Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #सिएन थारु/आरके तामाङ
  • #‘हृदयांश’
  • #दीपक बन्जारा
  • #बिगेन्द्रसिंह वाईबा तामाङ
  • #नेपाल आदिवासी जनजाति महासंघ
  • #विश्व आदिवासी दिवस
  • #हुलाकी राजमार्ग
  • #धनुषा कर्फ्यु
  • #पुष्पकमल दाहाल
Search Here
विचार
  • Home
  • विचार
  • फागुन २१ दलहरूको अग्निपरीक्षा 
फागुन २१ दलहरूको अग्निपरीक्षा 
प्रभाव संवाददाता
प्रभाव संवाददाता बुधबार, फागुन २०, २०८२
सन्तोष पौडेल 

 

आसन्न निर्वाचनले केबल संसद्को अंकगणितमात्र तय गर्ने छैन; नेपाली राजनीतिमा पुस्तान्तरण, वैचारिक स्पष्टता र लोकतान्त्रिक संस्कारको भविष्य पनि निर्धारण गर्ने छ । डर, आशा, आक्रोश र अपेक्षाबीच नेपाली मतदाता अन्ततः कसलाई भरोसा गर्ने भन्ने निर्णयको घडीमा रहेका छन् । यतिबेला मतदाताले विवेक गुमाउनु हुँदैन । हत्या र बिध्वंस पुनः दोहोरिन नदिन र लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न यतिबेला एक मत निर्णायक बन्न सक्छ । त्यसैले मतदाताले पनि एकपटक टक्क अडिएर सोच्न र सही दल र उमेदवारलाई मत दिन अनिवार्य देखिएको छ ।

फागुन २१ मा हुन गइरहेको प्रतिनिधिसभा निर्वाचन नेपाली राजनीतिका लागि सामान्य आवधिक चुनावमात्र होइन, दलहरूको एजेण्डा, नेतृत्व र अस्तित्वको अग्निपरीक्षा बनेको छ । विगतका निर्वाचनमा जस्तै यसपटक पनि सत्ता-प्रतिस्पर्धा त छँदै छ, तर मनोदशाको तहमा हेर्दा राजनीतिक परिदृश्य निकै फरक देखिन्छ । अघिल्ला चुनावमा दलहरूले संघीयता, गणतन्त्रको संस्थागतकरण, संविधान कार्यान्वयन, समावेशिताजस्ता मूल राजनीतिक मुद्दालाई केन्द्रमा राख्ने गरेका थिए । तर यसपटक अधिकांश दलहरू स्थानीय तह निर्वाचनको शैलीमा विकास, पूर्वाधार, रोजगारी र सेवा प्रवाहका एजेण्डामा बढी केन्द्रित देखिन्छन् ।

राजनीतिक दलहरुमा आएको यो परिवर्तन आफैंमा अर्थपूर्ण छ । एकातिर राजनीतिक एजेण्डा कमजोर भएको संकेत हो भने अर्कातिर जनताको प्राथमिकता बदलिएको यथार्थ पनि हो । विशेषतः गत भदौ २३ र २४ मा भएको ‘जेन-जी विद्रोह’ भनेर व्याख्या गरिएको युवा असन्तुष्टिले दलहरूलाई आफ्नो भाष्य परिवर्तन गर्न बाध्य बनाएको छ । परम्परागत नाराभन्दा परिणाममुखी कार्यक्रम प्रस्तुत गर्नुपर्ने दबाब यसपटक सबै दलले महसुस गरेका छन् । यस निर्वाचनको सबैभन्दा ठूलो मनोवैज्ञानिक पाटो जेन-जी पुस्ताको असन्तुष्टि हो । सामाजिक सञ्जालमार्फत व्यक्त भएको आक्रोश, स्थापित नेतृत्वप्रति अविश्वास र वैकल्पिक राजनीतिक संस्कारको मागले पुराना दलहरूको आत्मविश्वास हल्लाएको छ ।

Hardik health

यस निर्वाचनमा राजनीतिक पार्टीहरुले सार्वजनिक गरेका घोषणापत्रहरू नियाल्दा स्पष्ट हुन्छ, त्यहाँ धेरै डर र थोरै आशाको प्रतिविम्ब देखिन्छ । भ्रष्टाचारविरुद्ध कठोर कदम, युवालाई नेतृत्वमा ल्याउने प्रतिबद्धता, पारदर्शिता र डिजिटल शासनका वाचा- यी सबै जेन-जीलाई सम्बोधन गर्ने प्रयास हुन् । तर यी प्रतिबद्धताहरुमा पुरानो राजनीतिक संस्कारबाट पूर्णविच्छेद भएको भने देखिँदैन । नयाँ भनिएका दलहरू पनि यस मनोदशाबाट मुक्त छैनन् । जेन-जी विद्रोहको भावनालाई नारामा प्रयोग गरे पनि प्रत्यक्षरूपमा विद्रोही युवालाई नेतृत्व तहमा समावेश गर्न नसक्दा ती दलहरू ‘हात्तीका देखाउने दाँत’जस्ता देखिएका छन् भन्ने धेरैको विश्लेषण रहेको छ । संरचना र नेतृत्वको तहमा पुरानै शैली दोहोरिएको छ ।

पुराना दलमध्ये जेन-जी आन्दोलनका बेला सत्ताको साझेदार दल तथा तत्कालीन प्रतिनिधिसभाको सबैभन्दा ठूलो दल नेपाली कांग्रेस विशेष महाधिवेशनपछि नयाँ नेतृत्वमा केन्द्रित देखिएको छ । औपचारिकरूपमा पुस्तान्तरण र संगठन पुनर्संरचनाको सन्देश दिएको कांग्रेसले आफूलाई पुनर्जीवित गर्ने प्रयास गरिरहेको छ । विशेषगरी सभापति गगन थापाको सक्रियताले कांग्रेसभित्र ऊर्जा थपिएको देखिन्छ । थापाले युवामैत्री छवि निर्माण गर्दै कांग्रेसलाई पुरानो लोकतान्त्रिक विरासत फर्काउने कसरतमा दौडाइरहेका छन् । नीति, सुशासन र संस्थागत सुधारको भाष्यमार्फत कांग्रेसलाई वैचारिकरूपमा पुनस्र्थापित गर्ने प्रयास भइरहेको छ । गुटगत प्रतिस्पर्धा, टिकट वितरणको केही असन्तोष र नेतृत्वको हस्तान्तरणमा अपूर्णता कांग्रेसको चुनौती बनेको छ । जेन-जी विद्रोहप्रति सहानुभूति देखाए पनि त्यसलाई पूर्णरूपमा आत्मसात् गर्ने हिम्मत कांग्रेसले अझै देखाउन बाँकी छ ।

जेन-जी आन्दोलनअघि सत्ताको नेतृत्व गरेको नेकपा एमाले यसपटक रक्षात्मक भूमिकामा रहेको देखिन्छ । निर्वाचनमा पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई आफ्नै निर्वाचन क्षेत्र केन्द्रित प्रचारले राष्ट्रिय अभियानलाई प्रभावित बनाएको छ । उनी झापा-५ मा केन्द्रित हुँदा देशव्यापी प्रचार पनि प्रभावकारी बन्न नसकेको सोही पार्टीका नेता, कार्यकर्ताको भनाइ रहेको छ । एमालेले राष्ट्रियताको पक्षमा विगतमा देखाएको अडानले उसलाई केही राहत दिएको छ ।

गणतन्त्र स्थापना अभियानको प्रमुख हिस्सेदारमध्ये एक तत्कालीन माओवादी धारको निरन्तरतामा बनेको तथा दुई दर्जन बढी कम्युनिस्ट घटक र समूह मिलेर बनेको नेपाली कम्युनिस्ट पार्टी यसपटक तुलनात्मकरूपमा सुदृढ, एकताबद्व र राजनीतिक एजेण्डासहित मैदानमा उत्रिएको देखिन्छ । अध्यक्ष पुष्पकमल दाहालको नेतृत्वमा पार्टीले राष्ट्रिय स्वाधीनता, संविधान रक्षा र कार्यान्वयन, सुशासन र उत्पादन र उत्पादकत्व वृद्विमार्फत समृद्धिलाई प्रमुख मुद्दा बनाएको छ । विगतमा गठबन्धनका कारण सीमित क्षेत्रमामात्रै उम्मेदवारी दिने गरेको यस दलले यसपटक १६४ स्थानमा एकल उम्मेदवारी दिएको कारण मत बढ्ने र राम्रै नतिजा ल्याउने आत्मविश्वाससहित अगाडि बढेको भएता पनि सबै पुराना दल र नेता उस्तै हुन् भन्ने भाष्य चिर्नु उसका लागि चुनौती बनेको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफूलाई नयाँ राजनीतिक विकल्पका रूपमा प्रस्तुत गरेको छ । तर यसअघि संसद् र सरकारमा सहभागिता जनाइसकेको तथ्यले ‘पूर्ण नयाँ’ दाबीमाथि प्रश्न उठेको छ । नेतृत्वमाथि सहकारी ठगीलगायत विभिन्न आरोप, अदालती झमेलाहरू, उम्मेदवार चयनमा चलखेलको चर्चा र केही उम्मेदवारमाथि लागेको आरोपले जनस्तरमा आलोचना निम्त्याएको छ । रास्वपाले सेलिब्रेटी उम्मेदवार र वैकल्पिक छविको प्रयोगमार्फत पार्टीले मतदाता आकर्षित गर्ने प्रयास गरिरहेको छ । दुईतिहाइ बहुमतको आह्वान गर्दै चुनावी दौडमा रहेको रास्वपाको घोषणापत्र हेर्दा स्पष्ट राजनीतिक वैचारिक रूपरेखाभन्दा प्रदेश र जिल्लापिच्छे फरक-फरक विकास योजना प्रस्तुत गरिएको देखिन्छ । जेन-जी मतदातामाझ प्रभाव देखिएको भए पनि ठोस वैचारिक आधार नदेखिँदा दीर्घकालीन स्थायित्वबारे प्रश्न उठिरहेका छन् ।

अन्य साना दल र मधेसवादी दलहरू पनि स्पष्ट राजनीतिक एजेण्डा र नेतृत्वको स्पष्ट भिजनसहित प्रस्तुत नहुनु तथा नव युवाको आकर्षण नदेखिँदा विगतको विरासत गुम्ने चुनौतीमा रहेका छन् । राजतन्त्रको पुनःस्थापनासहितको एजेण्डामा अगाडि आएको राप्रपा अस्तित्व कायम राख्ने दौडमा छ । समग्रमा फागुन २१ को प्रतिनिधिसभा चुनाव पुराना र नयाँ सबै दलहरूका लागि जीवनमरणको निर्णायक मोड बनेको छ । यो निर्वाचन कांग्रेसका लागि नयाँ नेतृत्वलाई स्थायित्व दिने परीक्षा, एमालेका लागि आत्मालोचना र पुनर्संरचनाको चुनौती, नेकपाका लागि वैकल्पिक राजनीतिक शक्ति साबित गर्ने अवसर र रास्वपाका लागि ‘नयाँपन’ प्रमाणित गर्ने कसौटी बनेको छ ।

विसं २०७२ सालमा नयाँ संविधान जारी भएपछि सम्पन्न आवधिक निर्वाचनमा प्रमुख राजनीतिक दलले नै गठबन्धन र तालमेल गर्दै सत्तामा पुगेका थिए । सत्तामा जान सिद्धान्त र विचार नमिल्नेसँग पनि गठबन्धन गरी चुनाव जित्ने वा चुनावलाई आफ्नो पक्षमा बनाउने कार्य यसपटकको निर्वाचनमा नहुने भएको छ । यसले गर्दा दलहरूको वास्तविक हैसियत यसपटकको चुनावमा प्रस्ट देखिने छ । आममतदाताले आफूलाई मन परेको दलको उम्मेदवारलाई भोट हाल्न पाउने छन् । विगतमा मतदाताले आफूले रोजेको र खोजेको पार्टी र उम्मेदवारलाई भोट हाल्न नपाउँदा एक किसिमको असन्तुष्टिको अवस्था थियो । मतदाताले आफ्नो विवेकसहित इच्छाएको पार्टीको उम्मेदवारलाई मत दिन पाउने भएसँगै नयाँ उत्साह थपिएको छ । यसपटकको निर्वाचनमा सबै दलको सांगठनिक शक्ति र जनविश्वास परीक्षण हुने भएकाले आममतदाताको विश्वास जित्न निकै मिहेनत गर्नुपर्ने अवस्था छ ।

यस निर्वाचनले केबल संसद्को अंकगणितमात्र तय गर्ने छैन; नेपाली राजनीतिमा पुस्तान्तरण, वैचारिक स्पष्टता र लोकतान्त्रिक संस्कारको भविष्य पनि निर्धारण गर्ने छ । डर, आशा, आक्रोश र अपेक्षाबीच नेपाली मतदाता अन्ततः कसलाई भरोसा गर्ने भन्ने निर्णयको घडीमा रहेका छन् । यतिबेला मतदाताले विवेक गुमाउनु हुँदैन । हत्या र बिध्वंस पुनः दोहोरिन नदिन र लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न यतिबेला एक मत निर्णायक बन्न सक्छ । त्यसैले मतदाताले पनि एकपटक टक्क अडिएर सोच्न र सही दल र उमेदवारलाई मत दिन अनिवार्य देखिएको छ । यस अर्थमा फागुन २१ को निर्वाचन दलहरूको मात्र होइन, मतदाता र समग्र लोकतान्त्रिक यात्राकै पनि अग्निपरीक्षाको रूपमा लिन सकिन्छ । 


प्रकाशित मिति: बुधबार, फागुन २०, २०८२  ११:१७
प्रतिक्रिया दिनुहोस्
थप विचार
हिमाल चढ्ने रहर, सुरक्षित फर्कने चुनौती
हिमाल चढ्ने रहर, सुरक्षित फर्कने चुनौती मंगलबार, साउन १९, २०८३
बोल्दिन ! बोल्नै पर्छ !
बोल्दिन ! बोल्नै पर्छ ! मंगलबार, साउन १९, २०८३
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं ! सोमबार, साउन १८, २०८३
साउदीको एसभिपीः श्रम कूटनीति, अर्थ-राजनीति र नेपालको नीतिगत द्विविधा
साउदीको एसभिपीः श्रम कूटनीति, अर्थ-राजनीति र नेपालको नीतिगत द्विविधा सोमबार, साउन १८, २०८३
सम्भावनाको जगमा उपेक्षित कर्णाली
सम्भावनाको जगमा उपेक्षित कर्णाली शुक्रबार, साउन १५, २०८३
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट बिहीबार, साउन १४, २०८३
न्यायिक विश्वसनीयतामा गम्भीर प्रश्न
न्यायिक विश्वसनीयतामा गम्भीर प्रश्न बुधबार, साउन १३, २०८३
लोकप्रिय
  • Week
  • Month
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
पूर्वउपसभामुख  राना मगरद्वारा  ‘हृदयांश’ उपन्यासकाे  विमोचन
पूर्वउपसभामुख राना मगरद्वारा ‘हृदयांश’ उपन्यासकाे विमोचन
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP