Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #८०औँ स्वतन्त्रता दिवस
  • #३२ औं तामाङ प्रसारण दिवस
  • #शेरबहादुर देउवा
  • #नेपाली कांग्रेस
  • #शेरबहादुर देउवा समूह
  • #डा. शेखर कोइराला
  • #‘ए मैना सुनन’
  • #राष्ट्रियसभा
  • #सन्तोष परियार
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
ममता थापा
ममता थापा मंगलबार, साउन १२, २०८३

काठमाडौं- सीप प्रमाणीकरण कार्यक्रम (एसभिपी)को विषय निचोडमा नपुगेसम्म साउदी अरबको ठूलो रोजगारी रोजगारी गुम्ने देखिएको छ । साउदीबाट आउने कूल मागमध्ये सीप प्रमाणीकरण आवश्यक भनिएका पाँचवटा क्षेत्रमा सबैभन्दा धेरै श्रमिक जाने गरेको व्यवसायी बताउँछन् । सीप प्रमाणीकरण नगरी श्रमिकहरुले भिसा नपाउने भएपछि करिव ५० प्रतिशत श्रमिक रोजगारीको अवसरबाट वञ्चित हुने जनाइएको छ ।

गत असार २ गते नेपालस्थित साउदी दूतावासले सूचना जारी गर्दै ३ गते बुधबारदेखि रोजगारीमा जाने कामदारको अनिवार्य सीप प्रमाणीकरण गर्ने भनेको थियो । सोही दिन सीप प्रमाणीकरण गर्ने संस्थाको कार्यालय उद्घाटनको तयारी भएपछि व्यवसायीले संस्थामा तोडफोड गरेर उद्घाटन कार्यक्रम बिथोलिदिएका थिए ।

 dik-bahadur-khatri-1785218122.jpg
सीप प्रमाणीकरण नहुँदा सबैभन्दा धेरै श्रमिक जाने पाँच वटा क्षेत्रमा साउदीले श्रमिक लिइरहेको छैन । यसको समाधान सरकारले कूटनीतिक माध्यमबाट त्यहाँको उच्चस्तरीय संयन्त्रसँग संवाद गरेर खोज्नुपर्छ ।
डिकबहादुर खत्री
अध्यक्ष, नेपाल वैदेशिक रोजगार व्यवसायी संघ

यद्यपि, साउदी जान सम्पूर्ण प्रक्रिया पूरा गरेर बसेका श्रमिकहरुको भिसा रोकिएपछि केही व्यवसायीले सरकारबाट आधिकारिकता नपाएकै संस्थामार्फत प्रमाणीकरण गराएर पठाए । तर साउन ६ गते सीप प्रशिक्षणको इजाजत लिएर सीप प्रमाणीकरण गरिरहेको इन्डस्ट्री टे«निङ इन्स्टिच्युट (आइटिआई)मा युवा, श्रम तथा रोजगार मन्त्रालयले सिलबन्दी गरेपछि पाँचवटा क्षेत्रको रोजगारी पूर्णरुपमा बन्द भएको जनाइएको छ ।

Hardik health

आधिकारिकताबिनाको संस्था बन्द गराएर सरकारले सही कदम चाले पनि यसबाट धेरै रोजगारी गुम्ने साउदी अरबको काम गर्दै आएका ओभरसिज इम्प्लोइमेन्ट प्रालिका सञ्चालक अख्तर हुसेन बताउँछन् । सीप प्रमाणीकरण गर्ने भनेका क्षेत्रमा झण्डै ५० प्रतिशत श्रमिक जाँदै आएको उनको भनाइ छ । लोड अनलोड र निर्माण क्षेत्रमा धेरै अदक्ष तथा अर्धदक्ष श्रमिक जाने गरेको हुसेनले बताए । 

‘सबैभन्दा बढी लोड, अनलोडमा जान्छन् । त्यसपछि कन्स्ट्रक्सनमा लेबरहरु जान्छन् । मेसन, कार्पेन्टर, स्टिल फिक्सरजस्ता पेसामा जानेहरु कन्स्ट्रक्टिङअन्तर्गत पर्छन्,’ उनले भने, ‘ह्विलब्यारोमा अलि कम नै जान्छन् । त्यसैले दूतावासले वर्गीकरण गरेको क्याटगोरीमा झण्डै ५० प्रतिशत कामदार जाने गरेका छन् ।’

साउदी दूतावासका अनुसार अहिले लोड/अनलोड, क्यारियर, ह्विलब्यारो, कन्स्ट्रक्सन र कन्स्ट्रक्टिङ पदमा जाने श्रमिकका लागि सीप प्रमाणीकरण आवश्यक पर्छ । यो नियम विस्तारै अन्य पेसामा विस्तार गर्दै लगिने भनिएको छ । यसका लागि श्रमिकले सैद्धान्तिक र प्रयोगात्मक परीक्षाबापत करिब १०० डलर (१५ हजार रुपैयाँ) तिर्नुपर्ने छ ।

सीप प्रमाणीकरण नगर्दा धेरै श्रमिक नलिने अवस्था भएकाले सरकारले कूटनीतिक माध्यमबाटै यसको टुंगो लगाउनुपर्ने नेपाल वैदेशिक राजेगार व्यवसायी संघका अध्यक्ष डिकबहादुर खत्रीले बताए । ‘सीप प्रमाणीकरण नहुँदा सबैभन्दा धेरै श्रमिक जाने पाँच वटा क्षेत्रमा साउदीले श्रमिक लिइरहेको छैन । यसको समाधान सरकारले कूटनीतिक माध्यमबाट त्यहाँको उच्चस्तरीय संयन्त्रसँग संवाद गरेर खोज्नुपर्छ,’ खत्रीले भने ।

pitambar-ghimire-1785218377.jpg
यो साउदी र नेपालको निजी क्षेत्रबीचको समझदारीमा कार्यान्वयन गरेको भनिएको छ । हामीलाई जानकारी गराइएको छैन । एकचोटि सरकारीस्तरमै छलफल गरेर निचोड निकाल्नुपर्ने देखिएकाले अहिले स्थगन गर्न भनेका छौं । यस विषयलाई छिट्टै टुंग्याउँछौं ।
पिताम्बर घिमिरे
प्रवक्ता, श्रम मन्त्रालय

नेपालले एसभिपी कार्यान्वयन नगराउन अनुरोध गरिरहँदा साउदी अरब भने सीप प्रमाणीकरण नगरी भिसा नदिने अडानबाट पछि हटेको छैन । एसभिपी कार्यान्वयन गराउने विषयमा नेपाल सरकारसँग समन्वय गर्नेभन्दा पनि साउदीले नेपालको निजी क्षेत्रसँग मिलेर कार्यान्वयनमा ल्याउन खोजेको जस्तो देखिएको श्रम मन्त्रालयका प्रवक्ता पिताम्बर घिमिरेले बताए । यसले रोजगारीमा पर्ने असरलाई मध्यनजर गर्दै छिट्टै टुंग्याउने प्रयास भइरहेको उनले बताए ।
‘यो साउदी र नेपालको निजी क्षेत्रबीचको समझदारीमा कार्यान्वयन गरेको भनिएको छ । हामीलाई जानकारी गराइएको छैन,’ उनले भने, ‘एकचोटि सरकारीस्तरमै छलफल गरेर निचोड निकाल्नुपर्ने देखिएकाले अहिले स्थगन गर्न भनेका छौं । यस विषयलाई छिट्टै टुंग्याउँछौं ।’
सरकारकै सिटिइभिटी, एनएभिटीलगायत निकायबाट सीप प्रमाणीकरण गराउँदा श्रमिकलाई आर्थिक भार नपर्ने विषयमा पनि थप छलफल आवश्यक रहेको घिमिरेले बताए ।
साउदी अरबमा प्रत्येक वर्ष एक लाखभन्दा बढी नेपाली जाँदै आएका छन् । गत आर्थिक वर्ष २०८२÷८३ मा एक लाख २४ हजार ५८३ तथा २०८१÷८२ मा एक लाख ५२ हजार ५५७ जना साउदी गएका थिए । साउदी श्रमिक पठाउने सबै मुलुकमा एसभिपी कार्यान्वयन भइसकेको नेपालस्थित साउदी दूतावासको दाबी छ । नेपालले भने यसले श्रमिकमा आर्थिक भार पार्ने हुँदा कार्यान्वयन हुन नसक्ने बताउँदै आएको छ । त्यहाँ रोजगारीका लागि पुगेका कतिपय श्रमिकले अपेक्षाकृतरुपमा काम गर्न नसकेकाले उनीहरुको दक्षता परीक्षण गर्नु आवश्यक रहेको साउदी पक्षको अडान छ ।
 


प्रकाशित मिति: मंगलबार, साउन १२, २०८३  ११:४८
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
सरकारको प्रतिबद्धतापछि काममा फर्किए व्यवसायी
सरकारको प्रतिबद्धतापछि काममा फर्किए व्यवसायी मंगलबार, भदौ २, २०८३
मन्त्रालय र वैदेशिक रोजगार व्यवसायीबीच सहमति आन्दोलनका कार्यक्रम फिर्ता
मन्त्रालय र वैदेशिक रोजगार व्यवसायीबीच सहमति आन्दोलनका कार्यक्रम फिर्ता सोमबार, भदौ १, २०८३
आजदेखि देशभरका म्यानपावर बन्द
आजदेखि देशभरका म्यानपावर बन्द सोमबार, भदौ १, २०८३
दक्षिण कोरियामा उच्च तापक्रमले बढ्यो श्रमिकको सुरक्षा चिन्ता 
दक्षिण कोरियामा उच्च तापक्रमले बढ्यो श्रमिकको सुरक्षा चिन्ता  आइतबार, साउन ३१, २०८३
वैदेशिक रोजगारीमा कीर्ते गर्नेलाई १२ वर्षसम्म कैदको प्रस्ताव 
वैदेशिक रोजगारीमा कीर्ते गर्नेलाई १२ वर्षसम्म कैदको प्रस्ताव  शुक्रबार, साउन २९, २०८३
ई-७ भिसाको मागपत्र प्रमाणीकरण सुरू
ई-७ भिसाको मागपत्र प्रमाणीकरण सुरू बिहीबार, साउन २८, २०८३
कालो पट्टी बाँधेर सरकारविरुद्ध सांकेतिक विरोध 
कालो पट्टी बाँधेर सरकारविरुद्ध सांकेतिक विरोध  बुधबार, साउन २७, २०८३
लोकप्रिय
  • Week
  • Month
वैदेशिक रोजगारीमा कीर्ते गर्नेलाई १२ वर्षसम्म कैदको प्रस्ताव 
वैदेशिक रोजगारीमा कीर्ते गर्नेलाई १२ वर्षसम्म कैदको प्रस्ताव 
कालो पट्टी बाँधेर सरकारविरुद्ध सांकेतिक विरोध 
कालो पट्टी बाँधेर सरकारविरुद्ध सांकेतिक विरोध 
विभागको कार्यालयमा व्यवसायीले दिए धर्ना
विभागको कार्यालयमा व्यवसायीले दिए धर्ना
वीरगञ्जमा भारतको ८०औँ स्वतन्त्रता दिवस उत्साहपूर्वक मनाइयो
वीरगञ्जमा भारतको ८०औँ स्वतन्त्रता दिवस उत्साहपूर्वक मनाइयो
नारामा सीमित नीति, पलायन हुन बाध्य युवा
नारामा सीमित नीति, पलायन हुन बाध्य युवा
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
सरकारले सभापति थापामाथि निगरानी बढाएको कांग्रेसको आरोप
सरकारले सभापति थापामाथि निगरानी बढाएको कांग्रेसको आरोप
व्यवसाय बन्द गर्ने चेतावनीकाबीच थप ८९ म्यानपावरमाथि विभागको कारबाही
व्यवसाय बन्द गर्ने चेतावनीकाबीच थप ८९ म्यानपावरमाथि विभागको कारबाही
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP