Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #बढघर
  • #बौद्धनाथ
  • #बागमती_प्रदेशसभा
  • #नेपाल_पर्यटन_बोर्ड
  • #सुनचाँदीकाे_मूल्य
  • #रक्षबहादुर_रैका_मगर
  • #नेपाल_मगर_संघ
  • #सिसिटिभी
  • #सपनाको_चंगा
Search Here
सम्पादकीय
  • Home
  • सम्पादकीय
  • आश्वासन होइन, उद्योग चलाउन कार्ययोजना ल्याऊ
आश्वासन होइन, उद्योग चलाउन कार्ययोजना ल्याऊ
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, जेठ १२, २०८३

मुलुकमा नयाँ सरकार गठन हुनु र नवनियुक्त उद्योगमन्त्रीले पदभार ग्रहण गरेलगत्तै बन्द प्रायः सरकारी उद्योगहरूको स्थलगत निरीक्षणमा निस्कनु एउटा स्थापित राजनीतिक ‘कर्मकाण्ड’ जस्तै बनिसकेको छ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले हालै बन्द अवस्थामा रहेको हेटौंडा सिमेन्ट उद्योग, कपडा उद्योग, वीरगञ्ज चिनी कारखानालगायतको निरीक्षण गर्दै व्यक्त गरेको प्रतिबद्धताले यही पुरानो परम्परालाई पुनः निरन्तरता दिएको छ । निजी क्षेत्रका सिमेन्ट उद्योगहरू नाफामा चल्ने तर सरकारी स्वामित्वको ऐतिहासिक उद्योग ११ महिनासम्म कर्मचारीलाई तलब खुवाउन नसकेर, विद्युत् महसुल तिर्न नसकेर र कच्चा पदार्थको अभावमा थला पर्नु निश्चय नै राष्ट्रिय लज्जाको विषय हो । मन्त्रीले यसलाई ‘अत्यन्तै दुःखद’ भन्नु र गम्भीरतापूर्वक अध्ययन भइरहेको बताउनु सकारात्मक सुनिए पनि आमनागरिक र अर्थतन्त्रका लागि यो नयाँ भाष्य भने होइन ।

विगतका हरेक मन्त्रीहरूले पनि हेटौंडा सिमेन्ट, वीरगञ्ज चिनी कारखाना, जनकपुर चुरोट कारखाना वा बुटवल धागो कारखानाको भ्रमण गरेर यसैगरी पुनः सञ्चालनको आश्वासन बाँडेका थिए । तर, विडम्बना के छ भने मन्त्रीहरूको यो जोस र प्रतिबद्धता केवल निरीक्षणको दिन र सञ्चारमाध्यमका हेडलाइनहरूमामात्र सीमित हुने गरेको छ । पद सम्हाल्नासाथ बन्द उद्योगको आँगनमा पुग्ने मन्त्रीहरूले ती उद्योगलाई दीर्घकालीनरूपमा सञ्चालन गर्ने कुनै ठोस, व्यावहारिक र वैज्ञानिक कार्ययोजना ल्याउन सकेका छैनन् । हेटौंडा सिमेन्टकै हकमा वि.सं. २०३३ सालमा जडान गरिएका उपकरणहरू अहिले पूर्णरूपमा पुराना र जीर्ण भइसकेका छन् । केवल केही महिनाको टालटुले मर्मत वा अल्पकालीन आर्थिक अनुदानलेमात्र यस्ता उद्योग प्रतिस्पर्धी बन्न सक्दैनन् भन्ने कटु सत्यलाई सरकारले बुझ्न ढिला गरिसकेको छ । मन्त्री यादवका हकमा पनि उनको यो भनाइ परम्परागत आश्वासनमात्रै हो वा यसमा साँच्चिकै इच्छाशक्ति लुकेको छ भन्ने कुरा आगामी दिनमा आउने कार्ययोजनाले नै प्रस्ट पार्ने छ ।

अहिले मुलुकको अर्थतन्त्र जुन संकटबाट गुज्रिरहेको छ, त्यसको एकमात्र ओखती औद्योगिकीकरण नै हो । सधैंभरि वैदेशिक रोजगारीको ‘रेमिट्यान्स’मा मात्रै टिकेर र उपभोग्य वस्तुको अनियन्त्रित आयात गरेर आत्मनिर्भरताको खोक्रो गफ हाँक्नुको अब कुनै अर्थ छैन । मुलुकको व्यापार घाटा चुलिँदो छ भने स्वदेशमा रोजगारी नपाएर दैनिक हजारौं युवाहरू बाहिरिन बाध्य छन् । युवाहरूलाई देशमै रोक्ने र रोजगारीका अवसर सिर्जना गर्ने सरकारको नीति केवल भाषणमामात्र सीमित छ । सरकारले यदि साँच्चै युवालाई स्वदेशमै रोजगारी दिने र अर्थतन्त्रलाई उत्पादनमुखी बनाउने हो भने बन्द अवस्थामा रहेका सरकारी उद्योगहरूलाई नयाँ प्रविधि, कुशल व्यवस्थापन र पर्याप्त पुँजीसहित ब्युँताउनुको विकल्प छैन ।

Hardik health

अब सरकारले गफ र सस्तो लोकप्रियताका लागि आश्वासन बाँड्ने काम बन्द गर्नुपर्छ । हेटौंडा सिमेन्टलगायतका रुग्ण उद्योगहरूलाई चलाउने हो भने तत्काल विज्ञहरूको टोलीमार्फत प्राविधिक र आर्थिक सम्भाव्यताको पुनर्मूल्यांकन गरियोस् । निजी क्षेत्रसँगको साझेदारी वा पूर्ण सरकारी पुनर्संरचना के गर्ने हो, त्यसको स्पष्ट खाकासहितको ठोस कार्ययोजना तत्काल सार्वजनिक गरिनुपर्छ । सबैभन्दा महŒवपूर्ण कुरा सरकारले ल्याउने आगामी बजेटमा नै यी उद्योगहरूको पुनरुत्थानका लागि आवश्यक र पर्याप्त बजेटको ग्यारेण्टी गरिनु आवश्यक छ । कार्ययोजना र बजेटविनाको प्रतिबद्धता केवल राजनीतिक दाउपेचमात्र ठहरिने छ । मुलुकलाई अब आश्वासनका शब्दहरू होइन, भुइँमा देखिने उद्योग र तिनले सिर्जना गर्ने रोजगारी चाहिएको छ ।
 


प्रकाशित मिति: मंगलबार, जेठ १२, २०८३  ११:१९
प्रतिक्रिया दिनुहोस्
थप सम्पादकीय
रानीसैनको सीमा विवाद तत्काल सल्टाऊ
रानीसैनको सीमा विवाद तत्काल सल्टाऊ सोमबार, जेठ ११, २०८३
विश्वविद्यालयको साख फर्काउने अवसर
विश्वविद्यालयको साख फर्काउने अवसर आइतबार, जेठ १०, २०८३
सभामुखबाट भूमिका तटस्थ होस् 
सभामुखबाट भूमिका तटस्थ होस्  शुक्रबार, जेठ ८, २०८३
संसद्प्रतिको उदासीनता लोकतन्त्रका लागि घातक
संसद्प्रतिको उदासीनता लोकतन्त्रका लागि घातक बिहीबार, जेठ ७, २०८३
विभेदकारी विज्ञापन नीति तत्काल खारेज गर
विभेदकारी विज्ञापन नीति तत्काल खारेज गर सोमबार, जेठ ४, २०८३
बेरुजुको चाङभित्रको वित्तीय अराजकता
बेरुजुको चाङभित्रको वित्तीय अराजकता आइतबार, जेठ ३, २०८३
लोकप्रिय
  • Week
  • Month
लगातार चार दिन सार्वजनिक बिदा
लगातार चार दिन सार्वजनिक बिदा
फरवार्ड माइक्रोफाइनान्सको अध्यक्षमा पुनः भगबती चौधरी
फरवार्ड माइक्रोफाइनान्सको अध्यक्षमा पुनः भगबती चौधरी
प्रतिनिधिसभा बैठक स्थगित
प्रतिनिधिसभा बैठक स्थगित
पश्चिम एसिया द्वन्द्वले विप्रेषण आप्रवाह प्रभावितः परराष्ट्र
पश्चिम एसिया द्वन्द्वले विप्रेषण आप्रवाह प्रभावितः परराष्ट्र
 मुक्तिनाथ विकास बैंकद्वारा व्हीलचेयर हस्तान्तरण
 मुक्तिनाथ विकास बैंकद्वारा व्हीलचेयर हस्तान्तरण
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
म्यानपावरलाई तिरेको यथार्थ रकम खुलाउँदैनन् श्रमिक
म्यानपावरलाई तिरेको यथार्थ रकम खुलाउँदैनन् श्रमिक
तामाङ युवाहरूको क्षमता अभिवृद्धि प्रशिक्षण कार्यक्रम सम्पन्न
तामाङ युवाहरूको क्षमता अभिवृद्धि प्रशिक्षण कार्यक्रम सम्पन्न
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP