Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #सिएन थारु/आरके तामाङ
  • #‘हृदयांश’
  • #दीपक बन्जारा
  • #बिगेन्द्रसिंह वाईबा तामाङ
  • #नेपाल आदिवासी जनजाति महासंघ
  • #विश्व आदिवासी दिवस
  • #हुलाकी राजमार्ग
  • #धनुषा कर्फ्यु
  • #पुष्पकमल दाहाल
Search Here
विचार
  • Home
  • विचार
  • भोट के मा ? 
भोट के मा ? 
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, फागुन १९, २०८२

मध्यरातीसम्म भोट केमा फलानोमा भन्दै स्पिकर धन्काएर हिँड्नेहरु आज गोप्य भोट माग्दै छन् । प्रविधिको जमाना छ । फोनमा किरिङऽकिरिङको आवाज उठाएपछि हाते फोन त उठाउनै पर्‍यो । यताबाट हलो भनेको उताबाट एकोहोरो बोल्न थाल्यो । ‘नमस्कार म फलानो, फलानो पार्टीको क्षेत्र नम्बर यतिको उम्मेदवार । फलानाको जित तपाईंको पनि जित हो । त्यसैले आफू र परिवार र आफन्त सबैलाई फलानो चिह्नमा भोट हाल्न सम्झौं, सम्झाऔं । धन्यवाद ।’

‘आचारसंहिता भन्ने कुरा कहाँ छ ? मेरो व्यक्तिगत हातेफोन नम्बर ती नेतालाई कसले दियो ? फटाहाहरु,’ रविन्द्र उफ्रँदै थिए ।  रविन्द्र दाइको कर्कसो स्वरले होला, सँगै रहेका दिवाकरले सम्झाउँदै भन्यो– छाडिदिनोस् के ? चुनाउको बेला यस्तो त आइहाल्छ नि ।   ‘अँऽ चुनाउ भन्दैमा व्यक्तिको फोन यसरी दिन पाइन्छ ? तिमी पो दलको झोला बोकेर हिँड्छौं । पार्टीको ‘क्याडर’ खासै केही लाग्दैन । बानी परिसकेको छ । हामी त होइनौं । फोनमा घण्टी बजेपछि उठाउनुपर्‍यो । उठाउँदाखेरी अनेकथरीको आवाज किन सुन्नु छ र मलाई ?’

‘भैगो नि अब दुई दिनको कुरा त हो, छाडिदिनोस् के ! चुनाउ भनेको जसरी हुन्छ त्यसरी भोट भाग्ने त हो नि । पहिलेपहिले पो स्रोतसाधन थिएन, प्रविधि थिएन, अनि घरघरमै आउँथे । पाटीपौवा, चौतारामा बसेर चिच्याउँथे । अब त प्रविधिको प्रयोग गरेर फोनमा नै मागे के भो त ?’ ‘तँ धेरै नकरा है, भन्दिएको छु । प्रविधिको प्रयोग भन्दैमा अर्काको फोनमा छिनछिनमा किरिङ–किरिङ पार्न पाइन्छ ? त्यो नम्बर दिनेचाहिँ को हो ? होइन हो, निर्वाचन आयोग, तिम्रो काम के हो हँ ? अनि त्यो टेलिफोने अफिसले पनि बुझ्नुपर्छ नि, पैसा पाए भन्दैमा जे पनि गर्ने ? 

अस्ति भर्खर लाखौं रुपैयाँ पाएँ भने कुनचाहिँ केटाका सन्देश मोबाइलमा पठायो । पैसा उसले कमायो, केटोलाई पुलिसले समायो ! यस्तो पनि हुन्छ । मलाई सुन्न मन नभएको मान्छेलाई मलाई भोट फलानोमा दिनुहोला भन्ने ?’
‘ल कुरा गर्नुहुन्छ, उहाँ माइक बोकेका पत्रकार त सडकसडकमा गएर मान्छेलाई भोट के मा भनेर सोधिराका छन् र त केही भएको छैन । तपाईंलाई त गोप्यरुपमा मोबाइलमा भनेका त हुन् !’  ‘एऽ ती त कागले कान लग्यो भन्दैमा आफ्नो कान नै नछामी दौडनेहरुलाई हो । हामीलाई सोधोस् त भोट केमा भनेर ?’

Hardik health

‘ल सोध्यो रे ! के गर्नुहुन्छ तपाईं ?’ ‘गर्न त के गर्नु त्यसरी सोध्यो भने तेरा बाउको टाउकोमा भनिदिन्छु ।’ ‘त्यस्तो पनि हुन्छ त ?’ ‘किन नहुने ? तँलाई बजिया ।’ ‘त्यत्ति सारो नभन्नु है काका । कसैले यसो जान्न बुझ्न पनि सोधेको हुन सक्छ नि ?’ ‘किन सोध्नुपर्‍यो ? किन जान्नुपर्‍यो ? भोट भनेको त गोप्यरुपमा हाल्ने हो नि ! बाहिर फलाक्दै भोट यसमा भन्दै हिँड्ने हो र ?’ 

‘त्यो त होइन ।’ दिवाकरले उत्तर फर्काउँछ ।  त्यसो भए किन सोध्नुपर्‍यो त्यसका बाजेलाई ? यसो समाचार हेर्‍यो । फलानोको जित सुनिश्चित अरे ! त्यसका बाजे त्यसरी लेखेकै भरमा हुने भए यत्रो अर्बौं राज्यको ढुकुटी सिध्याएर किन गर्नुपर्‍यो त चुनाउ । त्यसले समाचार लेख्नेबित्तिकै माला टीका लगाएर जित्यो भने भैहाल्छ नि ! लौ भने हो कि होइन ?,’ रविन्द्रले भने ।

‘त्यो त हो काका । त्यही भएर त बिग्रेको नि त । सबै आफ्नो अनुसार चलेका भए पो हुन्थ्यो त । अर्काले चलाएका छन् अनि कसरी सत्य कुरा आउँछ त ?’ रविन्द्र मुस्कुराउँदै भने, ‘हो बल्ल तैले झोला खोलिस् ! न तेरा पार्टी, न उसको पाटी सबैले अरुको इशारामा चलेका कारण आज यो अवस्था आको हो नि ? चुनाउमा गोप्य भोट किन हालेको ? जनतालाई यो पार्टी वा त्यो पार्टी भनेर नचिनून् । मन पराएको उम्मेदवारलाई छानोस् भनेर । राम्रो देश बनाउने, जनताको समस्या समाधान गर्ने, कानुनलाई सम्मान गरेर गरे कसैलाई काखा कसैलाई पाखा नगर्नेलाई भोट हालोस् भनेर हो नि !’

‘त्यो त हो काका,’ दिवाकरले भन्यो ।  ‘अहिले त यो रे त्यो रे । विदेशीको पैसा लिएर जनमत संकलन रे ! अनि त्यसमाथि पनि उतैबाट चलेका पत्रकारले के खोज्छ ? आफ्नो देशको समस्या के हो खोजोस् न । नेताहरुलाई चुनाउ जितेर गएपछि भ्रष्टाचार गर्न थाल्यौं । नातावाद र फरियावाद गर्न थाल्यो भने के गर्ने ? उनकै मुखबाट बोल्न लगाउने हो नि । ‘तात्तो न छारो’ सँग भोट केमा रे ? भोट कसलाई रे ? भोट के मा हुन्छ मतपत्रमा हुन्छ ।’

दिवाकर मुसुमुसु हाँसिरहेको छ । काकाले उसलाई बोल्नै दिएको छैन । काकाले भनेको दिवाकर पार्टीको कार्जेकर्ता भएकाले मौन समय भयो रे ! हुन पनि हो निष्पक्षरुपमा चुनाउ गर्न न त दबाब न प्रभाव, सबैसँग टाढा भएर भोट हाल्ने हो । आपूmलाई मन परेको उम्मेदवार छान्ने हो । डलर खर्चेर विदेशीलाई धनी बनाएर सामाजिक सञ्जालमा अनेकौं गफ दिएर मन भाँड्ने, अनि निष्पक्ष अरे ! कुरा सुन्दा पनि कन्सिरीको रौं तातेर आउँछ भन्या । गफले र कागज लेखेको त्यो के बद्धताले हुने भए देश अहिले अम्रिकाको दास हो र आफैं अम्रिका बराबर भइसक्थ्यो । 

खेतीको कुरा गरे पो उत्पादन हुन्छ ! कुराको खेती गरेर कहिल्यै फल्छ ? लौ भन त । ‘काकाको कुरा सोह्रै आना ठीक हो काका । त्यही भएर पनि भोट त निष्पक्षसँगै हाल्नुपर्‍यो होइन त ?’ ‘हो नि । भोट हाल्ने भनेको भ्रममा होइन सत्य र यथार्थ बुझेर हाल्ने हो ।’ ‘लौ काका । अब सबै कुरा सुनिहालें, काकाको जति गफ गरे पनि यस्तै हो । त्यसो भए भोट के मा त ?’ 

‘हैट ! बजिया । घुमाइफिराइ फ्याट्टै भन्छ भनेको होला... एऽ त्यस्तो कहाँ हुन्छ ? कुनै पनि देशको दलाली नगर्ने ? विदेशीको वाद र विचार होइन । आफ्नै राष्ट्रियता र देशको अस्मिता जोगाउने । जनताबाट टाढा भाग्ने होइन जनतासँगै रहेर काम गर्न सक्ने विश्वासिलो उम्मेदवारलाई नहिच्किचाइकन भोट हाल्ने । बुझिस् ?’
 


प्रकाशित मिति: मंगलबार, फागुन १९, २०८२  ११:२५
प्रतिक्रिया दिनुहोस्
थप विचार
हिमाल चढ्ने रहर, सुरक्षित फर्कने चुनौती
हिमाल चढ्ने रहर, सुरक्षित फर्कने चुनौती मंगलबार, साउन १९, २०८३
बोल्दिन ! बोल्नै पर्छ !
बोल्दिन ! बोल्नै पर्छ ! मंगलबार, साउन १९, २०८३
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं ! सोमबार, साउन १८, २०८३
साउदीको एसभिपीः श्रम कूटनीति, अर्थ-राजनीति र नेपालको नीतिगत द्विविधा
साउदीको एसभिपीः श्रम कूटनीति, अर्थ-राजनीति र नेपालको नीतिगत द्विविधा सोमबार, साउन १८, २०८३
सम्भावनाको जगमा उपेक्षित कर्णाली
सम्भावनाको जगमा उपेक्षित कर्णाली शुक्रबार, साउन १५, २०८३
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट बिहीबार, साउन १४, २०८३
न्यायिक विश्वसनीयतामा गम्भीर प्रश्न
न्यायिक विश्वसनीयतामा गम्भीर प्रश्न बुधबार, साउन १३, २०८३
लोकप्रिय
  • Week
  • Month
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
पूर्वउपसभामुख  राना मगरद्वारा  ‘हृदयांश’ उपन्यासकाे  विमोचन
पूर्वउपसभामुख राना मगरद्वारा ‘हृदयांश’ उपन्यासकाे विमोचन
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP