ऐतिहासिक, सांस्कृतिक एवं धार्मिकस्थल तथा स्मारक र जीवन्त सांस्कृतिक सम्पदाहरुको संरक्षण एवं प्रवद्र्धनका माध्यमबाट नेपाललाई सांस्कृतिक पर्यटकीय गन्तव्यस्थलका रुपमा विकास गर्नुपर्दछ । प्राकृतिक सौन्दर्य र जैविक विविधता आदिको संरक्षण र प्रवद्र्धनबाट पर्यावरणीय पर्यटनको प्रवद्र्धनमार्फत बढीभन्दा बढी पर्यटकहरुलाई आकर्षण गर्नु अपरिहार्य भएको छ । पर्यटकीय पूर्वाधारहरुको विकास र सांस्कृतिक सम्पदा स्थलहरुको पहिचान गरी एकीकृत तथ्यांकीय आधार निर्माण गर्नुपर्दछ । सांस्कृतिक सम्पदास्थलहरुको संरक्षणमा स्थानीय तह एवं सर्वसाधारणहरुको सहभागिता अभिवृद्धि गर्नुपर्दछ । सांस्कृतिक र जैविक पर्यटन तथा रचनात्मक एवं नवीनतम् पर्यटनको विकास एवं विस्तार गर्ने कार्य गर्नुपर्दछ ।
सामान्य अर्थमा भन्ने हो भने पर्यटन पर्यटकको माध्यमबाट सञ्चालन गरिने व्यवसाय हो । यो व्यावसायिकरूपमा सञ्चालन हुन्छ । पर्यटकहरूले आफ्नो आनन्द र मनोरञ्जनका लागि पैसा खर्च गर्न तयार हुन्छन् । पर्यटन मुख्यरूपमा तीन आधारबाट तयार हुन्छ । यातायात, स्थान विशेष र सर्व सुविधा । पर्यटन त्यस्तो विषयमामात्र सम्बन्धित गरिएको छ, जो घरबाट बाहिर स्वदेश वा विदेशमा छोटो अवधिका लागि यात्रा गर्दछ र उसले कमाउने उद्देश्य नराखी मनोरञ्जन, स्वास्थ्य, अध्ययन वा अन्य भिन्न परिवेशको अनुभव बटुल्दछ ।
पर्यटन के हो भन्ने सम्बन्धमा सर्वप्रथम परिभाषा दिने काम सन् १९१० मा अस्ट्रियन अर्थशास्त्री हरम्यानन वन स्कूलाडुले गरे । पर्यटन भन्नाले कुनै पनि निश्चित राष्ट्र, सहर वा क्षेत्रभित्र र बाहिर विदेशीहरूको बसोबास, आवातजावत र प्रवेश आर्थिक प्रकृतिस“ग प्रत्यक्ष सरोकार राख्ने सम्पूर्ण कार्यक्रम हो ।
पर्यटन प्राचीनकालदेखि नै मानवको लोकप्रिय विषयको रूपमा रहेको छ । मानिस सभ्यताको सुरुआतदेखि नै टाढाटाढासम्म यात्रा गर्दै आइरहेको छ । प्राचीनकालमा सबैभन्दा पहिले भ्रमणका लागि निक्लने यात्रीहरूमा फोनेसियनहरूको नाम लिन सकिन्छ । आधुनिक युगमा यिनीहरू नै प्रथम पर्यटकहरूको रूपमा थिए । कुकलगायत कयौं यात्रीहरूको प्रयासलाई मध्यनजर राख्दै १८औं शताब्दीलाई यात्राको सुनौलो युग मानिएको छ । खासगरी सन् १९६३ देखि सन् १९९३ सम्मको ३० वर्षको अवधिमा यात्राको क्षेत्रमा भएको प्रगति उल्लेखनीय मानिन्छ । १९औं शताब्दीको पहिलो ५० वर्षमा विश्वमा ठूलो वैज्ञानिक र प्राविधिक उन्नति भयो । २०औं शताब्दीको प्रारम्भसँगै पर्यटनका सम्पूर्ण अवयवहरूमा आमूल परिवर्तनको स्थिति सिर्जना हुन्छ ।
कुनै पनि विदेशमा अथवा अर्को देशमा २४ घण्टा वा २४ घण्टाभन्दा बढी समय र १०० दिनभन्दा कम अर्थात् ९९ दिनसम्म भ्रमण गर्दछ भने त्यसलाई पर्यटकको रूपमा लिइन्छ र कुनै व्यक्तिले ९९ दिनभन्दा बढी समयसम्म अर्को देशमा अटुट भ्रमण गर्दछ भने त्यस्तो व्यक्तिलाई पर्यटकको रूपमा गणना नगरी घुमक्कडमा गणना गरिन्छ । एक्सकर्सनिस्टजस्तै लामो समयसम्म अध्ययनका लागि आउने, नाता कुटुम्बकहाँ आई बस्ने, विभिन्न प्रशिक्षण तथा अनुसन्धानको रूपमा आउने र स्थायी बसोबास गर्नका लागि आउने आदिलाई जनाउँदछ । यसरी नै धेरै अवधिसम्मका लागि आउने विदेशीहरूमा विदेशी राजदूतावास, कन्सुलेट आदि कर्मचारीहरू, अन्तर्राष्ट्रिय संघ संस्थाका लागि आउने विशेषज्ञहरू तथा कर्मचारीहरू, सामाजिक सुधार संघ संस्थानमा आई काम गर्ने कर्मचारीहरू आदि हुन्छन् ।
तर, पर्यटक जसले ९९ दिनभन्दा कम समयसम्म एकै देशमा भ्रमण गर्दछ । ९९ दिन पुग्नु अवधिभित्र अर्को देशमा केही दिन भ्रमण गरी फेरि त्यही देशमा फर्केर भ्रमण गर्दछ भने त्यस्ता विदेशीलाई पर्यटकको रूपमा लिइन्छ । पर्यटन त्यस्तो विषयमामात्र सम्बन्धित गरिएको छ जो घरबाट बाहिर स्वदेश वा विदेशमा छोटो अवधिका लागि यात्रा गर्दछ र उसले कमाउने उद्देश्य नराखी मनोरञ्जन, स्वास्थ्य, अध्ययन वा अन्य भिन्न परिवेशको अनुभव बटुल्दछ ।
समग्रमा पर्यटकलाई दुई भागमा विभाजन गर्न सकिन्छः
(क) देशीय पर्यटकः जसले आफ्नै देशको सीमाभित्र भ्रमण गर्दछ । जसका लागि आफ्नै देशको पैसा प्रयोग गर्दछ र यसले धर्म, भाषा, संस्कृति एवं अन्य विषयमा प्रायः फरकपनको महसुस गर्दैन ।
(ख) अन्तर्राष्ट्रिय पर्यटकः कुनै विदेशी २४ घण्टाभन्दा वढी विदेशमा बस्ने गर्दछ तर जसले स्थायी बसोवास वा कमाउने उद्देश्य राख्दैन र उसले भ्रमणअघि भ्रमणस्थल, प्रज्ञापनपत्र, विदेशी मुद्रा, भाषा, संस्कृति आदिकाबारेमा चासो एवं तयारी गर्नुपर्ने हुन्छ ।
नेपालमा गगनचुम्बी चुचुराहरू, सांस्कृतिक र धार्मिक संयोजनको कारण विश्वका विभिन्न मुलुकहरूबाट बढ्दो मात्रामा पर्यटकहरू आकर्षित भइरहेका छन् । विश्वका उच्च हिमशिखरहरूको आरोहण गर्नेदेखि लिएर मानसिक शान्ति प्राप्त गर्न, विश्व शान्तिका अग्रदूत गौतम बुद्धको जन्मस्थल हेर्न तथा अन्य विभिन्न उद्देश्यले यहाँ आउने पर्यटकहरूको संख्यामा प्रतिवर्ष वृद्धि भएबाट आर्जित विदेशी मुद्राको परिमाणमा पनि वृद्धि भइरहेको पाइन्छ ।
नेपालमा पर्यटन उद्योगको विकासका लागि ठूलो सम्भावना छ । नेपालमा आफ्नै किसिमको एक अनौठो र विलक्षण भौगोलिक विशेषता पाइन्छ । यस देशमा प्राचीन संस्कृति, कला र कौशलका अनुपम नमूनाहरू यत्रतत्र देख्न पाइन्छन् । नेपाल प्राकृतिक दृश्यले सुशोभित र मनोहर छ । तुलनात्मक दृष्टिले हेरेको खण्डमा नेपाल स्विट्जरल्याण्ड र काश्मीरजस्तै सुन्दरतम् देशको दाँजोमा आउँछ । नेपाल एउटा पहाडी मुलुक भएकोले यहाँ अनेकौं प्राकृतिक दृश्यहरू पाइन्छन् । नेपालको सुन्दर पहाडी दृश्यले पर्यटकहरूलाई निकै मन्त्रमुग्ध पार्दछ । विश्वको शिखर सगरमाथा पनि यही छन् र साथै कञ्चनजंघा, माछापुच्छ«्रे, अन्नपूर्ण आदि उच्च हिमटाकुराहरू पनि यही छन् ।
यसका साथै नेपालको पूर्वदेखि पश्चिमसम्म ५०० माइलसम्म फैलिएको हिमालय शृंखलाको साथै आफ्नो किसिमको अनुपता देखिन्छ । अर्को महŒवपूर्ण तत्व देशको शीतल जलवायुले गर्दा नेपालमा पर्यटकहरूलाई आकर्षित गर्न सकेको हो । कहीँ जाडो, कहीँ अलि गर्मी इत्यादि विभिन्न मानिसलाई विभिन्न किसिमको हावापानीले प्रभाव पारेको छ । देशको भव्य र प्राचीन संस्कृति पनि अर्को महŒवपूर्ण तत्व हो । जसले गर्दा पर्यटन उद्योगको सम्भावनालाई बढाउन सकेको छ । यहाँका प्रत्येक मठ, मन्दिर, देवल र वहालहरूमा हिन्दू र बौद्ध धर्मको सुन्दरतम् समन्वय देख्न पाइन्छ । नेपालमा अनगिन्ती तीर्थस्थलहरू, मन्दिरहरू प्राचीन महलहरू, शिलालेख, अभिलेख र धार्मिक कुण्डहरू छन् ।
फेरि नेपालमा विभिन्न किसिमका चाडपर्वहरू छन्, जसले गर्दा पनि पर्यटकहरू आकर्षित हुन्छन् । नेपालमा पर्यटन विकासको थालनी प्रथम पञ्चवर्षीय योजनाको सुरुआत (वि.सं. २०१३) देखि नै भएको देखिन्छ ।त्यसपछि दोस्रो त्रिवर्षीय योजना, तेस्रो पञ्चवर्षीय योजना, चौथो, पाँचौं, छैटौं, सातौं, आठौं र नवौं पञ्चवर्षीय योजना (२०५४-५९), १०औं योजना, तीन वर्षे अन्तरिम योजना, त्रिवर्षीय योजना, १४औं योजना (२०७३-७६), १५औं योजना, १६औं योजना (२०८१/८२-२०८५/८६) मासमेत पर्यटन उद्योगको विकासका लागि विभिन्न उद्देश्य, नीति र कार्यक्रमहरू समावेश गरेको पाइन्छ ।
भौगोलिक विकटता, मानिसहरूको रहनसहन र बसोबास तथा आर्थिक विपन्नता आदि भएको क्षेत्रलाई गाउँ अर्थात् ग्रामीण क्षेत्रको रूपमा परिभाषित गरेको पाइन्छ । नेपाली बृहत् शब्दकोषले गाउँलाई ‘नगर बाहिर रहेको सानो सानो बस्ती प्रायः कृषकहरूको बसोवास भएको थलोको रूपमा अध्र्याएको पाइन्छ । कुनै पनि देशले सहरी क्षेत्रको तुलनामा प्रतिएकाइ क्षेत्रफलभन्दा कम जनघनत्व भएको क्षेत्रलाई ग्रामीण क्षेत्रको रूपमा परिभाषित गरेको हुन्छ । पहाड र हिमाली क्षेत्रमा १० हजार र अन्य क्षेत्रमा २० हजारभन्दा कम जनसंख्या भएको र विद्युत्, सडक, खानेपानी, सञ्चार आदि पूर्वाधार नभएका सबै क्षेत्रलाई ग्रामीण क्षेत्रको रूपमा लिन सकिन्छ ।
ग्रामीण विकासको अर्थ कुनै पनि ग्रामीण क्षेत्रमा आर्थिक, सामाजिक बनावट मान्यताहरू अन्तरसम्बन्ध र प्रक्रियाहरूको दूरगामी परिवर्तन हो । ग्रामीण क्षेत्रमा आर्थिक, सामाजिक बनावट मान्यताहरू अन्तरसम्बन्ध र प्रक्रियाहरूको दुरगामी परिवर्तन हो । ग्रामीण क्षेत्रमा रहेका जनताको आर्थिक र सामाजिक सुधारका लागि आवश्यक पर्ने जे जस्ता कुराहरू सम्बन्धित हुन्छन् ती सबै कुराहरू पर्न आउँछ ।
ऐतिहासिक, सांस्कृतिक एवं धार्मिकस्थल तथा स्मारक र जीवन्त सांस्कृतिक सम्पदाहरुको संरक्षण एवं प्रवद्र्धनका माध्यमबाट नेपाललाई सांस्कृतिक पर्यटकीय गन्तव्यस्थलका रुपमा विकास गर्नुपर्दछ । प्राकृतिक सौन्दर्य र जैविक विविधता आदिको संरक्षण र प्रवद्र्धनबाट पर्यावरणीय पर्यटनको प्रवद्र्धनमार्फत बढीभन्दा बढी पर्यटकहरुलाई आकर्षण गर्नु अपरिहार्य भएको छ । पर्यटकीय पूर्वाधारहरुको विकास र सांस्कृतिक सम्पदा स्थलहरुको पहिचान गरी एकीकृत तथ्यांकीय आधार निर्माण गर्नुपर्दछ । सांस्कृतिक सम्पदास्थलहरुको संरक्षणमा स्थानीय तह एवं सर्वसाधारणहरुको सहभागिता अभिवृद्धि गर्नुपर्दछ । सांस्कृतिक र जैविक पर्यटन तथा रचनात्मक एवं नवीनतम् पर्यटनको विकास एवं विस्तार गर्ने कार्य गर्नुपर्दछ । विभिन्न भौगोलिक क्षेत्रहरुमा पर्यटन प्रवद्र्धनका कार्यक्रमहरु सञ्चालन गर्नुपर्दछ । पर्यटकीय पूर्वाधारहरुको विस्तार तथा पर्यटकलाई आकर्षण गर्न व्यापक प्रचारप्रसार गर्नुपर्दछ । शान्ति सुरक्षाको सहज स्थितिको सिर्जना गर्नुपर्दछ ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमबाट बेलाबेलामा नेपालको बारेमा सकारात्मक प्रचारप्रसार गर्नुपर्दछ । ऐतिहासिक, सांस्कृतिक र पुराताŒिवक महŒवका मठ मन्दिर, कला संस्कृति तथा परम्पराको संरक्षण र संवद्र्धनका माध्यमबाट नेपाललाई सांस्कृतिक गन्तव्यस्थलका रुपमा विकसित गरी अधिक मात्रामा पर्यटकहरुलाई आकर्षित गर्दै लैजानुपर्दछ । पुरानाका साथसाथै नयाँ खोलिएका पर्यटकीयस्थलहरुमा पर्यटकलाई उपलब्ध गराउने सेवा सुविधाहरु ग्रामीण क्षेत्रतर्फ अभिमुख गराउन सक्नुपर्दछ । ग्रामीण पर्यटनको विकासका लागि अपार सम्भावनाहरु बोकेको नेपालमा नयाँ-नयाँ पर्यटकीय गन्तव्यको खोजी र त्यस क्षेत्रमा पर्यटकहरुलाई आकर्षित गराउन सक्नुपर्दछ ।
नेपालमा यातायात साधन र सडकहरुको निकै कमी छ । यसले गर्दा पर्यटकहरुलाई कतिपय मनोरम क्षेत्रमा पु¥याउन कठिनाइ परेको छ । पैदल यात्रा गर्ने बाटाहरु पनि बढी जोखिमपूर्ण छन् । विमान व्यवस्थाको कमीले गर्दा पनि पर्यटकहरुलाई बढी संख्यामा भित्र्याउन सकिएको छैन । पर्यटकहरुको बसाइलाई लामो र आकर्षक बनाउन विभिन्न प्रकारका मनोरञ्जनका साधनको व्यवस्था मिलाइनुपर्दछ । यसले मुलुकको पर्यटनलाई स्थापित गर्नेमात्र नभई अर्थतन्त्रको जग बलियो बनाउने निश्चित छ । मुलुकको समृद्धिको आधार पर्यटन बन्न सक्छ ।