Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मोमो _फोमो
  • #कोटगाउँ_खेलमैदान
  • #खेलमैदान
  • #नेपाली_कांग्रेस
  • #मलुवा_पोखरी
Search Here
सम्पादकीय
  • Home
  • सम्पादकीय
  • लिपुलेक विवादको कूटनीतिक हल  
लिपुलेक विवादको कूटनीतिक हल  
प्रभाव संवाददाता
प्रभाव संवाददाता शुक्रबार, भदौ ६, २०८२

भदौ १ गते भारतीय विदेश सचिव विक्रम मिश्री काठमाडौं उत्रिँदा प्रधानमन्त्री केपी शर्मा ओली दंग थिए । उनको आगमनले मन मिठो परेका प्रधानमन्त्री ओली केही दिनमै अमिलो मुख पार्न बाध्य बनेका छन् । जसरी पनि दक्षिणको छिमेकी भारतलाई खुसी पार्ने ओलीको कसरत थियो । त्यही अनुरुप ओली भदौ मसान्तमा भारत भ्रमणमा जाने तयारीमा लागे । तर भारतले ‘ग्रिन सिग्नल’ नदिएपछि अन्योलमै परे । 

यद्यपि भदौ नलाग्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नो दूतका रुपमा मिश्रीलाई काठमाडौं उतारे । उनको काठमाडौं दौड यति लोभलाग्दो थियो कि सबै शीर्ष नेतालाई एकै दिन भेटे । सुरक्षा निकायका प्रमुखहरुलाई चाहेकै समयमा भेटे । सबै नेपालीलाई पनि लाग्यो छिमेकसँगको सम्बन्ध सुध्रियो । तर दुई दिन नबित्दै नेपाली भूमिमाथि दक्षिण विशाल छिमेकी भारतले उत्तरी विशाल छिमेकी चीनसँग मिलेर रजाइँ गर्ने सहमति गरे । नेपाली भूमि ‘लिपुलेक’ दुई ठुला बलिया मुलुक भारत र चीनले व्यापारिक प्रयोजनका लागि पुनः प्रयोग गर्ने समझदारी गरेको विषय भारतीय सञ्चार माध्यममा फैलियो ।

चिनियाँ विदेशमन्त्री वाङ यीको भारत भ्रमणका क्रममा दुई देशले यस्तो सहमति गरेका हुन् । जबकि, लिपुलेक नेपालको पश्चिमी क्षेत्रको भूमि हो । लिपुलेकलाई नेपालले चीन र भारतसँगको त्रिदेशीय सीमा मान्दै आएको छ । भारत र चीनबीचको उक्त समझदारीबारे नेपाललाई कुनै जानकारी दिइएको छैन । जसकारण पनि स्वभाविक रुपमै नेपालले यसको कुटनीतिक समाधान खोज्नैपर्छ । अहिले परराष्ट्र मन्त्रालयले प्रवक्ताको नाममा विज्ञप्ति जारी गर्दै झारा टार्ने काममात्र गरेको छ ।

Hardik health

लिपुलेक विवाद पटकपटक बल्झिरहेको छ । यसको मुल कारण नेपालले कुटनीतिक हल गर्न नसक्नु हो । यसरी दुई देशबीच सहमति हुँदा पनि नेपाललाई जानकारी नदिनु सन्धिमहासन्धीहरुको गम्भीर उल्लंघन हो । त्यसैले यो विषयमा नेपालले कुटनीतिक नोट लेखेर उच्चस्तरमै वार्ता गर्नुपर्छ । पहिलोपटक २०४८ सालमा भारत र चीनबीच लिपुलेकलाई व्यापारिक नाकाको रूपमा खुला गर्ने सीमा व्यापार सम्झौता भएको थियो । त्यसपछि २०७२ सालमा पनि यस्तै सम्झौता भयो । तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले उनका भारतीय समकक्षी नरेन्द्र मोदीसमक्ष यसबारे विमति जनाएका थिए । 

लिपुलेकलाई व्यापारिक प्रयोजनमा प्रयोग गर्ने भारत-चीनको समझदारीप्रति नेपालले कूटनीतिकमात्रहैन   राजनीतिक स्तरमा पनि कुरा उठाउनुपर्छ । यसरी पटकपटक दबाउँदै हेपाह प्रवृत्ति अपनाउनु अन्तरराष्ट्रिय कानुनहरुको उल्लंघन हो । यसका लागि सरकारले परराष्ट्रविद्हरुको साथ लिएर तुरुन्तै हल खोज्नुपर्छ । 
 


प्रकाशित मिति: शुक्रबार, भदौ ६, २०८२  १४:३४
प्रतिक्रिया दिनुहोस्
थप सम्पादकीय
बढ्दो सार्वजनिक ऋणः उपभोगमा होइन, उत्पादनमा लगानी गरौं
बढ्दो सार्वजनिक ऋणः उपभोगमा होइन, उत्पादनमा लगानी गरौं बिहीबार, चैत ५, २०८२
बस भाडा बढाउने तयारी रोक
बस भाडा बढाउने तयारी रोक बुधबार, चैत ४, २०८२
गृहमन्त्रीलाई उपहार र स्वकीयलाई जागिर
गृहमन्त्रीलाई उपहार र स्वकीयलाई जागिर सोमबार, चैत २, २०८२
मध्यपूर्वको राप र श्रमिकको सन्ताप
मध्यपूर्वको राप र श्रमिकको सन्ताप आइतबार, चैत १, २०८२
बदलिँदो राजनीतिः आशा र चुनौतीको दोभान
बदलिँदो राजनीतिः आशा र चुनौतीको दोभान बिहीबार, फागुन २८, २०८२
खाडीका नेपालीलाई सुरक्षाको प्रत्याभूति देऊ
खाडीका नेपालीलाई सुरक्षाको प्रत्याभूति देऊ बुधबार, फागुन २७, २०८२
वायु प्रदूषणबाट बच्न पूर्वतयारी थालौं
वायु प्रदूषणबाट बच्न पूर्वतयारी थालौं मंगलबार, फागुन २६, २०८२
Public Notice Public Notice
लोकप्रिय
  • Week
  • Month
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
श्रम संस्कृति पार्टीभित्र आन्तरिक कलह
श्रम संस्कृति पार्टीभित्र आन्तरिक कलह
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP