Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #सिएन थारु/आरके तामाङ
  • #बिगेन्द्रसिंह वाईबा तामाङ
  • #नेपाल आदिवासी जनजाति महासंघ
  • #विश्व आदिवासी दिवस
  • #हुलाकी राजमार्ग
  • #धनुषा कर्फ्यु
  • #पुष्पकमल दाहाल
  • #फिफा
  • #युइएफए
Search Here
समाचार
  • Home
  • समाचार
  • लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, फागुन १७, २०८२

लिस्बन-  नेपाली कम्युनिस्ट पार्टीका संयोजक एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले विचार, एजेन्डा र सिद्धान्तविहीन लोकप्रियतावादले आम नेपाली जनतालाई भ्रमित पार्ने दुस्प्रयास गरिरहेको बताएका छन्  ।

प्रवासी जनप्रगतिशील मञ्च युरोपले शुक्रबार सामाजिक सञ्जाल टिकटक मार्फत आयोजना गरेको उम्मेदवारसँग चुनावी विमर्श कार्यक्रमलाई सम्बोधन गर्दै संयोजक दाहालले लोकप्रियतावादले विचार, नीति, एजेन्डा र तिनको महत्त्वलाई अवमूल्यन गर्ने काम गरिरहेको बताए ।

उनले सामाजिक सञ्जाल र प्रविधिको दुरुपयोग गरेर सस्तो लोकप्रियताको माध्यमबाट आम नेपाली जनतालाई भ्रमित पार्ने प्रयास भइरहेको धारणा व्यक्त गरे । दाहालले विदेशमा रहेका प्रवासी नेपालीलाई अनुचित रुपमा उपयोग गरेर देशको राजनीतिलाई गलत दिशामा लैजान खोजिएको आरोप समेत लगाउनुभयो। उनले उत्पीडित वर्गको हक–अधिकारका लागि संघर्ष गरेर युगान्तकारी परिवर्तनको नेतृत्व गरेको शक्तिलाई तथाकथित लोकप्रियतावादको हावाहुरी चलाएर कमजोर पार्ने प्रयास भइरहेको बताउँदै त्यस्ता प्रवृत्तिलाई रोक्न सचेत र जिम्मेवार भूमिका खेल्न आह्वान समेत गरे ।   

Hardik health

साथै, प्रवासी नेपालीलाई लोकतान्त्रिक प्रक्रियामा सक्रिय सहभागिता जनाउन र निर्वाचन प्रक्रियामा सहभागी हुन अपिल समेत गरे ।जनतालाई अधिकार सम्पन्न बनाउने र देशको समृद्धिको यात्रा प्रारम्भ गर्ने शक्तिलाई सुदृढ बनाए मात्रै नेपालको राष्ट्रिय स्वाधीनता र नेपाली जनताको आत्मनिर्णयको अधिकार रक्षा गर्न सकिने विश्वास व्यक्त गर्दै संयोजक दाहालले राष्ट्र हित र स्वाधीनताको रक्षाका लागि सम्पूर्ण नेपाली एक हुनुपर्नेमा जोड दिए ।

फागुन २१ मा हुने निर्वाचनलाई लक्षित गर्दै मञ्चले राजनीतिक दलका शिर्ष नेता तथा उम्मेदवारहरु सँग डिजीटल माध्यम मार्फत अन्तरक्रिया गर्दै आएको छ । मञ्चले गत भदौ २३ र २४ को जेन–जी आन्दोलनपछि समसामयिक राजनीतिक विषयमा निरन्तर बहस, अन्तरक्रिया र चुनावी विमर्श चलाउँदै आएको कार्यक्रम प्रस्तोता एवं नेपाल पत्रकार महासंघ युरोप शाखाका उपमहासचिव अशिम लोप्चन तामाङले जानकारी दिए ।   

यसअघि नेकपाका सहसंयोजक एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल, पूर्व अर्थमन्त्री वर्षमान पुन,  झापा–३ का उम्मेदवार डिल्लीराम घिमिरे, सुर्खेत–२ का झकबहादुर मल्ल, सल्यानका रमेशकुमार मल्ल, लमजुङका हरिजंग तामाङ, कालीकोटका महेन्द्रबहादुर शाही, उदयपुरका विनोद कटुवाल, चितवन–३ की रेनु दाहाल, नुवाकोट–२ का हीरानाथ खतिवडा, झापा–५ का रञ्जित तामाङलगायतका उम्मेदवार अन्तरक्रियामा सहभागी भएको मञ्चले जनाएको छ ।


              


प्रकाशित मिति: आइतबार, फागुन १७, २०८२  १०:३१
प्रतिक्रिया दिनुहोस्
थप समाचार
निम्स दाइको शव बेसक्याम्पमा ल्याइयो
निम्स दाइको शव बेसक्याम्पमा ल्याइयो बुधबार, साउन २०, २०८३
बाढीबाट तीन सडक पूर्ण र छ आंशिक रूपमा अवरूद्ध
बाढीबाट तीन सडक पूर्ण र छ आंशिक रूपमा अवरूद्ध बुधबार, साउन २०, २०८३
ताला खुलेसँगै काठमाडौँ उपत्यका सार्वजनिक पुस्तकालय परिषद्ले सञ्चालन गर्ने
ताला खुलेसँगै काठमाडौँ उपत्यका सार्वजनिक पुस्तकालय परिषद्ले सञ्चालन गर्ने बुधबार, साउन २०, २०८३
ग्यास वितरणका समस्या समाधान गर्न द्रुत प्रतिकार्य टोली गठन
ग्यास वितरणका समस्या समाधान गर्न द्रुत प्रतिकार्य टोली गठन बुधबार, साउन २०, २०८३
आर्थिक रूपान्तरणमा राष्ट्र बैंकको सक्रिय भूमिका आवश्यक छः अर्थमन्त्री वाग्ले
आर्थिक रूपान्तरणमा राष्ट्र बैंकको सक्रिय भूमिका आवश्यक छः अर्थमन्त्री वाग्ले बुधबार, साउन २०, २०८३
नेपाल-कोरियाबीच सम्पर्क विस्तारमा परराष्ट्रमन्त्रीको जोड
नेपाल-कोरियाबीच सम्पर्क विस्तारमा परराष्ट्रमन्त्रीको जोड बुधबार, साउन २०, २०८३
लगानी बोर्डको सिइओमा याङकी उक्याव नियुक्त
लगानी बोर्डको सिइओमा याङकी उक्याव नियुक्त बुधबार, साउन २०, २०८३
लोकप्रिय
  • Week
  • Month
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
पूर्वउपसभामुख  राना मगरद्वारा  ‘हृदयांश’ उपन्यासकाे  विमोचन
पूर्वउपसभामुख राना मगरद्वारा ‘हृदयांश’ उपन्यासकाे विमोचन
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
हुलाकी राजमार्ग निर्माण अन्तिम चरणमा, २४ पुल सम्पन्न
हुलाकी राजमार्ग निर्माण अन्तिम चरणमा, २४ पुल सम्पन्न
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP