Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #८०औँ स्वतन्त्रता दिवस
  • #३२ औं तामाङ प्रसारण दिवस
  • #शेरबहादुर देउवा
  • #नेपाली कांग्रेस
  • #शेरबहादुर देउवा समूह
  • #डा. शेखर कोइराला
  • #‘ए मैना सुनन’
  • #राष्ट्रियसभा
  • #नेपाल इन्भेष्टमेन्ट मेगा बैंक
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
ममता थापा
ममता थापा सोमबार, असार २९, २०८३
  • युएईमा नक्कली कार्यालय देखाउँदै लाखौं रकम असुली 
  • नेपालबाट रोजगारीका लागि लैजाने प्रलोभनमा पारेर ठगी
  • युएईमा रहेका नेपालीहरु पनि पेरिसाको फन्दामा
  • लाखौं पैसा असुलेकी पेरिसाले आफूविरुद्ध मुद्दा हाले पनि नडराउने धम्की  

काठमाडौं- हिमादेवी चापागाइँले आफ्ना श्रीमान् संयुक्त अरब इमिरेट्स (युएई)मा भएकाले रोजगारीका लागि त्यहीँ जाने निर्णय गरिन् । झापाको दमक-४ की २५ वर्षीया हिमादेवी आफन्तमार्फत पेरिसा बराल नाम गरेकी युवतीको सम्पर्कमा पुगिन् ।

युएईमा अफिस खोलेको बताउने पेरिसाले हिमादेवीलाई वैदेशिक रोजगारीमा पठाउने भन्दै प्रलोभनमा पारिन् । हिमादेवीले तुरुन्तै विश्वास गरिन् पेरिसामार्फत नै वैदेशिक रोजगारीमा जाने प्रक्रिया थालिन् । ‘मैले नयाँ अफिस खोलेको हो । मलाई मेरो परिवारले राम्रो व्यवहार गर्नुहुन्न, मलाई काम गर्न दिनुहोस् भनेपछि अरूले खाने पैसा उसैले खाओस् भनेर दिएको हो,’ चापागाइँले भनिन् । 

आफ्नो अफिसमा जागिर लगाइदिने भनेपछि हिमाको दिदीको छोरा पनि युएई जाने निर्णय गरे । त्यसका लागि हिमाले एक लाख रुपैयाँ र उनका भाइले २५ सय दिराम बुझाए । त्यसपछि ‘अफर लेटर’, मोफाजस्ता कागजात पठाएपछि थप एक हजार दिराम बुझाए । पेरिसाले सबै पैसा आफ्नो अफिसको कर्मचारी भन्दै विभिन्न व्यक्तिको खातामा जम्मा गर्न लगाएकी थिइन् । त्यसपछि काम नहुने भएपछि पैसा माग्दा बल्लतल्ल ५० हजार फिर्ता दिएको हिमाको भनाइ छ ।

Hardik health

‘मैले जनवरी २० मा पैसा बुझाएको हो । भिसामा समस्या आयो भनेपछि पैसा फिर्ता माग्दा दिइन्,’ उनले भनिन्, ‘अनि टिकटकमा अर्को मान्छेले त्यो दलाल हो भनेर भिडियो हालेको देखेपछि मैले पनि हालेँ । त्यसपछि ५० हजार फिर्ता दिई । बाँकी पैसा माग्दा जे गर्नु छ गर भन्छे ।’ हिमादेवीकले झापाबाट आएर दुई महिना अगाडि वैदेशिक रोजगार विभागमा उजुरी दिएकी छन् । तर विभागबाट कुनै प्रक्रिया अगाडि नबढेको बताइन् । पेरिसाले ललितपुर-१२ की रीतिका शाक्यलाई पनि आफ्नै कम्पनीमा काम लगाइदिने भनेपछि पैसा बुझाइन् । तर काम गर्न नसकेपछि सम्पर्कविहीन भएको शाक्यको भनाइ छ ।

‘मलाई आफ्नै कम्पनीमा डकुमेन्ट अफिसरमा काममा लगाइदिन्छु भनेपछि एक लाख ९० हजार दिएको हो । त्यसपछि बाहानाहरु बनाउन थाल्यो,’ रितिकाले भनिन्, ‘युएईमा छ भनेको अफिस पनि फेक रहेछ । अफिसको लोकेसन चेञ्ज गरिरहने रहेछ ।’ पेरिसाले नेपालमामात्र नभई युएईमा कार्यरत धेरै नेपाली युवाहरुबाट लाखौं असुलेको पाइएको छ । ह्वाट्एप ग्रुपमा जोडिएका पीडित युवाहरुले आफूले दुःख गरेर कमाएको पैसा ठगेर हैरान पारेको बताएका छन् । त्यहाँ भिसाको म्याद सकिएर ‘ओभर स्टे’ गरिरहेका युवाहरुको भिसा थप गरिदिन्छु भन्दै पाँच हजार दिरामसम्म लिएको बताएका छन् । त्यस्तै, छुट्टीमा नेपाल आएकाहरुको टिकट काटिदिने नाममा नक्कली टिकट बनाएर पैसा असुलेको पनि पाइएको छ ।

को हुन् पेरिसा ?
१९ वर्षीया पेरिसा दोलखाको शैलुङ गाउँपालिका-५ की बासिन्दा हुन् । उनले प्रिसा डक्युमेन्ट्री सर्भिस नामको आफ्नो कार्यालय दुबईको अल नाहदा मेट्रो स्टेसनमा रहेको बताउने गरेको पीडितहरु बताउँछन् । पेरिसाले सन् २०२५ अगस्ट १३ मा युएईको रेसिडेन्सी कार्ड लिएको देखिन्छ ।  नेपालीहरुबाट लाखौं पैसा असुलेकी उनले आफूमाथि मुद्दा हाले पनि नडराउने भन्दै धम्की दिँदै म्यासेज पठाउने गरेकी छन् । 

पेरिसाको विषयमा काठमाडौंमा बस्दै आएका उनका बुबासँग कुरा गर्दा उक्त कुरा गरे नराम्रो हुने धम्की दिने गरेको पीडितको भनाइ छ । पेरिसाकी आमा र बुबा सँगै बस्दैनन् । आमासँग कुरा गर्दा सो विषय बुबामार्फत मिलाउन भन्ने गरेको जनाइएको छ ।  पछिल्लो समय वैदेशिक रोजगारीको नाममा हुने व्यक्तिगत ठगीको घटनामा कमी आएको छैन । चालु आर्थिक २०८२/८३ को ११ महिनामा चार हजार ९७३ वटा व्यक्तिगत ठगीको उजुरी दर्ता भएको विभागको तथ्यांक छ ।

चिनजानको व्यक्ति र सामाजिक सञ्जालका आकर्षक विज्ञापनको विश्वास गर्दा बेरोजगार युवाहरु ठगिँदै आएका छन् । ठगीमा संलग्न व्यक्तिले पैसा असुल्न धेरै वटा खाता प्रयोग गर्ने, विदेशमा लुकेर बस्ने आदि गर्नाले कारबाहीको दायरामा ल्याउन कठिन हुने गरेको विभागले बताउँदै आएको छ ।
 


प्रकाशित मिति: सोमबार, असार २९, २०८३  ११:०१
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
सरकारको प्रतिबद्धतापछि काममा फर्किए व्यवसायी
सरकारको प्रतिबद्धतापछि काममा फर्किए व्यवसायी मंगलबार, भदौ २, २०८३
मन्त्रालय र वैदेशिक रोजगार व्यवसायीबीच सहमति आन्दोलनका कार्यक्रम फिर्ता
मन्त्रालय र वैदेशिक रोजगार व्यवसायीबीच सहमति आन्दोलनका कार्यक्रम फिर्ता सोमबार, भदौ १, २०८३
आजदेखि देशभरका म्यानपावर बन्द
आजदेखि देशभरका म्यानपावर बन्द सोमबार, भदौ १, २०८३
दक्षिण कोरियामा उच्च तापक्रमले बढ्यो श्रमिकको सुरक्षा चिन्ता 
दक्षिण कोरियामा उच्च तापक्रमले बढ्यो श्रमिकको सुरक्षा चिन्ता  आइतबार, साउन ३१, २०८३
वैदेशिक रोजगारीमा कीर्ते गर्नेलाई १२ वर्षसम्म कैदको प्रस्ताव 
वैदेशिक रोजगारीमा कीर्ते गर्नेलाई १२ वर्षसम्म कैदको प्रस्ताव  शुक्रबार, साउन २९, २०८३
ई-७ भिसाको मागपत्र प्रमाणीकरण सुरू
ई-७ भिसाको मागपत्र प्रमाणीकरण सुरू बिहीबार, साउन २८, २०८३
कालो पट्टी बाँधेर सरकारविरुद्ध सांकेतिक विरोध 
कालो पट्टी बाँधेर सरकारविरुद्ध सांकेतिक विरोध  बुधबार, साउन २७, २०८३
लोकप्रिय
  • Week
  • Month
वैदेशिक रोजगारीमा कीर्ते गर्नेलाई १२ वर्षसम्म कैदको प्रस्ताव 
वैदेशिक रोजगारीमा कीर्ते गर्नेलाई १२ वर्षसम्म कैदको प्रस्ताव 
कालो पट्टी बाँधेर सरकारविरुद्ध सांकेतिक विरोध 
कालो पट्टी बाँधेर सरकारविरुद्ध सांकेतिक विरोध 
विभागको कार्यालयमा व्यवसायीले दिए धर्ना
विभागको कार्यालयमा व्यवसायीले दिए धर्ना
वीरगञ्जमा भारतको ८०औँ स्वतन्त्रता दिवस उत्साहपूर्वक मनाइयो
वीरगञ्जमा भारतको ८०औँ स्वतन्त्रता दिवस उत्साहपूर्वक मनाइयो
नारामा सीमित नीति, पलायन हुन बाध्य युवा
नारामा सीमित नीति, पलायन हुन बाध्य युवा
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
सरकारले सभापति थापामाथि निगरानी बढाएको कांग्रेसको आरोप
सरकारले सभापति थापामाथि निगरानी बढाएको कांग्रेसको आरोप
व्यवसाय बन्द गर्ने चेतावनीकाबीच थप ८९ म्यानपावरमाथि विभागको कारबाही
व्यवसाय बन्द गर्ने चेतावनीकाबीच थप ८९ म्यानपावरमाथि विभागको कारबाही
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक / सम्पादक कृष्ण कार्की
मल्टिमिडिया मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP