Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #कांग्रेसका संस्थाइतर
  • #सिएन थारु/आरके तामाङ
  • #‘हृदयांश’
  • #दीपक बन्जारा
  • #नेपाली कांग्रेसको संस्थापनइतर
  • #गगनकुमार थापा
  • #माएदा तोरु
  • #सुनिल लम्साल
  • #जाइका
Search Here
विचार
  • Home
  • विचार
  • ठीक छ म हेर्छु ! 
ठीक छ म हेर्छु ! 
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, वैशाख ८, २०८३

२०६१ साल माघ महिनाको पारिलो घाम लागिरहेको थियो । बहुदलीय प्रजातन्त्रमा आस्था राख्ने दलहरु सत्ताका लागि तँछाडमछाड गरिरहेको थिए । अल्पमत र बहुमतको लडाइँले देशले हारिरहेको थियो । त्यही दिन देशका सबैले मानेका तत्कालीन राजा ज्ञानेन्द्र शाहले देशवासीका नाममा सम्बोधन गर्दै देशको शासन सत्ता आफ्नै हातमा लिए । अर्थात् राजाले सत्ता त लिए तर उनी प्रधानमन्त्रीका रुपमा पनि झरे !

तात्कालीन राजालाई क–कसले उचाले उनैले जानून् । हिन्दूशास्त्रमा राजालाई विष्णु भगवान्को अवतारका रुपमा लिने गरिन्छ । तर उनै विष्णुलाई आसेपासे बैगुनीहरुले खै के बनाइदिए ! माघ १९ गतेको कठोर कदमले एउटा तप्का स्वागत गर्न नै व्यस्त देखियो भने अर्को तप्का नागरिकको अधिकार खोजिएको भन्दै सडक आन्दोलनमा होमिए ।

प्रजातन्त्र, अनि मानवअधिकार प्राप्तिका लागि अडिग रहेको सञ्चारमाध्यमहरुमा समाचारमाथि प्रतिबन्ध लगाइयो । रेडियोहरुमा समाचार प्रसारण गर्न नपाइने भयो । छापा माध्यमहरुमाथि पनि निकै नै निगरानी भइरह्यो । सहरमा ‘कू’ ले घे¥यो । अनि गाउँमा बन्दुक बोकेका समाजवाद र माओवादको नारा बोकेकाहरुले तर्साए । जनता ‘साँढेको जुधाइ, बाछाको मिचाइ’मा परे । 

शक्तिशाली दरबार । मन्त्रिपरिषद्को अध्यक्ष अर्थात् प्रधानमन्त्री राजाले सम्हाले । राजालाई प्रधानमन्त्री बन्न सल्लाह दिने सल्लाहकारहरु कति विद्धान थिए भनिरहनु नपर्ला ? राजनीति पेसागत संगठनबाहेक धेरैले राजालाई प्रधानमन्त्री बन्दै पूर्वप्रधानमन्त्रीलगायतलाई नजरबन्दमा राखिएको विषयमा लाखौं खर्चिएर बधाइ दिन थाले । त्यसबेलाको दैनिक पत्रिका हेरे घामजत्तिकै छर्लंग हुन्छ । केही ठूला व्यापारिक घरानाहरुले आफ्नो स्वार्थपूर्ति गर्नका लागि जयजयकार मनाउन थाले ।

Hardik health

प्रशंसा भन्ने चिज निकै नै लोभलाग्दो हुँदो रहेछ । त्यही भएर राजालाई जिल्ला–जिल्ला घुमाउने र जयजयकार गराउने अभियान नै चल्यो । राजा पनि के कम ? जनताको माझमा जान पाउँदा र जयजयकार हुँदा आनन्द नै आउँछ नि ! हो, त्यही जयजयकारमा रमाउँदा नागरिकका पीडामा मल्हम लगाउनेभन्दा पनि आसेपासेका कारण ‘हुन्छ, हस म बुझौंला’, ‘ठीक छ, बुझें’ भन्नेबाहेक केही पनि हुन सकेन । जसले जनताको विश्वास टुट्दै गयो । राजाका वरपर उनै स्वार्थमा लीप्त फिरंगीहरु ताण्डव गरिनै रहे । बहुदलीय व्यवस्थालाई निर्दलीय बनाउन खोजेर कहाँ पो हुन्थ्यो र ?

गत फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचनबाट करिब दुईतिहाइ मत पाएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कार्यालयमा आइतबार त्यस्तै दृश्य देखियो । पार्टी सभापति रवि लामिछानेलाई पीडा सुनाउने केही नागरिकहरु अघिपछि गर्दै थिए । अनि सभापतिको सुरक्षाका लागि भन्दै केही कार्यकर्ताहरु उत्तिकै नजिकिएका पनि थिए । हिजो टेलिभिजन कार्यक्रम प्रस्तोता हुँदा अन्यायमा परेकाहरुलाई न्याय दिन्छु भन्दै हिँडेका, अनि डोजर चलाउने कार्यको चर्को विरोध गर्ने उनै रविलाई नागरिकहरुले आफ्नो गुनासा सुनाउँदै गरेका दृश्य निकै फरक किसिमको थियो । 

अनि उसबेला राजा ज्ञानेन्द्रलाई जनताको माझमा हुन्छ, बुझौंला, हेरौंला भनेजस्तै गरी कार्यकर्ताहरुको भीडबाट रविले भने, ‘ठीक छ, म हेर्छु !’ लगनपछिको पोते के काम ? भन्ने उखान सायद हरेक नेपालीको कानमा गुञ्जिएको होला । सायद रविको ‘ठीक छ, म हेर्छु’ले ‘नवराजा’को झझल्को दियो भन्नेहरु धेरै भेटिए । उनै रवि जसले जनताको घरमा डोजर चल्यो भने मेरो छातीमा चढाउँछु भन्थे तर उनकै पार्टी दुईतिहाइ बराबरको मत पाएर सत्ता सम्हालिरहँदा कलिला बालबालिकाहरु रुँदै बाबु गुहारिरहेको कारुणिक दृश्यले पनि त केही भन्ला कि ?

जनताको प्रतिनिधि राजा बन्न खोज्दा परिणाम के आउँछ भनेर भुक्तभोगीहरुलाई भन्नुपर्ला र ? भ्रष्टाचार र बेथितिको अन्त्य गर्ने नारामा उनी भ्रष्टमति भएकाहरुसँग मित लगाउने हो भने त्यसको अर्थ पो के नै रह्यो र ?  मुलुक रामराज्य होला भन्ने सोच राखेका जनतालाई लंका बनाउने प्रयास पनि हुँदै छ अरे ! त्यो पनि त ‘हुन्छ, हेरौंला’ भनेर बस्ने हो ? जनताको आशा र भरोसामाथि ‘हुन्छ, हेरौंला’ एकातिर अनि मौन व्रत बस्ने अर्कोतिर भयो भने त्यसले कस्तो पाठ पढाउला ?

हुन त सत्ता चलाउनेहरुले विद्धान–विद्धान सल्लाहकार नै राखेका हुन्छन् । तर कस्तो विद्धान राखेका हुन्छन् भन्ने कुरा त विगतमा केपी ओलीको सचिवालयमा बस्नेहरुले गरेका कर्तुतले प्रस्ट पारिसकेको छ । त्यसैले हुन्छ वा हेरौंला वा बुझौंलाले जनताको विश्वास अड्किँदैन । राजा नवबास्सा हुन खोज्दा, अनि हत्केलामा भएको वस्तुलाई नसम्हाली भुइँको टिप्न खोज्दाको परिणाम भन्नै पर्दैन । अब फेरि नयाँ राजा बास्साहरु बन्न खोजे भने !

सरकार नागरिकको अभिभावक हो । तर सरकारमा बस्ने र सरकारसँग रहेका दलका प्रतिनिधिहरुले आफूलाई राजा बनाउने जुन प्रयत्न गरिरहेका छन् । त्यसले क–कसलाई अचानोमा राख्दै छ भन्ने कुरा उनीहरु आफैंले बुझून् । रास्वपाका अध्यक्ष रविले जनताको कुरालाई सम्बोधन त गर्न सक्दैनन् तर आफ्नो पार्टीका व्यक्ति जसले सरकार हाँकिरहेको छ उसलाई नागरिकका समस्या सम्बोधन गर्नका लागि आग्रह गर्न सक्छन् । तर आग्रह पो कसरी गर्नु ? विचरा ! आफैं निरीह छन् । त्यसै पनि होला विश्वास लिएर आएका उनका समर्थकहरुलाई उनले जवाफ दिन नसकेरै पनि हेरौंला अनि बुझौंला भनेका होलान् !

आशा गरौं, जनताले दुईतिहाइ नजिक पु¥याएको रास्वपाका हरेक जनप्रतिनिधिहरुले चुनाउमा जाँदा जे बोलेका थिए त्यही गरुन् । प्रधानमन्त्री वालेन्द्र शाह र सभापति लामिछानेको नाम भजाएर नवराजा बन्ने प्रयत्न नगरुन् । हुन्छ, हेरौंला र बुझौंलाले जनताको न पेट भरिन्छ न आङ छोपिन्छ । दोष अरूलाई थोपरेजस्तो निश्कलंक हुन कहाँ सजिलो छ र ? सबैको जय होस् ! ठीकै छ, हामी पनि हेरौंला !
 


प्रकाशित मिति: मंगलबार, वैशाख ८, २०८३  ११:४१
प्रतिक्रिया दिनुहोस्
थप विचार
सम्भावनाको जगमा उपेक्षित कर्णाली
सम्भावनाको जगमा उपेक्षित कर्णाली शुक्रबार, साउन १५, २०८३
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट बिहीबार, साउन १४, २०८३
न्यायिक विश्वसनीयतामा गम्भीर प्रश्न
न्यायिक विश्वसनीयतामा गम्भीर प्रश्न बुधबार, साउन १३, २०८३
गोली होइन, भोलि...
गोली होइन, भोलि... मंगलबार, साउन १२, २०८३
नेपाललाई आँखा उपचारमार्फत ‘स्वास्थ्य कूटनीति’ प्रवर्द्धन गर्ने अवसर
नेपाललाई आँखा उपचारमार्फत ‘स्वास्थ्य कूटनीति’ प्रवर्द्धन गर्ने अवसर मंगलबार, साउन १२, २०८३
बजेट व्यवस्थापनः सिद्धान्त, अभ्यास र नेपालको अवस्था
बजेट व्यवस्थापनः सिद्धान्त, अभ्यास र नेपालको अवस्था आइतबार, साउन १०, २०८३
ऊ बेला चुपचाप, अहिले पुर्पुरोमा हात !
ऊ बेला चुपचाप, अहिले पुर्पुरोमा हात ! मंगलबार, साउन ५, २०८३
लोकप्रिय
  • Week
  • Month
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
‘अव्यावहारिक कानुन नबदलिए व्यवसाय बन्द गर्न बाध्य हुन्छौं’
‘अव्यावहारिक कानुन नबदलिए व्यवसाय बन्द गर्न बाध्य हुन्छौं’
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP