Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #सिएन थारु/आरके तामाङ
  • #‘हृदयांश’
  • #दीपक बन्जारा
  • #बिगेन्द्रसिंह वाईबा तामाङ
  • #नेपाल आदिवासी जनजाति महासंघ
  • #विश्व आदिवासी दिवस
  • #हुलाकी राजमार्ग
  • #धनुषा कर्फ्यु
  • #पुष्पकमल दाहाल
Search Here
विचार
  • Home
  • विचार
  • राष्ट्रिय समृद्धिका लागि युवा
राष्ट्रिय समृद्धिका लागि युवा
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, साउन २७, २०८२
मनोहर कार्की

विश्व मानचित्रमा विशाल छिमेकी मुलुक भारत तथा चीनको बीचमा अवस्थित सानो भूपरिवेष्ठित मुलुक हो । रुपान्तरणका समयक्रममा अल्पविकसित राष्ट्र समूहबाट विकासोन्मुख मुलुकतर्फ अग्रगमन गर्ने प्रयास गरी आएको मुलुक हो । हालै किर्गिस्तानको अवाजा सहरमा सम्पन्न भूपरिवेष्ठित विकासोन्मुख राष्ट्रको संयुक्त राष्ट्रसंघीय तेस्रो अन्तर्राष्ट्रिय सम्मेलनमा नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गरे । उनले उक्त सम्मेलनलाई सम्बोधन गर्दै नेपालजस्ता भूपरिवेष्ठित राष्ट्र समूहको हित प्रवद्र्धन तथा अधिकार संस्थापनको दिशामा साझा प्रयासका विविध पक्षमा विश्वमञ्चको ध्यानाकर्षण गरे । उनले सीमित बजार पहुँच, न्यून वैदेशिक लगानी तथा जलवायु परिवर्तनका प्रतिकूल प्रभावका बारेमा ध्यानाकर्षण गराए । आगामी सन् २०२६ मा नेपाल अल्पविकसित राष्ट्रबाट विकासशीलमा स्तरोन्नति हुँदै छ । यसका लागि नेपालले गरेका बहुआयामिक प्रयासका बारेसमेत प्रधानमन्त्री ओलीले जानकारी गराए । 

विश्वको दोस्रो आर्थिक शक्ति चीन तथा उदाउँदो ठूलो अर्थतन्त्रको निकट छिमेकी मुलुक भारतबाट लाभ लिनसक्ने मुलुक हो, नेपाल । विकास अभियानमा ऊर्जाशील युवा जनशक्तिको भरपुर उपयोग र रुपान्तरणमा युवाको आवश्यकताबोध गरी तत्जनित नीति तथा कार्यक्रमको कार्यान्वयन प्राथमिकता हुनुपर्छ । 

युवा नीति तथा कार्यक्रम युवाहरुमा विकराल समस्याका रुपमा रहेका लागुपदार्थ दुव्र्यसन, बेरोजगारीलगायतको सम्बोधन र यस्ता समस्या समाधानको दिशामा परिलक्षित हुनुपर्दछ । विद्यालयस्तरदेखि नै खेलकुद तथा स्वस्थ मनोरञ्जन र नवीन सिर्जनात्मक कार्यमा लगाउने दिशामा सम्बन्धित निकायको ध्यान पुग्नुपर्दछ । युवालाई विकास तथा सिर्जनाका क्षेत्रमा समाहित गराउने दिशामा युवा तथा खेलकुद मन्त्रालय तथा अन्य सरोकारवाला निकायको ध्यान पुग्नुपर्दछ । 
 

विश्वमञ्च र युवा
युवाका आयामिकता र विषयलाई सम्बोधन गर्ने गरी सन् १९९९ देखि हरेक वर्षको अगस्ट १२ मा अन्तर्राष्ट्रिय युवा दिवस संयुक्त राष्ट्रसंघले सुरु गरेपश्चात् नेपालमा पनि सरकारीस्तरमा वि.सं. २०७३ देखि औपचारिकरुपमा यो दिवस युवालक्षित विविध कार्यक्रम गरी मनाइँदै आइएको छ । विद्यमान युवा नीतिमा निकै हदसम्म युवा विकास तथा रोजगारमूलक जनशक्तिलाई स्वदेशमा उपयोग गर्ने दिशामा राम्रा तथा सारभूत कार्यक्रमलाई कार्यान्वयन गर्न सकिएको खण्डमा रोजगार, सीप आर्जन तथा अध्ययनका लागि बर्सेनि हजारौं युवा विदेश जाने, युवा जनशक्ति पलायन हुने कथा व्यथालाई निरुत्साहित गर्न सकिन्थ्यो ।

Hardik health

अन्तर्राष्ट्रिय परिवेशमा युवाको पहिचान र राष्ट्र निर्माणको अभियानमा युवाको योगदानलाई विश्वमञ्चले विशेष प्राथमिकतामा राखेको छ । युवावर्गको विकास, तिनका सीप र ज्ञान तथा नवीनतम् प्रविधिमैत्री कार्यक्षमताको यथोचित् उपयोग गर्न सकौं । नवनिर्माण अभियानलाई प्राथमिकतामा राखी समृद्धिको ढोका खोल्नुपर्दछ । युवा वर्गको विकास र उनीहरुमा अन्तरनिहीत कार्यक्षमताको अधिकतम उपयोग गर्ने वातावरण निर्माण गनुुपर्छ । शान्तिपूर्ण विश्व निर्माणमा सकल युवा वर्ग लक्षित कार्यक्रमको समन्वयात्मक र प्रभावकारी कार्यान्वयन आजको आवश्यकता हो । नेपालले पनि अन्तर्राष्ट्रिय मञ्चमा गरेका प्रतिबद्धता र मुलुकको विकासमा युवाको भूमिकालाई मध्येनजर राखी कार्य वातावरण संस्थागतरुपमा राष्ट्रिय युवा परिषद् तथा समान प्रकृतिका संस्थाको नेतृत्वको प्रयास गरेको छ । यद्यपि, त्यसको प्रभावकारिता र विकासको मूलप्रवाहमा युवालाई समाहित गर्ने अभियानतर्फ अझ धेरै काम गर्नुपर्ने छ । 

विश्वमा आ-आफ्नो देश, काल परिस्थितिअनुसार युवाका आवश्यकता तथा समस्याहरु रहेका छन् । विकसित देश र अतिकम विकसित तथा विकासोन्मुख विश्वका एसिया, अफ्रिका तथा ल्याटिन अमेरिकी देशका युवाहरुको आवश्यकताको पहिचान र क्षेत्रगत समस्यालाई सम्बोधन गर्ने दिशामा संयुक्त राष्ट्रसंघलगायतका निकायको प्रयासमा सम्बन्धित देशले युवा विकास तथा युवा परिचालनसम्बन्धी स्पष्ट नीतिगत कार्यक्रमलाई प्राथमिकताका साथ कार्यान्वयनमा विलम्ब गर्नु हुँदैन । साझा प्रयास र प्रतिबद्धता आजको आवश्यकता हो । भोलिको सुन्दर भविष्यको कोरा कल्पनामा मात्र हामीले हाम्रो शक्ति र ऊर्जा खर्च गर्ने समय छैन । परिवर्तन र रुपान्तरणका दिशामा ठोस कार्यको निरन्तरता चाहिन्छ । विकास र रुपान्तरणमा राष्ट्रिय नीति तथा युवालक्षित कार्यक्रममा सबै क्षेत्र र वर्गको साझा सोच, चिन्तन र दिशाबोध उजागर हुनु सान्दर्भिक देखिन्छ ।

नेपाली युवाको अवस्था
२१औं शताब्दीको चुनौती समाना गर्न सक्ने युवा जनशक्ति हाम्रो अनिवार्यता हो । युवा वर्गको योगदानको मनन गरी सरकारीस्तरमा नै युवा तथा खेलकुद मन्त्रालयको अगुवाइमा विगतका वर्षहरुदेखि नै युवालक्षित कार्यक्रमहरु अघि नबढेका होइनन् । तर, विकासको मेरुदण्ड युवाहरुको समयानुकूल विकास र उनीहरुको सीप, शिक्षा तथा ज्ञानको भरपुर उपयोगको वातावरण बनाउन सकिएको छैन । सरकारी निकायले कार्यक्रम तथा नीतिगत योजनामा युवालक्षित कार्यक्रमलाई यथोचित् बजेट विनियोजन, रोजगारीका अवसरको सिर्जना तथा स्वावलम्बी र उद्यमशील युवा जनशक्ति निर्माण गर्ने कार्यले निरन्तरता पाउन सकेको खण्डमा समृद्ध नेपालको सपना पूरा गर्न सकिन्छ ।

नवप्रवर्तनकारी, सिर्जनात्मक सोच, उद्यमशील कर्मजीवी युवा जमातलाई मुलुक निर्माणको अभियानमा अघि बढाऔं । समृद्धि तथा रचनात्मक चिन्तन, भविष्यद्रष्टा ऊर्जावान् युवाको कार्य वातावरण र निर्माणात्मक अवधारणा बोकेका युवाका सीप र जाँगरको मुलुक निर्माण महाअभियानमा समाहित ध्येय हुनुपर्छ । इमान्दार, कर्मशील तथा माटोलाई आत्मसात् गर्ने युवाशक्तिको परिचालन र नवनिर्माणको अभियानको संस्थागत विकास खोजेको छ । फितलो प्रवृत्ति र कार्य वातावरणले मुलुक उँभो लाग्दैन । युवालाई दायित्वबोध गर्ने वातावरण राज्यले निर्माण गरिदियोस् ।

उत्प्रेरणा
युवा तथा खेलकुद मन्त्रालयले विभिन्न क्षेत्रमा योगदान पुर्याउने युवा प्रतिभालाई सम्मान गर्ने परम्परा छ । राष्ट्रिय युवा प्रतिभा कार्यविधि २०७२ अनुसार उत्कृष्ट युवाहरुलाई सम्मान गरिन्छ । विशेषतः शिक्षा, विज्ञान तथा प्रविधि, उद्यमशीलता, सूचना प्रविधि तथा सञ्चार, कृषि, कला तथा संस्कृति, समाजसेवा, साहित्य सिर्जना तथा सामाजिक रुपान्तरणका क्षेत्रमा उल्लेख्य योगदान पुर्याउने युवा प्रतिभाहरुको सम्मान गर्ने परम्पराले भोलिका युवाहरुमा कर्मशील ऊर्जा र हौसला प्रदान गर्ने छ । शिक्षित युवालाई लक्षित गरी ल्याइएको युवा स्वरोजगार कार्यक्रमलाई प्राथमिकताका साथ कार्यान्वयनमा सम्बन्धित निकायको ध्यान जाओस् । युवा उद्यमशीलता विकास तथा स्वदेशमा केही गर्ने युवाको उदाहरणीय जमात तयार गर्ने दिशामा युवा स्वरोजगार कार्यक्रम लक्षित गरिनु पर्छ । फलतः एक हदसम्म रोजगारीका लागि खाडीलगायतका मुलुकहरुमा ओइरिने नेपाली युवाको चापलाई निश्चय नै कम गर्न सकिन्छ ।

युवा नीति तथा आयामिकता
युवा नीति तथा कार्यक्रम युवाहरुमा विकराल समस्याका रुपमा रहेका लागुपदार्थ दुव्र्यसन, बेरोजगारीलगायतको सम्बोधन र यस्ता समस्या समाधानको दिशामा परिलक्षित हुनुपर्दछ । विद्यालयस्तरदेखि नै खेलकुद तथा स्वस्थ मनोरञ्जन र नवीन सिर्जनात्मक कार्यमा लगाउने दिशामा सम्बन्धित निकायको ध्यान पुग्नुपर्दछ । युवालाई विकास तथा सिर्जनाका क्षेत्रमा समाहित गराउने दिशामा युवा तथा खेलकुद मन्त्रालय तथा अन्य सरोकारवाला निकायको ध्यान पुग्नुपर्दछ । युवामैत्री वातावरण बनाउने कार्यलाई प्रभावकारी बनाउनुपर्ने अहिलेको आवश्यकता हो ।
खेलकुद र युवा पर्यायवाची हुन् । खेलकुदले युवाको शारीरिक, मानसिक, मनोवैज्ञानिक तथा चारित्रिक विकासमा बहुआयामिक योगदानपुर्याउँदै आएको छ । युवालाई खेल र जीवनप्रति सधैँ सँगसँगै बढाउने पद्धतिलाई प्रवद्र्धन गरिनुपर्छ । खेलकुदले युवालाई सकारात्मक र निर्माणात्मक सोच र चिन्तनको विकास गर्छ । अनुशासित र कार्यप्रति निष्ठावान् बनाउँछ । अबको चिन्तन र नीति व्यावसायिक कौशलयुक्त तथा क्षमतावान् खेलाडी उत्पादन पनि हो । जसले गर्दा वर्तमान विश्व खेलमञ्चमा प्रतिस्पर्धी र अब्बल क्षमतायुक्त खेलाडी हामीले चाहेका छौं, विश्व खेल जगतले चाहेको छ । विकास र परिवर्तनको सकारात्मक सोच र चिन्तन भएको नीति निर्माता र अभियन्ता हामीले चाहेका छौं । युवा र खेलकुदको भविष्य उज्ज्वल बनाउन सबैले आफ्नो दायित्वबोध गरौं । 

रोजगारीको वातावरण
अहिलेको मुख्य समस्या युवाहरुका लागि रोजगार तथा उनीहरुले आर्जन गरेका सीप र ज्ञानको यथोचित उपयोग नहुनु नै हो । नेपालका युवाहरु रोजगारीका लागि बर्सेनि हजारौंको संख्यामा विभिन्न मुलुकमा रोजगारीका लागि गइरहेका छन् । पछिल्लो समयमा पूर्वी युरोपका देशहरु पनि आकर्षणको गन्तव्य बन्दै गएका छन् । मानव बेचबिखन तथा ओसारपसारको समस्याले नेपाली समाज गाँजिएको छ । नेपाली युवाको रोजगारीको ग्यारेण्टी, तलब र ज्यालाको न्यायोचित व्यवस्थापन, सुरक्षाको प्रत्याभूति र कार्यस्थलमा दुर्घटना भएमा यथोचित् उपचारको व्यवस्थाका लागि सम्बन्धित निकायले जुन तदारुकताका साथ कार्य गर्नु पर्दथ्यो त्यसअनुसार नभएको व्यापक गुनासो छ । वैदेशिक रोजगारीका लागि गन्तव्य मुलुक पुगेका युवाको दैनन्दिन अकाल मृत्युवरणका पाटाका कारुणिक दृश्य शवपेटिकाहरु कहिलेसम्म साक्षी बन्ने ? हाम्रो दृष्टि त्यता पनि जान सकोस् । 

युवा परिवर्तनका सम्वाहक हुन् । प्रवद्र्धनकर्मी नेपाली युवाले अझ धेरै गर्नुपर्ने समय आएको छ । राष्ट्र परिवर्तनको मूलधारमा ल्याउने दिशामा युवालाई श्रमजीवी र क्रियाशील बनाउन सकिन्छ । स्पष्ट कार्ययोजना तथा युवालक्षित कार्यक्रमको योजनाबद्ध कार्यान्वयनमा समान दायित्वबोध हुनुपर्दछ । हाम्रा साझा चिन्तन र मनन परिलक्षित हुनुपर्दछ ।
 


प्रकाशित मिति: मंगलबार, साउन २७, २०८२  १४:३९
प्रतिक्रिया दिनुहोस्
थप विचार
हिमाल चढ्ने रहर, सुरक्षित फर्कने चुनौती
हिमाल चढ्ने रहर, सुरक्षित फर्कने चुनौती मंगलबार, साउन १९, २०८३
बोल्दिन ! बोल्नै पर्छ !
बोल्दिन ! बोल्नै पर्छ ! मंगलबार, साउन १९, २०८३
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं ! सोमबार, साउन १८, २०८३
साउदीको एसभिपीः श्रम कूटनीति, अर्थ-राजनीति र नेपालको नीतिगत द्विविधा
साउदीको एसभिपीः श्रम कूटनीति, अर्थ-राजनीति र नेपालको नीतिगत द्विविधा सोमबार, साउन १८, २०८३
सम्भावनाको जगमा उपेक्षित कर्णाली
सम्भावनाको जगमा उपेक्षित कर्णाली शुक्रबार, साउन १५, २०८३
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट बिहीबार, साउन १४, २०८३
न्यायिक विश्वसनीयतामा गम्भीर प्रश्न
न्यायिक विश्वसनीयतामा गम्भीर प्रश्न बुधबार, साउन १३, २०८३
लोकप्रिय
  • Week
  • Month
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
पूर्वउपसभामुख  राना मगरद्वारा  ‘हृदयांश’ उपन्यासकाे  विमोचन
पूर्वउपसभामुख राना मगरद्वारा ‘हृदयांश’ उपन्यासकाे विमोचन
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP