Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #नेपाल_विद्युत्_प्राधिकरण
  • #एडिबी
  • #बढघर
  • #पीआर एजेन्सी अफ द इयर
  • #भी-चित्र
  • #V-Chitra
  • #आईसीसी क्रिकेट विश्वकप लिग–२
  • #छायानाथ अल्ट्रा रेस
  • #धीरबहादुर बुढा
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • व्यवसायीको अडान- १० हजार लिएर श्रमिक पठाउन सकिँदैन
व्यवसायीको अडान- १० हजार लिएर श्रमिक पठाउन सकिँदैन
ममता थापा
ममता थापा सोमबार, चैत २३, २०८२

 

हामीलाई राज्यले कानुनसम्मत काम गर्न नदिए वैदेशिक रोजगार व्यवसाय बन्द हुनसक्छ । सरकारले १० हजारमा पठाऊ भन्दा हामीले पठाउँदैनौं भन्न त पाइयो नि ?
महेशकुमार बस्नेत
महासचिव, नेपाल वैदेशिक रोजगार व्यवसायी संघका 

काठमाडौं- ‘फ्रि भिसा, फ्रि टिकट’को प्रावधान लागू भएका मुलुकमा कामदार पठाउँदा १० हजार रुपैयाँभन्दा बढी सेवा शुल्क लिए कारबाही गर्ने सरकारको तयारीप्रति वैदेशिक रोजगार व्यवसायीहरुले असन्तुष्टि जनाएका छन् । उनीहरुले १० हजार रुपैयाँमात्र लिएर श्रमिक पठाउन नसकिने बताएका छन् । विगतदेखि नै सेवा शुल्कको रकम बढाउनुपर्ने माग गर्दै आएका व्यवसायीहरुले सरकारको निर्णयमा पुनर्विचार आवश्यक रहेकोमा जोड दिए । 

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री दीपककुमार साहले शनिबार भिडियो सन्देश जारी गर्दै श्रमिकबाट १० हजार रुपैयाँभन्दा बढी रकम लिएको पाइए कारबाही गर्ने चेतावनी दिएका थिए । कुनै पनि व्यवसायीले सोभन्दा बढी रकम मागे तुुरुन्त मन्त्रालयमा जानकारी गराउनसमेत उनले भनेका छन् । श्रममन्त्रीको यस्तो निर्देशन आएसँगै व्यवसायीहरुले निर्णय पुनर्विचार गर्न माग गरेका हुन् ।

Hardik health

अहिलेको निर्णय मान्दा व्यवसाय गर्नसक्ने अवस्था छैन, नमान्दा कानुनी कठघरामा जाने निश्चित छ । सरकारले न्यायिक र व्यावहारिक निर्णय ग¥यो भने अक्षरशः पालना गर्छौं ।
डिकबहादुर खत्री
वरिष्ठ उपाध्यक्ष, प्रगतिशील वैदेशिक रोजगार व्यवसायी मञ्च

नेपाल वैदेशिक रोजगार व्यवसायी संघका महासचिव महेशकुमार बस्नेतले सरकार आफैंले लाखौं लिएर कामदार पठाइरहँदा व्यवसायीले १० हजार रुपैयाँमा काम गर्न नसक्ने बताए । नीतिगत सुधार गर्न आएको सरकारले अव्यावहारिक प्रावधानलाई कार्यान्वयन गराउन खोज्नु उपयुक्त नहुने उनको भनाइ छ । 

‘हामीलाई १० हजारमा पठाऊ भन्दै गर्दा सरकारलेचाहिँ किन दुई लाख लिएर पठाइरहेको त ? नीतिगत सुधार गर्न आएको सरकारले पुराना अव्यावहारिक नीतिमा टेकेर लोकप्रिय हुनु राम्रो होइन,’ महासचिव बस्नेतले भने, ‘हामीलाई राज्यले कानुनसम्मत काम गर्न नदिए वैदेशिक रोजगार व्यवसाय बन्द हुनसक्छ । सरकारले १० हजारमा पठा भन्दा हामीले पठाउँदैनौं भन्न त पाइयो नि ?’ संघले यस विषयमा श्रममन्त्रीसँग मंगलबार थप छलफल हुने जानकारी दिएको छ । 

प्रगतिशील वैदेशिक रोजगार व्यवसायी मञ्चका वरिष्ठ उपाध्यक्ष डिकबहादुर खत्रीले पनि सरकारको निर्णयले कार्यान्वयन गर्न सकिने खालको नभएको बताए । हालसम्म रोजगारदाता कम्पनीको नीतिको कारणले श्रमिकहरु फ्रि-भिसामा गएको उनले स्पष्ट पारे ।  ‘अहिले न्यायिक भर्ना प्रक्रियामा सात प्रतिशतमात्र श्रमिक जान्छन् । यो सरकारको कानुनले होइन त्यहाँका रोजगारदाताको आन्तरिक भर्ना नीतिको कारणले सम्भव भएको हो,’ उनले भने, ‘सरकारको अहिलेको निर्णय मान्दा व्यवसाय गर्नसक्ने अवस्था छैन, नमान्दा कानुनी कठघरामा जाने निश्चित छ । सरकारले न्यायिक र व्यावहारिक निर्णय ग¥यो भने व्यवसायी अक्षरशः पालना गर्ने पक्षमै हुनुहुन्छ ।’

सरकारको नीतिमा १० हजार रुपैयाँ सेवा शुल्कको प्रावधान रहेसम्म व्यवसायीलाई रोजगारदाताले १० हजारमात्र दिने हुँदा व्यवसाय सञ्चालन गर्न नसकिने खत्रीको भनाइ छ । रोजगारदाताले सबै खर्च व्यहोरेको अवस्थामा कामदारले पाउने एक महिनाको तलब बराबरको सेवा शुल्क नै न्यायिक हुने उनले बताए । ‘रोजगारदाताले स्रोत मुलुकको नियम पालना गर्नुपर्छ । नैतिक भर्ना प्रक्रियामा स्रोत मुलुकको नियम पालना गर्दा उताको रोजगारदाताले हामीलाई दिने पनि १० हजार नै हो,’ उनले भने, ‘यसले हाम्रो आन्तरिक कार्यालय सञ्चालन, वैदेशिक रोजगार प्रवर्दनका लागि विदेश जानुपर्नेजस्ता खर्च धान्दैन । प्रतिस्पर्धी मुलुकको अभ्यास र न्यायिक हिसाबले पनि श्रमिकले पाउने एक महिनाको तलबबराबर सेवा शुल्क हामीले माग्दै आएका छौं ।’

२०७२ सालमा तत्कालीन श्रम राज्यमन्त्री टेकबहादुर गुरुङले असार २१ गते प्रमुख सात गन्तव्य मुलुक साउदी अरब, कतार, मलेसिया, संयुक्त अबर इमिरेट्स, ओमान, बहराइन र कुवेत जाने कामदारको भिसा र टिकटको रकम रोजगारदाताले नै व्यहोर्नुपर्ने निर्णय गरेका थिए । उक्त निर्णयबाट म्यानपावर कम्पनीले १० हजार रुपैयाँमात्र सेवा शुल्क लिन पाउने भनिएको थियो । तर त्यसताका तीन महिनाको परिक्षणपछि प्रतिवदेन तयार पारेर सोहीअनुसार अघि बढ्ने भनिए पनि व्यवसायीले त्यतिबेलादेखि नै कार्यान्वयन गर्न नसकिने भन्दै आएको वैदेशिक रोजगार व्यवसायी गणतान्त्रिक मञ्चका अध्यक्ष धनलाल जैसीले बताए ।

‘यो सम्भव देख्दैनौं । सरकारले २०७२ को निर्णयलाई कार्यान्वयन गर्न खोजेको हो । त्यसबेला तीन महिनामा प्रतिवेदन बुझेर त्यही अनुसार अगाडि जाने भनेर गरिएको निर्णय थियो । तर तीन महिना सकियो,’ उनले भने, ‘प्रतिवेदन पेस गर्न कुनै समिति पनि बनाइएन । यसको वैधानिकता छैन । व्यवसायीले कार्यान्वयन गर्न नसकेपछि सरकारलाई त्यो भन्दा बढी लिएर पठाएका छौं भनेर खुलारुपमा भनेको अवस्था छ ।’

श्रमविद् नेपाल भन्छन्-
व्यवसायीको मर्का पनि हेर्नुपर्छ
श्रमविद् रामेश्वर नेपाल सरकारले श्रमिकमैत्री नीतिलाई कार्यान्वयन गर्न खोज्नु स्वागतयोग्य भए पनि व्यवसायीमाथि कडाइ गरेरमात्र यसको कार्यान्वयन नहुने बताएका छन् । उनीहरुले के-के कारणले फ्रि भिसा, फ्रि टिकटमा पठाउन सकिरहेका छैनन् त्यसको पहिचान गर्नुपर्ने उनको सुझाव छ ।

‘श्रममन्त्रीले भन्दैमा आजै कार्यान्वयन गर्न सकिने देखिँदैन,’ उनले भने, ‘व्यवसायीका समस्या के-के छन् बसेर सल्लाह गरौं । व्यवसायीले भिसा टे«डिङ गर्छन् नै । त्यहाँको व्यवसायीले फ्रिमा दिइरहेको छैन । उनीहरुको पनि मर्का हेर्नुपर्छ ।’

रोजगारदाताले श्रमिकको लागत खर्च व्यहोर्ने विषय गन्तव्य मुलुकसँगको श्रम सम्झौतामै भएकाले यसलाई कार्यान्वयन गराउन सरकारले गन्तव्य मुलुकसँग कूटनीतिक संवाद गर्नुपर्ने उनको सुझाव छ । ‘साउदी अरब, कतार, युएईलगायतका मुलुकका नीतिहरु सार्वजनिक छन् । तीनमा कुनै पनि देशका कामदार आउँदा हामीले खर्च व्यहोर्ने हो भनेर उल्लेख छ,’ उनले भने, ‘यसलाई कार्यान्वयन गराउन अब सरकारले गन्तव्य देशको सरकार र निजी क्षेत्रसँग कुरा गर्नुप¥यो । भिसा ट्रेडिङ रोक्नुप¥यो । त्यहाँका रोजगारदातासमक्ष चेम्बर अफ कमर्स, रेस्पोन्सिबल बिजनेस एलाइन्स (आरबिआई) जस्ता संगठनमार्फत संवाद गर्न सकिन्छ । 

श्रमविद् डा. युवराज बस्नेत भने वैदेशिक रोजगारीमा लाग्ने शुल्कलाई पारदर्शी बनाउँदै लगेर क्रमिकरुपमा निःशुल्क गराउने कुरामा ध्यान दिनुपर्ने बताउँछन् । व्यवसायीहरुको पनि विभिन्न खर्च हुने भएकाले उनीहरुलाई काम गर्ने वातावरण सिर्जना गर्नपर्ने उनको भनाइ छ ।

‘व्यवसायीहरु पनि पैसा कमाउन आएका हुन् । जति यसको शुल्क पारदर्शी बनाइन्छ त्यति यो क्षेत्र स्वच्छ हुँदै जान्छ,’ उनले भने, ‘फ्रि भिसाको प्रावधानलाई त्यसपछि क्रमशः कार्यान्वयन गराउन सकिन्छ । व्यवसायीले ५०-६० हजार तिरेर डिमाण्ड किनेर ल्याउँछन् । ५० हजार रुपैयाँ लागेको त देखिइरहेको छ त । व्यवसायीलाई व्यवसाय गर्न दिनुपर्छ ।’
 


प्रकाशित मिति: सोमबार, चैत २३, २०८२  १०:४५
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
भिसामा रोक लगाएसँगै जापानकोे ‘फुड सर्भिस’ क्षेत्रमा कामदार अभाव हुने अनुमान
भिसामा रोक लगाएसँगै जापानकोे ‘फुड सर्भिस’ क्षेत्रमा कामदार अभाव हुने अनुमान आइतबार, जेठ १०, २०८३
पश्चिम एसिया द्वन्द्वले विप्रेषण आप्रवाह प्रभावितः परराष्ट्र
पश्चिम एसिया द्वन्द्वले विप्रेषण आप्रवाह प्रभावितः परराष्ट्र शनिबार, जेठ ९, २०८३
कार्यक्रम र नारा हरेक वर्ष दोहोरिन्छन्, हुँदैन कार्यान्वयन
कार्यक्रम र नारा हरेक वर्ष दोहोरिन्छन्, हुँदैन कार्यान्वयन शुक्रबार, जेठ ८, २०८३
खाडी मुलुकमा घरेलु कामदार पठाउनेबारे संसदीय समितिको निर्देशन कुर्दै मन्त्रालय
खाडी मुलुकमा घरेलु कामदार पठाउनेबारे संसदीय समितिको निर्देशन कुर्दै मन्त्रालय बिहीबार, जेठ ७, २०८३
वैदेशिक रोजगारीका क्षेत्रमा हुने ठगी नियन्त्रण गरिनेछ : श्रममन्त्री यादव
वैदेशिक रोजगारीका क्षेत्रमा हुने ठगी नियन्त्रण गरिनेछ : श्रममन्त्री यादव बुधबार, जेठ ६, २०८३
 लट्री आउट उम्मेदवारले अब नयाँ विज्ञापन कुर्नुपर्ने, इजरायलले तत्काल लैजान नसकिने
 लट्री आउट उम्मेदवारले अब नयाँ विज्ञापन कुर्नुपर्ने, इजरायलले तत्काल लैजान नसकिने बुधबार, जेठ ६, २०८३
रोजगारी खोज्दै १० महिनामा साढे छ लाखभन्दा बढी युवा विदेसिए
रोजगारी खोज्दै १० महिनामा साढे छ लाखभन्दा बढी युवा विदेसिए मंगलबार, जेठ ५, २०८३
लोकप्रिय
  • Week
  • Month
वैचारिक व्यक्तित्व मदन भण्डारी र जबजको सान्दर्भिकता
वैचारिक व्यक्तित्व मदन भण्डारी र जबजको सान्दर्भिकता
आन्दोलनको तयारीमा वैदेशिक रोजगार व्यवसायी
आन्दोलनको तयारीमा वैदेशिक रोजगार व्यवसायी
भक्तपुरको  हाईल्याण्ड रिसोर्ट  साटा अवार्ड २०२६ का लागि मनोनयनमा
भक्तपुरको हाईल्याण्ड रिसोर्ट साटा अवार्ड २०२६ का लागि मनोनयनमा
कविता सङ्ग्रह ‘द काष्ट अफ फ्लावर्स’ बजारमा
कविता सङ्ग्रह ‘द काष्ट अफ फ्लावर्स’ बजारमा
लगातार चार दिन सार्वजनिक बिदा
लगातार चार दिन सार्वजनिक बिदा
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
म्यानपावरलाई तिरेको यथार्थ रकम खुलाउँदैनन् श्रमिक
म्यानपावरलाई तिरेको यथार्थ रकम खुलाउँदैनन् श्रमिक
तामाङ युवाहरूको क्षमता अभिवृद्धि प्रशिक्षण कार्यक्रम सम्पन्न
तामाङ युवाहरूको क्षमता अभिवृद्धि प्रशिक्षण कार्यक्रम सम्पन्न
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP