान्न भन्ने मान्छे । किन विदेशको कुरा गर्दै छस् ?’
बाउको प्रश्नले छोरालाई कता–कता पिरोल्छ । ‘बा तपाईंको कुरा त ठिकै हो । तपाईंले नै सिकाउनुभएको थियो । आफ्नो जन्मभूमि छाडेर जानु हुँदैन ।’

अनि किन त ? बाबुले सोध्छन् ।
छोराको जवाफ, ‘यति दुःख गरेर पढियो । न त रोजगारीको ग्यारेण्टी छ । न त केही गरौं भन्दा गर्न नै सकिन्छ । पढेको प्रमाणपत्र लिन त हप्तौं धाउँदा पाइँदैन भने अरु के आशा गर्ने र बा ?’

छोराको कुरा सुनेर अवाक्क हुन्छ मट्याङ्ग्रा ! बोलुँ कि नबोलुँजस्तै भएको छ, उसलाई । हुन पनि हरेक दिन दशौं हजार छोराछोरी पढ्ने निहुँले बेग्लै सपना बनाएर विदेश उडिरहेका छन् । बा आमा एक्लो छाडेर हिँडेका छन् । पुर्खाले जोेडेका गाउँका घरहरु रित्तो भइसकेका छन् । खेतबारी बाँझो छ । सदरमुकाममा पनि बिस्तारै पातलो हुँदै छ रे ?

Hardik health

मट्याङ्ग्रालाई छोरालाई विदेश पठाउन रत्तिभर इच्छा छैन । यही बसेर पढोस् र यही आफ्नो जीवन बिताओस् बूढेसकालमा सँगै होस् भन्ने आशा छ । तर छोरोको मन भड्किएको छ । 

शैक्षिक प्रमाणपत्र लिन जाँदा पाएको दुख होस् कि नागरिकता बनाउन जाँदा पाएको ‘किचकिच’ उसले सहनै सकेको छैन । मट्याङ्ग्रालाई छोरो भन्छ, ‘बा यहाँ त गलत सोच बोकेर देश रित्याउनेहरुका लागि मात्र उपयुक्त भएको छ । भ्रष्ट, दलालहरुको बोलवाला छ । सत्य बोल्नेहरुले निकै कष्ट बेहोर्नुपरेको छ । यहाँ अब सुख पाइँदैन बा’ । 

छोराको कुरा सुनेर पल्ला घरे साहिँली भाउजुलाई सम्झन्छ मट्याङ्ग्रो । लामो समयदेखि बिरामीले थला परेकी थिइन् । दाजुको केही भर नै नहुने । बिग्रिएका पनि हैनन । तर, निकै सोझा । दुई सन्तानलाई ज्यामिरेको पाखो बेचेर विदेश पठाएका थिए । घरजम उतै गरे । गएदेखि उही मोबाइलमा कुरा गर्नेबाहेक फर्केर नै आएनन् । नाती नातिना कस्ता छन् भन्ने पनि थाहा छैन । छिमेकीले भने छोराछोरी अस्ट्रेलिया– अमेरिका छँदै छन् के भो र बस्यो खायो भन्थे ।

तर बिरामी पर्दा तातो पनि तताएर खान दिने मान्छे पनि भएनन् । ‘बाह्र छोरा तेह्र नाती बूढाको धोक्रो काँधै माथि’ भन्थे त्यस्तै भएको थियो । लामो समयदेखि साहिँली भाउजु थला परे पनि सहयोग गर्ने कोही नभएकाले मट्याङ्ग्रा बेला बेला जान्थे । तर अब कहिल्यै भेट्न जान नपर्नेगरी साहिली भाउजु सदाका लागि बिदा भएकी छन् । भाउजुको सास उडेको शरीर घरभित्रै राखेर मट्याङ्ग्रो घर फर्केको थियो । तर छोरो विदेश जाने कुरा गर्दछ । उनी झन् भावविह्वल भएका छन् । बोल्नै आँट नै छैन । साहिली भाउजुको मृत शरीर उठाउन मान्छे भएन । बिरामी हुँदा कुर्ने मान्छे थिएन । अहिले मरेपछि पनि लास जलाउन सकस भइरहेको छ । थाहा छैन कहिले विदेशबाट छोराहरु आउलान् । लासले सुख पाउला !
पहिले–पहिले बिरामी हुँदा कुर्ने मान्छे हुन्थे । तर अहिले मरेपछि जलाउन कहिले छोरा विदेशबाट फर्केला भनेर लासले कुर्नुपर्ने दिन आएको छ । मट्याङ्ग्राले छोरालाई न त विदेश जानसक्ने संकेत गरेका छन् । न त यही बस यही सुन फलाउन सकिन्छ भन्न सकेका छन् । स्वर्गजस्तो देशलाई नर्क बनाईरहेका नेताहरुलाई धिक्कार्दै छन्, मनमनै । 

अनायासै मट्याङ्ग्रा आँखाबाट आँशु झर्छ । उसले छोरालाई भन्छ, ‘जा बाबु जा, तँलाई विदेशले बोलाइरहेको छ, उतै जा । यो देश चलाउने ठेक्का लिएकाहरुले तँ जस्ता लाखौंलाई घोक्र्याइसकेको छ । तै पनि जा । अबको १० वर्षपछि त हामीजस्तै बूढाबूढीमात्र बस्ने देश त हो यो ! के भो र जा’ तर एउटा कुरा ?

मट्याङ्ग्रा छोरा ट्वाँ पर्दछ र बाबुलाई सोध्छ, तर के एउटा कुरा बा ? युवा पुस्ता हराउँदै गरेको देश हो यो । तँ जस्ता अलि अलि बचेखुँचेकालाई पनि लखेट्दै छन् । तर तँ जाँदा तेरो हजुरबाउले छाडेर गएको सवै घरजग्गा बेचेर जा । यो देश चलाउने ठेकेदारहरुलाई कोही चाहिँदैन । द्रव्य पिचास भएर बसेका छन् । हामी जसो तसो बाँचौला । गाउँ छाडियो, सदरमुकाम छाडियो, मर्ने बेलाका हामीले देश त के छाडौं ? तँ यो देशै छाडेर जान्छ भने जा । तर बा आमा मरेरे भनेर जलाउन कहिल्यै पनि नआ ! बिरामी हुँदा हामीलाई कुर्ने मान्छे हुँदैन । त्यसैले हामी मर्दा पनि लास जलाउनकै लागि तिमीहरुलाई कुर्दैनांै । जा छोरा जा ! कहिल्यै यो देशमा नफर्कनेगरी विदेश जा !!
 


प्रकाशित मिति: मंगलबार, असोज २, २०८०  १३:३४
प्रतिक्रिया दिनुहोस्
थप विचार
गुँडमा माउ-बाउको बिचल्ली ! 
गुँडमा माउ-बाउको बिचल्ली !  मंगलबार, चैत १७, २०८२
अर्थतन्त्र सुधारका लागि सरकारले गर्नुपर्ने काम
अर्थतन्त्र सुधारका लागि सरकारले गर्नुपर्ने काम मंगलबार, चैत १७, २०८२
बालेन्द्र सरकारसँग जनताको आशा
बालेन्द्र सरकारसँग जनताको आशा आइतबार, चैत १५, २०८२
सामाजिक विकासमा ध्यान दिनुपर्ने सवाल 
सामाजिक विकासमा ध्यान दिनुपर्ने सवाल  बुधबार, चैत ११, २०८२
नेपालको आँखा उपचार सेवा र नेपाल नेत्रज्योति सङ्घ
नेपालको आँखा उपचार सेवा र नेपाल नेत्रज्योति सङ्घ बुधबार, चैत ११, २०८२
आत्महत्या रोकथाम तथा न्यूनीकरण
आत्महत्या रोकथाम तथा न्यूनीकरण मंगलबार, चैत १०, २०८२
मुखमा राम राम, बगलीमा छुरा !
मुखमा राम राम, बगलीमा छुरा ! मंगलबार, चैत १०, २०८२
लोकप्रिय
  • Week
  • Month
विश्व क्षयरोग दिवस: नेपालको अवस्था 
विश्व क्षयरोग दिवस: नेपालको अवस्था 
स्ट्रेट अफ होरमुजमा इरानको नियन्त्रण, विश्व बजारमा तेल संकट
स्ट्रेट अफ होरमुजमा इरानको नियन्त्रण, विश्व बजारमा तेल संकट
विभागमा पुनः श्रम स्वीकृति लिनेको चाप, नयाँ न्यून 
विभागमा पुनः श्रम स्वीकृति लिनेको चाप, नयाँ न्यून 
रास्वपाको वाचा पूरा गर्ने जिम्मेवारीमा श्रममन्त्री साह, यी हुन् चुनौती
रास्वपाको वाचा पूरा गर्ने जिम्मेवारीमा श्रममन्त्री साह, यी हुन् चुनौती
नवनियुक्त प्रधानमन्त्री साहबाट शपथ ग्रहण सम्पन्न
नवनियुक्त प्रधानमन्त्री साहबाट शपथ ग्रहण सम्पन्न
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP