Nada Auto Show 2026 Nada Auto Show 2026
x
Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #८०औँ स्वतन्त्रता दिवस
  • #नाडा अटो शो
  • #नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपाल
  • #मिलनबाबु मल्ल
  • #३२ औं तामाङ प्रसारण दिवस
  • #शेरबहादुर देउवा
  • #ढुण्डीराज पौडेल
  • #वैदेशिक सहायता
  • #सार्वजनिक लेखा समिति
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • खाडी राष्ट्रहरुबाट फर्कन चाहने सूचीमा ५४ हजारभन्दा बढी, युएई अग्रस्थानमा
इजरायल-इरान युद्धको प्रभाव खाडी राष्ट्रहरुबाट फर्कन चाहने सूचीमा ५४ हजारभन्दा बढी, युएई अग्रस्थानमा
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, फागुन २६, २०८२

काठमाडौं- इजरायल-इरान युद्धबाट प्रभावित पश्चिम एसिया क्षेत्रका मुलुकहरुबाट स्वदेश फर्कन चाहने नेपाली ५४ हजारभन्दा बढी पुगेका छन् । परराष्ट्र मन्त्रालयअन्तर्गतको कन्सुलर सेवा विभागले सञ्चालनमा ल्याएको अनलाइन दर्ता प्रणालीमा ५४ हजारभन्दा बढी नेपालीले आफ्नो विवरण दर्ता गराएका हुन् । सोमबारसम्म नेपाल फर्किन चाहेका ५४ हजार ७८६ जनाले आफ्नो विवरण दर्ता गराएको मन्त्रालयले जानकारी दिएको छ ।

गत फेब्रुअरी २८ मा संयुक्त राज्य अमेरिका र इजरायलले इरानमाथि आक्रमण गरेपछि सुरु भएको युद्ध खाडी क्षेत्रसम्म फैलिएको छ । इरानले खाडी राष्ट्रहरुमा रहेका अमेरिकी सैन्य बेसलाई लक्षित गर्दै जवाफी आक्रमण गरिरहेको छ । जसकारण त्यहाँ रहेका नेपालीहरुको सुरक्षा जोखिमलाई मध्यनजर गर्दै सरकारले नेपाल फर्कन चाहनेहरुलाई ल्याउन विवरण संकलन कार्य सुरु गरेको थियो । परराष्ट्र मन्त्रालयले विशेष पोर्टल बनाएर यस्तो विवरण संकलन गरिरहेका छ ।

नेपाल फर्किन चाहनेहरु संयुक्त अरब इमिरेट्स (युएई)बाट धेरै रहेका परराष्ट्र मन्त्रालयको मध्य एसिया, पश्चिम एसिया तथा अफ्रिका महाशाखाका एक अधिकारीले बताए । अन्य मुलुकमा भने यस्तो संख्या न्यून रहेको उनले बताए । ‘फर्किन चाहने बढी युएईबाट छन् । त्यहाँबाट विशेषगरी भिजिट भिसामा जानेहरु र स्टुडेन्ट भिसामा गएका विद्यार्थीहरुले फर्किन खोजिरहेका छन् । अन्य मुलुकबाट निकै कम छ,’ ती अधिकारीले भने ।

नेपाल आउन चाहेकाहरुमा भिसाको म्याद सकिएका, व्यक्तिगत तथा घरायसी समस्याले नेपाल आउनपर्नेे, टिकट नपाएकोलगायत रहेका जनाइएको छ । विवरण दर्ता गराएकामध्ये फर्किनेको सूची सम्बन्धित मुलुकमा रहेको नेपाली दूतावासले तयार पार्ने भएकाले हालसम्म कति फर्किए भन्ने संख्या भने यकीन नभएको परराष्ट्रले जनाएको छ । मन्त्रालयले त्यहाँ भएका संगठन तथा दूतावासको माध्यमबाट नेपालीहरुको अवस्थाबारे जानकारी लिइरहेको जनाएको छ । 

Nada Auto Show 2026
Hardik health

खाडी मुलुकमा कार्यरत श्रमिकहरुलाई सम्बन्धित देशको सरकारले जोखिमको जानकारी मोबाइलको मेसेजमार्फत दिँदै आएको छ । उनीहरु कार्यस्थलमा भएको अवस्थामा भने कम्पनीले सतर्क हुन आह्वान गरेपछि सुरक्षित स्थानमा जाने गरेका छन् । यस्तो सूचना कुनै आक्रमण हुनुभन्दा तीन–चार मिनेट अगाडि आउने गरेको युएईमा कार्यरत एक नेपालीले बताए ।

नेपालीहरु धेरै रहेको क्षेत्रमा द्वन्द्वको प्रभाव परिरहेकाले परराष्ट्रले सचेतनाका लागि फागुन २२ गतेयता उक्त क्षेत्रको विकसित गतिविधि दैनिक अध्यावधिक गराउँदै आएको छ । मन्त्रालयका अनुसार नेपाली नागरिकको सुरक्षा, हित तथा कल्याणको सुनिश्चितताका लागि मन्त्रालय र नियोगहरू क्रियाशील रहेका छन् । नियोगहरूले समस्यामा परेका नेपालीहरूको उद्धार तथा सहायताका लागि निरन्तर समन्वय गरिरहेको जनाइएको छ । राहदानीलगायत अत्यावश्यक कार्यका लागि नियोगले उपलब्ध गराएका ठेगानामा सम्पर्क गर्न र हवाई उडानसम्बन्धी जानकारीका लागि सम्बन्धित उडान कम्पनी र नियोगहरूको सूचना हेर्न भनिएको छ ।

परराष्ट्रले उक्त क्षेत्रको स्थानीय सरकार तथा नेपाली नियोगहरूले जारी गरेका सूचना, जानकारी, सावधानीका उपाय तथा समाचारबारे जानकार रहन पनि अनुरोध गरेको छ । आक्रमणको फोटो, भिडियो वा अडियो सामग्रीहरू रेकर्ड गर्ने काम कानुनविपरीत हुने भएकाले त्यसो नगर्न पनि पटक-पटक सचेत गराउँदै आएको छ । पश्चिम एसिया क्षेत्रका अधिकांश स्थानमा हवाई उडानहरू पूर्णरूपमा नियमित नभए पनि केही स्थानबाट सीमितरूपमा सञ्चालन भइरहेका छन् । युएईमा फ्लाई दुबई र एयर अरेबियाका सीमित उडानहरु सञ्चालनमा रहेको जानकारी गराइएको छ । त्यसैगरी साउदी अरेबिया र ओमानतर्फ हवाई सेवा हाल पुनः सञ्चालनमा रहेकाले इच्छुक नेपाली नागरिकले त्यहाँबाट पनि हवाई यात्रा गर्न सक्ने मन्त्रालयले जानकारी गराएको छ ।

पश्चिम एसियामा जारी द्वन्द्वले नेपालीहरुको प्रमुख रोजगार गन्तव्यहरु प्रभावित बनेका छन् । सरकारले त्यस क्षेत्रका १२ मुलुकको श्रम स्वीकृति स्थगन गरेको छ । वैदेशिक रोजगार विभागले फागुन १७ गते सूचना जारी गर्दै साउदी अरेबिया, युएई, कतार, कुवेत, बहराइन, ओमान, इराक, यमन, जोर्डन, लेबनन, टर्की र इजरायलका लागि श्रम स्वीकृति दिने कार्य स्थगन गरेको जानकारी दिएको थियो ।

यससँगै श्रम स्वीकृति लिनेको संख्या घट्न पुगेको छ । प्रमुख रोजगार गन्तव्य रहेका खाडी मुलुक बन्द हुँदा दैनिक श्रम स्वीकृति लिनेको संख्या न्यून भएको विभागले जनाएको छ । विभागबाट व्यक्तिगत, संस्थागत र श्रम स्वीकृति नवीकरण गरेर दैनिक दुई हजारदेखि २५ सय जनासम्मले श्रम स्वीकृति लिने गरेकामा हाल १०० जनाभन्दा कममा सीमित भएको विभागको भनाइ छ ।

‘अघिल्लो हप्ताको पाँच दिन बिदामा दैनिक ३०-५० जना जतिले लिएका थिए । सोमबारबाट १०० जनाको हाराहारीमा हुन थालेको छ,’ उनले भने, ‘खाडीको १२ वटा मुलुक बन्द भएपछि अन्य देशका लागि कति धेरै बढ्दैन ।’ परराष्ट्रको तथ्यांकअनुसार मध्यपूर्वका १६ वटा मुलुकमध्ये १२ वटामा १७ लाख २९ हजार २८८ जना नेपाली छन् ।
 


प्रकाशित मिति: मंगलबार, फागुन २६, २०८२  १०:४८
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
आन्दोलन स्थगनपछि संघमाथि उठ्यो प्रश्न, घटक संस्थाहरुले मागे जवाफ
आन्दोलन स्थगनपछि संघमाथि उठ्यो प्रश्न, घटक संस्थाहरुले मागे जवाफ बिहीबार, भदौ ४, २०८३
चालु आवको पहिलो महिनामै विदेसिए ७० हजारभन्दा बढी युवा
चालु आवको पहिलो महिनामै विदेसिए ७० हजारभन्दा बढी युवा बुधबार, भदौ ३, २०८३
सरकारको प्रतिबद्धतापछि काममा फर्किए व्यवसायी
सरकारको प्रतिबद्धतापछि काममा फर्किए व्यवसायी मंगलबार, भदौ २, २०८३
मन्त्रालय र वैदेशिक रोजगार व्यवसायीबीच सहमति आन्दोलनका कार्यक्रम फिर्ता
मन्त्रालय र वैदेशिक रोजगार व्यवसायीबीच सहमति आन्दोलनका कार्यक्रम फिर्ता सोमबार, भदौ १, २०८३
आजदेखि देशभरका म्यानपावर बन्द
आजदेखि देशभरका म्यानपावर बन्द सोमबार, भदौ १, २०८३
दक्षिण कोरियामा उच्च तापक्रमले बढ्यो श्रमिकको सुरक्षा चिन्ता 
दक्षिण कोरियामा उच्च तापक्रमले बढ्यो श्रमिकको सुरक्षा चिन्ता  आइतबार, साउन ३१, २०८३
वैदेशिक रोजगारीमा कीर्ते गर्नेलाई १२ वर्षसम्म कैदको प्रस्ताव 
वैदेशिक रोजगारीमा कीर्ते गर्नेलाई १२ वर्षसम्म कैदको प्रस्ताव  शुक्रबार, साउन २९, २०८३
लोकप्रिय
  • Week
  • Month
वैदेशिक रोजगारीमा कीर्ते गर्नेलाई १२ वर्षसम्म कैदको प्रस्ताव 
वैदेशिक रोजगारीमा कीर्ते गर्नेलाई १२ वर्षसम्म कैदको प्रस्ताव 
वीरगञ्जमा भारतको ८०औँ स्वतन्त्रता दिवस उत्साहपूर्वक मनाइयो
वीरगञ्जमा भारतको ८०औँ स्वतन्त्रता दिवस उत्साहपूर्वक मनाइयो
ई-७ भिसाको मागपत्र प्रमाणीकरण सुरू
ई-७ भिसाको मागपत्र प्रमाणीकरण सुरू
५० वर्षको नाडा: अटो शोमार्फत उद्योग, प्रविधि र स्वदेशी उत्पादनको नयाँ सन्देश
५० वर्षको नाडा: अटो शोमार्फत उद्योग, प्रविधि र स्वदेशी उत्पादनको नयाँ सन्देश
एकै दिन दुई वडा कार्यालय भवन उद्घाटन
एकै दिन दुई वडा कार्यालय भवन उद्घाटन
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
सरकारले सभापति थापामाथि निगरानी बढाएको कांग्रेसको आरोप
सरकारले सभापति थापामाथि निगरानी बढाएको कांग्रेसको आरोप
व्यवसाय बन्द गर्ने चेतावनीकाबीच थप ८९ म्यानपावरमाथि विभागको कारबाही
व्यवसाय बन्द गर्ने चेतावनीकाबीच थप ८९ म्यानपावरमाथि विभागको कारबाही
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक / सम्पादक कृष्ण कार्की
मल्टिमिडिया मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP