Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #सिएन थारु/आरके तामाङ
  • #बिगेन्द्रसिंह वाईबा तामाङ
  • #नेपाल आदिवासी जनजाति महासंघ
  • #विश्व आदिवासी दिवस
  • #हुलाकी राजमार्ग
  • #धनुषा कर्फ्यु
  • #पुष्पकमल दाहाल
  • #फिफा
  • #युइएफए
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • इरानी ड्रोन निष्क्रिय गर्दागर्दै अस्ताए दिवस
इरानी ड्रोन निष्क्रिय गर्दागर्दै अस्ताए दिवस
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, फागुन १९, २०८२
  • जायद अन्तर्राष्ट्रिय विमानस्थलमा ड्रोन निष्क्रिय पार्दा गोरखाको भीनसेन थापा गाउँपालिका-७ ठाटीबजारका दिवस श्रेष्ठको मृत्यु
  • शनिबार दिवसले फेसबुकमा लेखेको स्टाटस नै बन्यो अन्तिम सन्देश
  • छुट्टीमा आएर बिहे गर्ने भनेका दिवसको सपना अधुरै
  • इजरायल गएका ११ नेपाली विद्यार्थी मारिएको दुई वर्ष नबित्दै नेपालीलाई दुःखी तुल्याउने दिवसको मृत्यु खबर 
  • मध्यपूर्वका विभिन्न देशमा कार्यरत करिब १७ लाख नेपालीको सुरक्षा चिन्ता 

हामी हरदम तपाईंहरुको साथमा छौं । नेपाली जहाँ रहे पनि प्रत्येक नागरिकको व्यक्तिगत सुरक्षा र हितको रक्षामा सरकार प्रतिबद्ध छ ।
सुशीला कार्की
प्रधानमन्त्री

काठमाडौं- मध्यपूर्वमा द्वन्द्व चर्किंदै जाँदा युएईको आबुधाबीस्थित जायद अन्तर्राष्ट्रिय विमानस्थलमा दिवस श्रेष्ठ ड्युटीमा थिए । २९ वर्षीय दिवस सेक्युरिटी गार्ड थिए । उनको घर गोरखाको भीमसेन थापा गाउँपालिका-७ को ठाटीबजार हो । 

समाचार विवरणहरूमा शनिबार अमेरिका-इजरायलको संयुक्त आक्रमणपछि इरानले आबुधाबीसहित खाडी राष्ट्रहरूमा रहेका अमेरिकी सैन्य आधार शिविरहरूमा प्रत्याक्रमण गर्ने विवरण थियो । आबुधाबीमा आक्रमण थालेको भनिएको थियो । त्यहीँ रहेका दिवसले यस्तो समाचारको खण्डन गरे र फेसबुकमा लेखे, ‘समाचार हेरेपछि मेरो ध्यानाकर्षण भयो । अबुधाबीको बासिन्दाका हिसाबले यहाँको अवस्था के छ मलाई थाहा छ । केही रिपोर्टहरू बढाइचढाइ भएर आएका छन् ।’

दिवसको त्यो स्टाटसमा आश्वस्त स्वर थियो । त्रास कम गर्ने प्रयास थियो । तर, नियतिले ठीक उल्टो निर्णय सुनायो । त्यही स्टाटस उनको जीवनको अन्तिम सन्देश बन्यो । इरानले गरेको ड्रोन आक्रमणमा परी संयुक्त अरब इमिरेट्सको राजधानी अबुधाबीस्थित जायद अन्तर्राष्ट्रिय विमानस्थलमा ड्युटी गरिरहेका दिवसले ज्यान गुमाए । विदेशी भूमिमा उनी कहिल्यै नफर्किने गरी अस्ताए ।

Hardik health

सामान्य परिवारमा जन्मिएका दिवसले काठमाडौंमा ओभरसियर अध्ययन गरेका थिए । घरको आर्थिक अवस्था मध्यम थियो । भविष्यलाई उज्ज्वल बनाउन विदेश गएका थिए । बुबा चामबहादुरकाअनुसार दिवस मिहेनती थिए । उनी तीन वर्षअघि वैदेशिक रोजगारीका लागि युएई पुगेका हुन् । अबुधाबीको व्यस्त जीवन, विमानस्थलको सुरक्षा जिम्मेवारी र दिनरातको ड्युटी नै उनको दैनिकी थियो ।

गत असोजमा बिदामा घर फर्किएका दिवसले परिवारसँगै दसैं-तिहार मनाए । गाउँका साथीभाइसँग भेटघाट गरे । चामबहादुर भन्छन्, ‘अर्को छुट्टीमा आउँदा बिहे गर्छु भन्थे । खै के भयो भयो ।’ दिवस चामबहादुर दम्पतीका एक्ला छोरा हुन् । चामबहादुरसँग उनको कुराकानी शनिबार साँझ भएको थियो । त्यसबेला दिवसले भनेको सम्झिँदै भन्छन्, ‘सबै ठीक छ यहाँ । आत्तिनुपर्दैन ।’

तर, आइतबार बिहानदेखि दिवसको फोन उठेन । सोमबार भने दिवसको मृत्यु भएको खबर थाहा पाउँदा होस् उडेजस्तो भएको चामबहादुरले बताए । अबुधाबीस्थित नेपाली दूतावासका अनुसार दिवसको मृत्यु जायद अन्तर्राष्ट्रिय विमानस्थलमा ड्रोन निष्क्रिय पार्ने क्रममा भएको हो । दूतावासले युएई सरकारसँग समन्वय गरी शव नेपाल ल्याउने प्रक्रिया अघि बढाएको जनाएको छ । 

दूतावासको यो खबरले गोरखाको ठाटीबजारमात्रै होइन, सिंगो नेपाली समुदायलाई स्तब्ध तुल्याएको छ । संयुक्त अरब इमिरेट्ससहित मध्यपूर्वका विभिन्न देशमा लाखौं नेपाली कार्यरत छन् । त्यहाँको युद्ध, राजनीतिक तनाव वा आतंककारी गतिविधिसँग नेपालीहरूको प्रत्यक्ष सरोकार नभए पनि उनीहरू जोखिमको घेरामा पर्छन् ।

यसअघि २० असोज २०८० मा इजरायलमा प्यालेस्टाइनी सशस्त्र समूह हमासको आक्रमणमा १० जना नेपाली विद्यार्थीको मृत्यु भएको थियो । कैलालीका नारायणप्रसाद न्यौपाने, गणेशकुमार नेपाली, आशिष चौधरी, दार्चुलाका दीपेशराज विष्ट, धनुषाका आनन्द साह, सुनसरीका राजेशकुमार स्वर्णकार, डोटीका राजन फुलारा र पदम थापा, सल्यानका प्रवेश भण्डारी तथा दार्चुलाका लोकेन्द्रसिंह धामीको मृत्यु भएको थियो । हमास समूहले त्यही दिन नियन्त्रणमा लिएर लगेका विपीन जोशीको गत असोज अन्तिम साता मृत्यु भएको खबर आएको थियो । जोशीसँगै ११ नेपाली विद्यार्थीले ज्यान गुमाए । चार नेपाली घाइते भएका थिए । 

यतिबेला भने मध्यपूर्वी देशहरूमा द्वन्द्व थप चर्किएसँगै नेपालीको सुरक्षालाई लिएर झनै चिन्ता बढेको छ । सोमबार प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रका नाममा सम्बोधन गर्दै सरकार नागरिकको सुरक्षाप्रति कटिबद्ध रहेको बताएकी छन् । ‘नेपाली जहाँ रहे पनि प्रत्येक नागरिकको व्यक्तिगत सुरक्षा र हितको रक्षामा सरकार प्रतिबद्ध छ,’ मध्यपूर्वका देशहरूमा रहेका नेपालीहरूप्रति ढाडस दिँदै उनले भनिन् । 

खाडी मुलुकहरूमा रहेका सबै नेपाली नियोगहरूलाई सुरक्षा सहजीकरणमा कुनै कमी हुन नदिन सक्रिय बनाइएको र परराष्ट्र मन्त्रालयले सघन अनुगमन गरिरहेको प्रधानमन्त्री कार्कीले बताइन् । अमेरिका र इजरायलले इरानमाथि शनिबार संयुक्त आक्रमण गरेर त्यहाँका सर्वोच्च नेता आयतोल्लाह अलि खामेनीसहित थुप्रै वरिष्ठ राजनीतिक र सैन्य अधिकारीहरू मारेपछि मध्यपूर्वमा तनाव झनै गहिरिएको छ । 

परराष्ट्र मन्त्रालयका अनुसार मध्यपूर्वका १६ मध्ये १३ देशमा करिब १७ लाख २९ हजारभन्दा बढी नेपाली कार्यरत छन् । इजरायलमा करिब छ हजार ५०० र इरानमा छ जना नेपाली रहेको जानकारी दिइएको छ । युएईमामात्र करिब सात लाख नेपाली छन् । साउदी अरेबियामा तीन लाख ८४ हजारभन्दा बढी, कतारमा तीन लाख ५७ हजारभन्दा बढी, कुवेतमा एक लाख ७५ हजार, ओमानमा २५ हजार, बहराइनमा २८ हजार, इराकमा ३० हजार, जोर्डनमा तीन हजार र लेबनानमा एक हजार ५०० नेपाली रहेका परराष्ट्र मन्त्रालयको तथ्यांक छ ।

सम्भावित जोखिमलाई मध्यनजर गर्दै सरकारले अनलाइन रजिस्ट्रेसन प्लेटफर्म र कन्सुलर एप्स सञ्चालनको तयारी थालेको छ । परराष्ट्रसचिव अमृतबहादुर राईको नेतृत्वमा गृह र श्रम मन्त्रालयसहित बहुपक्षीय आपतकालीन उद्धार संयन्त्र गठन गर्ने तयारी भइरहेको छ । 

यसबीच श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले साउदी अरेबिया, युएई, कतार, कुवेत, बहराइन, ओमान, इराक, यमन, जोर्डन, लेबनान, टर्की र इजरायल गरी १२ देशका लागि श्रम स्वीकृति दिने कार्य स्थगित गरेको छ । यससँगै दैनिक करिब १५ सय नेपाली वैदेशिक रोजगारीका लागि बाहिरिने क्रम प्रभावित भएको छ । विश्वराजनीति र सैन्य टकरावको केन्द्र बनेको मध्यपूर्वको संकटले हजारौं नेपाली परिवारलाई अनिश्चितता र त्रासमा धकेलेको छ ।

शोकमा डुब्यो बोर्लाङ ठाँटी
गोरखा- घरको आर्थिक अवस्था सुधार्न चार वर्षअघि संयुक्त अरब इमिरेट्स (युएई)को दुबई पुगेका थिए दिवस श्रेष्ठ । भीमसेन थापा गाउँपालिका-७ बोर्लाङ ठाँटीका २९ वर्षीय दिवस चामबहादुर र पवित्राको एकमात्र छोरा हुन् । दिवस गत वर्षको दसैंमा घर आएका थिए ।

गाउँकै सरस्वती माध्यमिक विद्यालयबाट एसइई उत्तीर्ण गरेका श्रेष्ठले काठमाडौंबाट ‘ओभरसियर’को अध्ययन पूरा गरेका थिए । देशमै  रोजगारी नपाएपछि विदेसिनुएका उनले आगामी दसैंमा भने घर फर्केर विवाह गर्ने योजना सुनाएका थिए । श्रेष्ठ दम्पतीको पनि बुहारी भित्र्याउने सपना थियो । तर त्यो सपना सदाका लागि अधुरोमात्रै भएन छोरा नै गुमाएपछि अहिले निशब्द छन् उनीहरु ।

अघिल्लो दिन अर्थात् शनिबार साँझसम्म ‘भिडियो कल’ मा कुराकानी गरेको छोरा भोलिपल्टै सदाका लागि अस्ताउँलान् भन्ने बुबाआमालाई थाहा हुने कुरै भएन । तर आइतबार युएईमा इरानको ड्रोन आक्रमणमा परी श्रेष्ठको निधन भयो ।

मृतक दिवसका काका प्रदीप श्रेष्ठका अनुसार दिवस मिडल इस्ट कम्पनीमार्फत सेक्युरिटी गार्डका रुपमा दुबई पुगेका थिए । ‘अस्तिको दिन बेलुकीमात्र घरपरिवारसँग भिडियोमा कुराकानी भएको रहेछ । त्यहाँको अवस्था सामान्य भए पनि आकाशमा मिसाइल पड्किरहेको छ भनेर बुबालाई भनेको थियो रे,’ काका प्रदीपले भने, ‘त्यसपछि फोन सम्पर्क नभएको रहेछ । उसका साथीभाइसँग बुझ्दा भागदौड भएर मोबाइल हराएको र खुट्टामा चोट लागेको भन्ने खबर पाएका रहेछन् ।’

युएईस्थित नेपाली दूतावासबाट सोमबारमात्रै छोराको मृत्यु भएको खबर औपचारिकरुपमा उनीहरुले प्राप्त गरे । दिवसको मृत्युको खबरले अहिले ठाँटी गाउँ शोकमा डुबेको छ । प्रदीप भन्छन्, ‘गाउँको युवा, सबैसँग मिल्ने, अत्यन्त इमान्दार, मिजासिलो थियो । उसको आमाबुबाको कोखै रित्तियो ।’

हाल गाउँमा बुबा चामबहादुर र दिवसका हजुरआमा छन् । आमा पवित्रा भने छोरी भेट्न काठमाडौं गएको बोर्लाङका वडाध्यक्ष नारायण श्रेष्ठले बताए । ‘घरमा बेहाल छ । आमा र दिदी पनि यतै आउने कि बाबुको शव लिएर आउने भन्ने सल्लाह हुँदै छ । उताबाट शव कहिले आउँछ त्यसको पनि ठेगान छैन,’ उनले भने । 

अबुधाबीस्थित नेपाली राजदूतावासले सोमबार एक सूचना जारी गर्दै अबुधाबीस्थित जायद अन्तर्राष्ट्रिय विमानस्थलमा ड्रोन निष्क्रिय पार्ने क्रममा भएको घटनामा गोरखाका २९ वर्षीय दिवस श्रेष्ठको मृत्यु भएको पुष्टि गरेको हो । उनको मृत्युबारे युएईको परराष्ट्र मन्त्रालयबाट आधिकारिक जानकारी प्राप्त भएको राजदूतावासले जनाएको छ । रा


प्रकाशित मिति: मंगलबार, फागुन १९, २०८२  ११:०५
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
विदेशबाट फर्कने नेपालीलाई अपरिचित व्यक्तिका सुन तथा बहुमूल्य वस्तु नल्याउन आग्रह
विदेशबाट फर्कने नेपालीलाई अपरिचित व्यक्तिका सुन तथा बहुमूल्य वस्तु नल्याउन आग्रह बुधबार, साउन २०, २०८३
वैदेशिक रोजगार व्यवसायी संघले सरकारलाई दियो व्यवसाय बन्द गर्ने जानकारी
वैदेशिक रोजगार व्यवसायी संघले सरकारलाई दियो व्यवसाय बन्द गर्ने जानकारी बुधबार, साउन २०, २०८३
एकाधिकार लागू नहुने मन्त्रालयको प्रस्टीकरण, व्यवसायी अझै सशंकित 
एकाधिकार लागू नहुने मन्त्रालयको प्रस्टीकरण, व्यवसायी अझै सशंकित  मंगलबार, साउन १९, २०८३
खाडी मुलुकमा बढ्दो ‘हिट स्ट्रेस’को जोखिममा नेपाली श्रमिक
खाडी मुलुकमा बढ्दो ‘हिट स्ट्रेस’को जोखिममा नेपाली श्रमिक सोमबार, साउन १८, २०८३
राहदानीको चापका कारण कोरियन भाषा परीक्षाको आवेदन म्याद थपियो
राहदानीको चापका कारण कोरियन भाषा परीक्षाको आवेदन म्याद थपियो शुक्रबार, साउन १५, २०८३
यसरी बनाइँदैछ ‘स्मार्ट हुलाक’, घरमै पुग्न थाले शैक्षिक प्रमाणपत्र, स्वास्थ्य परीक्षणदेखि राहदानीसम्म
यसरी बनाइँदैछ ‘स्मार्ट हुलाक’, घरमै पुग्न थाले शैक्षिक प्रमाणपत्र, स्वास्थ्य परीक्षणदेखि राहदानीसम्म बिहीबार, साउन १४, २०८३
प्रतिवेदन बुझाउने तयारीमा सेवा शुल्क निर्धारण कार्यदल
प्रतिवेदन बुझाउने तयारीमा सेवा शुल्क निर्धारण कार्यदल बिहीबार, साउन १४, २०८३
लोकप्रिय
  • Week
  • Month
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
पूर्वउपसभामुख  राना मगरद्वारा  ‘हृदयांश’ उपन्यासकाे  विमोचन
पूर्वउपसभामुख राना मगरद्वारा ‘हृदयांश’ उपन्यासकाे विमोचन
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
हुलाकी राजमार्ग निर्माण अन्तिम चरणमा, २४ पुल सम्पन्न
हुलाकी राजमार्ग निर्माण अन्तिम चरणमा, २४ पुल सम्पन्न
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP