काठमाडौं- नेपाली कांग्रेसको १५औँ महाधिवेशन आजदेखि काठमाडौँमा सुरु भएको छ।
‘परम्पराको सम्मान र परिवर्तनको संकल्पः समुन्नत नेपालका लागि सबल कांग्रेसको विकल्प’ नारासहित केहीबेर अगाडि सुरु भएको महाधिवेशनमा मुलुकका विभिन्न दलका शीर्ष नेताको सहभागिता रहेको छ।
पार्टीका सभापति गगनकुमार थापाले गमलाको बिरुवामा जल सिञ्चन गरी महाधिवेशनको उद्घाटन गरे।
उद्घाटन सत्रमा विभिन्न राजनीतिक दलका शीर्ष नेताहरुले सम्बोधन गरेका छन्।
महाधिवेशनको बन्दसत्र र अन्य कार्यक्रम भने सोमबार र मंगलबार हुने छ। निर्वाचन कार्यक्रमका लागि असोज २१ र असोज २२ गते तोकिएको केन्द्रीय निर्वाचन समितिले जनाएको छ।
हेर्नुहोस् उद्घाटनसत्रका तस्बिरहरु:





