Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मोमो _फोमो
  • #निष्क्रिय_इच्छामृत्यु
  • #मलुवा_पोखरी
Search Here
सम्पादकीय
  • Home
  • सम्पादकीय
  • एनआरएनएमा चरम राजनीति
एनआरएनएमा चरम राजनीति
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, वैशाख २३, २०८२

विदेशलाई देशसँग जोड्ने उद्देश्यसहित गैरआवासीय नेपालीहरुले बनाएको संगठन हो– एनआरएनए । विदेशमा सिकेको सीप नेपालमा लगानी गर्न, विदेशमा कमाएको धन नेपालमा लगानी गर्न र विदेशीलाई नेपालमा लगानी प्रोत्साहन गर्न यो संस्था स्थापना भएको हो । यसैगरी विदेशमा समस्यामा परेका नेपालीहरुको हित, देशमा पर्यटन भित्र्याउने र आपतविपद्मा सघाउने एनआरएनएको अर्को ध्येय हो ।

समयक्रममा एनआरएनएले यस्तो महत्वाकांक्षी उद्देश्य बोक्यो कि आफ्नै मुद्दामा फस्दै गयो । एनआरएनएले ‘एक पटकको नेपाली, सधैंको नेपाली’ सहित दोहोरो नागरिकताको माग अघि सार्यो । राजनीतिकबाहेक सबै अधिकार पाउनेगरी अघि बढेको यो माग सरकारले पूरा गरिदियो तर एनआरएनलाई यही नै घाँडो बनिदियो । धेरै एनआरएनले अहिले यो नागरिकता लिन अनिच्छा देखाइरहेको छ ।

एनआरएनए भावनात्मक मेलको त्रिवेणीभन्दा पनि केही धनाढ्यहरुको क्लबजस्तो भएको छ अहिले । यो संस्थामा रसियन धनाढ्य उपेन्द्र महतो र अस्ट्रेलियन धनाढ्य शेष घलेबीचको चर्को टसल छ । पहिलेपहिले पर्यटन प्रचारको नाममा सरकारको खर्चमा दसैंको बेला काठमाडौं उतारेर एनआरएनएको महाधिवेशन गरिन्थ्यो । पछिल्लो समय भने एनआरएन भनिने कतिपय नेताहरु नेपालमै छन् । उनीहरुकै अगुवाइमा यसपटक एकता महाधिवेशनको नाममा एनआरएनए औपचारिकरुपमा फुट्यो, फुटाइयो ।

Hardik health

नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रको साथ पाएर जापानका महेश श्रेष्ठ यसपटक अध्यक्ष बनेका छन् भने नेकपा एमालेनिकट डा. बद्री केसी समूहले यसलाई मान्यता दिएको छैन । सन् २००३ मा स्थापना भएको यो संस्थामा अमेरिकन एनआरएनहरुले अध्यक्ष बन्ने चर्को प्रयास गर्दा पनि नसकेपछि फुटेको हो । यसलाई साथ दिए अस्ट्रेलियाका धनाढ्य शेष घलेले ।

आफ्नी श्रीमती जमुना घले अध्यक्ष बनाउन नपाएको झोंक पनि उनले यही पोखिदिए । रोचक त के छ भने १०औं महाधिवशेनमा ३ जना अध्यक्ष बने । ११औं महाधिवेशनपछि सर्वोच्चले यो समिति नै अवैधानिक भनेर घोषणा गरिदियो । अब यो कार्यसमितिले के–के निर्णय र काम गरेको थियो । यस विषयमा अदालतको निर्णयले के भयो ?

अझ ११औं महाधिवेशनमा एक उम्मेदवार डा. केशव पौडेलको काठमाडौंबाट झरेको मत नै शून्य देखियो । त्यसपछि उम्मेदवारहरुले मत परिणाममाथि शंका गरे । उक्त महाधिवेशनमा पराजित भएपछि बेग्लै समिति बनाएको टोली नै यसपटक एकता महाधिवेशनबाट नेतृत्वमा आएका हुन् । नेपालीे राजनीतिलाई पाठ सिकाउन कुनै पनि हालतमा पछि नपर्ने एनआरएनए आफैं भने एक कदम अघि बढ्दै एनआरएनएलाई राजनीतिको चरम थलो बनाउनु कतिसम्म जायज होला ?
 


प्रकाशित मिति: मंगलबार, वैशाख २३, २०८२  ११:३३
प्रतिक्रिया दिनुहोस्
थप सम्पादकीय
गृहमन्त्रीलाई उपहार र स्वकीयलाई जागिर
गृहमन्त्रीलाई उपहार र स्वकीयलाई जागिर सोमबार, चैत २, २०८२
मध्यपूर्वको राप र श्रमिकको सन्ताप
मध्यपूर्वको राप र श्रमिकको सन्ताप आइतबार, चैत १, २०८२
बदलिँदो राजनीतिः आशा र चुनौतीको दोभान
बदलिँदो राजनीतिः आशा र चुनौतीको दोभान बिहीबार, फागुन २८, २०८२
खाडीका नेपालीलाई सुरक्षाको प्रत्याभूति देऊ
खाडीका नेपालीलाई सुरक्षाको प्रत्याभूति देऊ बुधबार, फागुन २७, २०८२
वायु प्रदूषणबाट बच्न पूर्वतयारी थालौं
वायु प्रदूषणबाट बच्न पूर्वतयारी थालौं मंगलबार, फागुन २६, २०८२
जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयनमा ढिलाइ नगर
जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयनमा ढिलाइ नगर सोमबार, फागुन २५, २०८२
विद्रोहको खरानीमा लोकतन्त्रको पुनर्जन्म
विद्रोहको खरानीमा लोकतन्त्रको पुनर्जन्म शुक्रबार, फागुन २२, २०८२
Public Notice Public Notice
लोकप्रिय
  • Week
  • Month
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
लायन्स क्लबबाट १११ जना महिलाहरुलाई विशेष सम्मान
लायन्स क्लबबाट १११ जना महिलाहरुलाई विशेष सम्मान
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
श्रम संस्कृति पार्टीभित्र आन्तरिक कलह
श्रम संस्कृति पार्टीभित्र आन्तरिक कलह
बराम विशेष, संरक्षित वा स्वायत्त क्षेत्र घोषणा गर्न माग
बराम विशेष, संरक्षित वा स्वायत्त क्षेत्र घोषणा गर्न माग
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP