Nada Auto Show 2026 Nada Auto Show 2026
x
Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #८०औँ स्वतन्त्रता दिवस
  • #नाडा अटो शो
  • #नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपाल
  • #मिलनबाबु मल्ल
  • #३२ औं तामाङ प्रसारण दिवस
  • #शेरबहादुर देउवा
  • #ढुण्डीराज पौडेल
  • #वैदेशिक सहायता
  • #सार्वजनिक लेखा समिति
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • देशभित्रै गरिखाने वातावरण बनोस्
जेन-जी मतदाताको अपेक्षा देशभित्रै गरिखाने वातावरण बनोस्
प्रभाव संवाददाता
प्रभाव संवाददाता शुक्रबार, फागुन २२, २०८२

काठमाडौं- आकृति जोशी (२१) ले बिहीबार पहिलोपटक प्रतिनिधिसभा सदस्य निर्वाचनमा मतदान गरिन् । काठमाडौं-२ की मतदाता उनले कागेश्वरी मनोहरा-९ मा रहेको गान्धी आदर्श मावि केन्द्रमाबाट आफ्नो जीवनको पहिलो मत खसालेकी हुन् । पहिलो मतदानको अनुभवबाट उत्साहित देखिएकी जोशी स्नातकोत्तर गर्न भने विदेश जान खोज्दै छिन् । निर्वाचनपछि मुलुकमा स्थिरता छाउँदै गए स्वदेश फर्किने नभए उतै बस्ने उनले सुनाइन् ।

‘ब्याचलर पढ्नलाई नै विदेश जाने भनेको तर घरमा सानै छौ भनेर मान्नुभएन । अब मास्टर्स गर्न विदेश नै जाने,’ उनले भनिन्, ‘त्यसपछि नेपालमा राम्रा नेता, पोलिसी आएर अवस्था राम्रो हुँदै गयो भने त्यहाँको एक्सपर्टिज लिएर नेपाल नै फर्किने विचार छ । यदि यहाँ आएर दुःख पाउने अनि उता राम्रो अवसर पाउने भयो भने उतै बस्ने ।’

अधिकांश जेन-जी पुस्तामा मुलुकमै केही गर्नका लागि सहज वातावरण नभएको बताउने मनसाय हावी भएको छ । प्रविधिसँग हुर्किएको यो पुस्तामा राजनीतिक चेतना नभएको र राष्ट्रप्रेमको भावना हराउँदै गएको पनि भनिन्छ । तर आफूहरु मुलुकको राजनीतिप्रति झन् बढी चासो राख्ने र मुलुकमा स्थिरता चाहने जोशी बताउँछिन् ।

‘मेरै साथीहरु प्लसटू गरेर विदेश गएकाहरु छन्, जो अहिलेको पोलिटिक्समा एकदमै इन्टे«स्टेड छन् । उनीहरु नेपालमा के भइरहेको छ, कस्तो भइरहेको छ भनेर सोधिखोजी गर्छन्,’ उनले भनिन्, ‘कुराकानीमा पनि उनीहरु नेपालमै फर्किन खोजेको पाउँछु । तर पोलिटिकल्ली स्टेबल हुनप¥यो र भविष्यप्रति अहिले जुन अन्योलता छ त्यो कम हुनप¥यो ।’

Nada Auto Show 2026
Hardik health

सोही मतदान केन्द्रमा भेटिएका आयुस केसी (१९)ले यसपालिको चुनावी माहोलले केही आशा जगाएको बताए । देशको अवस्था हेर्दा आयुसलाई पनि विदेश जानु नै ठीक जस्तो लाग्छ । तर निर्वाचनबाट चुनिएर गएकाहरुले प्रणालीमा सुधार ल्याए नेपालमै बस्ने उनले बताए । ‘यसपालि माहोल राम्रो छ । पुरानालाई च्यालेञ्ज गर्ने नयाँ-नयाँ आइडियोलोजी आएको छ । यो पटक केही हुन्छ भन्नेमा आशावादी छौं, तैपनि हुन्छ नै भन्ने पनि छैन,’ उनले भने, ‘राम्रो अप्सन विदेश जानु नै जस्तो लाग्छ । तर अहिले पर्खिम अनि ब्याचलर सक्किएपछि देशमा कुनै पनि विकल्प नै भेटिएन भने त जाने हो ।’

इञ्जिनियरिङमा स्नातक गर्दै गरेका आयुस विदेश जान्छन् या जाँदैनन् भन्ने निक्र्योल अब बन्ने सरकारको कामले गर्ने छ । युवाहरु यहीँ बस्नका लागि आफ्नो क्षमता र दक्षताअनुसारको काम पाउनुपर्ने उनको भनाइ छ । ‘देशको आर्थिक अवस्था राम्रो हुनुप¥यो । युवाहरुले जब खोजिरहेको सेक्टरको ग्रोथ हुनुप¥यो,’ उनले थप भने, ‘उदाहरणका लागि म इञ्जिनियरिङ गर्दै छु । इण्डस्ट्रिजको सेक्टरमा मेरो धेरै काम हुन्छ । फरेन इन्भेस्टमेन्ट ल्याएर इण्डस्ट्रिज बुम गराउनप¥यो । त्यसपछि हामी यही बस्छौं ।’ 

सोही मतदान केन्द्रमा भेटिएका दीपेश श्रेष्ठ (२५) ले भने मतदाता नामावलीमा नाम दर्ता नै गरेका रहेनछन् । श्रीमतीलाई मतदान गर्न ल्याएका उनी निर्वाचनप्रति उत्सुक थिएनन् । रसियामा डेढ वर्ष रोजगारी गरेर फर्किएका उनलाई अब बन्ने सरकारले परिवर्तन ल्याउनेमा विश्वास छैन ।  ‘यहाँ बसेर केही गर्छु भन्दा गर्न नपाइने स्थिति सानैदेखि देखेको हो नि त,’ श्रेष्ठले भने, ‘हामी जस्तै २५-२६ वर्षको उठेको भए हाल्थे पनि होला । अरुलाई हाल्न मन लागेन । अहिले उठेकाहरु पछि गएर पैसाको लोभले बिग्रिने नै हो ।’

दीपेश फेरि विदेश नै जाने तयारी गर्दै छन् । मुलुकको हरेक क्षेत्रमा घुसेको राजनीति र देखिएको नातावाद, क्रिपावादका कारण हैरान भएका उनले सिस्टमकै कारण मुलुक छोड्न बाध्य भएको सुनाए । ‘नेपालमा बसेर पनि नेपालीजस्तो नभई पार्टीको कार्यकर्ताजस्तो हुनपर्ने अवस्था छ । कि त हाइ पोस्टको मान्छे समाउनप¥यो । नत्र केही गर्नै सकिँदैन,’ उनले भने, ‘नेपाल आएको छ-सात महिना भयो । अब फेरि जाने तयारी गर्दै छु । सानो बच्चाहरुलाई सोध्दा पनि पछि विदेश जाने भन्छन् । सुन्दा मजा आउँदैन तर पनि बाध्यता हो ।’

मतदान गरेर फर्किएकी गोमा पाण्डे (२८)मा भने यसपटकको चुनावले सकारात्मक परिवर्तन ल्याउने आशा थियो । जेन-जी आन्दोलनपछि मतदाताका साथै नेताहरु पनि सचेत भएकाले नेतृत्वमा जानेहरु प्रतिबद्धताका साथ जाने उनको अपेक्षा छ । अधिवक्तासमेत रहेकी पाण्डेका अनुसार युवाहरु स्वदेशमा बस्न नचाहनुको मूल कारण भ्रष्टाचार नै हो ।

‘मुलुकमा केही गर्नलाई माहोल बनाइदिने काम नेतृत्वले गर्नुपर्छ । अन्य मुलुकमा सेवाग्राहीले ‘अन द स्पट’ सेवा पाउँछन् । तर हाम्रोमा माथिदेखि तलसम्म सबैलाई ढोग्नपर्छ,’ उनले भनिन्, ‘मैले आफैं पनि कानुन व्यवसायको क्षेत्रमा यति धेरै भ्रष्टाचार देखेको छु र यो भ्रष्टाचार सबै क्षेत्रमा उत्तिकै छ । मान्छेहरुलाई सानोतिनो उद्योग नै गर्छु भन्दा पनि रजिस्ट्रेसनमै पैसा खुवाउनपर्छ । सिस्टमको यस्तो लुप होलहरु हट्यो भने मुलुकमै केही गर्न सकिन्छ ।’

आकृति, आयुस, दीपेश त प्रतिनिधिमूलक पात्रमात्र हुन् । पछिल्लो समय युवा पुस्ताले आफ्नो उज्ज्वल भविष्य विदेशमामात्र देख्न थालेको छ । केही वर्ष अघिको तुलनामा विदेसिनेहरुको संख्या बसेनि बढ्दो छ । गत आर्थिक वर्ष २०८१÷८२ मा आठ लाख ३९ हजार २६६ जनाले रोजगारीको खोजीमा मुलुक छोडेका थिए । चालु आर्थिक वर्षको माघसम्म मुलुकमा पाइने रोजगारीले जीविकोपार्जन गर्नै धौधौ भएपछि रोजगारी खोज्दै खाडीदेखि युरोपका विभिन्न मुलुक पुग्नेहरु ४० लाखभन्दा बढी रहेको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको तथ्यांक छ ।

साथै, अध्ययनका लागि अस्ट्रेलिया, अमेरिका, क्यानडालगायतका विकसित मुलुक गएर उतै बस्ने प्रवृत्ति पनि डरलाग्दो देखिन्छ । एसइई, प्लसटू या ब्याचलर सक्काएकापछि अध्ययन भिसाको नाममा कन्सल्टेन्सी धाउनेको भीड बढेको छ । २०७१ सालभन्दा अगाडिसम्म केही हजारले लिँदै आएको ‘नो अब्जेक्सन सर्टिफिकेट’ (एनओसी) लिनेहरुको संख्या हाल बर्सेनि एक लाख पुग्ने गरेको छ । उच्च शिक्षाका लागि भनिए पनि यसरी जाने अधिकांश रोजगारी र सुरक्षित भविष्यकै लागि गएको बताउँछन् ।

स्वदेशमा केही गर्छु भन्नेहरुका लागि नीतिगत अप्ठ्याराहरु, सानो काम गर्न पनि पैसा र पावरको सहायता लिनुपर्ने, राजनीतिक अस्थिरता, भ्रष्टाचारलगायतका कारण युवाहरु विदेसिन बाध्य भएका छन् । बिहीवार भएको निर्वाचनबाट बन्ने नयाँ सरकारले यो अवस्थाको अन्त्य गर्नेमा धेरै मतदाता आशावादी देखिन्छन् ।

चुनावी मैदानमा अधिकांश नयाँ अनुहार हुँदा ‘मतदातामा अबचाहिँ केही होला कि’ भन्ने आशा जागेको देखिएको छ । प्रविधिको प्रयोगबाट दशौं लाख रोजगारी सिर्जना गर्ने, स्वदेशमै उद्यम गर्ने वातावरण सिर्जना गर्ने, श्रमको सम्मान गर्नेलगायत आकर्षक एजेण्डा बोकेकाहरुले सरकारमा पुगेपछि उक्त वाचा कत्ति पूरा गर्छन् त्यो भने हेर्न बाँकी छ । 
 


प्रकाशित मिति: शुक्रबार, फागुन २२, २०८२  १०:३६
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
आन्दोलन स्थगनपछि संघमाथि उठ्यो प्रश्न, घटक संस्थाहरुले मागे जवाफ
आन्दोलन स्थगनपछि संघमाथि उठ्यो प्रश्न, घटक संस्थाहरुले मागे जवाफ बिहीबार, भदौ ४, २०८३
चालु आवको पहिलो महिनामै विदेसिए ७० हजारभन्दा बढी युवा
चालु आवको पहिलो महिनामै विदेसिए ७० हजारभन्दा बढी युवा बुधबार, भदौ ३, २०८३
सरकारको प्रतिबद्धतापछि काममा फर्किए व्यवसायी
सरकारको प्रतिबद्धतापछि काममा फर्किए व्यवसायी मंगलबार, भदौ २, २०८३
मन्त्रालय र वैदेशिक रोजगार व्यवसायीबीच सहमति आन्दोलनका कार्यक्रम फिर्ता
मन्त्रालय र वैदेशिक रोजगार व्यवसायीबीच सहमति आन्दोलनका कार्यक्रम फिर्ता सोमबार, भदौ १, २०८३
आजदेखि देशभरका म्यानपावर बन्द
आजदेखि देशभरका म्यानपावर बन्द सोमबार, भदौ १, २०८३
दक्षिण कोरियामा उच्च तापक्रमले बढ्यो श्रमिकको सुरक्षा चिन्ता 
दक्षिण कोरियामा उच्च तापक्रमले बढ्यो श्रमिकको सुरक्षा चिन्ता  आइतबार, साउन ३१, २०८३
वैदेशिक रोजगारीमा कीर्ते गर्नेलाई १२ वर्षसम्म कैदको प्रस्ताव 
वैदेशिक रोजगारीमा कीर्ते गर्नेलाई १२ वर्षसम्म कैदको प्रस्ताव  शुक्रबार, साउन २९, २०८३
लोकप्रिय
  • Week
  • Month
वैदेशिक रोजगारीमा कीर्ते गर्नेलाई १२ वर्षसम्म कैदको प्रस्ताव 
वैदेशिक रोजगारीमा कीर्ते गर्नेलाई १२ वर्षसम्म कैदको प्रस्ताव 
वीरगञ्जमा भारतको ८०औँ स्वतन्त्रता दिवस उत्साहपूर्वक मनाइयो
वीरगञ्जमा भारतको ८०औँ स्वतन्त्रता दिवस उत्साहपूर्वक मनाइयो
ई-७ भिसाको मागपत्र प्रमाणीकरण सुरू
ई-७ भिसाको मागपत्र प्रमाणीकरण सुरू
५० वर्षको नाडा: अटो शोमार्फत उद्योग, प्रविधि र स्वदेशी उत्पादनको नयाँ सन्देश
५० वर्षको नाडा: अटो शोमार्फत उद्योग, प्रविधि र स्वदेशी उत्पादनको नयाँ सन्देश
एकै दिन दुई वडा कार्यालय भवन उद्घाटन
एकै दिन दुई वडा कार्यालय भवन उद्घाटन
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
सरकारले सभापति थापामाथि निगरानी बढाएको कांग्रेसको आरोप
सरकारले सभापति थापामाथि निगरानी बढाएको कांग्रेसको आरोप
व्यवसाय बन्द गर्ने चेतावनीकाबीच थप ८९ म्यानपावरमाथि विभागको कारबाही
व्यवसाय बन्द गर्ने चेतावनीकाबीच थप ८९ म्यानपावरमाथि विभागको कारबाही
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक / सम्पादक कृष्ण कार्की
मल्टिमिडिया मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP