काठमाडौं- आज विश्वकर्मा बाबाको पूजा गरी विश्वकर्मा पर्व मनाइँदै छ।
प्रत्येक वर्ष आश्विन सङ्क्रान्तिका दिन विश्वकर्माको विधिपूर्वक पूजाआरधना गरिन्छ ।
आजको दिन विभिन्न औजारहरुको पूजा आराधना गरेमा धेरै समय टिक्ने, कामका बेलामा नबिग्रने र राम्रो काम गर्न सकिने धार्मिक विश्वास छ । विभिन्न कलकारखानामा विश्वकर्मा भगवानको तस्बिरमा विधिपूर्वक पूजाआराधना गरिएको छ।
यसै अवसरमा सवारीसाधनकोसमेत पूजा गर्ने गरिन्छ ।
हेर्नुहोस् देशका विभिन्न स्थानमा विश्वकर्मा दिवसका अवसरमा गरिएको पूजाका तस्बिरहरु:







तस्बिरः रासस