काठमाडौं- नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले संसद्को बैठक तत्काल बोलाउन आग्रह गरेका छन्।
सभामुख डोलप्रसाद (डिपी) अर्यालसँग आज भेटी उनले समसामयिक राजनीतिक विषयमा छलफल गर्नुपर्ने भन्दै बैठक बोलाउन गर्न आग्रह गरेका हुन्।
अध्यादेशमार्फत विषयहरू अघि बढाउनु लोकतन्त्रको मर्मअनुकूल नहुने उल्लेख गर्दै नेता आङ्देम्बेले भोटेकोशी बाढीप्रभावितका विषयमा पनि सभामा छलफल गर्नुपर्ने आवश्यकता औंल्याए।
आजै सभामुख अर्यालसँग नेकपा (एमाले) संसदीय दलका उपनेता पद्मा अर्याल र गुरु बरालले भेट गरेका छन्। सभामुखको कार्यकक्षमा भएको भेटमा उनीहरूबीच समसामयिक राजनीतिक तथा संसदीय विषयमा छलफल भएको थियो।