Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #८०औँ स्वतन्त्रता दिवस
  • #३२ औं तामाङ प्रसारण दिवस
  • #शेरबहादुर देउवा
  • #नेपाली कांग्रेस
  • #शेरबहादुर देउवा समूह
  • #डा. शेखर कोइराला
  • #‘ए मैना सुनन’
  • #राष्ट्रियसभा
  • #नेपाल इन्भेष्टमेन्ट मेगा बैंक
Search Here
अन्तर्वार्ता
  • Home
  • अन्तर्वार्ता
  • ‘हामी शान्तिका पक्षधर हौं, तर सुरक्षा र अस्तित्वमा सम्झौता गर्दैनौं’
‘हामी शान्तिका पक्षधर हौं, तर सुरक्षा र अस्तित्वमा सम्झौता गर्दैनौं’
वैकुण्ठ भण्डारी
वैकुण्ठ भण्डारी सोमबार, साउन ४, २०८३
स्मूलिक एरी बास नेपालका लागि इजरायली राजदूत

 

  • नेपाल र इजरायलबीच मैत्रीपूर्ण सम्बन्ध छ । यो सम्बन्ध हामी विस्तार गर्न लागिरहेको छौं । हामी दुई देशलाई राम्रो बनाउन थप काम गर्न सक्छौं । हामीसँग जनता-जनताबीच मित्रता छ । हामीसँग कामदारहरूको आदानप्रदान भइरहेको छ । नेपाली विद्यार्थीहरू र कामदारहरू इजरायल जान्छन् । इजरायली कम्पनीहरू नेपालमा रुचि राख्छन् । यो निकै राम्रो सम्बन्धको प्रतिफल हो । 
  • जब म नेपालमा यात्रा गर्छु, धादिङ, कैलाली, चित्लाङलगायतका क्षेत्रहरुमा इजरायलबाट अध्ययन गरेर आएका विद्यार्थीहरु देख्छु । ११ महिनाका लागि इजरायलमा गएर आधुनिक कृषिको सीप लिएर फर्केका विद्यार्थीहरुले कृषिमा भइरहेका प्रक्रिया परिवर्तन गर्न सफल भएका छन् । उनीहरुले गरेको कृषि उत्पादनबाट सफल भएका छन् । यो ठूलो सफलता हो, गर्वको कुरा हो ।
  • इजरायली प्रविधिले नेपाली उत्पादकत्वलाई निकै नै सहयोग पुग्छ । हामी देख्छौं कि यहाँ धेरै ज्ञान छ । इजरायलबाट फर्किएका लगभग पाँच हजार सिक्ने र कमाउने विद्यार्थीहरू छन् । जसले नेपालभरि अरूलाई प्रभाव पार्न, सफलता पाउन थालेका छन् ।
  • नेपालबाट केही वर्षमा एक हजार विद्यार्थी समेट्ने योजनामा छौं । हामी कृषि संकाय भएका विश्वविद्यालयहरूको सहयोगको आशा गर्छौं किनभने सिक्नुहोस् र कमाउनुहोस् भनेको कृषिको तेस्रो वर्षका विद्यार्थीहरूका लागि हो ।
  • इजरायली प्रविधि अनुकूलनीय छ । हिमाल, पहाड वा तराई, सबै ठाउँमा इजरायली प्रविधिमा अनुकूलन गर्न सकिन्छ । यो प्रविधि केवल एक ठाउँका लागिमात्र बनाइएको छैन । इजरायल आफैंमा सात उपजलवायु क्षेत्रहरू छन् । त्यसैले प्रत्येक क्षेत्रमा, हामी माटो र हावापानीको सतप्रतिशत अवस्थाअनुसार प्रविधि अपनाउँछौं ।
  • हामी यस क्षेत्रमा शान्ति र सहयोग चाहन्छौं । तर यस क्षेत्रमा गैरमुस्लिमहरूका केही असन्तुष्टि छन् । धेरैजसो इजरायलीहरू मुस्लिम छैनन् । तर हामीसँग २० प्रतिशत अरबीहरू छन्, जसमध्ये धेरैजसो मुस्लिम छन् । उनीहरूसँग समान अधिकार छ । उनीहरू संसद्का सदस्य छन् । उनीहरू सर्वोच्च अदालतका न्यायाधीश छन् । समानता छ । हामी इस्लामकोविरुद्धमा छैनौं 

नेपाल र इजरायलको कूटनीतिक सम्बन्ध छ दशकभन्दा लामो भइसकेको छ । यो अवधिमा इजरायलले नेपालको कृषि, शिक्षा, नवप्रवर्तन, प्रविधि, स्वास्थ्य सेवा, विपद् व्यवस्थापन, श्रम सहयोगमा निकै नै सहयोग पुर्‍याएको छ । नवप्रवर्तन, पानी व्यवस्थापन, प्रविधि, कृषि, साइबर सुरक्षा र अनुसन्धानमा उल्लेखनीय उपलब्धिहरूका लागि इजरायल उदाहरणीय देशमा रुपमा चित्रित छ । पछिल्लो समयमा नेपालका हजारौं युवा इजरायल कृषि इन्टर्नसिप कार्यक्रमबाट लाभान्वित भएका छन् । इजरायल गएकाहरु बहुमूल्य ज्ञान र सीपसहित स्वदेश फर्केर उद्यम गर्न थालेका छन् । यसै सन्दर्भमा, नेपाल-इजरायल सम्बन्धको वर्तमान अवस्था, सहयोगको भविष्यको अवसर, क्षेत्रीय सुरक्षालगायतका विषयमा नेपालका लागि इजरायली राजदूत स्मूलिक एरी बाससँग प्रभावका लागि वैकुण्ठ भण्डारीले गरेको कुराकानीः 

राजदूतका रुपमा नेपालमा आउनुभएको छ । यहाँको बसाइ कस्तो महसुस गर्नुभएको छ ? 
मेरी श्रीमती र म यहाँका सुन्दर दृश्य, नेपाली जनताको राम्रो व्यवहार, न्यानोपन र समृद्ध संस्कृतिको अत्यन्तै आनन्द लिएर बसेका छौं । यति धेरै जातीय समूहहरूको विविधता, दृश्यहरूको विविधता, हिमालय, मैदान, पहाड, हेर्न र अनुभव गर्दै यहाँको बसाइको यो अवधिमा हामीले आफूलाई निकै नै भाग्यमानी ठानेका छौं । 

नेपाल-इजरायलको वर्तमान सम्बन्धलाई कसरी चिनाउनुहुन्छ ?
नेपाल र इजरायलबीच मैत्रीपूर्ण सम्बन्ध छ । यो सम्बन्ध हामी विस्तार गर्न लागिरहेको छौं । हामी दुई देशलाई राम्रो बनाउन थप काम गर्न सक्छौं । हामीसँग जनता-जनताबीच मित्रता छ । हामीसँग कामदारहरूको आदानप्रदान भइरहेको छ । नेपाली विद्यार्थीहरू र कामदारहरू इजरायल जान्छन् । इजरायली कम्पनीहरू नेपालमा रुचि राख्छन् । यो निकै राम्रो सम्बन्धको प्रतिफल हो । म आशा गर्छु कि हामी द्विपक्षीय व्यापारको अवरोध पनि पार गर्ने छौं ।

Hardik health

दुई देशबीचको सहकार्यलाई सुदृढ पार्न दूतावासका प्राथमिकताहरू के-के हुन् ?
अहिले हाम्रो प्राथमिकतामा कामका अवसरहरूलाई प्रवद्र्धन गर्नु हो । इजरायलमा नेपालबाट काम गर्ने जनशक्ति लैजानेबारे हामीसँग सम्झौता छ । यो केवल काम हो, आप्रवासन होइन । यस सम्झौताभित्र हामीसँग पहिले नै एउटा प्रोटोकल बनेको छ, सोहीअनुसार काम भइरहेको छ । विगतदेखि नै नेपाली युवाहरुले इजरायलमा श्रम गरिरहनुभएको छ । अहिले नेपाली युवाहरुले घरमा आधारित हेरचाह र कृषि श्रमिकका रुपमा काम गरिरहनुभएको छ । युवा रोजगारीका लागि अझै पनि हाम्रो निरन्तर प्रक्रिया अगाडि बढिरहेको छ ।

तपाईंको दृष्टिकोणमा कृषिमा आधारित ‘सिक्ने र कमाउने कार्यक्रम’ कति सफल भएको छ ?
हाम्रो दृष्टिकोणबाट यो अत्यन्तै सफल कार्यक्रम हो । जब म नेपालमा यात्रा गर्छु, धादिङ, कैलाली, चित्लाङलगायतका क्षेत्रहरुमा इजरायलबाट अध्ययन गरेर आएका विद्यार्थीहरु देख्छु । ११ महिनाका लागि इजरायलमा गएर आधुनिक कृषिको सीप लिएर फर्केका विद्यार्थीहरुले कृषिमा भइरहेका प्रक्रिया परिवर्तन गर्न सफल भएका छन् । उनीहरुले गरेको कृषि उत्पादनबाट सफल भएका छन् । जसबाट उनका छिमेकीहरुले पनि तिनीहरूबाट नक्कल गर्ने प्रयास गरेका छन् र नक्कल गर्नु राम्रो हो जसले अरूलाई पनि सफल बनाइरहेको छ । अन्तिमपटक मैले इजरायलमा ११ महिनादेखि रहेका दुई विद्यार्थीसँग चित्लाङ भ्रमण गरेको थिएँ । चित्लाङका एक हजार १०० परिवारले इजरायली प्रविधि प्रयोग गरिरहेका छन् । यो ठूलो सफलता हो, ठूलो गर्वको कुरा हो ।

त्यसो भए तपाईं चित्लाङमा इजरायली कृषि प्रविधि सफल भएको मान्नुहुन्छ ? 
हो, मानिसहरूले मलाई धेरै राम्रो स्वागत गरे । म इजरायलको प्रतिनिधि हुँ र त्यहाँ यति धेरै इजरायली प्रविधि देखेर म छक्क परें ।

अब आउँदो वर्षमा नेपाली विद्यार्थीहरूले अवसरको आशा गर्न सक्छन् त ? 
पक्कै पनि त्यो अवसर हामी निरन्तर प्रदान गरिनै रहन्छौं । हामीसँग अन्य देशले पनि सिक्दै कमाउँदै कार्यक्रममा यो सम्झौता गर्नुभएको छ । कहिलेकाहीँ यो कम हुन्छ । नेपालबाट केही वर्षमा एक हजार विद्यार्थी समेट्ने योजनामा छौं । हामी कृषि संकाय भएका विश्वविद्यालयहरूको सहयोगको आशा गर्छौं किनभने सिक्नुहोस् र कमाउनुहोस् भनेको कृषिको तेस्रो वर्षका विद्यार्थीहरूका लागि हो ।

इजरायली प्रविधिले नेपालको कृषि क्षेत्रलाई कसरी सुधार गर्न सक्छ ?
इजरायली प्रविधिले नेपाली उत्पादकत्वलाई निकै नै सहयोग पुग्छ । हामी देख्छौं कि यहाँ धेरै ज्ञान छ । इजरायलबाट फर्किएका लगभग पाँच हजार सिक्ने र कमाउने विद्यार्थीहरू छन् । जसले नेपालभरि अरूलाई प्रभाव पार्न, सफलता पाउन थालेका छन् । विगतमा यहाँको परम्परागत कृषि अभ्यास विगतमा राम्रा थिए, त्यसले तपाईंलाई आफ्नै क्षमता दिन सक्छन् । तर इजरायली प्रविधिको साथ, तपाईं लाभ उठाउन सक्नुहुन्छ, तपाईं नाफा कमाउन सक्नुहुन्छ, तपाईं आफ्नो परिवार र साथीहरूलाई राम्रो व्यवहार गर्न सक्नुहुन्छ ।

इजरायलबाट तालिम लिएर फर्केका युवाहरुले नेपाली कृषि आधुनिकीकरणमा कसरी योगदान पुर्‍याउन सक्छन् त ?
मलाई लाग्छ कि उनीहरूले आफैं खेती गरिरहेका छन् । उनीहरुले प्रयोग गरेको प्रविधिहरुलाई अरूहरुले नियालिरहेका छन् । जसबाट पनि धेरै कुरा सिक्ने अवसर प्राप्त भएको हुनु पर्दछ । तर, मलाई लाग्छ फर्केका युवाहरुले नेपाली किसानलाई देखाउनका लागि पनि कम्पनी सञ्चालन गरिरहेका छन् । उत्पादन गरिरहेका छन् । जसले धेरै नेपालीहरू इजरायलको कृषि प्रविधिलाई यही नै सिकाइरहेका छन् ।

इजरायलबाट फर्केका नेपाली विद्यार्थीहरूले प्रविधि विस्तार गरिरहेका छन्, उनीहरुलाई थप सहयोग कसरी गर्नुहुन्छ ? 
मलाई लाग्छ, तिनीहरू आफैं उभिन सक्षम छन् । उनीहरु फर्केर व्यवसाय सुरू गरिहाल्छन् फर्केर आएकाहरुले धेरै ठूलो सफलता हासिल गरेका छन् । मसँग धेरै मानिसहरू छन् जो इजरायलमा थिए र फर्केर आए । त्यसैले इजरायलले पनि उही फर्केकाहरूसँग निरन्तर सम्बन्ध जोडिरहेको छ । तर अरू कुनै सीप वा व्यावसायिक सहयोग पनि दिएको छैन । किनकि उनीहरु नै आत्मनिर्भर बनिसकेका छन् ।

तर, इजरायली प्रविधि नेपालमा प्रयोग गर्न कठिन होला नि त ? 
त्यस्तो छैन । इजरायली प्रविधि अनुकूलनीय छ । हिमाल, पहाड वा तराई, सबै ठाउँमा इजरायली प्रविधिमा अनुकूलन गर्न सकिन्छ । यो प्रविधि केवल एक ठाउँका लागिमात्र बनाइएको छैन । इजरायल आफैंमा सात उपजलवायु क्षेत्रहरू छन् । त्यसैले प्रत्येक क्षेत्रमा, हामी माटो र हावापानीको सतप्रतिशत अवस्थाअनुसार प्रविधि अपनाउँछौं । 

इजरायली प्रविधिले नेपाली किसानलाई कसरी जोड्न सकिन्छ त ? 
हामी वास्तवमा भिरालो पहाडमा उब्जनी गर्न सक्दैनौं, तर कृषि, तरकारी वा फलफूल उत्पादनका लागि हामीसँग राम्रो क्षेत्र हुन सक्छ । पुरुषहरूले कृषिका लागि जमिन राम्रो बनाउन सक्छन् त्यसका लागि नेपाल सरकारले पहाडी अवस्थालाई सम्बोधन गर्नुपर्छ । इजरायलसँग भिरालो जमिनलाई समेत सजिलो बनाउन सबै प्रकारका नवीनताहरू छन् । यो नेपालको कृषि विकासका लागि राम्रो सहयोग हुन सक्छ । 

इजरायली नवीनताले नेपालीमा जलवायु परिवर्तन, पानी सुरक्षा, नवप्रवर्तनमा कस्तो प्रकारको सम्बोधन गर्न सक्छ ?
पक्कै पनि । इजरायलले सुरुदेखि नै जलवायु परिवर्तनजस्ता समस्याहरू, जस्तैः पानीको अभाव, कसरी समाधान गर्ने भनेर नवप्रवर्तन र सोच प्रयोग गर्दै आएको छ । हामीले उत्तरबाट दक्षिणको मरुभूमिमा पानी सार्‍यौं । दक्षिण फुलिरहेको छ । यो अझै हरियो छैन, तर यो झन्झन् फुल्दै गइरहेको छ । त्यसैले हामी देख्छौं, हामी समस्यालाई चुनौतीको रूपमा लिन्छौं । हामी यसको बारेमा सोच्दछौं र, हामी समाधानमा पुग्छौं । हामी जलवायु परिवर्तनका समस्याहरूलाई समाधान गर्न मिलेर काम गर्न सक्छौं । इजरायलको मरुभूमि क्षेत्रमा धेरै जमिन छ, तर नेपालसँग यहाँ सिँचाइ समर्थन बढी छ ।

नेपाली पहाडी क्षेत्रमा इजरायली मरुभूमिमा प्रयोग गर्ने प्रविधि कसरी प्रयोग गर्ने ?
इजरायलसँग मरुभूमिमात्र छैन । हामीसँग मरुभूमिमा ६० प्रतिशत जमिन छ, तर हामीसँग अन्य पक्षहरू छन्, जुन फरक छन् । त्यसैले प्रत्येक प्रकारको माटोका लागि, प्रत्येक प्रकारको जलवायु अवस्थाका लागि, हामी उत्तम प्रविधि समन्वय गर्छौं । जुन सबै ठाउँमा अपनाउन सक्छौं ।

पछिल्लोपटक मध्यपूर्वले ठूलो सुरक्षा चुनौती भोगेको छ नि ? 
इजरायल शान्ति चाहन्छ, आफ्ना सबै छिमेकीहरूलाई शान्तिका लागि हात फैलाउँछ । हामी मध्यपूर्व र विश्वमा शान्ति चाहन्छौं । तर जब त्यहाँ सुरक्षा, इजरायली जनता र इजरायलमा रहेका अन्य मानिसहरूको जीवनमा खतरा हुन्छ, हामीले कदम चाल्नुपर्छ । हामी कुनै क्षेत्रको पनि लाभ चाहँदैनौं । हामी हाम्रो क्षेत्रमा शान्ति चाहन्छौं ।

त्यही अशान्तिका कारण इजरायलमा ११ नेपाली युवाहरुले ज्यान गुमाउनुपर्‍यो नि त ? 
हो, हामीले एक दिन दुःख भोग्यौं, एक दिन जहाँ हामीले १२०० जना गुमायौं, जसमा ११ नेपाली, थाइल्याण्डका ३९ जना र अन्य धेरै थिए । यो कहिल्यै फर्कने छैन, कहिल्यै फर्कने छैन । त्यसबेला पाँच हजार विद्यार्थी नेपाल फर्किएका थिए । दुर्भाग्यवश, हामीले हार्‍यौं, नेपालले ११ जना विद्यार्थी गुमायो, तर हामी त्यसलाई पार गर्दै छौं । इजरायलले परिवार र घाइतेहरूलाई क्षतिपूर्ति दिन्छ । घाइतेमध्ये बाँचेका चार जनाले होभोटमा रहेको हिब्रु विश्वविद्यालयबाट कृषिमा दोस्रो डिग्रीका लागि छात्रवृत्ति पाएका छन् । त्यसैले हामी समस्याहरूलाई सम्बोधन गरिरहेका छौं, तर हामी सुरक्षित महसुस गर्छौं र मध्यपूर्वमा आफूलाई सुरक्षित राख्छौं ।

इजरायलले वर्तमान क्षेत्रीय अवस्थालाई कसरी हेरिरहेको छ त ? 
यो सबै सुरक्षाको कुरा हो । यदि सुरक्षा व्यवस्था दिइयो भने शान्त हुने छ । हामी देख्छौं कि इरानले कुनै पनि उत्तेजनाविना अरब छिमेकी देशहरूमा युद्ध मच्चाइरहेको छ । तिनीहरूले कुवेत, कतार, बहराइन, ओमान, साउदी अरेबिया, इमिरेट्स सबैलाई त्रास उत्पन्न गरिरहेको छ । तिनीहरूले टर्कीमा पनि मिसाइल प्रहार गरिरहेका छन् । त्यसैले यो अस्थिरता निम्त्याउने शासन हो । तर यदि तिनीहरूबाट इजरायलमा खतरा छ भने हामीले ती खतराहरूको सामना गर्नुपर्छ । हामी तिनीहरूलाई आणविक कार्यक्रम र सटिक ब्यालिस्टिक मिसाइल कार्यक्रम विकास गर्न दिन सक्दैनौं र दिदैनौं ।

तर केही देशहरूले इजरायलकै कारण अशान्ति भइरहेको आरोप लगाएका छन् नि ?
होइन, इजरायल शान्ति चाहन्छ । यसको पहिले नै इजिप्टसँग शान्ति छ, जोर्डनसँग शान्ति छ, हाम्रा नजिकका छिमेकीहरूसँग हाम्रो सम्बन्ध राम्रो छ । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पको पहलमा हामीसँग बहराइन, इमिरेट्स र मोरक्कोसँग सम्झौताहरू भएका छन् । हामी शान्ति चाहन्छौं । हामी यस क्षेत्रमा शान्ति र सहयोग चाहन्छौं । तर यस क्षेत्रमा गैरमुस्लिमहरूका केही असन्तुष्टि छन् । धेरैजसो इजरायलीहरू मुस्लिम छैनन् । तर हामीसँग २० प्रतिशत अरबीहरू छन्, जसमध्ये धेरैजसो मुस्लिम छन् । उनीहरूसँग समान अधिकार छ । उनीहरू संसद्का सदस्य छन् । उनीहरू सर्वोच्च अदालतका न्यायाधीश छन् । समानता छ । हामी इस्लामकोविरुद्धमा छैनौं । हामी अतिवादी इस्लामको विरुद्धमा छौं, जसले इजरायल क्षेत्र चाहँदैन । इजरायलीहरू शान्तिले बस्न चाहन्छन् । तर, प्यालेस्टिनीहरू र हमास इजरायल अस्तित्वमा हुनु हुँदैन भनेर हामीविरुद्ध लागेका छन्, इजरायलमाथि आक्रमण गर्ने तिनीहरुविरुद्ध इजरायल लडिरहेको छ । त्यसैले इजरायलको कारण अशान्ति भयो भन्ने आरोपमा कुनै सत्यता छैन । 
 


प्रकाशित मिति: सोमबार, साउन ४, २०८३  १२:०४
प्रतिक्रिया दिनुहोस्
थप अन्तर्वार्ता
‘अव्यावहारिक कानुन नबदलिए व्यवसाय बन्द गर्न बाध्य हुन्छौं’
‘अव्यावहारिक कानुन नबदलिए व्यवसाय बन्द गर्न बाध्य हुन्छौं’ सोमबार, साउन ११, २०८३
‘महाधिवेशनले नीति र नेतृत्वमा निखार ल्याउँछ’
‘महाधिवेशनले नीति र नेतृत्वमा निखार ल्याउँछ’ आइतबार, असार ७, २०८३
निजामती सेवामा समावेशी समूहको दुई तिहाई प्रतिनिधित्व भएको छः अध्यक्ष रेग्मी
निजामती सेवामा समावेशी समूहको दुई तिहाई प्रतिनिधित्व भएको छः अध्यक्ष रेग्मी आइतबार, जेठ ३१, २०८३
गणतन्त्रले सङ्घीयताको जग बसालेको छ: मुख्यमन्त्री कार्की
गणतन्त्रले सङ्घीयताको जग बसालेको छ: मुख्यमन्त्री कार्की शुक्रबार, जेठ १५, २०८३
लोकतान्त्रिक गणतन्त्र विश्वकै उत्कृष्ट व्यवस्था हो- प्रथम राष्ट्रपति डा यादव
लोकतान्त्रिक गणतन्त्र विश्वकै उत्कृष्ट व्यवस्था हो- प्रथम राष्ट्रपति डा यादव शुक्रबार, जेठ १५, २०८३
संघीयता क्रमशः व्यवस्थित हुँदै गएको छः मुख्यमन्त्री आचार्य
संघीयता क्रमशः व्यवस्थित हुँदै गएको छः मुख्यमन्त्री आचार्य बिहीबार, जेठ १४, २०८३
लोकप्रिय
  • Week
  • Month
वैदेशिक रोजगारीमा कीर्ते गर्नेलाई १२ वर्षसम्म कैदको प्रस्ताव 
वैदेशिक रोजगारीमा कीर्ते गर्नेलाई १२ वर्षसम्म कैदको प्रस्ताव 
कालो पट्टी बाँधेर सरकारविरुद्ध सांकेतिक विरोध 
कालो पट्टी बाँधेर सरकारविरुद्ध सांकेतिक विरोध 
विभागको कार्यालयमा व्यवसायीले दिए धर्ना
विभागको कार्यालयमा व्यवसायीले दिए धर्ना
वीरगञ्जमा भारतको ८०औँ स्वतन्त्रता दिवस उत्साहपूर्वक मनाइयो
वीरगञ्जमा भारतको ८०औँ स्वतन्त्रता दिवस उत्साहपूर्वक मनाइयो
नारामा सीमित नीति, पलायन हुन बाध्य युवा
नारामा सीमित नीति, पलायन हुन बाध्य युवा
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
सरकारले सभापति थापामाथि निगरानी बढाएको कांग्रेसको आरोप
सरकारले सभापति थापामाथि निगरानी बढाएको कांग्रेसको आरोप
व्यवसाय बन्द गर्ने चेतावनीकाबीच थप ८९ म्यानपावरमाथि विभागको कारबाही
व्यवसाय बन्द गर्ने चेतावनीकाबीच थप ८९ म्यानपावरमाथि विभागको कारबाही
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक / सम्पादक कृष्ण कार्की
मल्टिमिडिया मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP