Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #८०औँ स्वतन्त्रता दिवस
  • #३२ औं तामाङ प्रसारण दिवस
  • #शेरबहादुर देउवा
  • #नेपाली कांग्रेस
  • #शेरबहादुर देउवा समूह
  • #डा. शेखर कोइराला
  • #‘ए मैना सुनन’
  • #राष्ट्रियसभा
  • #नेपाल इन्भेष्टमेन्ट मेगा बैंक
Search Here
राजनीति
  • Home
  • राजनीति
  • देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
प्रभाव संवाददाता
प्रभाव संवाददाता सोमबार, साउन ११, २०८३
  • साउन २९ को राष्ट्रिय भेलामा देउवा आइपुग्ने संस्थापनइतरको दाबी
  • देउवाकै नेतृत्वमा १५औं महाधिवेशन गरेर डा. शेखर कोइरालालाई सभापति बनाउने तयारी
  • सभापति थापा इतर पक्षलाई तितरवितर बनाउने प्रयासमा

काठमाडौं- सभापति गगन थापाले वास्ता नगरेपछि नेपाली कांग्रेसका संस्थाइतर वैकल्पिक शक्ति निर्माणबारे छलफलमा जुटेको छ । चुनदेवीस्थित सम्पर्क कार्यालयमा संस्थापनइतरले यसबारे छलफल चलाएको हो ।

विशेष महाधिवेशनबाट सभापति बनेका थापालाई शेरबहादुर देउवापक्षका नेताहरुलाई केन्द्रीय समितिमा अटाउन पाँच बुँदे प्रस्ताव अघि सारेको थियो । तर थापाले यी मागबारे कुनै सुनुवाइ गरेका छैनन् । यसले पार्टी एक हुने सम्भावना एकदम कम हुँदै गएको संस्थापनइतरका एक नेताले बताए । 

‘हामी सात महिनादेखि एकताको पर्खाइमा छौं । तर सभापति थापाले हामीलाई केही मतलब गर्नुभएको छैन । त्यसैले हामी देउवा दाइ आइपुग्नुभएपछि १५औं महाधिवेशन गर्ने तयारीमा छौ,’ ती नेताले भने । गगन नेतृत्वको कांग्रेसले असोज १६ गते महाधिवेशन गर्ने तयारी गरेको छ । यसअघि नै संस्थापनइतरले महाधिवेशन गर्ने र डा. शेखर कोइरालालाई सभापति बनाउनेगरी विकल्प अघि बढाइएको छ । यसका लागि साउन २९ गतेको राष्ट्रिय भेलाले निर्णय गर्ने ती नेताको दाबी रह्यो । ‘राष्ट्रिय भेलामा महाधिवेशन प्रतिनिधि र महासमिति सदस्यहरु सहभागी हुने छन्,’ ती नेताले भने, ‘त्यहाँ विभिन्न विकल्पमाथि छलफल हुने छ ।’

राष्ट्रिय भेलामा हङकङमा रहेका देउवा आइपुग्ने कांग्रेसका नेताहरु बताउँछन् । साउन ५ गते एक वक्ताव्य जारी गरी देउवाले छिट्टै नेपाल फर्कने बताएका थिए । आफू देश फर्कंदा सरकारले प्रतिशोधको भावना लिनसक्नेसमेत देउवाले बताएका थिए । ‘सरकार प्रतिशोधात्मक र अलोकतान्त्रिक बन्न सक्छ, तर म नेपाली जनताको लोकतान्त्रिक चेतना, राष्ट्रप्रेम र न्यायप्रतिको विश्वासमाथि पूर्ण आस्था र समर्पण भाव राख्छु,’ देउवाले भनेका छन्, ‘राष्ट्रियता, प्रजातन्त्र र समाजवाद साथै संविधानवादको पक्षमा दृढतापूर्वक उभिन सम्पूर्ण राजनीतिक शक्ति, नागरिक समाज, युवा पुस्ता तथा आम नेपाली जनतासँग हार्दिक आग्रह गर्दै, आफ्नो निष्ठा, प्रतिबद्धता र समर्पणभावप्रति फेरि एक पटक विश्वास दिलाउँदै म स्वदेश फर्किंदै छु ।’

Hardik health

इतर समूहको बैठकले २९ साउनको राष्ट्रिय भेलालाई सफल बनाउन देशभर १६५ निर्वाचन क्षेत्रमा केन्द्रीय प्रतिनिधि खटाउने निर्णय गरेको छ । संस्थापन पेलेरै जाने देखेपछि पूर्वउपसभापति पूर्णबहादुर खड्काको नेतृत्वमा देउवापक्ष र शेखरपक्ष संघर्षमा उत्रेका हुन् । राष्ट्रिय भेला संयोजनको जिम्मेवारी प्रकाशमान सिंहलाई दिइएको छ । यो समूहमा खड्कासहित, सिंह, विमलेन्द्र निधि, कृष्णप्रसाद सिटौला, डा. शशांक कोइराला, डा. शेखर कोइराला, डा. प्रकाशशरण महत, शंकर भण्डारी, एनपी साउद, मोहन बस्नेत, जितजंग बस्नेतलगायत नेताहरुको लर्को छ ।

इतर समूहलाई तितरवितर पार्दै गगन
१४औं महाधिवेशनपछि देउवा समूह र डा. शेखर समूहले हालीमुहाली थियो कांग्रेसमा । महामन्त्री बनेका निरन्तर संस्थापनसँग प्रश्न गर्ने गगन अहिले कांग्रेसको नेतृत्वमा छन् । विशेष महाधिवेशनबाट सभापतिमा चयन भएका उनै गगनसँग देउवा र कोइराला समूहका नेताहरु अहिले केन्द्रीय समितिमा उचित ठाउँ माग्दै संघर्षमा उत्रेका हुन् ।

फागुन २१ गतेको निर्वाचनपछि होटल स्मार्टमा जुट्दै आएका संस्थापनइतरलाई गगनले कमजोर बनाउँदै लगेको छ । कोषाध्यक्षमा देउवा टिमकै उमेश श्रेष्ठ मनोनीत भएका छन् । देउवा र शेखर समूहका १९ जनालाई केन्द्रीय सदस्यमा मनोनीत गरेपछि झनै कमजोर बनेको छ । यो बीचमा गगनले पूर्णबहादुर खड्का र डा. शेखरलाई ‘वरिष्ठ नेता’को अफरसमेत गरेका थिए । यहीे बीचमा कांग्रेस संस्थापनले किशोरसिंह राठौरदेखि नैनसिंह महरसम्मका दर्जन देउवापक्षका नेताहरुलाई केन्द्रीय समितिमा ल्याउने तयारी गरेको छ । यो समितिमा नभए १५औं महाधिवेशनमा भए पनि यी दुई नेतालाई पदाधिकारीमा समेट्ने तयारी संस्थापनपक्षले गरेको छ ।

देउवापक्षमा प्रदेश सभापतिसहित ५० भन्दा बढी जिल्ला सभापति भए पनि अहिले विस्तारै गगनपक्षमा आएको छ । संस्थापनपक्षका एक नेताका अनुसार कर्णाली प्रदेशका प्रदेश सभापति ललितजंग शाही र चार जिल्ला सभापतिमात्र इतरपक्षमा खुलेका छन् । 

संस्थापनइतरका नेता मीनबहादुर विश्वकर्मा अहिले केन्द्रीय निकाय गगनकै नेतृत्वमा भएकाले जिल्ला सभापतिहरुलाई यो पक्ष र त्यो पक्ष भन्न नमिल्ने बताउँछन् । ‘जिल्लामा पहिलेकै संख्यामा जिल्ला सभापतिहरु हाम्रो पक्षमा हुनुहुन्छ । तर अहिले नेतृत्वको हुकुमी शैलीका कारण नखुल्नुभएको हो,’ विश्वकर्माले भने ।

संस्थापनले वैकल्पिक शक्तिको आधार तय गर्न राष्ट्रिय भेला गर्न लागेको र आधाभन्दा बढी कार्यकर्ताको साथ रहेको नेताहरु बताउँछन् । कांग्रेसमा क्रियाशील अद्यावधिक नगर्नेको संख्या साढे तीन लाख भएको संस्थापनइतरको दाबी छ । त्यसैगरी प्रजातान्त्रिक समाजवाद सिद्धान्त बनाउँदै आएको कांग्रेसले अहिले सामाजिक लोकतन्त्रलाई अँगाल्नु राष्ट्रिय स्वतन्त्र पार्टीको पछि लागेको पुष्टि भएको विश्वकर्माले आरोप लगाए । गगन नेतृत्वको कांग्रेस १५औं महाधिवेशनमा प्रतिस्पर्धा नगर्ने हिसाबले अघि बढेकोले धेरै देउवापक्षमा फर्कने उनीहरु बताउँछन् ।
 


प्रकाशित मिति: सोमबार, साउन ११, २०८३  ११:४९
#कांग्रेसका संस्थाइतर
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
रास्वपाको केन्द्रीय समिति बैठक शुक्रबार बस्ने
रास्वपाको केन्द्रीय समिति बैठक शुक्रबार बस्ने मंगलबार, भदौ २, २०८३
देउवा समूह पश्चगमनतिर, हिन्दूराष्ट्रको कित्तामा उभियो
देउवा समूह पश्चगमनतिर, हिन्दूराष्ट्रको कित्तामा उभियो सोमबार, भदौ १, २०८३
नेपाली कांग्रेस, बागमती प्रदेश संसदीय दलको बैठक आज
नेपाली कांग्रेस, बागमती प्रदेश संसदीय दलको बैठक आज सोमबार, भदौ १, २०८३
‘नागरिक, नीति र नेतृत्व’ कार्यक्रम सुरू गर्दै रास्वपा
‘नागरिक, नीति र नेतृत्व’ कार्यक्रम सुरू गर्दै रास्वपा आइतबार, साउन ३१, २०८३
न्यायालयप्रति पूर्ण विश्वास छः निवर्तमान सभापति देउवा
न्यायालयप्रति पूर्ण विश्वास छः निवर्तमान सभापति देउवा आइतबार, साउन ३१, २०८३
राजनीतिक संस्कार नै बदल्ने देउवापक्षको प्रस्ताव
राजनीतिक संस्कार नै बदल्ने देउवापक्षको प्रस्ताव आइतबार, साउन ३१, २०८३
कांग्रेस संस्थापनइतर पक्षको राष्ट्रिय भेला सुरु
कांग्रेस संस्थापनइतर पक्षको राष्ट्रिय भेला सुरु शुक्रबार, साउन २९, २०८३
लोकप्रिय
  • Week
  • Month
वैदेशिक रोजगारीमा कीर्ते गर्नेलाई १२ वर्षसम्म कैदको प्रस्ताव 
वैदेशिक रोजगारीमा कीर्ते गर्नेलाई १२ वर्षसम्म कैदको प्रस्ताव 
कालो पट्टी बाँधेर सरकारविरुद्ध सांकेतिक विरोध 
कालो पट्टी बाँधेर सरकारविरुद्ध सांकेतिक विरोध 
विभागको कार्यालयमा व्यवसायीले दिए धर्ना
विभागको कार्यालयमा व्यवसायीले दिए धर्ना
वीरगञ्जमा भारतको ८०औँ स्वतन्त्रता दिवस उत्साहपूर्वक मनाइयो
वीरगञ्जमा भारतको ८०औँ स्वतन्त्रता दिवस उत्साहपूर्वक मनाइयो
नारामा सीमित नीति, पलायन हुन बाध्य युवा
नारामा सीमित नीति, पलायन हुन बाध्य युवा
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
सरकारले सभापति थापामाथि निगरानी बढाएको कांग्रेसको आरोप
सरकारले सभापति थापामाथि निगरानी बढाएको कांग्रेसको आरोप
व्यवसाय बन्द गर्ने चेतावनीकाबीच थप ८९ म्यानपावरमाथि विभागको कारबाही
व्यवसाय बन्द गर्ने चेतावनीकाबीच थप ८९ म्यानपावरमाथि विभागको कारबाही
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक / सम्पादक कृष्ण कार्की
मल्टिमिडिया मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP