काठमाडौं- नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि मतदान जारी छ।
निर्वाचन समितिका सदस्यसचिव राजु कटुवालका अनुसार आज अपराह्न ३ः०० बजेसम्म मतदान हुने छ।
महाधिवेशनमा सात हजार ३१७ प्रतिनिधिले मतदान गर्ने छन्।
अहिले राष्ट्रियसभा गृह, मतदान केन्द्र ‘क’ मा बागमती प्रदेशको मतदान भइरहेको छ।
खुलामञ्च मतदान केन्द्र ‘ख’ मा कोशी, गण्डकी, मधेस लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश तथा नेपाली जनसम्पर्क समिति र भ्रातृ संस्थातर्फका प्रतिनिधिको मतदान भइरहेको छ।
मतदान सकिएपछि आजै मतगणना गरिने जनाइएको छ।
हेर्नुहोस् तस्बिरमा मतदानको माहोल:






तस्बिरहरु: रासस