Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #महोत्सव_२०८३
  • #आदिवासी_जनजाति_चलचित्र_महोत्सव
  • #नेपाल_तामाङ_घेदुङ
  • #कामकाजमा तामाङ र नेपाल भाषा
  • #बौद्धनाथ
  • #बागमती_प्रदेशसभा
  • #सपनाको_चंगा
  • #नेपाल चेम्बर अफ कमर्स
  • #नेपाल_पर्यटन_बोर्ड
Search Here
समाचार
  • Home
  • समाचार
  • सरकारी कामकाजी भाषामा तामाङ र नेपाल भाषाको प्रयोगबारे अन्तरक्रिया सम्पन्न
सरकारी कामकाजी भाषामा तामाङ र नेपाल भाषाको प्रयोगबारे अन्तरक्रिया सम्पन्न
प्रभाव संवाददाता
प्रभाव संवाददाता शुक्रबार, जेठ १५, २०८३

चौतारा- बागमती प्रदेशका स्थानीय तहहरूमा सरकारी कामकाजमा तामाङ र नेपाल भाषाको प्रयोगलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्ने उद्देश्यले आयोजित जनप्रतिनिधिहरूसँगको अन्तरक्रिया कार्यक्रम सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढीस्थित न्यु अरनिको रिसोर्टमा सम्पन्न भएको छ।

नेपाल तामाङ घेदुङको आयोजनामा तथा नेवा देयः दबू र बागमती प्रदेश सरकारको संस्कृति तथा पर्यटन मन्त्रालयको सहकार्यमा सम्पन्न कार्यक्रममा स्थानीय तहका जनप्रतिनिधि, भाषा अभियन्ता, विभिन्न सामाजिक तथा सांस्कृतिक संस्थाका प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

कार्यक्रममा नेपाल तामाङ घेदुङका संघीय उपमहासचिव तथा भाषा संयोजक बिलाम मोक्तानले सहजीकरण गर्दै मातृभाषाको संरक्षण, प्रवर्द्धन र सरकारी कामकाजमा प्रयोगको संवैधानिक तथा कानुनी आधारबारे विस्तृत प्रस्तुति दिएका थिए।उनले नेपालको संविधानले मातृभाषाको संरक्षण र प्रयोगको अधिकार सुनिश्चित गरेको उल्लेख गर्दै स्थानीय सरकारहरूलाई भाषामैत्री नीति तथा कार्यक्रम निर्माण गर्न आग्रह गरेका छन् ।

Hardik health

कार्यक्रमका प्रमुख वक्ता नेपाल तामाङ घेदुङका पूर्वअध्यक्ष तथा प्रमुख सल्लाहकार मोहन गोले तामाङले भाषा केवल सञ्चारको माध्यम मात्र नभई समुदायको पहिचान, इतिहास र सभ्यताको आधार भएको उल्लेख गर्दै सरकारी कामकाजमा मातृभाषाको प्रयोगलाई व्यवहारमा उतार्न सबै तहका सरकारहरू प्रतिबद्ध हुनुपर्ने बताए।त्यसैगरी भाषा आयोगका पूर्व कायममुकायम सचिव तथा शिक्षा तथा खेलकुद मन्त्रालयका उपसचिव डा. लोकबहादुर लोप्चानले मातृभाषामा सेवा प्रवाहले नागरिकको राज्यप्रतिको पहुँच सहज र प्रभावकारी बन्ने धारणा राखे। उनले स्थानीय तहमा भाषिक अधिकारको कार्यान्वयनका लागि नीति, जनशक्ति र आवश्यक स्रोतसाधनको व्यवस्थापन अपरिहार्य रहेको बताएका छन् ।

नेवा देयः दबूका उपाध्यक्ष उमेश स्थापित ले नेपाल भाषाको संरक्षण र सरकारी प्रयोगको अभियानमा तामाङ समुदायसँगको सहकार्यलाई थप सुदृढ बनाउँदै लैजानुपर्नेमा जोड दिए। उनले भाषिक विविधता नेपालको साझा सम्पत्ति भएकाले यसको संरक्षणमा सबै समुदायको संयुक्त प्रयास आवश्यक रहेको बताए। कार्यक्रममा नेपाल तामाङ घेदुङका संघीय सदस्य फुर्वा ग्याल्बो मोक्तान, नेपाल तामाङ घेदुङ सिन्धुपाल्चोकका अध्यक्ष प्रतापसिं तामाङ, नेवा देयः दबूका प्रतिनिधिहरू, भाषा अभियन्ताहरू तथा विभिन्न पालिकाका जनप्रतिनिधिहरूले आ-आफ्ना धारणा व्यक्त गरेका थिए।

अन्तरक्रियाका क्रममा स्थानीय तहका सूचना, सिफारिस, पत्राचार, अभिलेख व्यवस्थापन, सार्वजनिक सूचना प्रणाली तथा सेवा प्रवाहमा तामाङ र नेपाल भाषाको प्रयोग विस्तार गर्ने विषयमा गहन छलफल भएको थियो। सहभागीहरूले मातृभाषाको प्रयोगले सेवाग्राही र सरकारबीचको दूरी घटाउनुका साथै समावेशी शासन प्रणालीलाई थप मजबुत बनाउने निष्कर्ष व्यक्त गरेका थिए। कार्यक्रमका सहभागी जनप्रतिनिधिहरूले स्थानीय सरकारको नीति, योजना तथा कार्यक्रमहरूमा मातृभाषाको प्रयोगलाई प्राथमिकता दिने, सार्वजनिक सूचनाहरू स्थानीय भाषामा समेत प्रकाशन गर्ने तथा भाषिक अधिकार कार्यान्वयनका लागि आवश्यक पहल गर्ने प्रतिबद्धता जनाएका थिए।

नेपाल तामाङ घेदुङले मातृभाषाको संरक्षण, संवर्द्धन तथा सरकारी कामकाजमा तामाङ भाषाको प्रयोग विस्तारका लागि देशव्यापी अभियान सञ्चालन गर्दै आएको छ। चौतारामा सम्पन्न यस अन्तरक्रिया कार्यक्रमले तामाङ र नेपाल भाषाको सरकारी प्रयोगलाई संस्थागत र प्रभावकारी बनाउन महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास सहभागीहरूले व्यक्त गरेका छन्।


प्रकाशित मिति: शुक्रबार, जेठ १५, २०८३  १२:२१
#कामकाजमा तामाङ र नेपाल भाषा #नेपाल_तामाङ_घेदुङ
प्रतिक्रिया दिनुहोस्
थप समाचार
बिमा कार्यक्रमलाई व्यापक पुनर्संरचना गरिँदै
बिमा कार्यक्रमलाई व्यापक पुनर्संरचना गरिँदै शुक्रबार, जेठ १५, २०८३
बजेट २०८३/८४: नेप्सेको पुनर्संरचना अघि बढाइने
बजेट २०८३/८४: नेप्सेको पुनर्संरचना अघि बढाइने शुक्रबार, जेठ १५, २०८३
अनुसन्धान तथा नवप्रवर्तनका लागि पुँजीगत खर्चको एक प्रतिशत विनियोजन
अनुसन्धान तथा नवप्रवर्तनका लागि पुँजीगत खर्चको एक प्रतिशत विनियोजन शुक्रबार, जेठ १५, २०८३
बजेट २०८३/८४ : एक हजार किलोमिटर सडक कालोपत्र तथा २७५ वटा सडक पुल निर्माणको लक्ष्य
बजेट २०८३/८४ : एक हजार किलोमिटर सडक कालोपत्र तथा २७५ वटा सडक पुल निर्माणको लक्ष्य शुक्रबार, जेठ १५, २०८३
बजेट २०८३/८४: मुग्लिन आँबुखैरेनी सडक निर्माण सुरु गरिने
बजेट २०८३/८४: मुग्लिन आँबुखैरेनी सडक निर्माण सुरु गरिने शुक्रबार, जेठ १५, २०८३
बजेट २०८३/८४: मोतिपुर र मयुरधाप औद्योगिक क्षेत्र निर्माण र सञ्चालनको जिम्मा निजी क्षेत्रलाई
बजेट २०८३/८४: मोतिपुर र मयुरधाप औद्योगिक क्षेत्र निर्माण र सञ्चालनको जिम्मा निजी क्षेत्रलाई शुक्रबार, जेठ १५, २०८३
बजेट २०८३/८४ : मध्य-मधेसमा कृषि र उद्योग केन्द्रित चतुर्भुज विकास कार्यक्रम
बजेट २०८३/८४ : मध्य-मधेसमा कृषि र उद्योग केन्द्रित चतुर्भुज विकास कार्यक्रम शुक्रबार, जेठ १५, २०८३
लोकप्रिय
  • Week
  • Month
मुक्तिनाथ विकास बैंककोे फाइदा एपबाट ‘सेल्फ–रिन्यु’ सुविधा सुरु
मुक्तिनाथ विकास बैंककोे फाइदा एपबाट ‘सेल्फ–रिन्यु’ सुविधा सुरु
बाँदर नियन्त्रणमा आधुनिक प्रविधि र सामुदायिक प्रयास
बाँदर नियन्त्रणमा आधुनिक प्रविधि र सामुदायिक प्रयास
लगातार चार दिन सार्वजनिक बिदा
लगातार चार दिन सार्वजनिक बिदा
वैदेशिक रोजगारीका लागि नयाँ श्रम स्वीकृति लिने घटे
वैदेशिक रोजगारीका लागि नयाँ श्रम स्वीकृति लिने घटे
छैटौँ आदिवासी जनजाति चलचित्र महोत्सव- २०८३  हुँदै
छैटौँ आदिवासी जनजाति चलचित्र महोत्सव- २०८३  हुँदै
मुक्तिनाथ विकास बैंककोे फाइदा एपबाट ‘सेल्फ–रिन्यु’ सुविधा सुरु
मुक्तिनाथ विकास बैंककोे फाइदा एपबाट ‘सेल्फ–रिन्यु’ सुविधा सुरु
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
बाँदर नियन्त्रणमा आधुनिक प्रविधि र सामुदायिक प्रयास
बाँदर नियन्त्रणमा आधुनिक प्रविधि र सामुदायिक प्रयास
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP