काठमाडाैं- पत्रकार एवं लेखक दीपक बन्जाराको पहिलो उपन्यास ‘हृदयांश’ को औपचारिक रुपमा विमोचन भएको छ । मंगलबार एक कार्यक्रमकाबीच पूर्वउपसभामुख इन्दिरा राना मगरले विमोचन गरेकी हुन् ।
विमोचन कार्यक्रमलाई सम्बाेधन गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की प्रतिनिधिसभा सांसद समेत रहेएकी मगरले समाज र मानवीय जीवनलाई जोड्नका निम्ति साहित्यको भूमिकाकाे बारेमा चर्चा समेत गरिन् । उनले साहित्य केवल शब्दहरूको सङ्ग्रह मात्र नभई समाजको ऐना र मानवीय भावनाको गहिरो अभिव्यक्तिका रुपमा टिप्पणी गरिन् ।
त्यस्तै, पुस्तककाे बारेका जेनजी अभियान्ता जस्मिन ओझाले समीक्षा गर्दै ‘हृदयांश’ उपन्यासको साहित्यिक, भावनात्मक र संरचनात्मक पक्षमाथि टिप्पणी गरिन् । साथै लेखक तथा पत्रकार बञ्जाराले आफ्नो पहिलो कृतिकाे बारेमा धारणा राख्दै उपन्यासमार्फत पाठकहरूले प्रेम, पीडा, क्षमा र नयाँ आशाको एउटा भावनात्मक यात्रा महशुस गर्ने विश्वास समेत व्यक्त गरे।
