Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #कांग्रेसका संस्थाइतर
  • #सिएन थारु/आरके तामाङ
  • #‘हृदयांश’
  • #दीपक बन्जारा
  • #नेपाली कांग्रेसको संस्थापनइतर
  • #गगनकुमार थापा
  • #माएदा तोरु
  • #सुनिल लम्साल
  • #जाइका
Search Here
विचार
  • Home
  • विचार
  • के एआईले जागिर खाइदिन्छ ?
के एआईले जागिर खाइदिन्छ ?
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, वैशाख ६, २०८३
लिलाराज भट्टराई

 

हाम्रो अर्थतन्त्र कृषि, पर्यटन र रेमिट्यान्समा आधारित भएकाले प्रत्यक्ष खतरा तत्काल महसुस नहुन सक्छ तर अप्रत्यक्ष असर गहिरो हुने छ । नेपालका ६० प्रतिशतभन्दा बढी श्रमिक कृषि वा म्यानुअल कामहरूमा छन्, जसले एआई-प्रेरित जोखिम तत्काललाई सीमित राख्छ । तर बलियो डिजिटल सीप र क्षमताविना नेपाल उच्च मूल्यको वैश्विक  अर्थतन्त्रमा पछाडि पर्न सक्छ । नेपालमा पूर्णकालीन नियमित जागिर तीव्ररूपमा घटेका छन् भने आउटसोर्स र करार कामहरू उल्लेखनीयरूपमा बढेका छन् । 

काकरभिट्टादेखि क्यालिफोर्नियासम्म एउटै प्रश्न छ के आर्टिफिसियल इन्टेलिजन्स (एआई) अर्थात् कृतिम बुद्धिमताले जागिर खाइदिन्छ ? यसको प्रस्ट जवाफ हो- खाइदिन्छ । तर एआईले होइन, एआई जान्ने मान्छेले नजान्नेको जागिर खाइदिन्छन् । नेपालका लागि असली खतरा एआई होइन, असली खतरा एआईको युगमा पनि पुरानो सीपमै अडिइरहनु हो । जसले एआईलाई अस्त्र बनाउँछ, उसका लागि यो युग अवसरको हो । जसले आँखा चिम्लेर बस्छ, उसका लागि यो युग, विस्थापनको समय बन्न सक्छ ।

प्रश्न ‘के एआईले जागिर खान्छ ?’ भन्ने होइन । प्रश्न हो, ‘के म एआईसँगै अगाडि बढ्न तयार छु ?’ एउटा उदाहरण हेरौं, एउटा सफ्टवेयर कम्पनीमा काम गर्ने एक व्यक्ति गत वर्षसम्म कन्टेन्ट राइटरको रूपमासमेत कार्यरत थिए । दिनभरि ब्लग पोस्ट, प्रोडक्ट डेस्क्रिप्सन, र मार्केटिङ कपी लेख्ने उनको काम अचानक आधा भयो- कम्पनीले च्याटजिपिटी, जेमिनाई, क्लाउडजस्ता जेनेरेटिभ एआई टुल प्रयोग गर्न थालेपछि उनको कामसँगै कमाई पनि घट्यो । पहिले पाँच जना राइटरको काम अहिले एआई जानेका दुईजनालाई पनि पुगेन ।

Hardik health

यो एक जना व्यक्तिकोमात्र कथा होइन, यो एउटा युगको सुरुवात हो अर्थात् एआईको युग । एआईका कारण काममा धेरै सजिलो भएको छ । घण्टौं लाग्ने काम मिनेटमै सकिने भएको छ । पाँचजनाले गर्ने काम एक जनाले सक्न थालिएको छ । जटिल समस्या सहजै समाधान गर्न सकिने भएको छ । जीवन झन् सहज बनाउन एआई एउटा युगान्तकारी प्रविधिका रुपमा उदाएको छ ।

संसारभरि के भइरहेको छ ?
विश्व आर्थिक मञ्चको अनुमानअनुसार सन् २०३० सम्ममा नौ करोड २० लाख जागिर विस्थापित हुने छन् । मञ्चको सन् २०२५ को ‘फ्युचर अफ जब्स रिपोर्ट’ अनुसार विश्वभरि ४१ प्रतिशत जागिर प्रदायकहरुले अर्को पाँच वर्षमा एआई स्वचालनका कारण जनशक्ति घटाउने योजना बनाइसकेका छन् । उनीहरू पाँच वर्ष कुर्ने छैनन् किनकि परिवर्तन अहिले नै हुन थालेको देखिन्छ ।

सन् २०२५ को पहिलो छ महिनामामात्रै ७७ हजार ९९९ प्रविधिसम्बन्धी जागिर गुमेका थिए । गोल्डम्यान स्याक्सका अनुसार एआईले विश्वभरि ३० करोड जागिर प्रभावित गर्न सक्छ, जुन विश्वको कूल रोजगारको ९.१ प्रतिशत हो ।
कस्ता जागिर सबैभन्दा बढी जोखिममा छन् ?

पेनसिल्भानिया विश्वविद्यालय/ओपन एआईका अनुसन्धानकर्ताका अनुसार वार्षिक ८० हजार डलरसम्म कमाउने उच्च शिक्षित वाइटकलर जब्स स्वचालनको सबैभन्दा बढी जोखिममा छन् । एआईको बढदो प्रयोगले दोहोरिरहने र नियममा आधारित जागिर जोखिममा पर्ने छन् । डेटा इन्ट्री, कल सेन्टर, ग्राहक सेवा, कन्टेन्ट राइटिड, अनुवाद, उद्योगमा दोहोरिरहने कार्य, ग्राफिक डिजाइन, सफ्टवेयर प्रोगामिङ र लेखा क्षेत्रका जागिर जोखिममा पर्ने छन् ।

एक अध्यनका अनुसार बैंकिङमा ५४ प्रतिशत जागिरमा एआई स्वचालनको उच्च सम्भावना छ । कानुनी क्षेत्रमा पारालिगलहरूले सन् २०२६ सम्ममा ८० प्रतिशत जोखिम सामना गर्नुपर्ने अनुमान छ । स्वास्थ्य क्षेत्रमा मेडिकल ट्रान्सक्रिप्सन स्वचालित भइसकेको छ । ब्लुमबर्गको अनुसन्धान भन्छ कि एआईले बजार अनुसन्धान विश्लेषकका ५३ प्रतिशत र बिक्री प्रतिनिधिका ६७ प्रतिशत कार्यहरू प्रतिस्थापन गर्न सक्छ । सेल्सफोर्सका सिइओ मार्क बेनियफका अनुसार एआईले अहिले कम्पनीको आधा काम सम्हाल्न थालेको छ । यसकारण उनले चार हजारभन्दा बढी ग्राहक सेवा कर्मचारी घटाएका छन् । बिएम कम्पनीले सयौं मानव संसाधन भूमिकाहरू एआई च्याटबोटले प्रतिस्थापन गरेको छ ।

सन् २०२५ को सुरुदेखि नै एआई-प्रभावित क्षेत्रमा काम गर्ने २० देखि ३० वर्षका युवाहरूमा बेरोजगारी झण्डै तीन प्रतिशत बिन्दुले बढ्यो । एआईले पाँच वर्षभित्र आधा प्रवेशस्तरका बौद्धिक मानिने ‘वाइट कलर’ जागिर हटाउन सक्ने एन्थ्रोपिकका सिइओ डारियो अमोडेईले कठोर भविष्यवाणी गरिसकेका छन् ।

एआईले जागिर बढाउँछ
निष्पक्ष विश्लेषणका लागि यो पक्ष पनि हेर्नु जरुरी छ । विशेषज्ञहरूका अनुसार एआईका कारण जागिर गुम्नेभन्दा सिर्जना हुने संख्या बढी हुने छ । विश्व आर्थिक मञ्चको अनुमानअनुसार सन् २०३० सम्ममा नौ करोड २० लाख जागिर विस्थापित हुने छन्  तर एआईकै कारण १७ करोड नयाँ जागिर सिर्जना हुने छन् । विश्वमा सात करोड ८० लाख जागिरको शुद्ध वृद्धि हुनसक्छ अर्थात् एआईको बजार प्रभाव समग्रमा सकारात्मक हुनसक्छ । एआई इञ्जिनियर भूमिकाहरूमा १४० प्रतिशतभन्दा बढी माग वृद्धि भइरहेको छ ।

औद्योगिक क्रान्तिले मिलमा काम गर्नेहरूलाई विस्थापित ग¥यो तर त्यसले थप उद्योगहरू र थप रोजगारी पनि सिर्जना ग¥यो । सन् १९७० को दशकमा कम्प्युटर क्रान्तिले धेरै रोजगारी विस्थापन गर्दा त्यो भन्दा बढी रोजगारी बढेको हामीले देखे भोगेकै हो । ३० वर्षको अन्तरमा कम्प्युटर दैनिक जीवनको हिस्सा बन्यो । सन् २०२७ सम्ममा भारतमामात्र २३ लाख एआईसम्बन्धी नयाँ जागिर खुल्ने प्रक्षेपण गरिएको छ । त्यसैले एआई क्रान्तिले पनि रोजगार विस्थापनभन्दा बढाउने अवस्था छ ।

एक अध्ययनका अनुसार एआई सीपहरू भएका पेसेवरहरूले उही भूमिकामा सीप नभएका साथीहरूको तुलनामा ५६ प्रतिशतसम्म बढी तलब पाउँछन् । यो तथ्यांकले एआईसँग लड्न खोज्नुभन्दा एआई सिक्नु लाभदायक छ भन्ने एउटा स्पष्ट सन्देश दिन्छ । नेपाली फ्रिल्यान्सरहरूका लागि एउटा अभूतपूर्व अवसर खुलेको छ, सही उपकरणहरूसहित विराटनगरको एक डेभलपर वा पोखराको एक डिजिटल मार्केटरले अमेरिका वा युरोपमा उच्च पारिश्रमिकका लागि प्रतिस्पर्धा गर्न र विदेशी मुद्रा नेपाल ल्याउन सक्छन् ।

नेपालको अवस्था के छ ?
नेपाललाई यो प्रश्नले फरक तरिकाले छुन्छ । हाम्रो अर्थतन्त्र कृषि, पर्यटन र रेमिट्यान्समा आधारित भएकाले प्रत्यक्ष खतरा तत्काल महसुस नहुन सक्छ तर अप्रत्यक्ष असर गहिरो हुने छ । नेपालका ६० प्रतिशतभन्दा बढी श्रमिक कृषि वा म्यानुअल कामहरूमा छन्, जसले एआई-प्रेरित जोखिम तत्काललाई सीमित राख्छ । तर बलियो डिजिटल सीप र क्षमताविना नेपाल उच्च मूल्यको वैश्विक  अर्थतन्त्रमा पछाडि पर्न सक्छ ।

नेपालमा पूर्णकालीन नियमित जागिर तीव्ररूपमा घटेका छन् भने आउटसोर्स र करार कामहरू उल्लेखनीयरूपमा बढेका छन् । नेपालको बिपिओ (बिजनेस प्रोसेस आउटसोर्सिङ) क्षेत्र विशेषरूपमा संवेदनशील छ । नेपालको अर्थतन्त्र सेवा क्षेत्र, बिओपी र प्रशासनिक भूमिकाहरूमा भारी निर्भर छ- यी नै क्षेत्र स्वचालनका लागि सबैभन्दा बढी उपयुक्त छन् ।

नेपालमा सरकारले सन् २०२४-०३४ लाई सूचना प्रविधिको दशक घोषणा गरेको छ । यसमा १५ लाख नयाँ प्राविधि जागिर र दशकभित्र ३० खर्ब नेपाली रुपैयाँको आइटी सेवा निर्यात गर्ने लक्ष्य राखेको छ । यो महत्‍ववाकांक्षी लक्ष्य हो तर यसका लागि एआईलाई चुनौतीको रूपमा होइन, अवसरको रूपमा बुझ्नुपर्छ ।

सरकारले के गरिरहेको छ ?
नेपाल सरकारले राष्ट्रिय एआई नीति २०८२ आधिकारिकरूपमा अनुमोदन गरिसकेको छ । यो ढिलै भए पनि देशको डिजिटल रूपान्तरण यात्रामा एक महŒवपूर्ण उपलब्धि हो । यो नीतिले स्वास्थ्य, शिक्षा, कृषि र सार्वजनिक प्रशासन क्षेत्रमा एआईको रणनीतिक एकीकरणको कल्पना गरेको छ । नेपाल सरकारले पाँच वर्षभित्र एआई क्षेत्रमा कम्तीमा पाँच हजार जनशक्ति तयार गर्ने लक्ष्य राख्दै एआईसम्बन्धी नयाँ नीति कार्यान्वयनमा ल्याएको हो । यो नीतिले अन्तर्राष्ट्रिय आधारभूत सिद्धान्त र प्रचलनसँग अनुकूल हुनेगरी एआईको अनुसन्धान, विकास र प्रयोगलाई दिशा निर्देश गर्न नेपालमा एआई नियमन परिषद् स्थापना गर्ने रणनीति लिएको छ ।


एआईलाई आर्थिक तथा सामाजिक क्षेत्रमा अधिकतम उपभोग गर्ने प्रतिबद्धतासहित उक्त नीतिमा विश्वव्यापी सूचकांक एआई रेडिनेस इन्डेक्समा नेपालको स्थानलाई शीर्ष ५०औं स्थानभित्र पु¥याइने उल्लेख गरिएको छ । नीतिले एआईका कारण सम्भावित जागिर गुम्ने स्थितिलाई व्यवस्थापन गर्न र यसका सामाजिक तथा आर्थिक परिणामलाई सम्बोधन गर्न संयन्त्र स्थापना गर्ने कुरा पनि उल्लेख गरेको छ । संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (युएनडिपी)ले एआईले नेपालको विकासलाई अवसर र चुनौती दुवै दिने बताएको छ ।

एआईलाई मानवकेन्द्रित तथा क्षमता स्वचालित गर्नभन्दा बढाउने दिशामा विकास गर्नु जरुरी छ भन्ने कुरामा युएनडिपीले जोड दिएको छ । समग्रमा एआईले जागिर खाने नभएर पहिलेको भन्दा बढी जागिर उत्पादन गर्छ भन्न सकिन्छ । यसले दोहोरिने, यान्त्रिक कामहरू हटाउँछ तर यसले मानवीय रचनाशीलता, सहानुभूति र जटिल निर्णय-क्षमता प्रतिस्थापन गर्न सक्दैन । 
 


प्रकाशित मिति: आइतबार, वैशाख ६, २०८३  ११:५७
प्रतिक्रिया दिनुहोस्
थप विचार
सम्भावनाको जगमा उपेक्षित कर्णाली
सम्भावनाको जगमा उपेक्षित कर्णाली शुक्रबार, साउन १५, २०८३
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट बिहीबार, साउन १४, २०८३
न्यायिक विश्वसनीयतामा गम्भीर प्रश्न
न्यायिक विश्वसनीयतामा गम्भीर प्रश्न बुधबार, साउन १३, २०८३
गोली होइन, भोलि...
गोली होइन, भोलि... मंगलबार, साउन १२, २०८३
नेपाललाई आँखा उपचारमार्फत ‘स्वास्थ्य कूटनीति’ प्रवर्द्धन गर्ने अवसर
नेपाललाई आँखा उपचारमार्फत ‘स्वास्थ्य कूटनीति’ प्रवर्द्धन गर्ने अवसर मंगलबार, साउन १२, २०८३
बजेट व्यवस्थापनः सिद्धान्त, अभ्यास र नेपालको अवस्था
बजेट व्यवस्थापनः सिद्धान्त, अभ्यास र नेपालको अवस्था आइतबार, साउन १०, २०८३
ऊ बेला चुपचाप, अहिले पुर्पुरोमा हात !
ऊ बेला चुपचाप, अहिले पुर्पुरोमा हात ! मंगलबार, साउन ५, २०८३
लोकप्रिय
  • Week
  • Month
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
‘अव्यावहारिक कानुन नबदलिए व्यवसाय बन्द गर्न बाध्य हुन्छौं’
‘अव्यावहारिक कानुन नबदलिए व्यवसाय बन्द गर्न बाध्य हुन्छौं’
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP