Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #जनकराज_गिरी
  • #नेपाल पर्यटन बोर्ड
  • #फेब्रुअरी_पर्यटक
  • #इरान_इजरायल
  • #कोल्टन_खानी_दुर्घटना
  • #नेपाल रेडक्रस सोसाइटी
  • #क्लिन_स्वीप
  • #प्रतिनिधिसभा सदस्य निर्वाचन
  • #डा स्वर्णिम वाग्ले
Search Here
विचार
  • Home
  • विचार
  • अन्तरजातीय विवाहको सामाजिकीकरण कसरी गर्ने ?
अन्तरजातीय विवाहको सामाजिकीकरण कसरी गर्ने ?
प्रभाव संवाददाता
प्रभाव संवाददाता सोमबार, फागुन २५, २०८२
राजेश विद्रोही

 

अन्तरजातीय विवाहको सामाजिकीकरणको अन्तिम लक्ष्य जातीय पहिचान मेट्नु होइन, संस्कृति नष्ट गर्नु पनि होइन । यसको लक्ष्य मानवलाई जातभन्दा माथि राख्ने समाज निर्माण गर्नु हो- जहाँ विवाह प्रेम, समझदारी र सम्मानको विषय होस्, जातीय गणनाको होइन । जब समाजले ‘कुन जातको हो ?’ भनेर सोध्न छोड्छ र ‘कस्तो मान्छे हो ?’ भनेर सोध्न थाल्छ, त्यही दिन अन्तरजातीय विवाह पूर्णरूपमा सामाजिकीकृत भएको मान्न सकिन्छ । यसैले अन्तरजातीय विवाह कुनै सामाजिक समस्या होइन, यो समाजको पुरानो रोग निको पार्ने औषधि हो । जातीय विभाजन, छुवाछूत र असमानताले ग्रसित समाजलाई समान, न्यायपूर्ण र मानवीय बनाउने एउटा सशक्त माध्यम हो । 

अनेक प्रकारका विवाहमध्ये समाजले सहजै स्वीकार्ने विवाह हुन्- स्वजातीय विवाह, अभिभावक र आफन्तको रोजाइमा हुने विवाह, दाइजो प्रथामा आधारित विवाह, यहाँसम्म कि बालविवाह पनि । यी सबै खालका विवाहलाई समाजले सामाजिक विवाहका रूपमा सामान्यरूपमा ग्रहण गरेको पाइन्छ तर अन्तरजातीय विवाह भने अझै पनि समाजको स्वीकृतिको दायराभित्र पर्न सकेको छैन । युवायुवतीले आपसी समझदारी, प्रेम र स्वतन्त्र निर्णयका आधारमा गर्ने यस्तो विवाहलाई समाजले सहजरूपमा स्वीकार गर्न सकेको देखिँदैन । किनभने, नेपाली समाजको सबैभन्दा गहिरो, जटिल र दीर्घकालीन संरचना जातीय व्यवस्था हो ।

यो व्यवस्था केवल सामाजिक पहिचानमा सीमित छैन, यसले सोच, चिन्तन, सम्बन्ध, अवसर, अधिकार र परिवर्तनको सीमा नै निर्धारण गर्छ । जन्मिँदा नै मानिस कुन जातमा पर्छ भन्ने आधारमा उसले जीवनमा के गर्न सक्छ, कोसँग उठबस गर्न मिल्छ, कसरी व्यवहार गर्नुपर्छ र कोसँग विवाह गर्नुपर्छ वा गर्न हुँदैन भन्ने निर्णय समाजले गरिदिन्छ । यही संरचनागत मनोविज्ञानका कारण अन्तरजातीय विवाह आज पनि सामाजिक अस्वीकार, बहिष्कार र हिंसाको केन्द्रमा छ ।

Hardik health

अन्तरजातीय विवाहप्रतिको सामाजिक असहिष्णुता नेपालमा कति गहिरो छ भन्ने कुरा केही प्रतिनिधि घटनाले स्पष्ट देखाउँछन् । काभ्रेका अजित मिजार अन्तरजातीय विवाहकै कारण हत्या गरिए तर विडम्बना- उनको शव आज पनि काठमाडौंस्थित शिक्षण अस्पतालको शवगृहमा न्यायको प्रतीक्षामा छ । मृत्युपछि पनि उनले सम्मानजनक अन्त्य पाउन सकेका छैनन्, जुन राज्य र समाज दुवैका लागि गम्भीर नैतिक प्रश्न हो ।

यस्तै, रुकुम पश्चिमको सोतीमा अन्तरजातीय प्रेम सम्बन्धकै कारण नवराज विकसहित छ जना युवाको हत्या गरी भेरी नदीमा बगाइएको घटना आज पनि नेपाली समाजको सामूहिक स्मृतिमा ताजै छ । यो घटना केवल सामूहिक हत्यामात्र थिएन, यो जातीय अहंकार, सामाजिक क्रूरता र संरचनागत हिंसाको चरम अभिव्यक्ति थियो । यी घटनाहरू अपवाद होइनन् । सप्तरीका मनोज राम-बबिता इसर, सर्लाही बरहथवाका सत्येन्द्र राम–नेहा रौनियार, रौतहटका लक्ष्मण पासवान-रुबी साहजस्ता घटनाहरू पनि अन्तरजातीय सम्बन्धकै कारण हिंसा, बहिष्कार र मृत्युको जोखिममा परेका चर्चित उदाहरण हुन् । यसले देखाउँछ कि समस्या कुनै भूगोल वा समुदायमा सीमित छैन, यो देशव्यापी जातीय संरचनागत रोग हो ।

चिन्ताजनक कुरा के छ भने यस्ता घटना वर्षमा एक–दुई मात्र होइन, दर्जनौंको संख्यामा दोहोरिइरहेका छन् । तर राज्यको तथ्यांक प्रणाली, प्रहरीको वर्गीकरण र राजनीतिक संवेदनशीलताको अभावका कारण यी घटनाहरूलाई प्रायः व्यक्तिगत अपराधका रूपमा सीमित गरिन्छ । जातीय हिंसाका रूपमा पहिचान र सम्बोधन हुँदैन । यसरी अन्तरजातीय विवाहका कारण हुने हत्या र हिंसालाई केवल सामाजिक विकृति भनेर छोड्नु पर्याप्त छैन । यो मानवअधिकार, समानता र संविधानले प्रत्याभूत गरेको नागरिक स्वतन्त्रतामाथिको प्रत्यक्ष आक्रमण हो– जसको स्पष्ट स्वीकारोक्ति, तथ्यांक संकलन, कानुनी कठोरता र सामाजिक हस्तक्षेपविना समाधान सम्भव छैन किनभने कानुनीरूपमा अन्तरजातीय विवाह मान्य भए पनि सामाजिक स्वीकृति नपाएको यथार्थ नेपाली समाजका लागि एउटा गम्भीर चुनौती बनेको छ । त्यसैले आजको प्रश्न अन्तरजातीय विवाह सही कि गलत भन्ने होइन । मुख्य प्रश्न हो- यसलाई समाजले स्वाभाविक, सम्मानजनक र मानवीय अभ्यासका रूपमा कसरी स्वीकार गर्ने ? अर्थात् अन्तरजातीय विवाहको सामाजिकीकरण कसरी गर्ने ?

अन्तरजातीय विवाह दुई व्यक्तिको निजी सम्बन्धमात्र होइन, यो आजको युगको समाजको शक्ति संरचना, परम्परा, वर्चस्व र मानवीय स्वतन्त्रतामाथि उठ्ने प्रत्यक्ष प्रश्न हो । विशेषतः नेपालजस्तो समाजमा जहाँ जातलाई श्रेष्ठता र हीनताको आधार बनाइएको छ, त्यहाँ फरक जातबीचको विवाहलाई प्रेमको विषयभन्दा बढी सामाजिक विद्रोह वा अपराधका रूपमा हेरिन्छ । यही कारणले अन्तरजातीय विवाह गर्ने जोडीहरूले परिवार, समाज र कहिलेकाहीँ राज्यकै उदासीनताको सामना गर्नुपर्छ । सामाजिक बहिष्कार, मानसिक यातना, आर्थिक असहयोगदेखि हत्या र शारीरिक हिंसासम्मका घटनाहरू अझै पनि घटिरहेका छन् । यसले स्पष्ट गर्छ-समस्या कानुनको अभाव होइन, समस्या सामाजिक सोच र चेतनाको हो ।

सामाजिकीकरण भन्नाले कुनै अभ्यासलाई समाजले सामान्य, स्वाभाविक र स्वीकार्य ठान्ने प्रक्रिया हो । अन्तरजातीय विवाहको सन्दर्भमा यो प्रक्रिया अझै अधुरो छ । समाजले यसलाई अपवाद, लाज, समस्या वा संस्कार विरोधी कार्यका रूपमा बुझिरहेको छ । यसको मूल कारण जातीय मानसिकता हो- ‘मेरो जात माथि, तिम्रो जात तल्लो’ भन्ने सोच, जुन पुस्तौंदेखि संस्कारका रूपमा हस्तान्तरण हुँदै आएको छ । यही सोचले मानिसलाई मानिस होइन, जातको प्रतिनिधि बनाउँछ । जब मानिसलाई जातको सीमामा बाँधिन्छ, तब प्रेम र वैवाहिक छनोट स्वतन्त्र हुन सक्दैन ।

यसर्थ, अन्तरजातीय विवाहको सामाजिकीकरणका लागि सबैभन्दा पहिले सकारात्मक सोचको पुनर्निर्माण आवश्यक छ । यो पुनर्निर्माण शिक्षा प्रणालीबाट सुरु हुनुपर्छ । विद्यालय तहदेखि नै जातीय समानता, मानवअधिकार र सामाजिक न्यायका मूल्यहरू पढाइ र व्यवहारमा उतार्नुपर्छ । पाठ्यपुस्तकमा जातीय विभेदको इतिहास, त्यसले सिर्जना गरेको पीडा र त्यसको अन्त्यका लागि भएका संघर्षहरू स्पष्टरूपमा समेटिनुपर्छ । अन्तरजातीय विवाहलाई असामान्य वा विवादास्पद विषयका रूपमा होइन, विविध समाजको स्वाभाविक मानवीय अभ्यासका रूपमा प्रस्तुत गर्नुपर्छ । शिक्षा केवल ज्ञान दिने माध्यममात्र होइन, यो सोच निर्माण गर्ने सबैभन्दा शक्तिशाली औजार हो । आज शिक्षाले जे सिकाउँछ, भोलि समाजले त्यही व्यवहार गर्छ ।

समाज परिवारबाट सुरु हुन्छ र परिवारमै जातीय सोच सबैभन्दा कडारूपमा जरा गाडेको हुन्छ । धेरै अभिभावकहरू अन्तरजातीय विवाहलाई आफ्नै इज्जत र सामाजिक हैसियतसँग जोडेर हेर्छन् । जब विवाहलाई सामाजिक प्रतिष्ठासँग दाँजिन्छ, त्यहाँ हिंसा र अपराध जन्मिन्छ । छोराछोरीको खुसीभन्दा ‘समाजले के भन्छ’ भन्ने डर ठूलो बनाइन्छ । यसैले परिवारभित्र स्वतन्त्र संवाद बन्द हुन्छ । सामाजिकीकरणका लागि परिवारभित्र खुला संवादको संस्कार विकास गर्नु अनिवार्य छ । विवाह, प्रेम र जीवन साथीको छनोटबारे अभिभावक र सन्तानबीच खुलेर कुरा हुनुपर्छ । ‘हाम्रो पालामा यस्तो थिएन’ भन्ने तर्कभन्दा ‘तिमीले किन यस्तो सोच्यौ ?’ भन्ने प्रश्नले चेतनाको ढोका खोल्छ । अन्तरजातीय विवाह गरेका दम्पतीका सकारात्मक अनुभवहरू परिवार र समुदायमा साझा गर्न सकिएमा डर क्रमशः विश्वासमा बदलिन सक्छ ।

सूचना प्रविधिको युगमा सञ्चारमाध्यमले अन्तरजातीय विवाहको सामाजिकीकरणमा निर्णायक भूमिका खेल्न सक्छ तर अहिलेको मिडिया प्रवृत्तिले यसलाई प्रायः हिंसा, हत्या, विवाद र विग्रहसँगमात्र जोडेर प्रस्तुत गर्छ । यसले समाजमा नकारात्मक धारणा अझै बलियो बनाउँछ । मिडियाले सफल, सम्मानीत र सशक्त अन्तरजातीय दम्पतीका कथालाई प्राथमिकता दिनुपर्छ । सिनेमा, टेलिसिरियल, वेब सिरिज र साहित्यमा अन्तरजातीय सम्बन्धलाई समस्या होइन, सामान्य मानवीय सम्बन्धका रूपमा चित्रण गर्नुपर्छ । साथै, भाषा अत्यन्त महत्‍वपूर्ण छ । ‘तल्लो जात’, ‘उचो जात’, ‘घर बिगार्‍यो’, ‘इज्जत गयो’ जस्ता शब्दावली सोच निर्माण गर्ने विष हुन् । यस्ता भाषालाई विस्थापित गर्नु नै सामाजिकीकरणको महत्‍वपूर्ण कदम हो ।

धर्म र संस्कृति पनि प्रायः अन्तरजातीय विवाहको विरोधका औजार बनाइन्छन् । धर्मको गलत व्याख्या गर्दै जातीय विभाजनलाई ईश्वरीय व्यवस्था ठहर्‍याइन्छ । जबकि, अधिकांश धर्मका मूल सन्देश मानव समानता, प्रेम र करुणामा आधारित छन् । धार्मिक र सांस्कृतिक अगुवाहरूले अन्तरजातीय विवाहको विरोध होइन, समर्थन गर्ने स्पष्ट र साहसी भूमिका खेल्नुपर्छ । संस्कृति स्थिर वस्तु होइन, यो समय र समाजसँगै परिवर्तन हुन्छ भन्ने बुझाइ फैलाउनुपर्छ । संस्कृतिको नाममा विभेदको संरक्षण गर्नु संस्कृतिको रक्षा होइन, पतन हो ।

राज्यको भूमिका यहाँ अत्यन्त महत्‍वपूर्ण छ । अन्तरजातीय विवाह प्रोत्साहनका लागि केवल नगद सहयोग पर्याप्त हुँदैन । विवाहपछि जोडीलाई सुरक्षा, कानुनी सहायता र मनो-सामाजिक परामर्श आवश्यक हुन्छ । धेरै अन्तरजातीय दम्पती विवाहपछि एक्लो र असुरक्षित महसुस गर्छन्, कतिपय अवस्थामा हिंसा वा सम्बन्धबिच्छेदसम्म पुग्छन् । राज्यले उनीहरूलाई उदाहरणका रूपमा होइन, नागरिकका रूपमा संरक्षण गर्नुपर्छ । स्थानीय तहहरूले सार्वजनिक सम्मान, समुदायस्तरीय संवाद कार्यक्रम र जातीय सद्भाव अभियान सञ्चालन गर्नुपर्छ, जसले समाजमा सकारात्मक सन्देश प्रवाह गर्छ ।

युवा पुस्ता अन्तरजातीय विवाहको सामाजिकीकरणको सबैभन्दा ठूलो शक्ति हो । आजका युवाहरू पुराना मूल्य र नयाँ चेतनाको संघर्षको केन्द्रमा छन् । यदि उनीहरूले प्रेम, सम्मान र समानतालाई जातभन्दा माथि राख्ने साहस गरे भने समाजको दिशा बदलिन सक्छ । तर यो साहस एक्लै सम्भव हुँदैन । नागरिक समाज, अभियन्ता र सामाजिक सञ्जालले अन्तरजातीय विवाह गर्नेहरूलाई एक्लो नछाड्ने संस्कार विकास गर्नुपर्छ । सामूहिक समर्थनलेमात्र व्यक्तिगत साहसलाई सामाजिक आन्दोलनमा रूपान्तरण गर्न सक्छ ।

अन्तरजातीय विवाहको सामाजिकीकरणको अन्तिम लक्ष्य जातीय पहिचान मेट्नु होइन, संस्कृति नष्ट गर्नु पनि होइन । यसको लक्ष्य मानवलाई जातभन्दा माथि राख्ने समाज निर्माण गर्नु हो- जहाँ विवाह प्रेम, समझदारी र सम्मानको विषय होस्, जातीय गणनाको होइन । जब समाजले ‘कुन जातको हो ?’ भनेर सोध्न छोड्छ र ‘कस्तो मान्छे हो ?’ भनेर सोध्न थाल्छ, त्यही दिन अन्तरजातीय विवाह पूर्णरूपमा सामाजिकीकृत भएको मान्न सकिन्छ । यसैले अन्तरजातीय विवाह कुनै सामाजिक समस्या होइन, यो समाजको पुरानो रोग निको पार्ने औषधि हो । जातीय विभाजन, छुवाछूत र असमानताले ग्रसित समाजलाई समान, न्यायपूर्ण र मानवीय बनाउने एउटा सशक्त माध्यम हो । यसको सामाजिकीकरण एकै दिन सम्भव हुँदैन । तर शिक्षा, संवाद, संस्कृति, सञ्चार, राज्य र नागरिक चेतनाको संयुक्त प्रयासले यो अवश्य सम्भव छ । अन्तरजातीय विवाहलाई स्वीकार गर्नु भनेको केवल दुई व्यक्तिको सम्बन्ध स्वीकार गर्नु होइन-यो भविष्यको समावेशी र मानवीय समाज रोज्नु हो । 
 


प्रकाशित मिति: सोमबार, फागुन २५, २०८२  १०:५९
प्रतिक्रिया दिनुहोस्
थप विचार
लोकतन्त्र र लोकतान्त्रिक निष्ठाले जितेको दिन
लोकतन्त्र र लोकतान्त्रिक निष्ठाले जितेको दिन शुक्रबार, फागुन २२, २०८२
फागुन २१ दलहरूको अग्निपरीक्षा 
फागुन २१ दलहरूको अग्निपरीक्षा  बुधबार, फागुन २०, २०८२
भोट के मा ? 
भोट के मा ?  मंगलबार, फागुन १९, २०८२
निर्वाचन अमूल्य मत सदुपयोगको अवसर
निर्वाचन अमूल्य मत सदुपयोगको अवसर मंगलबार, फागुन १९, २०८२
चुनावमा सहभागी हुन आतुर छन् मतदाता
चुनावमा सहभागी हुन आतुर छन् मतदाता आइतबार, फागुन १७, २०८२
नेपाली राजनीति र महिला सहभागिताको सवाल
नेपाली राजनीति र महिला सहभागिताको सवाल शुक्रबार, फागुन १५, २०८२
लोकप्रिय
  • Week
  • Month
देशभित्रै गरिखाने वातावरण बनोस्
देशभित्रै गरिखाने वातावरण बनोस्
इरानी ड्रोन निष्क्रिय गर्दागर्दै अस्ताए दिवस
इरानी ड्रोन निष्क्रिय गर्दागर्दै अस्ताए दिवस
भोट के मा ? 
भोट के मा ? 
चुनावमा पनि इन्धन नियमित हुन्छ : आयल निगम
चुनावमा पनि इन्धन नियमित हुन्छ : आयल निगम
तराईका जिल्लामा आज होली मनाइँदै
तराईका जिल्लामा आज होली मनाइँदै
प्रथम सहिद लखन थापा मगरकाे १४९ औँ स्मृति दिवसमा खुल्ला दौड हुँदै 
प्रथम सहिद लखन थापा मगरकाे १४९ औँ स्मृति दिवसमा खुल्ला दौड हुँदै 
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
रेमिट्यान्स पठाउनेलाई बोनसदेखि नेपालबाटै विदेशमा काम गराउने प्रतिबद्धता
रेमिट्यान्स पठाउनेलाई बोनसदेखि नेपालबाटै विदेशमा काम गराउने प्रतिबद्धता
पुरानै अनुहारलाई पुरानै गल्ती दोहोर्याउन मत दिने कि नयाँ सोच, नयाँ नेतृत्व र स्पष्ट भिजनलाई अवसर दिने ?  
पुरानै अनुहारलाई पुरानै गल्ती दोहोर्याउन मत दिने कि नयाँ सोच, नयाँ नेतृत्व र स्पष्ट भिजनलाई अवसर दिने ?  
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP