Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #८०औँ स्वतन्त्रता दिवस
  • #३२ औं तामाङ प्रसारण दिवस
  • #शेरबहादुर देउवा
  • #नेपाली कांग्रेस
  • #शेरबहादुर देउवा समूह
  • #डा. शेखर कोइराला
  • #‘ए मैना सुनन’
  • #राष्ट्रियसभा
  • #नेपाल इन्भेष्टमेन्ट मेगा बैंक
Search Here
अन्तर्वार्ता
  • Home
  • अन्तर्वार्ता
  • ‘अव्यावहारिक कानुन नबदलिए व्यवसाय बन्द गर्न बाध्य हुन्छौं’
‘अव्यावहारिक कानुन नबदलिए व्यवसाय बन्द गर्न बाध्य हुन्छौं’
प्रभाव संवाददाता
प्रभाव संवाददाता सोमबार, साउन ११, २०८३
डिकबहादुर खत्री अध्यक्ष, नेपाल वैदेशिक रोजगार व्यवसायी संघ
  • व्यवसाय विगतदेखि नै अस्वस्थ भए पनि विगतमा कानुन परिपालना गराउने अड्डाहरु केही सहज थिए । हामीले लामो समयदेखि थिति बसाल्न कानुन संशोधन गरौं, पारदर्शी बनाउँ भन्दै आयौं । अहिले त्यही पुरानो थितिलाई टेकेर व्यवसाय गर्नसक्ने अवस्था छैन । त्यही भएर पनि अलिकति बिरामी छ, पेसा ।
  • यही पेसाले करिब ४० लाख जनशक्तिलाई वैदेशिक रोजगारीमा व्यवस्थापन गरेको छ । ५० सालभन्दा पछाडि लगभग १६० खर्ब रेमिट्यान्स भित्र्याएर अर्थतन्त्र चलायमान बनायो, विदेशी मुद्रा सञ्चिति बढायो, सर्वसाधारण जनतालाई शिक्षा र स्वास्थ्यको पहुँचमा पुर्‍यायो । यो पेसाको योगदानका कुरालाई पनि सकारात्मक ढंगबाट जनमानसमा पुर्‍याउन सक्नुपर्छ ।
  • वैदेशिक रोजगार व्यवसायीले राज्यले ल्याएका सबै नीतिहरु मानेर काम गरिरहेका हुन्छन् । व्यवसायीले गम्भीर भएर आफैं बुझ्नुपर्ने विषयचाहिँ संस्थागत सुशासन हो । श्रमिकको हित, संस्थागत-समाजिक उत्तरदायित्व, सामाजिक अनुपालनका सन्दर्भमा व्यवसायीले सोच्नपर्छ । सबैपक्षबाट श्रमिकको हित पहिलो प्राथमिकता हो तर हामी व्यवसायी भएकोले व्यवसाय गरिसकेपछि त्यसको प्रतिफल प्राप्त गर्नुपर्छ भन्ने पनि हो ।
  • हामीले पुरानै ऐनका व्यवस्थाबाट व्यवसाय सञ्चालन गर्न सक्दैनौं भनेर स्पष्ट भनेका छौं । सरकारले सर्वपक्षीय सर्वस्वीकार्य ऐन र लागत निर्धारण गर्नुपर्छ । कमसेकम व्यवसायीले बाँच्नसक्ने सेवा शुल्क निर्धारण गरिनुपर्छ । त्यसो भए हामी व्यवसायी पनि अक्षरशः कानुन पालना गर्न तयार हुन्छौं ।
  • हिजो सरकार अस्थिर थियो । त्यस कारण पनि कतिपय विषय सम्बोधन हुन सकेनन् होला । अहिलेको सरकार स्थिर छ । परिवर्तन चाहन्छ । पपुलिस्ट हुनमात्र निर्णय नगरी व्यावहारिक भएर निर्णय गर्छ भन्नेमा थोरै विश्वास छ ।

वैदेशिक रोजगार क्षेत्र यतिबेला अन्योलको स्थितिमा रहेको छ । सरकारले वैदेशिक रोजगार व्यवसायीमाथि कडाइ गर्दै लगातार कारबाही अगाडि बढाएपछि व्यवसायीहरु व्यवसाय नै बन्द गर्न लागिपरेका छन् । वैदेशिक रोजगार व्यवसायीहरुको छाता संगठन नेपाल वैदेशिक रोजगार व्यवसायी संघले सरकारलाई १५ दिने अल्टिमेटमसहितको ध्यानाकर्षणपत्र बुझाइसकेको छ । करिब डेढ महिनाअघि मात्र संघको नेतृत्वमा आएका डिकबहादुर खत्री व्यवसायीहरुको हितसँगै समग्र वैदेशिक रोजगार क्षेत्रलाई व्यवस्थित बनाउने प्रतिबद्धताका साथ अगाडि बढेका छन् । बौद्धिक व्यवसायीका रुपमा परिचित उनी ओमेगा पावर माइन्ड्स प्रालिका सञ्चालकसमेत हुन् । खत्री शिक्षण पेसा गर्दैगर्दा वैदेशिक रोजगार व्यवसायमा आकर्षित भएको बताउँछन् । यो पेसामा प्रवेश गर्दादेखि नै यस क्षेत्रलाई सम्मानित बनाउन लागिपरेका खत्री मुलुकको अर्थतन्त्रमा योगदान पुर्‍याइरहेका व्यवसायीहरुमाथि वालेन्द्र सरकारले अपराधीसरह व्यवहार गरेको बताउँछन् । सरकारको व्यवहारका कारण व्यवसाय गर्न नसक्ने अवस्था सिर्जना भएको उनको भनाइ छ । अध्यक्ष खत्रीसँग वैदेशिक रोजगार व्यवसाय क्षेत्रको वर्तमान अवस्थाबारे प्रभावकर्मी ममता थापाले गरेको कुराकानीः 

अहिले यहाँको व्यक्तिगत र व्यवसायको अवस्था कस्तो छ ?
मलाई ठीकै छ । हामीले गरेको व्यवसायचाहिँ अलिक बिरामी हो कि भन्ने महसुस गरिरहेका छौं ।

व्यवसायको स्वास्थ्य कहिलेदेखि खराब भयो ?
व्यवसाय विगतदेखि नै अस्वस्थ भए पनि विगतमा कानुन परिपालना गराउने अड्डाहरु केही सहज थिए । हामीले लामो समयदेखि थिति बसाल्न कानुन संशोधन गरौं, पारदर्शी बनाउँ भन्दै आयौं । अहिले त्यही पुरानो थितिलाई टेकेर व्यवसाय गर्नसक्ने अवस्था छैन । त्यही भएर पनि अलिकति बिरामी छ, पेसा ।

वैदेशिक रोजगार व्यवसाय अझै पनि सम्मानित पेसाको रुपमा स्थापित हुन सकेको छैन, शिक्षण पेसामा रहनुभएको यहाँले किन यो पेसा रोज्नुभयो त ?
पेसा सम्मानित छैन भन्दैमा नगर्ने भन्ने होइन । नागरिक तहदेखि सदनसम्म यसको आवश्यकता बुझाउन सक्नुपर्छ । २०५० सालयता हेर्दा वैदेशिक रोजगारीले राज्यलाई ठूलो योगदान पुर्‍याएको छ । यही पेसाले करिब ४० लाख जनशक्तिलाई वैदेशिक रोजगारीमा व्यवस्थापन गरेको छ । ५० सालभन्दा पछाडि लगभग १६० खर्ब रेमिट्यान्स भित्र्याएर अर्थतन्त्र चलायमान बनायो, विदेशी मुद्रा सञ्चिति बढायो, सर्वसाधारण जनतालाई शिक्षा र स्वास्थ्यको पहुँचमा पुर्‍यायो । यो पेसाको योगदानका कुरालाई पनि सकारात्मक ढंगबाट जनमानसमा पुर्‍याउन सक्नुपर्छ ।

Hardik health

यो पेसामा प्रवेश गर्नुअघि शिक्षण पेसामा थिएँ । शिक्षण पेसामा भएको व्यक्ति वैदेशिक रोजगारीमा आउँदा कसैले अस्वाभाविक पनि मान्नुभएको छ । तर तत्कालीन अवस्थामा वैदेशिक रोजगारीमा गएका मेरा समकक्षी साथीहरु भेट्दा उहाँहरुले वैदेशिक रोजगारीबाट गर्नुभएको प्रगति र आर्थिक उन्नतिका कथाहरु सुनाउनुहुन्थ्यो । अनि यो त सेवा प्रवाह गर्ने क्षेत्र रहेछ, अन्तर्राष्ट्रिय सम्बन्ध विस्तारमा पनि महत्‍वपूर्ण भूमिका खेल्दो रहेछ भन्ने भएर यो पेसामा आएको हो । आएदेखि नै पेसा सम्मानित बनाउन संघर्ष गरिरहेको छु ।

शिक्षण गरिरहेको व्यक्ति वैदेशिक रोजगार व्यवसायी बन्छु भन्दा परिवार तथा शुभचिन्तकको प्रतिक्रिया कस्तो थियो ?
मैले पेसा परिवर्तन गर्छु भनेर गरिनँ । अचानक भयो । त्यही पनि घर परिवारमा सल्लाह गर्दा बुबाले सकेसम्म यो पेसा नगर, जे छ त्यसमै खुसी हुनुपर्छ भनेर गाइड गर्नुभएको थियो । तर पनि मलाई एक खालको हुटहुटी थियो । यो पेसा गरिसकेपछि मैले सुरक्षित गन्तव्यमा पुर्‍याएका श्रमिकहरु र उहाँहरुले गरेका उपलब्धि, आर्थिक उन्नति हेर्दाखेरी मैले पुण्य कर्म नै गरेँ भन्ने आत्मसन्तुष्टि छ । 

वैदेशिक रोजगार व्यवसाय गर्न धेरै दबाब थाम्न सक्नुपर्छ भनिन्छ, कत्तिको प्रेसर आउँछ ?
सबै मान्छे एकै खालका हुँदैनन् । १०० जना श्रमिकलाई एउटा रोजगारदाताकोमा पठाउँदा ९५ जना राम्ररी काम गर्ने र बाँकी पाँच जना विभिन्न कारणले फर्किएर आउनुभयो भने त्यो पाँच जनाको कुरा सबैतिर पुग्छ । तर, ९५ जनाको सफलताको कथा पुर्‍याइँदैन । यो पेसा सम्मानित नहुनुको पछाडि यो पनि कारणचाहिँ हो । त्यो पाँच जनाकोमात्र कुरा सर्वत्र सुनिने भएकाले त्यो प्रेसर निकै ठूलो हुने रहेछ ।

राज्य भनेको कमजोरको पक्षमा नै उभिने हो । तर कमजोरको पक्षमा उभिने भन्दै गर्दा नागरिक त बराबर हो । व्यवसाय सञ्चालन गर्ने र वैदेशिक रोजगारीमा जाने दुवै राज्यका नागरिक नै हुन् । त्यसकारण न्यायको सिद्धान्तलाई जहिले पनि हेरिनुपर्दछ । 

कतिपय व्यवसायीले योे क्षेत्रमा नआएको भए हुने रहेछ भनेको पनि पाइन्छ, तपाईंलाई त्यस्तो लागेन ?
मलाई कहिल्यै त्यस्तो महसुस भएन । स्वच्छ भावनाले सत्कर्म गर्ने हो । स्वच्छ भावनाले गरेको सत्कर्मले आत्मसन्तृष्टि नै दिन्छ । जानेर गल्ती नगर्नुहोस् । नजानेर या नचाहेर कहिलेकाहीँ हामीले गरेका कर्महरु नकारात्मकतातर्फ जान्छन् । त्यसको सम्पूर्ण दोषी वैदेशिक रोजगार व्यवसायी होइन ।

व्यवसायी र श्रमिक एकअर्काका पूरक हुन् तर तपाईंहरु श्रमिकप्रति इमानदार हुनुहुन्न भनिन्छ नि ?
वैदेशिक रोजगार व्यवसायीले राज्यले ल्याएका सबै नीतिहरु मानेर काम गरिरहेका हुन्छन् । व्यवसायीले गम्भीर भएर आफैं बुझ्नुपर्ने विषयचाहिँ संस्थागत सुशासन हो । श्रमिकको हित, संस्थागत-समाजिक उत्तरदायित्व, सामाजिक अनुपालनका सन्दर्भमा व्यवसायीले सोच्नपर्छ । सबैपक्षबाट श्रमिकको हित पहिलो प्राथमिकता हो तर हामी व्यवसायी भएकोले व्यवसाय गरिसकेपछि त्यसको प्रतिफल प्राप्त गर्नुपर्छ भन्ने पनि हो ।

अहिले तपाईंहरु व्यवसाय नै बन्द गर्छौं भनिरहनुभएको छ, सरकारले माग सम्बोधन नगरे साँच्चिकै बन्द गर्नुहुन्छ त ?
हामीले पुरानै ऐनका व्यवस्थाबाट व्यवसाय सञ्चालन गर्न सक्दैनौं भनेर स्पष्ट भनेका छौं । सरकारले सर्वपक्षीय सर्वस्वीकार्य ऐन र लागत निर्धारण गर्नुपर्छ । कमसेकम व्यवसायीले बाँच्नसक्ने सेवा शुल्क निर्धारण गरिनुपर्छ । त्यसो भए हामी व्यवसायी पनि अक्षरशः कानुन पालना गर्न तयार हुन्छौं । तर हिजोकै व्यवस्थालाई नै टेकेर कानुन कार्यान्वयन गर्न उन्मुख हुने हो भने अब पेसा गर्न सक्ने अवस्था देखिँदैन । अहिलेको अवस्थामा एक महिना-दुई महिना कति हुन्छ व्यवसायीले आफ्नो पेसामा शून्यता प्रवेश गराउनुहुन्छ । सो अवधिलाई हामी शून्य समय मान्छौं । कारोबारहरु गर्दैनौं । श्रमिक पठाउन बन्द गर्छाैं र ऐन संशोधनका लागि राज्यसँग सहकार्य गर्छाैं ।

नयाँ ऐन नबन्दासम्म राज्यले पुरानै ऐनमा टेकेर काम गर्छ । व्यवसायीलाई मात्र कस्तो विशेष व्यवहार गर्नुपर्‍यो ?
हिजोका दिनमा अलिकति व्यावहारिकतालाई हेरिन्थ्यो । कानुन परिपालना गराउने वैदेशिक रोजगार विभाग अलिकति लचक थियो । अहिलेचाहिँ अक्षरशः कानुन पालन गराउँछु भनेर जसरी अगाडि बढेको छ त्यो सम्भव छैन भनेर हामीले भनेको हो । विभागबाट ५९८ वटा संस्थामाथि कारबाही गरिएको इतिहासमै पहिलोपटक हो । हिजो तीन वटा मन्त्रालयले गरेको निर्णय परिपालना गर्दा दण्डित हुनुपर्ने अवस्था आयो । विगतमा के भएको थियो भन्ने उदाहरणहरु हेरिनु त पर्छ होला नि ? जेसुकै होस् भनेर व्यवहार गरिरहँदा २०औं वर्षदेखि पेसा व्यवसाय सञ्चानल गर्दै आएका व्यवसायीले रोजगारदातासँग स्थापित गरेको सम्बन्ध बिग्रिएको छ । यो हतारोले क-कसलाई असर गर्‍यो भनेर राज्यले त हेरिदिनपर्‍यो होला नि । वैैदेशिक रोजगार व्यवसायीहरु अपराधी नै हुन् भन्ने हिसाबले व्यवहार गर्ने सिलसिला चलिरहने हो भने नयाँ नीति नआउञ्जेलसम्म काम नगरे भइगयो ।

विगतमा व्यवसायीलाई सहजीकरण गरिदिने विभागले अहिले किन यस्तो व्यवहार गरेको होला ?
कार्यान्वयनको पक्ष कत्तिको दर्बिलो हुनसक्छ भन्ने अध्ययन नै नगरी गरिने निर्णयले अन्तत्वगत्वा सेवाग्राहीलाई नै असर पार्ने हो । २०७२ को ‘फ्रि-भिसा, फ्रि-टिकट’ले त्यही भयो । २०७५ को केही नेपाल ऐन संशोधनले सेवाग्राहीलाई नै असर पार्‍यो । सेवाग्राहीलाई असर पार्ने नीति नियम ‘पपुलिस्ट’ बन्न, ‘स्टन्ट’ गर्नका निम्ति ल्याइनु हुँदैन । ग्राउन्ड रियालिटी हेरेर, सरोकारवालासँग घनिभूत छलफल गरेर त्यसबाट आएको निचोडलाई ऐनमा व्यवस्थापन गर्न पाए पो दीर्घकालीन हुन्छ त । एक जना नेतृत्वमा आउने, आएपछि केही न केही गरेर देखाउनपर्‍यो भनेर जनताको ध्यान तान्ने खालको विषयवस्तु फालिदिने, त्यो कार्यान्वयन होस् नहोस्सँग मतलब नहुने परिपाटीबाट हामी लामो समयदेखि गुज्रेर आयौं । यो नै सबैभन्दा गलत पक्ष हो । 

संघको नेतृत्व सम्हाल्नुभएको एक महिना भइसक्यो । चुनावका बेला गर्नुभएको बाचा पूरा गर्न के कसरी काम गर्दै हुनुहुन्छ ?
हिजो सरकार अस्थिर थियो । त्यस कारण पनि कतिपय विषय सम्बोधन हुन सकेनन् होला । अहिलेको सरकार स्थिर छ । परिवर्तन चाहन्छ । पपुलिस्ट हुनमात्र निर्णय नगरी व्यावहारिक भएर निर्णय गर्छ भन्नेमा थोरै विश्वास छ । तर ढिला गर्न भएन । अहिले वैदेशिक रोजगार ऐन, २०६४ लाई संशोधन गर्ने काम भइरहेका छ । तर त्यहाँ पनि केही ढिलासुस्ती भएको देखिन्छ । यस्ता विषय राम्रोसँग छलफल भएपछि कार्यान्वयनमा ल्याउनपर्छ भन्ने हो । सेवा शुल्क व्यवस्थापनको विषयमा रोजगारीमा जान लाग्ने निश्चित शुल्क सबै जनतालाई थाहा दिएर त्यसलाई ‘क्यासलेस’ गराऔं । बजेट भाषणमा ल्याएको विनाधितो ऋण अर्थात् सहुलियतपूर्ण कर्जा उपलब्ध गराउने विषयलाई कार्यान्वयनमा ल्याए एकाधिकार रोकिन्छ । यी कुरा राज्यले व्यवस्थित गरिदिनपर्छ भन्ने पाटोबाट हामीले छलफल गरिरहेका छौं ।
 


प्रकाशित मिति: सोमबार, साउन ११, २०८३  ११:५९
प्रतिक्रिया दिनुहोस्
थप अन्तर्वार्ता
‘हामी शान्तिका पक्षधर हौं, तर सुरक्षा र अस्तित्वमा सम्झौता गर्दैनौं’
‘हामी शान्तिका पक्षधर हौं, तर सुरक्षा र अस्तित्वमा सम्झौता गर्दैनौं’ सोमबार, साउन ४, २०८३
‘महाधिवेशनले नीति र नेतृत्वमा निखार ल्याउँछ’
‘महाधिवेशनले नीति र नेतृत्वमा निखार ल्याउँछ’ आइतबार, असार ७, २०८३
निजामती सेवामा समावेशी समूहको दुई तिहाई प्रतिनिधित्व भएको छः अध्यक्ष रेग्मी
निजामती सेवामा समावेशी समूहको दुई तिहाई प्रतिनिधित्व भएको छः अध्यक्ष रेग्मी आइतबार, जेठ ३१, २०८३
गणतन्त्रले सङ्घीयताको जग बसालेको छ: मुख्यमन्त्री कार्की
गणतन्त्रले सङ्घीयताको जग बसालेको छ: मुख्यमन्त्री कार्की शुक्रबार, जेठ १५, २०८३
लोकतान्त्रिक गणतन्त्र विश्वकै उत्कृष्ट व्यवस्था हो- प्रथम राष्ट्रपति डा यादव
लोकतान्त्रिक गणतन्त्र विश्वकै उत्कृष्ट व्यवस्था हो- प्रथम राष्ट्रपति डा यादव शुक्रबार, जेठ १५, २०८३
संघीयता क्रमशः व्यवस्थित हुँदै गएको छः मुख्यमन्त्री आचार्य
संघीयता क्रमशः व्यवस्थित हुँदै गएको छः मुख्यमन्त्री आचार्य बिहीबार, जेठ १४, २०८३
लोकप्रिय
  • Week
  • Month
वैदेशिक रोजगारीमा कीर्ते गर्नेलाई १२ वर्षसम्म कैदको प्रस्ताव 
वैदेशिक रोजगारीमा कीर्ते गर्नेलाई १२ वर्षसम्म कैदको प्रस्ताव 
कालो पट्टी बाँधेर सरकारविरुद्ध सांकेतिक विरोध 
कालो पट्टी बाँधेर सरकारविरुद्ध सांकेतिक विरोध 
विभागको कार्यालयमा व्यवसायीले दिए धर्ना
विभागको कार्यालयमा व्यवसायीले दिए धर्ना
वीरगञ्जमा भारतको ८०औँ स्वतन्त्रता दिवस उत्साहपूर्वक मनाइयो
वीरगञ्जमा भारतको ८०औँ स्वतन्त्रता दिवस उत्साहपूर्वक मनाइयो
नारामा सीमित नीति, पलायन हुन बाध्य युवा
नारामा सीमित नीति, पलायन हुन बाध्य युवा
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
सरकारले सभापति थापामाथि निगरानी बढाएको कांग्रेसको आरोप
सरकारले सभापति थापामाथि निगरानी बढाएको कांग्रेसको आरोप
व्यवसाय बन्द गर्ने चेतावनीकाबीच थप ८९ म्यानपावरमाथि विभागको कारबाही
व्यवसाय बन्द गर्ने चेतावनीकाबीच थप ८९ म्यानपावरमाथि विभागको कारबाही
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक / सम्पादक कृष्ण कार्की
मल्टिमिडिया मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP