Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मोमो _फोमो
  • #निष्क्रिय_इच्छामृत्यु
  • #मलुवा_पोखरी
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • वैदेशिक रोजगार ऐनबाट औपचारिक रुपमा हट्यो ‘सय संख्या’को प्रावधान
राष्ट्रपतिबाट विधेयक प्रमाणीकरण वैदेशिक रोजगार ऐनबाट औपचारिक रुपमा हट्यो ‘सय संख्या’को प्रावधान
प्रभाव संवाददाता
प्रभाव संवाददाता बिहीबार, साउन १५, २०८२

काठमाडौं- वैदेशिक रोजगार ऐनमा रहेको सय संख्याको प्रावधान औपचारिकरुपमा खारेज भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले बुधबार ‘केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०८०’ प्रमाणीकरण गरेसँगै उक्त प्रावधान खारेज भएको हो । 

अब राजपत्रमा प्रकाशित भएपछि वैदेशिक रोजगार व्यवसाय सञ्चालन गर्न इजाजतप्राप्त संस्था (म्यानपावर कम्पनी) नवीकरणका लागि वर्षमा १०० जना श्रमिक अनिवार्य पठाउनुपर्ने व्यवस्था औपचारिकरुपमा हट्ने छ । यसअघि संघीय संसद्को दुवै सदनबाट पारित भएको उक्त विधेयक प्रमाणीकरणका लागि राष्ट्रपतिसमक्ष पेस गरिएको थियो । प्रतिनिधिसभाबाट गत वैशाख १६ र राष्ट्रिय सभाबाट गत असार १७ गते बहुमतका आधारमा सो विधेयक पारित भएको थियो । ‘सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूले संघीय संसद्को दुवै सदनको बैठकबाट पारित भई प्रमाणीकरणका लागि पेस हुन आएको केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम प्रमाणीकरण गर्नुभएको छ,’ राष्ट्रपति कार्यालयले बुधबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

राष्ट्रपतिबाट प्रमाणीकरण भएको उक्त विधेयकमा ७९ वटा ऐन संशोधनमा परेका छन्, जसमा वैदेशिक रोजगार ऐन, २०६४ का केही प्रावधान संशोधन गरिएको छ । वैदेशिक रोजगार ऐन संशोधनमार्फत १०० संख्याको प्रावधान खारेज गरिएको छ । वैदेशिक रोजगार व्यवसायीहरुको टाउको दुखाइको विषय बन्दै आएको यो प्रावधान खारेजीसँगै उनीहरुलाई राहत हुने भएको छ । वैदेशिक रोजगार ऐन, २०६४ को दफा १३ को उपदफा (२) को खण्ड (घ २) मा ‘लगातार दुई वर्षसम्म १०० जना पनि कामदार पठाउन नसकेमा’ इजाजतपत्र रद्द हुने व्यवस्था छ ।

Hardik health

बुधबार राष्ट्रपतिबाट प्रमाणीकरण भएको विधेयकको क्रम संख्या ४८ मा रहेको पहिलो बुँदामा ‘दफा १३ को उपदफा (२) को खण्ड (घ२) झिकिएको’ अर्थात् खारेज गरिएको छ । व्यवसायीहरुले उक्त प्रावधान हटाउन लामो समयदेखि संघर्ष गर्दै आएका थिए । नेपाल वैदेशिक रोजगार व्यवसायी संघको नेतृत्वमा निरन्तर लबिइङपश्चात् सय संख्याको प्रावधान खारेज गराउन सफल भएको व्यवसायीहरु बताउँछन् । सय संख्याको प्रावधानका कारण अघिल्लो आर्थिक वर्षमा धेरै व्यवसायीहरुले संस्था नवीकरण नै गर्न सकेका थिएनन् । पछि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले बाधा अड्काउ फुकाउमार्फत व्यवसायीहरुलाई नवीकरणको बाटो खुलाइदिएको थियो । गएको आर्थिक वर्ष २०८१/८२ मा पनि १०० संख्या नपुर्याउने म्यानपावरको संख्या ३५४ रहेको छ । संशोधित ऐन प्रमाणीकरण भइनसकेका कारण यी म्यानपावर कम्पनीहरु नवीकरण हुन नसकी निलम्बनको अवस्थामा रहेका छन् । अब पुनः बाधा अड्काउ फुकाउकै बाटोबाट नवीकरण गर्नुपर्ने मन्त्रालयका अधिकारीहरुले बताएका छन् । 

२०७५ सालमा तत्कालीन श्रममन्त्री गोकर्ण विष्टले वैदेशिक रोजगार व्यवसायलाई व्यवस्थित गर्न भन्दै लगातार दुई वर्ष वार्षिक कम्तीमा १०० जना कामदार पठाउन नसक्ने म्यानपावर कम्पनी नवीकरण नगर्ने व्यवस्था ल्याएका थिए । आफूहरुले स्वतन्त्र रुपमा व्यवसाय सञ्चालन गर्न पाउनुपर्ने भन्दै व्यवसायीले भने उक्त प्रावधानको चर्को विरोध गर्दै आएका थिए । यस प्रावधानका कारण बन्द हुने अवस्थामा रहेका म्यानपावर व्यवसायीहरुले श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीसँग हारगुहार गर्दै बाधा अड्काउ फुकाउने व्यवस्थाको प्रयोग गरेर इजाजतपत्र जोगाएका थिए । त्यसपछि २०८० असार ३० असार गते तत्कालीन सरकारले सय संख्याको व्यवस्था अव्यावहारिक भएको भन्दै खारेज गर्ने निर्णय गर्दै प्रतिनिधिसभामा विधेयक प्रस्तुत गरेको थियो । 

 वैदेशिक रोजगार ऐनमा भएका संशोधन
वैदेशिक रोजगार ऐन, २०६४ को दफा १३ को उपदफा (२) को खण्ड (घ २) मा ‘लगातार दुई वर्षसम्म १०० जना पनि कामदार पठाउन नसकेमा’ इजाजतपत्र रद्द हुने व्यवस्था छ । बुधबार राष्ट्रपतिबाट प्रमाणीकरण भएको विधेयकको क्रम संख्या ४८ मा रहेको पहिलो बुँदामा ‘दफा १३ को उपदफा (२) को खण्ड (घ२) झिकिएको’ अर्थात् खारेज गरिएको छ ।
वैदेशिक रोजगार ऐनको दफा ३० मा रहेको सीपमूलक तालिमसम्बन्धी अर्को दफा ३० (क) थपिएको छ । जसअनुसार रोजगारीमा जाने कामदारले लिएको तालिम छ महिनासम्मको भए त्यस्तो तालिमको परीक्षण राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठानले गर्ने व्यवस्था छ ।
ऐनको ५३ मा वैदेशिक रोजगारीमा गएको व्यक्ति कारणवश फर्किनु परेको अवस्थामा म्यानपावर कम्पनीले प्रतिव्यक्ति एक लाख रुपैयाँ जरिवाना तिर्नुपर्ने व्यवस्था थियो । यसलाई संशोधन गरी पीडित कामदार संख्याको आधारमा जनही ५० हजार रुपैयाँका दरले जरिवाना हुने व्यवस्था गरिएको छ ।
 


प्रकाशित मिति: बिहीबार, साउन १५, २०८२  १०:३५
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
छुट्टीमा आएकाहरु फर्किन पाएनन्, रोजगारी गुम्ने चिन्ता
छुट्टीमा आएकाहरु फर्किन पाएनन्, रोजगारी गुम्ने चिन्ता मंगलबार, चैत ३, २०८२
रोजगारीका लागि आठ महिनामा पाँच लाखभन्दा बढीले छाडे मुलुक
रोजगारीका लागि आठ महिनामा पाँच लाखभन्दा बढीले छाडे मुलुक सोमबार, चैत २, २०८२
सुरक्षा चिन्तासँगै रोजगारी गुम्ने त्रासमा मध्यपूर्वका नेपाली
सुरक्षा चिन्तासँगै रोजगारी गुम्ने त्रासमा मध्यपूर्वका नेपाली आइतबार, चैत १, २०८२
इजरायल-इरान युद्ध लम्बिँदा बढ्दै सुरक्षा चिन्ता
इजरायल-इरान युद्ध लम्बिँदा बढ्दै सुरक्षा चिन्ता शुक्रबार, फागुन २९, २०८२
उद्धार तथा आवश्यक सहायतालगायतका लागि विवरण दर्ता क्रम जारी
उद्धार तथा आवश्यक सहायतालगायतका लागि विवरण दर्ता क्रम जारी बिहीबार, फागुन २८, २०८२
सात महिनामै भित्रियो १२ खर्ब ६१ अर्ब रेमिट्यान्स
सात महिनामै भित्रियो १२ खर्ब ६१ अर्ब रेमिट्यान्स बिहीबार, फागुन २८, २०८२
ग्रीस पठाइदिन्छु भन्दै रकम ठगी
ग्रीस पठाइदिन्छु भन्दै रकम ठगी बिहीबार, फागुन २८, २०८२
Public Notice Public Notice
लोकप्रिय
  • Week
  • Month
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
लायन्स क्लबबाट १११ जना महिलाहरुलाई विशेष सम्मान
लायन्स क्लबबाट १११ जना महिलाहरुलाई विशेष सम्मान
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
श्रम संस्कृति पार्टीभित्र आन्तरिक कलह
श्रम संस्कृति पार्टीभित्र आन्तरिक कलह
बराम विशेष, संरक्षित वा स्वायत्त क्षेत्र घोषणा गर्न माग
बराम विशेष, संरक्षित वा स्वायत्त क्षेत्र घोषणा गर्न माग
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP