Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #नेपाल_विद्युत्_प्राधिकरण
  • #एडिबी
  • #बढघर
  • #पीआर एजेन्सी अफ द इयर
  • #भी-चित्र
  • #V-Chitra
  • #आईसीसी क्रिकेट विश्वकप लिग–२
  • #छायानाथ अल्ट्रा रेस
  • #धीरबहादुर बुढा
Search Here
सम्पादकीय
  • Home
  • सम्पादकीय
  • विश्वविद्यालयको साख फर्काउने अवसर
विश्वविद्यालयको साख फर्काउने अवसर
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, जेठ १०, २०८३

त्रिभुवन विश्वविद्यालयसहित विभिन्न आठ विश्वविद्यालयका रिक्त उपकुलपति पदपूर्ति यसपटक खुला प्रतियागितामार्फत गरिँदै छ । विगतमा राजनीतिक पहुँचका आधारमा नियुक्त हुँदै आएको उपकुलपति खुला प्रतिस्पर्धामार्फत चयन हुनु नेपालको उच्च शिक्षा क्षेत्रका लागि एक सकारात्मक र प्रतीक्षित कदम हो । हाल उक्त पदका लागि प्राप्त आवेदनमाथि छनोट तथा सिफारिस समितिले छानबिन र अध्ययन गरिरहेको छ ।

खुला प्रतिस्पर्धामार्फत नेतृत्व चयन गर्ने यो प्रक्रिया आफैंमा स्वागतयोग्य छ । २१८ जना आकांक्षीको आवेदन पर्नुले मुलुकभित्र प्राज्ञिक र प्रशासनिक नेतृत्व लिन योग्य व्यक्तिहरूको कमी नरहेको स्पष्ट पार्छ । अबको मुख्य चुनौती भनेको प्राप्त आवेदनहरूमध्येबाट कुनै पनि दबाब वा प्रभावमा नपरी पूर्णरूपमा पारदर्शी र निष्पक्ष ढंगले सबैभन्दा क्षमतावान् र योग्य व्यक्तिलाई छनोट गर्नु हो ।

विगत लामो समयदेखि नेपालका विश्वविद्यालयहरू राजनीतिक भागबण्डा र अति राजनीतिकरणको दुष्चक्रमा फस्दै आएका छन् । दलीय आबद्धताका आधारमा पदाधिकारी नियुक्त गरिने गलत परिपाटीले गर्दा हाम्रा उच्च शैक्षिक संस्थाहरू प्राज्ञिक थलोभन्दा बढी राजनीतिक क्रिडास्थलमा परिणत भए । जसका कारण विश्वविद्यालयहरूको साख खस्कियो, गुणस्तर खस्कियो र सुधारका प्रयासहरू ठप्प भए । खुला प्रतिस्पर्धामार्फत आउने नयाँ उपकुलपतिमा यो स्थापित दलीय सिण्डिकेट र राजनीतिकरणको जालोलाई चिर्ने दृढ इच्छाशक्ति र योग्यता हुन जरुरी छ । नयाँ नेतृत्व दलीय स्वार्थभन्दा माथि उठेर केवल संस्थागत सुधार र प्राज्ञिक उन्नयनका लागि प्रतिवद्ध हुनुपर्छ । 

Hardik health

आज हाम्रा विश्वविद्यालयहरू गम्भीर संकटबाट गुज्रिरहेका छन् । मुलुकको शिक्षा प्रणाली र विश्वविद्यालयहरूले समयसापेक्षरूपमा पाठ्यक्रममा सुधार र परिमार्जन गर्न नसक्दा लाखौं युवा विद्यार्थीहरू उच्च शिक्षाका लागि विदेश पलायन भइरहेका छन् । बजारको माग र अन्तर्राष्ट्रिय मापदण्ड अनुकूलका प्राविधिक तथा व्यावहारिक शिक्षाको अभावले विद्यार्थीमा स्वदेशी डिग्रीप्रति वितृष्णा जागेको छ । यो भयावह पलायनलाई रोक्न अब ढिलो भइसकेको छ । विश्वविद्यालयहरूलाई पूर्ण प्राज्ञिक थलोको रूपमा विकास गर्दै स्वदेशमै गुणस्तरीय र रोजगारीमूलक शिक्षा पाउने वातावरण निर्माण गर्नु आजको प्रमुख आवश्यकता हो । नयाँ नेतृत्वले केवल प्रशासनिक काम गर्नेमात्र होइन, बरु विदेशी विद्यार्थीहरूलाई समेत आकर्षित गर्न सक्नेगरी अन्तर्राष्ट्रियस्तरको शिक्षण र अनुसन्धानको वातावरण तयार पार्नुपर्छ ।

यसै सन्दर्भमा, विश्वविद्यालयको संरचनात्मक नेतृत्वको बहस पनि उत्तिकै पेचिलो बनेको छ । वर्तमान वालेन्द्र शाह नेतृत्वको सरकारले विगतमा प्रधानमन्त्री कुलपति रहने व्यवस्था हटाउने र विश्वविद्यालयहरूलाई राजनीतिक कार्यकारीको नियन्त्रणबाट मुक्त गर्ने आश्वासन दिएको थियो । तर, व्यवहारमा फेरि पनि प्रधानमन्त्रीकै भूमिका र प्रभाव थप बढाउनेगरी चालिएका कदमहरू विरोधाभासपूर्ण देखिन्छन् । विश्वविद्यालयलाई राजनीतिक हस्तक्षेपबाट टाढा राख्न स्वायत्तता दिनुको सट्टा प्रधानमन्त्री वा मन्त्रीको भूमिका थप बलियो बनाउनु कुनै पनि दृष्टिकोणबाट न्यायसंगत हुन सक्दैन ।

उपकुलपति छनोटको यो प्रक्रिया नेपालको उच्च शिक्षालाई पुनर्जीवन दिने एउटा ऐतिहासिक अवसर हो । सिफारिस समितिले कुनै पनि राजनीतिक दल वा शक्तिको प्रभावमा नपरी विशुद्ध योग्यता, भिजन र कार्ययोजनाका आधारमा उत्कृष्ट उम्मेदवार छनोट गर्नुपर्छ । विश्वविद्यालयलाई दलीय राजनीतिबाट मुक्त गरी ज्ञान, अनुसन्धान र नवप्रवर्तनको केन्द्र बनाउन सकेमात्र विद्यार्थी पलायन रोकिने छ ।
 


प्रकाशित मिति: आइतबार, जेठ १०, २०८३  ११:३०
प्रतिक्रिया दिनुहोस्
थप सम्पादकीय
सभामुखबाट भूमिका तटस्थ होस् 
सभामुखबाट भूमिका तटस्थ होस्  शुक्रबार, जेठ ८, २०८३
संसद्प्रतिको उदासीनता लोकतन्त्रका लागि घातक
संसद्प्रतिको उदासीनता लोकतन्त्रका लागि घातक बिहीबार, जेठ ७, २०८३
विभेदकारी विज्ञापन नीति तत्काल खारेज गर
विभेदकारी विज्ञापन नीति तत्काल खारेज गर सोमबार, जेठ ४, २०८३
बेरुजुको चाङभित्रको वित्तीय अराजकता
बेरुजुको चाङभित्रको वित्तीय अराजकता आइतबार, जेठ ३, २०८३
प्रधानमन्त्री संसदप्रति उत्तरदायी बन
प्रधानमन्त्री संसदप्रति उत्तरदायी बन शुक्रबार, जेठ १, २०८३
आगामी बजेटले तय गर्नुपर्ने ‘रोडम्याप’
आगामी बजेटले तय गर्नुपर्ने ‘रोडम्याप’ बिहीबार, वैशाख ३१, २०८३
लोकप्रिय
  • Week
  • Month
वैचारिक व्यक्तित्व मदन भण्डारी र जबजको सान्दर्भिकता
वैचारिक व्यक्तित्व मदन भण्डारी र जबजको सान्दर्भिकता
आन्दोलनको तयारीमा वैदेशिक रोजगार व्यवसायी
आन्दोलनको तयारीमा वैदेशिक रोजगार व्यवसायी
भक्तपुरको  हाईल्याण्ड रिसोर्ट  साटा अवार्ड २०२६ का लागि मनोनयनमा
भक्तपुरको हाईल्याण्ड रिसोर्ट साटा अवार्ड २०२६ का लागि मनोनयनमा
कविता सङ्ग्रह ‘द काष्ट अफ फ्लावर्स’ बजारमा
कविता सङ्ग्रह ‘द काष्ट अफ फ्लावर्स’ बजारमा
लगातार चार दिन सार्वजनिक बिदा
लगातार चार दिन सार्वजनिक बिदा
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
म्यानपावरलाई तिरेको यथार्थ रकम खुलाउँदैनन् श्रमिक
म्यानपावरलाई तिरेको यथार्थ रकम खुलाउँदैनन् श्रमिक
तामाङ युवाहरूको क्षमता अभिवृद्धि प्रशिक्षण कार्यक्रम सम्पन्न
तामाङ युवाहरूको क्षमता अभिवृद्धि प्रशिक्षण कार्यक्रम सम्पन्न
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP