धादिङ- रसुवाको भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको भीषण बाढीले धादिङको गल्छी क्षेत्र पनि प्रभावित बनेको छ।
यहाँका विद्यालय, सरकारी तथा निजी भवनसँगै स्थानीयवासीका घरहरूमा बाढी र लेदो पसेर ठूलो क्षति पुगेको छ। बाढीले घर तथा भवनहरूमा माटो र लेदो थुपारेपछि काठमाडौंलगायत विभिन्न स्थानबाट आएका स्वयंसेवकहरू सरसफाइ तथा उद्धार कार्यमा जुटेका छन्।
स्वयंसेवकहरूले घर, विद्यालय तथा अन्य संरचनाभित्र थुप्रिएको माटो, लेदो र फोहोर पन्छाउँदै स्थानीयवासीलाई सहयोग गरिरहेका छन्।
विपद्को समयमा आ-आफ्नो क्षेत्रबाट सहयोग गर्न पुगेका स्वयंसेवकहरूले धादिङको गल्छी बैरेनीस्थित बागेश्वरी स्कुलमा सरसफाइ गरिरहेका दृश्यहरू:









