Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #सिएन थारु/आरके तामाङ
  • #‘हृदयांश’
  • #दीपक बन्जारा
  • #बिगेन्द्रसिंह वाईबा तामाङ
  • #नेपाल आदिवासी जनजाति महासंघ
  • #विश्व आदिवासी दिवस
  • #हुलाकी राजमार्ग
  • #धनुषा कर्फ्यु
  • #पुष्पकमल दाहाल
Search Here
विचार
  • Home
  • विचार
  • गोने ङ्ह्या : तामाङ झाँक्रीहरुको ज्ञान उत्सव
गोने ङ्ह्या : तामाङ झाँक्रीहरुको ज्ञान उत्सव
रवीन्द्र तामाङ 
रवीन्द्र तामाङ  शनिबार, साउन २४, २०८२

ढ्यांग्रोको तालमा ‘सोई सोई बोम्बो, सोई बोम्बो सोई’ । जीउमा सेता जामा, जामामाथि कालो प्वाँख, टाउकोमा मजुरको प्वाँखयुक्त सेतो फेटा, घाँटीमा घण्टीमाला, कम्मरमा सेतो धोती, पीठमा सेतो कपडाको दुईवटा लर्कन भिरेका तामाङ झाँक्री (बोन्बो)हरु । ढ्यांग्रोको ढ्याङ ढ्याङ तालमा तान्त्रिक मन्त्रहरु फलाक्दै घुमीघुमी, उफ्रीउफ्री नाचेका रंगीन दृश्यहरु हरेक वर्षको गोने ङ्ह्या अर्थात् जनैपूर्णिमाको दिन रसुवाको गोसाइँकुण्डलगायत अन्य कण्डादि यात्रामा निस्केका र फर्केका यत्रतत्र देख्न सकिन्छ ।

आफ्ना पितामह, आराध्य तान्त्रिक गुरु महादेवको स्तुति मन्त्रहरु जप्दै दर्शनका लागि साम गायन गर्दै मन्त्रतन्त्रहरु फलाक्दै कुण्डकुण्डादिहरुमा डफ्फाका डफ्फा तामाङ झाँक्रीहरु र उनीहरुको सहयोगी सहयात्रीहरुको क्रियाकलाप जहाँसुकैको यात्रामा हिँडेका/फर्केका दृश्यहरुले जुनसुकै धर्मावलम्बी समुदायलाई ध्यानाकृष्ट गराउँदछ ।

गोसाइँकुण्ड वा अन्य कुण्डकुण्डादिहरुमा गोने ङ्ह्या (जनैपूर्णिमा) को दिन तीर्थाटन गर्नु तामाङ झाँक्रीहरु आफ्नो उच्च प्रतिष्ठा र इज्जतको विषय ठान्दछन् । यस दिन तीर्थाटन नगर्ने झाँक्रीहरुलाई तामाङ समुदायमा हेयको दृष्टिले हेरिन्छ । त्यसैले तामाङ झाँक्रीहरु यस दिनको धार्मिक यात्रामा बढीभन्दा बढी मानिस र जजमानहरुलाई लिएर नाँच्दै गाउँदै गोसाइँ वा अन्य कुण्डादिमा स्नानतीर्थ गर्न जान्छन् । तिनै झाँक्रीलाई गाउँमा उच्च प्रतिष्ठा ठूलो झाँक्रीको रुपमा सम्मान दिने परम्परा रहेको छ । यसैले उनीहरुमा गाउँमा सम्मान पाउने र लिने आशाले गोने ङ्ह्या अर्थात् जनैपूर्णिमाको दिन जतिसक्दो बढी मानिसहरु लिएर तीर्थाटन गर्ने प्रचलन छ ।

गोसाइँकुण्ड वा अन्य कुण्डकुण्डादिहरुमा गोने ङ्ह्या (जनैपूर्णिमा) को दिन तीर्थाटन गर्नु तामाङ झाँक्रीहरु आफ्नो उच्च प्रतिष्ठा र इज्जतको विषय ठान्दछन् । यस दिन तीर्थाटन नगर्ने झाँक्रीहरुलाई तामाङ समुदायमा हेयको दृष्टिले हेरिन्छ । त्यसैले तामाङ झाँक्रीहरु यस दिनको धार्मिक यात्रामा बढीभन्दा बढी मानिस र जजमानहरुलाई लिएर नाँच्दै गाउँदै गोसाइँ वा अन्य कुण्डादिमा स्नानतीर्थ गर्न जान्छन् । 

Hardik health

गोने ङ्ह्याको यात्रामा निस्कनुपूर्व तामाङ झाँक्रीहरुले आफ्ना जजमान (गाउँले) हरुलाई तीर्थाटनमा सामेल हुन घरघरमा गई सगुन पोङ राखी निमन्त्रणा गर्ने परम्परा रहेको छ । आफ्नो अगुवाइमा जति बढी लस्कर मानिसहरु लान सकियो, त्यति नै सम्मान पाउने आशाले यात्रामा आफूसँग गएका यात्रुहरुको तीर्थाटनमा लाग्ने सम्पूर्ण खर्च गर्ने दायित्व पनि तामाङ समाजमा झाँक्रीहरुको नै लिने गर्दछन् ।

गोने ङ्ह्या (जनैपूर्णिमा)को तीर्थ गर्न निस्कने झाँक्रीहरु यात्रामा निस्कनुपूर्वक महिनौं दिनसम्म नयाँ र पुराना र झाँक्रीहरु अर्थात् गुरु र शिष्यहरु गुफा (एकान्तस्थलमा) बसेर तन्त्रमन्त्रहरुका साधना गर्ने गर्दछन् । त्यसैगरी गोने ङ्ह्याको दिन यात्रामा निस्कने दिन उनीहरु सबेरै उठी नुवाइधुवाइ गर्ने गर्दछन् । अनि आफ्ना महागुरु महादेवको पूजाआजा गरी तान्त्रिकरुपमा जीउ बाँधी आफ्नो राजकीय कविला/सरदारी/नेतृत्व भेषभूषामा (माथि उल्लिखित) पहिरिएर गोसाइँकुण्ड वा स्थानीय कुण्डादिमा यात्राका लागि घरबाट निस्कने गर्दछन् । घरबाट निस्कँदा घरतर्फबाट बिदाइ सगुनको सर्वप्रथम पूजा गर्दछन् । अनि कलश (भुम्बा) मा राखिएको सो सगुन यात्रामा जाने महिलाहरुलाई बोक्न लगाइ तामाङ झाँक्रीहरु गोसाइँकुण्ड वा अन्य कुण्डादिको यात्रामा निस्कने गदर्छन् ।

यसरी यात्रामा निस्किएका झाँक्रीहरुलाई बाटोघाटो, दोबाटो, भञ्ज्याङ, देउरालीमा घरघर वा जजमानहरुबाट वा अन्य समुदायबाट पनि सगुन राखी बाटो छेकेमा उनीहरुले त्यसलाई नाघेर अघि बढ्न सक्दैनन् । अनि उनीहरु छ्याङ्दे (काठको कलात्मक धार्मिक टेबुल) माथि फूलपाती भेटीसहित राखिएको सगुन वरिपरि ढ्यांग्रो ठटाउँदै , घुमीघुमी तान्त्रिक मन्त्रहरु फलाक्दै नृत्य गर्दछन् । अनि उक्त सगुनलाई तीनचोटि धर्ती र तीनचोटि आकाशमा छर्दै अमृतसिद्ध गर्दछन् । र, जसले सो सगुन राखेका छन्, तिनीहरुलाई सर्वप्रथम सो सगुन ग्रहण गर्न लगाइ, सामूहिकरुपमा त्यहाँ उपस्थित सबैलाई दिई बाँडीचुडी खाने, खुवाउने गर्दछन् तामाङ झाँक्रीहरु ।

Tamang-Bonbo-1754740495.jpg
रामेछाप र दोलखा जिल्लाको सिमानामा पर्ने शैलुङमा जनैपूर्णिमा एवं राक्षा बन्धनको अवसरमा लगेको मेलामा सहभागी हुँदै धामीझाक्रीहरु । तस्बिरः रमेश ढुंगेल/रासस

त्यसपछि पुनः नृत्य गर्दै सगुन राख्ने घरवाला र उपस्थित गणहरुलाई निधारमा सेतो टीका लगाएर आशीर्वाद दिने गर्दछन् । यसरी सगुन राख्नेहरु पनि यस दिन तामाङ झाँक्रीहरुसमक्ष सगुन राखी स्वागत गर्न पाए आफ्नो घरपरिवारमा सुख, शान्ति, समृद्धिका साथै अन्नादिहरुको उत्पादन बढ्ने र निरोगी हुने विश्वास गर्दछन् ।

त्यसैले तामाङहरु आ–आफ्ना घरदैलोमा यस दिन झाँक्रीहरु आइपुग्दा उपरोक्त कार्यहरु गराउन पाए आफूलाई अहोभाग्य ठान्छन् । यसरी तीर्थयात्रा गर्न जाने क्रममा आफ्ना जजमानहरुद्वारा राखिएको सगुन अमृतसिद्ध गर्दै उनीहरु गोसाइँकुण्ड वा अन्य कुण्डादिमा पुग्दछन् । अनि मन्त्र फलाक्दै, ढ्यांग्रो ठोक्दै झाँक्रीहरु सो कुण्डादिलाई तीनपटक परिक्रमा गर्ने गर्दछन् । त्यष्सपछि महागुरु आरध्यदेव महादेवका सामुन्ने उनीहरु घण्टौंघण्टा नृत्य गर्दै मन्त्रोच्चारणसहित साम गाउने र जल अभिषेक गर्ने गर्दछन् । यस दिन जति बढी नृत्य गर्दै मन्त्र उच्चारण गरेर साम गाउन सक्यो त्यति नै बढी आफ्ना मन्त्रहरु सिद्ध हुने र थप दैवीशक्ति प्राप्त हुने तामाङ झाँक्रीहरुमा अटल विश्वास रहेको छ ।

यसरी गोने ङ्ह्याको दिन गोसाइँकुण्ड वा अन्य कुण्डादिको तीर्थ गरी फर्केका तामाङ झाँक्रीहरुलाई यात्रामा निस्कँदा जसरी बाटोघाटो, बस्तीहरुमा सगुन राखी स्वागत एवं बिदाइ गर्ने गरिन्छ त्यसैगरी ठाँउठाउँमा जजमान वा अन्य समुदायले घर नपुगुञ्जेलसम्म स्वागत एवं बिदाइ गर्ने परम्परा रहेको छ । यसै दिन गोसाइँकुण्ड वा अन्य कुण्डादिको यात्रामा निस्केका अन्य झाँक्रीहरुसँग अर्थात् एक अर्कासँग भेटघाट भएमा तीनचोटि शीर निहुर्‍याएर एकले अर्कालाई आदर र सम्मानस्वरुप ढोग गर्ने र ढोग फर्काउने पनि गर्दछन् ।

तीर्थाटन गर्दा तामाङ झाँक्रीहरुले एकातिर मौखिकरुपमा तन्त्रमन्त्रहरु जोडजोडले फलाक्ने वा गाउने गर्दछन् भने अर्कोतिर उनीहरुले मन्त्रतन्त्रलाई तालमा राख्न ढ्यांग्रो घंगरा र घण्टीहरु बजाउने गर्दछन् । साथसाथै उनीहरुले बाटोमा परेका मठ, मन्दिर र देवीदेउराली जे भेट्दछन्, ती सम्पदालाई सामूहिकरुपमा फनफनी घुम्दै नाच्ने गर्दछन् ।

यसका साथै विभिन्न स्थानबाट गोसाइँ वा कुण्डादिमा आएका अन्य क्षेत्रका तामाङ झाँक्रीहरु जम्का भेट हुँदा कहिलेकाहीँ ‘को ठूलो झाँक्री हो’ ? भन्ने विवाद भएमा यात्रामा रहेका अ–आफ्ना जजमानहरुलाई साक्षी राखेर एकअर्का बीचमा शक्ति प्रदर्शन गर्ने गर्दछन् । यसरी शक्ति प्रदर्शन गर्दा जसले जित्छ उसले हार्नेले तर्फका जजमानहरुको उपचार र उनीहरुको गाउँठाउँमा पुगेर भूतप्रेत, नागनागिनी र चनलगायत ग्राम पूजाआजा गर्ने अधिकार गोने ङ्ह्यासम्म जित्नेले प्राप्त गर्दछन् । पराजित झाँक्रीले शक्ति प्रदर्शनमा हारेबापत एक वर्षसम्म आफ्ना जजमानहरुलाई शारीरिक र मानसिक उपचार गर्न सजायस्वरुपबाट ऊ बञ्चित वा निषेधित हुने गर्दछ । जसका कारण पराजित झाँक्रीका जजमानहरु बिरामी हुँदा एक वर्षसम्म बिजेता झाँक्रीकहाँ पुगेर आफ्ना शारीरिक र मानसिक स्वास्थ्य उपचारका साथै ग्राम देवीदेवताका पूजाआजा गराउनुपर्ने परम्परा तामाङ समाजमा रहेको छ ।

पराजित झाँक्रीले फेरि आगामी वर्ष अर्थात् गोने ङ्ह्याको दिन पुनः प्रतिस्पर्धात्मकरुपमा थप मन्त्र साधना गरेर विजेतालाई पराजित गरेर आफ्नो शक्ति स्थापित गर्न सक्छ । या त उसले विजेता झाँक्रीलाई गुरु थापेर वा मानेर उनीसँग थप विद्या सिकेर खुसी बनाएर पनि आफ्ना गुमेका शक्तिहरु प्राप्त गरेर जजमानहरुको उपचार गर्ने र गाउँमा पूजाआजा गर्ने अधिकार पुनःप्राप्त गर्नुपर्ने परम्परा रहेको छ ।

तामाङ समाजमा वंशानुगत वा अवंशानुगतरुपमा झाँक्री बन्ने परम्पराहरु पाइन्छन् । समाजमा जुनसुकै प्रकारबाट तामाङ झाँक्री हुने लक्षण देखापरेमा पूर्ण झाँक्री बन्न उसले अन्य जेठो झाँक्रीलाई गुरु बनाउनुपर्दछ । गोने ङ्ह्याभन्दा अगाडि केही समय गुरुसँगै एकान्तमा गई गुफा बसी तन्त्रमन्त्र र जडीबुटीहरुको ज्ञान लिनुपर्दछ । नयाँ झाँक्री बनी भूतप्रेत, पिसाच, नागनागिनी, ग्रामदेवताहरुको पूजा गरेर रोगीहरुको सेवा गर्न भने उसले गोने ङ्ह्याको दिन गोसाइँकुण्ड वा अन्य कुण्डादिमा आफ्ना गुरुसँगसँगै तीर्थाटन गर्नु पर्दछ ।

यसरी गोसाइँकुण्ड वा अन्य कुण्डादिमा तीर्थाटन गर्दा महागुरु महादेवसँग साम गाएर प्रार्थना गरेर आफ्ना गुरुबाट पाएका मन्त्रहरुको सिद्धि गर्नु र दैवीशक्ति प्राप्त गर्नु पर्दछ । अनि गोने ङ्ह्याको भोलिपल्टदेखि गुरुबाट प्राप्त ज्ञानको अभ्यास आज्ञा लिएर गुरुकै निर्देशानुसार सकारात्मकरुपमा आफ्ना समाजका तामाङ वा गैरतामाङहरुको शारीरिक र मानसिक उपचार गर्न सक्दछ । यसबाट पनि गोने ङ्ह्या पर्वको तामाङ समाजमा झाँक्रीहरुको गुरु-चेला र समाजका बीचमा विशेष सम्बन्ध र महत्त्व रहेको छ भन्न सकिन्छ ।

अन्त्यमा गोसाइँ र अन्य कुण्डादिहरुमा यात्रा सम्पन्न गरेर आफ्नो घर आइपुगेका तामाङ झाँक्रीहरुलाई घरपरिवारबाट आँगनमा सगुन राखेर स्वागत गरेर मात्र भित्र्याउने परम्परा छ । यसरी तामाङ झाँक्रीहरु तीर्थयात्राबाट घर फर्किएपछि उनीहरुले आफूसँग गएका घरपरिवारका सदस्यहरु र आफ्ना गाउँलेहरु जसले उनीहरुको स्वास्थ्योपचार गरेबापत सम्मान दिने गर्दछन् । तिनीहरुलाई बोलाएर एकदिन गोने ङ्ह्या तीर्थभोज खुवाउने गर्दछन् ।

यसरी तीर्थाटन गर्दा तामाङ झाँक्रीहरुले एकातिर मौखिकरुपमा तन्त्रमन्त्रहरु जोडजोडले फलाक्ने वा गाउने गर्दछन् भने अर्कोतिर उनीहरुले मन्त्रतन्त्रलाई तालमा राख्न ढ्यांग्रो घंगरा र घण्टीहरु बजाउने गर्दछन् । साथसाथै उनीहरुले बाटोमा परेका मठ, मन्दिर र देवीदेउराली जे भेट्दछन्, ती सम्पदालाई सामूहिकरुपमा फनफनी घुम्दै नाच्ने गर्दछन् ।

Tamang-Bonbo_Ramechhap-1754740507.jpg
रामेछाप र दोलखा जिल्लाको सिमानामा पर्ने शैलुङमा जनैपूर्णिमा एवं राक्षा बन्धनको अवसरमा लगेको मेलामा सहभागी हुँदै धामीझाक्रीहरु । तस्बिरः रमेश ढुंगेल/रासस


जसका कारण गोसाइँ वा अन्य स्थानीय क्षेत्रहरुमा रहेका कुण्डादिहरुमा तीर्थाटन गर्न हिँडेका र फर्कंदा तामाङ वा अन्य समुदायका धर्मावलम्बीहरुलाई तामाङ झाँक्रीहरुका क्रियाकलापहरुले एकातिर कठिन, चुनौतीपूर्ण र सहासिक घनाजंगलको बीचको यात्रा गर्दा जसै तनमनमा उठेका डर त्रास भगाउँदछ भने अर्कोतिर यात्राको एकान्त, लामो पट्यारलाग्दो वातावरणमा अर्कोतिर प्रशस्त धार्मिक तन्त्रमन्त्र गायन र झाँक्रीहरुका सांगीतिक वाद्यवादनहरुले थप मनोरञ्जन पनि दिन्छ । यसका साथै गोसाइँ वा अन्य स्थानीय क्षेत्रहरुमा रहेका कुण्डादिहरुसम्म पुग्दा जंगलहरुमा रहने हिंस्रक जनावरहरु अचानक भेटिनसक्ने घटनाहरुबाट मानव जीवनको रक्षा र प्रतिरक्षा गर्न पनि अहं भूमिका खेलिरहेको हुन्छ भन्दा फरक पर्दैन । 

आधुनिक चिकित्सा पद्धति नपुगेका तामाङ गाउँघर र समाजमा यसरी आजसम्म पनि तामाङ झाँक्रीहरुको अधिक महत्त्व रहेको पाइन्छ । यसैले गाउँमा जो कोही बिरामी परेमा सर्वप्रथम तामाङ झाँक्रीहरुलाई नै देखाउने परम्परा पनि छ । तामाङ झाँक्रीहरु तन्त्रमन्त्र र जडीबुटीबाट निको नभएमात्र स्वाथ्यचौकी र अस्पतालमा पुर्‍याउने परम्परा छ । वर्तमानमा तामाङ झाँक्रीहरुमा पनि विकृति आएबाट उनीहरुमा जडीबुटीको ज्ञान नहुँदा कैयन रोगीहरुको अकालमा ज्यान पनि गइरहेको पाइन्छ । यद्यपि, आज पर्यन्त मानसिक उपचारमा (भूतप्रेत, पिसाच) मनोवैज्ञानिक चिकित्सा गर्न भने उनीहरु सफल छन् भन्न सकिन्छ । तामाङ झाँक्रीहरुमा देखिएको विकृति हटाउन उनीहरुलाई सरकारी तवरबाट रोग र औषधिसम्बन्धी प्रशिक्षण पनि दिन थालिएको छ ।

- [email protected]


प्रकाशित मिति: शनिबार, साउन २४, २०८२  १७:२९
#रवीन्द्र_तामाङ #जनैपूर्णिमा
प्रतिक्रिया दिनुहोस्
थप विचार
हिमाल चढ्ने रहर, सुरक्षित फर्कने चुनौती
हिमाल चढ्ने रहर, सुरक्षित फर्कने चुनौती मंगलबार, साउन १९, २०८३
बोल्दिन ! बोल्नै पर्छ !
बोल्दिन ! बोल्नै पर्छ ! मंगलबार, साउन १९, २०८३
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं ! सोमबार, साउन १८, २०८३
साउदीको एसभिपीः श्रम कूटनीति, अर्थ-राजनीति र नेपालको नीतिगत द्विविधा
साउदीको एसभिपीः श्रम कूटनीति, अर्थ-राजनीति र नेपालको नीतिगत द्विविधा सोमबार, साउन १८, २०८३
सम्भावनाको जगमा उपेक्षित कर्णाली
सम्भावनाको जगमा उपेक्षित कर्णाली शुक्रबार, साउन १५, २०८३
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट बिहीबार, साउन १४, २०८३
न्यायिक विश्वसनीयतामा गम्भीर प्रश्न
न्यायिक विश्वसनीयतामा गम्भीर प्रश्न बुधबार, साउन १३, २०८३
लोकप्रिय
  • Week
  • Month
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
पूर्वउपसभामुख  राना मगरद्वारा  ‘हृदयांश’ उपन्यासकाे  विमोचन
पूर्वउपसभामुख राना मगरद्वारा ‘हृदयांश’ उपन्यासकाे विमोचन
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP