Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #सिएन थारु/आरके तामाङ
  • #‘हृदयांश’
  • #दीपक बन्जारा
  • #बिगेन्द्रसिंह वाईबा तामाङ
  • #नेपाल आदिवासी जनजाति महासंघ
  • #विश्व आदिवासी दिवस
  • #हुलाकी राजमार्ग
  • #धनुषा कर्फ्यु
  • #पुष्पकमल दाहाल
Search Here
राजनीति
  • Home
  • राजनीति
  • विद्या शक्ति बढाउँदै, रोक्ने जालझेलमा ओली
एमालेमा चुलिँदै अन्तरसंघर्ष विद्या शक्ति बढाउँदै, रोक्ने जालझेलमा ओली
प्रभाव संवाददाता
प्रभाव संवाददाता बिहीबार, भदौ १२, २०८२

काठमाडौं-  नेकपा एमालेको सक्रिय राजनीतिमा फर्किने पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको तयारी र उनलाई रोक्ने अध्यक्ष केपी शर्मा ओलीको कदमले पार्टीभित्र अन्तरसंघर्ष चुलिएको छ । 

पार्टी बैठकमै फरक मत दर्ज गर्न विद्यापक्षले राजनीतिक प्रतिवेदन लेखिरहेको छ । प्रतिवेदनको लेखनमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल संलग्न छन् । भनिन्छ, विद्यापक्षले पोखरेललाई नै पार्टीको आगामी महाधिवेशनमा अध्यक्षमा अघि सार्ने छ । उनै पोखरेल फरक मतसहितको राजनीतिक प्रतिवेदन लेखनीमा छँदा अध्यक्ष ओलीले केन्द्रीय समिति बैठक स्थगित गरेका छन् । यही १३ भदौमा केन्द्रीय समिति बैठक बस्ने भनिएको थियो तर ओलीले विद्याको पार्टी सदस्यता पनि ‘पेण्डिङ’मा राखे ।  उनी देशकै उच्च तथा सम्मानित पदमा पुगेको व्यक्ति फेरि सक्रिय राजनीतिमा फर्किन नहुने तर्क गरिरहेका छन् । ओलीको यस्तो तर्कलाई कतिपयले भने पार्टी नेतृत्वमा तेहरिने चाहनामा विद्या बाधक बन्न सक्ने भयमिश्रित अभिव्यक्ति भन्दै आएका छन् । यो एमालेभित्र सिर्जित अन्तरसंघर्षको मूल कारण पनि हो ।

अर्को कारणको रूपमा विधानबाट दुई कार्यकाल र ७० वर्षे उमेरहद हटाउने निर्णय हो । पार्टीको ११औं महाधिवेशनमा ओलीलाई नै ल्याउनेगरी यसअघि नवौं र १०औं महाधिवेशनले विधानमा राखेको प्रावधान केन्द्रीय समिति बैठकले हटाएको थियो । त्यसप्रति वरिष्ठ उपाध्यक्ष पोखरेल, उपाध्यक्षहरू युवराज ज्ञवाली, सुरेन्द्र पाण्डे, स्थायी समिति सदस्य कर्णबहादुर थापालगायत नेताहरू असन्तुष्ट छन् । ज्ञवाली, पाण्डे र थापाले त केन्द्रीय समिति बैठकको निर्णयप्रति असहमति जनाउँदै ‘नोट अफ डिसेन्ट’ लेखेका छन् । तर पार्टीले जारी गरेको परिपत्रमा असहमति नसमेटिएपछि उनीहरू थप असन्तुष्ट बनेका छन् । फरक मत राख्नेमध्येका उपाध्यक्ष ज्ञवालीले प्रभावसँग भने, ‘हामीले जे फरक मत राखेका थियौं, त्यो सम्बोधन नभए निरन्तर बहस जारी रहन्छ ।’

Hardik health

उनले पूर्वराष्ट्रपति भण्डारीको सदस्यता नवीकरण नभएको अवस्थामा पार्टीले क्षति बेहोर्नुपर्ने चेतावनीसमेत दिए । पूर्वराष्ट्रपति भण्डारी स्वयं आफ्नो पार्टी सदस्यता नवीकरण नगरी पेण्डिङमा राखेको भन्दै अध्यक्ष ओलीसँग आक्रोशित छिन् । उनले यही ५ भदौमा काठमाडौंको थापागाउँमा सम्पर्क कार्यालय उद्घाटन गर्दै च्यासलले आफ्नो सदस्यता नै खाइदिएको आरोप लगाइन् । ओलीले भण्डारीको खण्डन भोलिपल्टै गरे । उनले त्यसबेला भने, ‘पार्टीले दुई–दुई पटकसम्म राष्ट्रपति बनायो । त्यस्तो व्यक्ति फर्केर पार्टीमा समस्या खडा गर्छ भन्ने कुरा कल्पनासमेत गरिएको थिइनँ । त्यसबेला सदस्यता परित्याग गरेर राष्ट्रपतिमा जाने, मलाई सदस्यता प्यारो राष्ट्रपतिमा जान्न भन्नुपथ्र्यो नि !’

तर पूर्वराष्ट्रपति भण्डारीले सदस्यता नवीकरण विधान महाधिवेशनले हल गर्ने आशा गरेकी छन् । यदि, महाधिवेशनले सदस्यता नवीकरणको सुनुवाइ नगरे मौन नबस्ने पक्षमा उनी देखिएकी छन् ।  यहीबीच यतिबेला ओलीले भण्डारीलाई राजनीतिमा फर्किन चाहेमा कसैले रोक्न नसक्ने पुरानो भिडियो सामाजिक सञ्जालमा भाइरल बनेको छ । पहिला राजनीतिमा आउन उत्प्रेरित गर्ने तर अहिले पार्टी राजनीतिको ढोका बन्द गरिदिए । यसप्रति भण्डालीले एमाले नजन्मिँदै आफू राजनीतिमा लागेको बताउने गरेकी छन् । उनको यो अभिव्यक्ति ओलीलक्षित हो ।  भण्डारीपक्षमा देशका विभिन्न जिल्लामा नेताहरू खुल्न थालेका छन् । हालै भोजपुर जिल्ला समिति र मोरङ जिल्ला समितिले भण्डारीको सदस्यता नवीकरण गर्नुपर्नेबारे निर्णय गरेर ओलीमाथि दबाब बढाएका छन् ।

पार्टी प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले पार्टी अध्यक्ष ओली सकारात्मक भए दुई मिनेटमै भण्डारीको सदस्यता नवीकरण हुने बताउँछन् । गौतमको यो भनाइले ओली पूर्वराष्ट्रपति भण्डारीप्रति पेलान्को रणनीतिमा छन् । आफू भने पार्टी सत्तामा तेस्रो कार्यकाल पनि रहन उनले आफूपक्षको बहुमत रहेको पार्टीको सबै तहबाट दुई कार्यकाल र ७० वर्षे उमेरहदलाई जालजेलपूर्ण ढंगले हटाएको नेता कर्ण थापाले बताए । उनका अनुसार देशभरका विभिन्न जिल्लामा पूर्वराष्ट्रपति भण्डारीप्रति एमालेको ठूलो पंक्तिको समर्थन देखिँदै गएको छ । 

यसरी भण्डारी शक्तिको खेलमा देखिँदा ओली भने जसो गरेर भए पनि रोक्न तल्लीन छन् । जबकि, ओलीलाई यसअघि प्रधानमन्त्री छँदा राष्ट्रपतिको हैसियतमा रहेको बेला भण्डारीले संसद् विघटनसम्मको राजनीतिक घटनाक्रममा साथ दिएकी थिइन् । यतिबेला भने पूर्वराष्ट्रपतिको हैसियतमा राज्यले दिएको सेवासुविधा त्यागेर उनी राजनीतिक मैदानमा उत्रिएकी हुन् ।
 


प्रकाशित मिति: बिहीबार, भदौ १२, २०८२  १०:४४
#नेकपा एमाले
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
कांग्रेस संसदीय दलको बैठक सुरु
कांग्रेस संसदीय दलको बैठक सुरु सोमबार, साउन १८, २०८३
जागरण अभियान सञ्चालन गर्दै एमाले
जागरण अभियान सञ्चालन गर्दै एमाले सोमबार, साउन १८, २०८३
शशांकको नेतृत्वमा ‘राष्ट्रिय कांग्रेस’ खोल्ने इतरपक्षको तयारी
शशांकको नेतृत्वमा ‘राष्ट्रिय कांग्रेस’ खोल्ने इतरपक्षको तयारी सोमबार, साउन १८, २०८३
‘देश र कांग्रेस जोड्न साउन २० गते राष्ट्रिय भेला’
‘देश र कांग्रेस जोड्न साउन २० गते राष्ट्रिय भेला’ आइतबार, साउन १७, २०८३
कांग्रेसले सामाजिक सद्भावका लागि संवाद गर्ने
कांग्रेसले सामाजिक सद्भावका लागि संवाद गर्ने शुक्रबार, साउन १५, २०८३
बिहान ६ः०० देखि ८ः०० बजेसम्म अत्यावश्यक सामग्री खरिद गर्न पाइने
बिहान ६ः०० देखि ८ः०० बजेसम्म अत्यावश्यक सामग्री खरिद गर्न पाइने शुक्रबार, साउन १५, २०८३
शान्ति, सुव्यवस्था र सद्भाव कायम गर्न राष्ट्रिय एकता अपरिहार्य छः सभापति लामिछाने
शान्ति, सुव्यवस्था र सद्भाव कायम गर्न राष्ट्रिय एकता अपरिहार्य छः सभापति लामिछाने बुधबार, साउन १३, २०८३
लोकप्रिय
  • Week
  • Month
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
पूर्वउपसभामुख  राना मगरद्वारा  ‘हृदयांश’ उपन्यासकाे  विमोचन
पूर्वउपसभामुख राना मगरद्वारा ‘हृदयांश’ उपन्यासकाे विमोचन
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP