Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #गणेश ठाडा मगर
  • #सशस्त्र प्रहरी बल
  • #एआईजी
  • #अतिरिक्त महानिरीक्षक
  • #एक्सट्रयाक
  • #राष्ट्रिय परिचयपत्र
  • #आइसिसी विश्वकप क्रिकेट लिग–२
  • #मुन्दुम पदमार्ग
Search Here
सम्पादकीय
  • Home
  • सम्पादकीय
  • एनआरएनएमा चरम राजनीति
एनआरएनएमा चरम राजनीति
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, वैशाख २३, २०८२

विदेशलाई देशसँग जोड्ने उद्देश्यसहित गैरआवासीय नेपालीहरुले बनाएको संगठन हो– एनआरएनए । विदेशमा सिकेको सीप नेपालमा लगानी गर्न, विदेशमा कमाएको धन नेपालमा लगानी गर्न र विदेशीलाई नेपालमा लगानी प्रोत्साहन गर्न यो संस्था स्थापना भएको हो । यसैगरी विदेशमा समस्यामा परेका नेपालीहरुको हित, देशमा पर्यटन भित्र्याउने र आपतविपद्मा सघाउने एनआरएनएको अर्को ध्येय हो ।

समयक्रममा एनआरएनएले यस्तो महत्वाकांक्षी उद्देश्य बोक्यो कि आफ्नै मुद्दामा फस्दै गयो । एनआरएनएले ‘एक पटकको नेपाली, सधैंको नेपाली’ सहित दोहोरो नागरिकताको माग अघि सार्यो । राजनीतिकबाहेक सबै अधिकार पाउनेगरी अघि बढेको यो माग सरकारले पूरा गरिदियो तर एनआरएनलाई यही नै घाँडो बनिदियो । धेरै एनआरएनले अहिले यो नागरिकता लिन अनिच्छा देखाइरहेको छ ।

एनआरएनए भावनात्मक मेलको त्रिवेणीभन्दा पनि केही धनाढ्यहरुको क्लबजस्तो भएको छ अहिले । यो संस्थामा रसियन धनाढ्य उपेन्द्र महतो र अस्ट्रेलियन धनाढ्य शेष घलेबीचको चर्को टसल छ । पहिलेपहिले पर्यटन प्रचारको नाममा सरकारको खर्चमा दसैंको बेला काठमाडौं उतारेर एनआरएनएको महाधिवेशन गरिन्थ्यो । पछिल्लो समय भने एनआरएन भनिने कतिपय नेताहरु नेपालमै छन् । उनीहरुकै अगुवाइमा यसपटक एकता महाधिवेशनको नाममा एनआरएनए औपचारिकरुपमा फुट्यो, फुटाइयो ।

नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रको साथ पाएर जापानका महेश श्रेष्ठ यसपटक अध्यक्ष बनेका छन् भने नेकपा एमालेनिकट डा. बद्री केसी समूहले यसलाई मान्यता दिएको छैन । सन् २००३ मा स्थापना भएको यो संस्थामा अमेरिकन एनआरएनहरुले अध्यक्ष बन्ने चर्को प्रयास गर्दा पनि नसकेपछि फुटेको हो । यसलाई साथ दिए अस्ट्रेलियाका धनाढ्य शेष घलेले ।

आफ्नी श्रीमती जमुना घले अध्यक्ष बनाउन नपाएको झोंक पनि उनले यही पोखिदिए । रोचक त के छ भने १०औं महाधिवशेनमा ३ जना अध्यक्ष बने । ११औं महाधिवेशनपछि सर्वोच्चले यो समिति नै अवैधानिक भनेर घोषणा गरिदियो । अब यो कार्यसमितिले के–के निर्णय र काम गरेको थियो । यस विषयमा अदालतको निर्णयले के भयो ?

अझ ११औं महाधिवेशनमा एक उम्मेदवार डा. केशव पौडेलको काठमाडौंबाट झरेको मत नै शून्य देखियो । त्यसपछि उम्मेदवारहरुले मत परिणाममाथि शंका गरे । उक्त महाधिवेशनमा पराजित भएपछि बेग्लै समिति बनाएको टोली नै यसपटक एकता महाधिवेशनबाट नेतृत्वमा आएका हुन् । नेपालीे राजनीतिलाई पाठ सिकाउन कुनै पनि हालतमा पछि नपर्ने एनआरएनए आफैं भने एक कदम अघि बढ्दै एनआरएनएलाई राजनीतिको चरम थलो बनाउनु कतिसम्म जायज होला ?
 


प्रकाशित मिति: मंगलबार, वैशाख २३, २०८२  ११:३३
प्रतिक्रिया दिनुहोस्
Adv Space Adv Space
थप सम्पादकीय
वैदेशिक रोजगारीमा जानेहरुको स्वास्थ्यमा ध्यान देऊ
वैदेशिक रोजगारीमा जानेहरुको स्वास्थ्यमा ध्यान देऊ बिहीबार, जेठ २९, २०८२
उपभोक्ताको अधिकारमा ध्यान देऊ
उपभोक्ताको अधिकारमा ध्यान देऊ बुधबार, जेठ २८, २०८२
जिम्मेवार कांग्रेसको झुर ‘पर्फमेन्स’ 
जिम्मेवार कांग्रेसको झुर ‘पर्फमेन्स’  सोमबार, जेठ २६, २०८२
सदनलाई बन्धक नबनाऊ
सदनलाई बन्धक नबनाऊ आइतबार, जेठ २५, २०८२
वातावरण संरक्षण अभियान, एक दिन हैन हरेक दिन
वातावरण संरक्षण अभियान, एक दिन हैन हरेक दिन शुक्रबार, जेठ २३, २०८२
छुवाछूत र जातीय भेदभावको व्यावहारिक अन्त्य गरौं
छुवाछूत र जातीय भेदभावको व्यावहारिक अन्त्य गरौं बिहीबार, जेठ २२, २०८२
व्यवसायीसामु झुक्दै संघीयताको भद्द मजाक
व्यवसायीसामु झुक्दै संघीयताको भद्द मजाक बुधबार, जेठ २१, २०८२
Ban division lalitpur Ban division lalitpur
लोकप्रिय
  • Week
  • Month
तामाङ डाजाङको आयोजनामा पाँच दिने डम्फू प्रशिक्षण शुरु
तामाङ डाजाङको आयोजनामा पाँच दिने डम्फू प्रशिक्षण शुरु
सगरमाथा आरोहीलाई तामाङ सगरमाथा आरोही संघको सम्मान
सगरमाथा आरोहीलाई तामाङ सगरमाथा आरोही संघको सम्मान
एभरेष्टमा ड्रोन एरलिफ्टकाे नयाँ कीर्तिमान
एभरेष्टमा ड्रोन एरलिफ्टकाे नयाँ कीर्तिमान
तामाङ भाषाको समाचार सेवा सुरु गर्ने मन्त्री गुरुङको प्रतिबद्धता
तामाङ भाषाको समाचार सेवा सुरु गर्ने मन्त्री गुरुङको प्रतिबद्धता
एकैसाथ पाँच चाम्लिङ पुस्तक लोकार्पण
एकैसाथ पाँच चाम्लिङ पुस्तक लोकार्पण
तामाङ डाजाङको आयोजनामा पाँच दिने डम्फू प्रशिक्षण शुरु
तामाङ डाजाङको आयोजनामा पाँच दिने डम्फू प्रशिक्षण शुरु
सगरमाथा आरोहीलाई तामाङ सगरमाथा आरोही संघको सम्मान
सगरमाथा आरोहीलाई तामाङ सगरमाथा आरोही संघको सम्मान
तामाङ संस्कार - संस्कृति निर्देशिका पुन प्रकाशन
तामाङ संस्कार - संस्कृति निर्देशिका पुन प्रकाशन
नौ महिनापुग्दा पनि ब्रुनाइको लण्ड्री कम्पनीमा पाएनन् नेपाली महिलाले तलब
नौ महिनापुग्दा पनि ब्रुनाइको लण्ड्री कम्पनीमा पाएनन् नेपाली महिलाले तलब
THE CANVAS SHOW- EP-8
THE CANVAS SHOW- EP-8
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP