Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #८०औँ स्वतन्त्रता दिवस
  • #३२ औं तामाङ प्रसारण दिवस
  • #शेरबहादुर देउवा
  • #नेपाली कांग्रेस
  • #शेरबहादुर देउवा समूह
  • #डा. शेखर कोइराला
  • #‘ए मैना सुनन’
  • #राष्ट्रियसभा
  • #नेपाल इन्भेष्टमेन्ट मेगा बैंक
Search Here
राजनीति
  • Home
  • राजनीति
  • सरकारले सभापति थापामाथि निगरानी बढाएको कांग्रेसको आरोप
सरकारले सभापति थापामाथि निगरानी बढाएको कांग्रेसको आरोप
प्रभाव संवाददाता
प्रभाव संवाददाता बिहीबार, साउन २१, २०८३
  • गृह मन्त्रालयको निर्देशन र संरक्षणमा सवारीसाधन प्रयोग गरी पार्टी सभापति गगन थापा र सञ्चार क्षेत्रका व्यक्ति तथा कार्यालयलाई लक्षित गरी निगरानी बढाएको आरोप
  • प्रतिनिधिसभा नियमावलीलाई अन्य कानुनभन्दा माथि राखेर ‘सुपर कानुन’ बनाउन खोजिएको, जसले सांसदहरूलाई कानुनभन्दा माथि उभ्याउने र संविधानको क्षेत्राधिकार मिच्ने काम गरेको दाबी
  • भ्रष्टाचारप्रति शून्य सहनशीलता नारामामात्र सीमित रहेको, आफ्नै मन्त्री र नेताहरूको सम्पत्तिको स्रोतमाथि उठेका प्रश्नहरूको जवाफ नदिएको र राहदानी खरिद प्रकरणमा अख्तियार प्रमुखलाई बन्धक बनाएको आरोप
  • आर्थिक मन्दीका बेला विनाप्रमाण छापा मार्ने, व्यवसायीलाई धरपकड गर्ने र मन्त्रीहरू स्वयं कानुन हातमा लिएर व्यवसायीमाथि अशोभनीय व्यवहारमा उत्रिएकोप्रति आपत्ति
  • ग्यास तथा मलको अभाव हल गर्न कुनै कार्ययोजना नल्याएको, शिक्षा क्षेत्रमा अन्योल सिर्जना गरेको  आरोप

काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पार्टी सभापति गगन थापालाई सरकारले निरन्तर निगरानीमा राखेको आरोप लगाएको छ । मंगलबार कांग्रेस प्रवक्ता देवराज चालिसेले ललितपुरस्थित पार्टीको मुख्यालय सानेपामा पत्रकार सम्मेलन आयोजना गरी गृह मन्त्रालयको निर्देशनमा थापामाथि निगरानी बढाइएको आरोप लगाएका हुन् ।

विभिन्न सवारीसाधनमार्फत सरकारले थापामाथि निगरानी बढाएको कांग्रेसको आरोप छ । ‘नेपाली कांग्रेसका सभापतिलगायत विभिन्न सञ्चार क्षेत्रसँग सम्बन्धित व्यक्ति वा कार्यालयलाई लक्षित गरी गृह मन्त्रालयकै संरक्षण र निर्देशनमा आपराधिक मनोवृत्ति भएका व्यक्तिहरूबाट सवारीसाधन प्रयोग गरी निगरानी राख्ने, त्रास सिर्जना गर्नेजस्ता निन्दनीय कार्य भयो,’ कांग्रेसले विज्ञप्तिमार्फत भनेको छ । 

आलोचकलाई आतंकित पार्न खोजिएको दाबी कांग्रेसले गरेको छ । ‘सरकारले यो आपराधिक क्रियाकलापविरूद्ध निष्पक्ष, स्वतन्त्र र विश्वसनीय छानविन गरी सत्य सार्वजनिक गर्ने साहस देखाओस् र आफू संग्लन भएको छैन भने पुष्टि गरोस्,’ कांग्रेसले भनेको छ ।

सरकार असफल बन्दै गएको आरोप 
कांग्रेसले सरकार असफल बन्दै गएको आरोप लगाएको छ । कांग्रेस प्रवक्ता चालिसेले सरकारले आफ्नो कमजोरीलाई विषयान्तर गर्न खोजेकोसमेत आरोप लगाए । ‘यो सरकार जब नैतिक संकट, राजनीतिक असक्षमता र जनविश्वासको संकटले घेरिन्छ तब समस्याको समाधान खोज्नुको साटो विषयलाई विषयान्तर गर्दै जनताको ध्यान अर्कै विषयमा मोड्ने प्रयासमा लीप्त रहेको देखिन्छ,’ प्रवक्ता चालिसेले भने ।

Hardik health

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता वालेन्द्र शाह नेतृत्वको सरकार असफल बन्दै गएको कांग्रेसले दाबी गरेको छ । प्रतिनिधिसभाले हालै पारित गरेको ‘प्रतिनिधिसभा नियमावली’ देखि राहदानी खरिद प्रकरणसम्मका कामहरु असफल देखिएको कांग्रेसले आरोप लगाएको छ । ‘सुकुमबासी समस्या, भ्रष्टाचारविरूद्धको दोहरो मापदण्ड, गृहमन्त्री सुधन गुरुङसम्बन्धी विवाद, भदौ २३÷२४ को घटनादेखि सुनसरीको देवानगञ्ज-कप्तानगञ्ज, सिराहासम्मका घटनामा सरकार अनुत्तरदायी रहेको हाम्रो अनुभव छ,’ कांग्रेस प्रवक्ता चालिसेले भने ।

कांग्रेसले सुनसरीको देवानगञ्ज-कप्तानगञ्जमा भएको घटनाले सरकारी सुरक्षा प्रणालीको कमजोरी भएको जनाएको छ । यसमा सरकार संयमित र जिम्मेवार भएर प्रस्तुत हुन नसकेको कांग्रेसको दाबी छ । ‘नागरिक सम्मुख राज्यको उपस्थिति बन्दुकको गोली, लाठी र दमनमा भेटिनु उदेकलाग्दो स्थिति हो,’ पत्रकार सम्मेलनपछि प्रवक्ता चालिसेले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘सरकारका व्यक्तिहरू फेसबुकमा सीमित हुनु र निजी सहयोगीलाई घटनास्थलमा पठाउनुले नै सरकारको मनोदशा प्रकट भएको छ ।’

यो घटना छानबिनका लागि सरकारी समितिमा भर नपरी स्वतन्त्र, निष्पक्ष, र विश्वसनीय उच्चस्तरीय न्यायिक आयोग बन्नुपर्ने माग कांग्रेसले अघि सारेको छ । भदौ २३-२४ को जेन-जी आन्दोलनप्रति लचक बन्दै आएको कांग्रेसले गौरीबहादुर कार्की आयोगको प्रतिवेदन अपुरो र अधुरो रहेको उल्लेख गर्दै मानव अधिकार आयोको प्रतिवेदनप्रति सरकारको मौनता रहस्यमय रहेको आरोप लगाएको छ । ‘मानव अधिकार आयोगको प्रतिवेदनले सरकारमै रहेका केही व्यक्तिको भूमिकाबारे थप अनुसन्धान गर्न र केहीको कानुनी प्रक्रिया अघि बढाउन सिफारिस गरेको परिप्रेक्षमा आरोपित व्यक्तिहरू नै सरकारमा रही गरिने अनुसन्धान निष्पक्ष हुन्छ भन्नु हास्यास्पद हुन्छ,’ कांग्रेसले भनेको छ ।

कांग्रेसले राहदानी खरिद प्रकरणमा प्रधानमन्त्री शाहले अख्तियार प्रमुखसम्मलाई बन्धक बनाएको आरोपसमेत लगाएको छ । त्यसैगरी हालै पारित गरिएको प्रतिनिधिसभा नियमावली, २०८३ मा संविधानको क्षेत्राधिकारभन्दा बाहिर गएर केही विषयहरू राखिएको आरोप लगाएको छ । ‘प्रतिनिधिसभा सदस्यको हकमा यो नियमावली संघीय कानुनको रूपमा रही विशेष कानुनसरह लागू हुने छ भन्ने विषय र संविधान संशोधन प्रक्रियामा राखिएको प्रावधान संविधान विपरीत छ, आपत्तिजनक छ,’ विज्ञप्तिमा भनिएको छ, ‘यो नियमावली सामान्य कानुन नभई यसले संसद्लाई फौजदारी ऐन, मुलुकी ऐन र अन्य प्रचलित कानुनभन्दा माथि राखेको छ । कानुन सबैका लागि समान हुनुपर्ने लोकतान्त्रिक मान्यताको विरूद्ध नियमावलीलाई ‘सुपर कानुन’ बनाउने यो प्रयास सम्पूर्णरूपमा निन्दायोग्य छ । सांसदहरू आफ्ना लागि आफ्नो अनुकुलको कानुन बनाएर आफुलाई कानुनभन्दा माथि उभ्याउन खोज्नु लोकतन्त्रको आधारभूत सिद्धान्तको प्रतिकूल कार्य हो । नेपाली कांग्रेस यसलाई अस्वीकार गर्दछ । यस विषय सम्मानित अदालतमासमेत विचारधीन रहेको छ ।’

वालेन्द्र नेतृत्वको सरकारले सम्पत्तिको स्रोत र भ्रष्टाचारविरुद्धको कारबाही सम्बन्धमा दोहोरो चरित्र देखाएकोसमेत कांग्रेसको आरोप छ । ‘भ्रष्टाचारविरूद्धको शून्य सहनशीलताबारे सरकार नारामा सीमित रहेको छ । आफ्नै मन्त्री, आफ्नै उच्च राजनीतिक पदाधिकारी र प्रभावशाली व्यक्तिले सम्पत्ति सार्वजनिक गर्दा स्रोतबारे उठेका सार्वजनिक प्रश्नहरूको उत्तर आजसम्म आएको छैन । यस्ता नैतिक प्रश्नवाट भाग्ने र अनुसन्धान नगर्ने प्रवृत्तिले अविश्वास जन्माउँछ । के अनुसन्धानको यो राडारवाट रास्वपाका मन्त्री कार्यकर्ता वा समर्थकलाई उन्मुक्ति मिलेको हो ?,’ कांग्रेसको प्रश्न छ । 

सुशासनमा सरकार चुकेको, सरकारी नियुक्ति र निर्णयहरूमा पारदर्शिता नभएको कांग्रेसको आरोप छ । कूटनीतिक अभ्यासमा पनि सरकार अपरिपक्व देखिएको कांग्रेसको आरोप छ । ‘सरकारले दूत वा प्रतिनिधि पठाउने प्रक्रियामा अपनाउनुपर्ने प्रोटोकल, पारदर्शिता र जवाफदेहिताप्रति यो सरकारमा देखिएको कमजोरी वा लापरवाही चिन्ताजनक छ,’ कांग्रेसले भनेको छ ।

गृहमन्त्रीलाई चोख्याएर फेरि सरकारमा ल्याउनु सरकारको नियतमाथि नै प्रश्न गर्नुपर्ने ठाउँ देखिएको कांग्रेसको भनाइ छ । यसैगरी सरकार सुकुमबासी समस्या समाधानमा असफल देखिएको कांग्रेसको आरोप छ । ‘चुनावअघि लालपुर्जाको सपना बाँड्ने, चुनावपछि आयोगको नाममा समय काट्ने र समस्या चर्किएपछि डोजर लगाउने शैलीले सरकार नागरिकको समस्याप्रति अनुत्तरदायी देखिन्छ । अस्थायी आयोग, अस्थायी परिचयपत्र र अस्थायी आश्वासनले स्थायी समाधान दिँदैन । भूमिहीन अझै भूमिहीन छन्, सार्वजनिक जग्गा सुरक्षित छैन र सरकार भाषणमै सीमित रहेको छ,’ कांग्रेसले भनेको छ ।

त्यसैगरी सरकारले निजी क्षेत्र आतंकित पारेको कांग्रेसको आरोप छ । ‘राज्यको अर्थतन्त्रले मन्दी, कमजोर लगानी र बढ्दो वेरोजगारी जस्ता समस्याहरूसंग संघर्ष गरिरहेको यो अवस्थामासमेत सरकार निजी क्षेत्रविरूद्ध उत्रिएको देखिन्छ । प्रमाणविना निजी क्षेत्रमा छापा मार्ने, व्यवसायीलाई धरपकड गर्नेमात्र होइन स्वयं सरकारका मन्त्रीहरू कानुन हातमा लिई व्यवसायीको हात खुट्टा भाँच्ने, थुन्ने, कोच्नेजस्ता अमर्यादित र अशोभनीय व्यवहार प्रदर्शित गर्दै आएका छन्,’ कांग्रेसले भनेको छ ।

ग्यासको अभाव, मलको अभावमा सरकारले कुनै कार्ययोजनासमेत नल्याएको कांग्रेसको आरोप छ । अहिले शिक्षा, शिक्षक र विद्यार्थीको विषयमासमेत सरकार अन्योलमा देखिएको कांग्रेसको दाबी छ । यसैगरी जनताका समस्या संवोधनमा सरकार उदासीन देखिएको र यो खतरनाक प्रवृत्ति भएको कांग्रेसको आरोप छ । ‘जनताका समस्या र मागप्रति पहिला वेवास्ता गर्ने, त्यसपछि विभिन्न माध्यमबाट त्यसलाई दबाउन खोज्ने, आन्दोलन बढ्दै गएपछि हतारहतार तत्कालका लागि सम्झौता गरेर आवाजलाई कमजोर बनाउने, त्यसको कार्यान्वयनमा सरकार उदासीन हुने र जवाफदेही नहुने सरकारको जुन प्रवृत्ति देखिएको छ, यो खतरनाक छ र आपत्तिजनक छ,’ कांग्रेसले भनेको छ ।

यी कारणहरु देखाउँदै सरकार सुशासन, पारदर्शिता र जवाफदेहितामा पूर्णरूपमा असफल भएको र सरकारका कमजोरीले सरकारप्रति जनविश्वास निरन्तर खस्किएको कांग्रेसको दाबी छ । ‘जनताले नारा होइन, परिणाम खोजेका छन् । आश्वासन होइन, कार्यान्वयन खोजेका छन् । सरकारले राजनीतिक स्टण्टवाट आफ्नो बचाउ गर्ने होइन, पूर्ण पारदर्शिता र जवाफदेहिताबाट जनविश्वास पुनःस्थापित गर्नुपर्छ । अन्यथा इतिहासले यस सरकारलाई समस्या लम्ब्याएर राजनीतिक लाभ खोज्ने असफल सरकारका रूपमा लेख्ने छ,’ कांग्रेसले भनेको छ ।
 


प्रकाशित मिति: बिहीबार, साउन २१, २०८३  ११:४२
#नेपाली कांग्रेस
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
रास्वपाको केन्द्रीय समिति बैठक शुक्रबार बस्ने
रास्वपाको केन्द्रीय समिति बैठक शुक्रबार बस्ने मंगलबार, भदौ २, २०८३
देउवा समूह पश्चगमनतिर, हिन्दूराष्ट्रको कित्तामा उभियो
देउवा समूह पश्चगमनतिर, हिन्दूराष्ट्रको कित्तामा उभियो सोमबार, भदौ १, २०८३
नेपाली कांग्रेस, बागमती प्रदेश संसदीय दलको बैठक आज
नेपाली कांग्रेस, बागमती प्रदेश संसदीय दलको बैठक आज सोमबार, भदौ १, २०८३
‘नागरिक, नीति र नेतृत्व’ कार्यक्रम सुरू गर्दै रास्वपा
‘नागरिक, नीति र नेतृत्व’ कार्यक्रम सुरू गर्दै रास्वपा आइतबार, साउन ३१, २०८३
न्यायालयप्रति पूर्ण विश्वास छः निवर्तमान सभापति देउवा
न्यायालयप्रति पूर्ण विश्वास छः निवर्तमान सभापति देउवा आइतबार, साउन ३१, २०८३
राजनीतिक संस्कार नै बदल्ने देउवापक्षको प्रस्ताव
राजनीतिक संस्कार नै बदल्ने देउवापक्षको प्रस्ताव आइतबार, साउन ३१, २०८३
कांग्रेस संस्थापनइतर पक्षको राष्ट्रिय भेला सुरु
कांग्रेस संस्थापनइतर पक्षको राष्ट्रिय भेला सुरु शुक्रबार, साउन २९, २०८३
लोकप्रिय
  • Week
  • Month
वैदेशिक रोजगारीमा कीर्ते गर्नेलाई १२ वर्षसम्म कैदको प्रस्ताव 
वैदेशिक रोजगारीमा कीर्ते गर्नेलाई १२ वर्षसम्म कैदको प्रस्ताव 
कालो पट्टी बाँधेर सरकारविरुद्ध सांकेतिक विरोध 
कालो पट्टी बाँधेर सरकारविरुद्ध सांकेतिक विरोध 
विभागको कार्यालयमा व्यवसायीले दिए धर्ना
विभागको कार्यालयमा व्यवसायीले दिए धर्ना
वीरगञ्जमा भारतको ८०औँ स्वतन्त्रता दिवस उत्साहपूर्वक मनाइयो
वीरगञ्जमा भारतको ८०औँ स्वतन्त्रता दिवस उत्साहपूर्वक मनाइयो
नारामा सीमित नीति, पलायन हुन बाध्य युवा
नारामा सीमित नीति, पलायन हुन बाध्य युवा
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
सरकारले सभापति थापामाथि निगरानी बढाएको कांग्रेसको आरोप
सरकारले सभापति थापामाथि निगरानी बढाएको कांग्रेसको आरोप
व्यवसाय बन्द गर्ने चेतावनीकाबीच थप ८९ म्यानपावरमाथि विभागको कारबाही
व्यवसाय बन्द गर्ने चेतावनीकाबीच थप ८९ म्यानपावरमाथि विभागको कारबाही
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक / सम्पादक कृष्ण कार्की
मल्टिमिडिया मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP