Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #भेप_हानिकारक
  • #बादल’
  • #हर्क सम्पाङ राई
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • साउनमा रोजगारीका लागि १०५ मुलुक पुगे नेपाली श्रमिक
धेरै श्रमिकको गन्तव्य बन्यो युएई, धनुषाबाट सबैभन्दा धेरै विदेसिए साउनमा रोजगारीका लागि १०५ मुलुक पुगे नेपाली श्रमिक
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, भदौ ८, २०८२

काठमाडौं- चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो महिना साउनमा नेपालीहरुको पहिलो रोजगार गन्तव्य संयुक्त अरब इमिरेट्स (युएई) बनेको छ । वैदेशिक रोजगार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार उक्त महिना युएईमा जानका लागि २३ हजार ८३८ जनाले श्रम स्वीकृति लिएका हुन् । 

युएईका लागि श्रम स्वीकृति लिनेमा २० हजार ३५७ जना पुरुष र तीन हजार ४८१ जना महिला रहेका छन् । यो संख्या संस्थागत, व्यक्तिगत र पुनः श्रम स्वीकृति लिएर जानेहरुको हो । युएईपछि सबैभन्दा बढी श्रमिक कतार गएका छन् । कतारमा १२ हजार ८४ जना श्रमिक गएका छन् । जसमा ११ हजार ५४ जना पुरुष र एक हजार ३० जना महिला छन् । तेस्रोमा साउदी अरेबिया परेको छ, जहाँ रोजगारीका लागि जान नौ हजार ८१० पुरुष र ७५ जना महिला गरी नौ हजार ८८५ जनाले साउनभित्र श्रम स्वीकृति लिएको विभागको तथ्यांकमा देखिन्छ ।  चौथो बनेको मलेसियामा पाँच हजार ६२३ जना गएका छन् । मलेसिया जानेमध्ये पाँच हजार ५४८ जना पुरुष र ७८ महिला छन् । त्यस्तै सबैभन्दा बढी श्रमिक गएको मुलुकको पाँचौंमा कुवेत रहेको छ । जहाँ दुई हजार ७९२ जना पुरुष र एक हजार २७८ जना महिला गरी कूल चार हजार ७० जना गएका छन् ।

साउन महिनामा व्यक्तिगत श्रम स्वीकृति लिएर सबैभन्दा बढी युएई नै गएका छन् । साउनमा एक हजार ६१६ जना पुरुष र ८३२ जना महिला गरी कूल दुई हजार ४४८ जना व्यक्तिगत श्रम स्वीकृति लिएर युएई गएका हुन् । युएईपछि जापानमा रोजगारीका लागि एक हजार ९२१ जना व्यक्तिगत श्रम स्वीकृति लिएर गएको तथ्यांकमा उल्लेख छ । जसमा एक हजार २८२ जना पुरुष र ६३९ जना महिला छन् । जापान पछिल्लो समय नेपालीहरुको आकर्षक रोजगार गन्तव्य बन्दै गएको छ । व्यक्तिगत श्रम स्वीकृति लिएर क्रोएसियामा एक हजार २८३ जना रोजगारीका लागि गएका छन् । जसमा ९९० जना पुरुष र २९३ जना महिला छन् । यसैगरी कतारमा ९९१ जना र रोमानियामा ८४६ जना व्यक्तिगत श्रम स्वीकृति लिएर गएका विभागले जानकारी दिएको छ ।

Hardik health

विभागको तथ्यांकअनुसार साउनमा जिटुजी प्रणालीमार्फत दक्षिण कोरियामा ७८९ गएका छन् । कोरिया जानेमा ६९४ जना पुरुष र ९५ जना महिला छन् । कोरियामा व्यक्तिगत श्रम स्वीकृति लिएर ७८ जना गएको तथ्यांक छ, जसमा चार जना महिला छन् । त्यसैगरी, जिटुजीमार्फत ३० जना पुरुष र पाँच जना महिला गरी जम्मा ७५ जना इजरायल गएका छन् । साउनमा व्यक्तिगत, संस्थागत र श्रम स्वीकृति नवीकरण गरेर जम्मा १०५ वटा मुलुकमा नेपालीहरु गएका छन् । म्यानपावर कम्पनीहरुले विभिन्न १२ वटा मुलुकमा श्रमिक पठाएका छन् । व्यक्तिगत श्रम स्वीकृति लिएर युवाहरु ८८ वटा मुलुकमा रोजगारीका लागि पुगेका छन् । व्यक्तिगत श्रम स्वीकृति लिएर ३८ वटा मुलुकमा १० जनाभन्दा कम श्रमिक गएका छन् भने १५ वटा मुलुकमा एक जनामात्र श्रमिक गएका छन् ।

जिल्लागत तथ्यांकअनुसार रोजगारीका लागि सबैभन्दा बढी धनुषाबाट तीन हजार ३४८, झापाबाट दुई हजार ९६१, सिरहाबाट दुई हजार ८५५, महोत्तरीबाट दुई हजार ७४३ र मोरङबाट दुई हजार ७०७ जना रोजगारीका लागि विदेसिएका छन् । उनीहरु व्यक्तिगत संस्थागत र श्रम स्वीकृति नवीकरण गरेर गएका हुन् । सबैभन्दा कम मुस्ताङबाट ३० जनामात्र गएको विभागको तथ्यांक छ । रोजगारीमा गएका महिलाहरुमध्ये सबैभन्दा बढी झापाबाट ७१० जना मोरङबाट ५१२, सिन्धुपाल्चोकबाट ४१५, मकवानपुरबाट ४१० र काभ्रेबाट ३३२ जना रहेका छन् ।

उक्त एक महिनामा १९ हजार २४६ जना अदक्ष श्रमिक रोजगारीमा जाँदा ९३ जना उच्च दक्ष श्रमिक गएका छन् । त्यसैगरी दक्ष श्रमिक ३७ हजार ७१३, अर्धदक्ष श्रमिक १० हजार ७१८ र व्यावसायिक दक्षता भएका श्रमिक ३४० जना रोजगारीमा गएको विभागले उल्लेख गरेको छ ।

 


 


प्रकाशित मिति: आइतबार, भदौ ८, २०८२  ११:२९
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
वैदेशिक रोजगारीमा जाने श्रमिकका लागि विमानस्थलमा थप कागजात अनिवार्य
वैदेशिक रोजगारीमा जाने श्रमिकका लागि विमानस्थलमा थप कागजात अनिवार्य मंगलबार, चैत २४, २०८२
म्यानपावरलाई बुझाएको रकमको रसिद विमानस्थलमा अनिवार्य
म्यानपावरलाई बुझाएको रकमको रसिद विमानस्थलमा अनिवार्य मंगलबार, चैत २४, २०८२
वैदेशिक रोजगारीमा ठगी गर्ने दुई जना पक्राउ
वैदेशिक रोजगारीमा ठगी गर्ने दुई जना पक्राउ सोमबार, चैत २३, २०८२
व्यवसायीको अडान- १० हजार लिएर श्रमिक पठाउन सकिँदैन
व्यवसायीको अडान- १० हजार लिएर श्रमिक पठाउन सकिँदैन सोमबार, चैत २३, २०८२
‘फ्रि भिसा, फ्रि टिकट’ कार्यान्वयन गर्न ‘एक्सन’मा उत्रियो सरकार
‘फ्रि भिसा, फ्रि टिकट’ कार्यान्वयन गर्न ‘एक्सन’मा उत्रियो सरकार आइतबार, चैत २२, २०८२
आठ महिनामा भित्रियो साढे १४ खर्ब 
आठ महिनामा भित्रियो साढे १४ खर्ब  शुक्रबार, चैत २०, २०८२
वैदेशिक रोजगारीमा जानेलाई निःशुल्क अभिमुखीकरण दिने तयारी
वैदेशिक रोजगारीमा जानेलाई निःशुल्क अभिमुखीकरण दिने तयारी बिहीबार, चैत १९, २०८२
लोकप्रिय
  • Week
  • Month
व्यवसायीको अडान- १० हजार लिएर श्रमिक पठाउन सकिँदैन
व्यवसायीको अडान- १० हजार लिएर श्रमिक पठाउन सकिँदैन
हमदिया संघ नेपालद्वारा ईद मिलन कार्यक्रम सम्पन्न
हमदिया संघ नेपालद्वारा ईद मिलन कार्यक्रम सम्पन्न
पर्यटनलाई सामाजिक सेवासँग जोड्दै 'वाण्डरिङ ट्रेल ह्युम्यानिटी' पदयात्रा सम्पन्न
पर्यटनलाई सामाजिक सेवासँग जोड्दै 'वाण्डरिङ ट्रेल ह्युम्यानिटी' पदयात्रा सम्पन्न
एसइई परीक्षाको सेरोफेरो
एसइई परीक्षाको सेरोफेरो
‘फ्रि भिसा, फ्रि टिकट’ कार्यान्वयन गर्न ‘एक्सन’मा उत्रियो सरकार
‘फ्रि भिसा, फ्रि टिकट’ कार्यान्वयन गर्न ‘एक्सन’मा उत्रियो सरकार
व्यवसायीको अडान- १० हजार लिएर श्रमिक पठाउन सकिँदैन
व्यवसायीको अडान- १० हजार लिएर श्रमिक पठाउन सकिँदैन
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
हमदिया संघ नेपालद्वारा ईद मिलन कार्यक्रम सम्पन्न
हमदिया संघ नेपालद्वारा ईद मिलन कार्यक्रम सम्पन्न
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP