Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मोमो _फोमो
  • #नेफिन
  • #कोटगाउँ_खेलमैदान
  • #खेलमैदान
  • #अरनिको_राजमार्ग
  • #धुलिखेल–खावा
  • #नेपाली_कांग्रेस
  • #विश्व पानी दिवस
  • #ई-पेन्सन
Search Here
कला-मनोरञ्‍जन
  • Home
  • कला-मनोरञ्‍जन
  • तराईबासीले चलचित्र ‘अभिमन्यु’लाई स्वागत गर्दै
तराईबासीले चलचित्र ‘अभिमन्यु’लाई स्वागत गर्दै
प्रभाव संवाददाता
प्रभाव संवाददाता बुधबार, भदौ ११, २०८२

काठमाडौं- फरक शैलीमा आएको भोजपुरी फ्ल्लेबरको गीत ‘लड्की गोरी’ले चलचित्र  ‘अभिमन्यु स् च्याप्टर–१’ को हाइप बढाएको छ । सुरुमा एआई निर्मित भिडियोबाट प्रचार गरिएको सिनेमाको अहिले कन्टेन्ट बाहिर आएका छन् ।

यसैक्रममा एक साता अगाडि रिलिज भएको गीत ‘लड्की गोरी’ले मधेस र मधेसीको चित्रण गर्दै सिनेमाको हाइप बढाएको छ । ११ लाख भ्युज पाइसकेको यो गीतले प्रतिक्रिया पनि राम्रो पाइरहेको छ । ‘म खासै भोजपुरी गीत सुन्दिन । तर, यो अलि रिफ्रेसिङ रहेछ । मजा आयो । प्रेरणा सिङ र प्रशान्त सिवाकोटीको आवाज सारै मिठो । किरण श्रेष्ठको डान्स राम्रो,’ तृष्णा घतानीले युट्युमा गीत हेरेर लेखेकी छन् । भोजपुरी फ्लेबर भए पनि गीत नेपालीमा छ । भोजपुरी लवजमा रहेको गीतको भिडियो भने टिपिकल भोजपुरीमा छ । बजारमा आइरहेका भन्दा बिलकुल फरक रहेकाले यसैलाई दर्शकले मन पराइरहेका छन् । भोजपुरी गीत भन्नबित्तिकै अलि छाडा हुन्छन् । तर, ‘लड्की गोरी त्यस्तो छैन । यसको पनि तारिफ भइरहेको छ । जीवन मल्ल गीत र भिडियो हेरेपछि कमेन्ट गर्छन्’,‘यो डान्स र अडियो बबाल छ । निड मोर एप्रिसिएसन । छाडा छैन, रमाइलो छ ।’

पछिल्लो समयको ट्रेन्ड हेर्ने हो भने डान्सिङ प्याटर्नका गीत चलिरहेका छन् । यो फूल डान्सिङ नम्बरमा छ, त्यसैले यो गीत दर्शकले मन पराइरहेका छन् । पछिल्लो समय सिनेमा प्रचारको अचुक अस्त्र नै गीत बनिरहेका छन् । यो गीत दर्शकले मन पराउँदा चलचित्र ‘अभिमन्य’लाई फाइदा भइरहेको छ । त्यसैले यो सिनेमा पनि हिट हुनेमा नन्दु गैरे ढुक्क छन् । ‘यो गीत हिट भयो भने यो फिल्म पनि हिट हुन्छ ढुक्क हुनुहोला,’ उनले लेखेका छन् । नेपाली चलचित्रले तराइबासीलाई उपेक्षा गरेको आरोप लाग्दै आएको छ । तराईको कथा नआउने आए पनि मजाक बनाउने गरेको लेखक, निर्माता र निर्देशकलाई आरोप लाग्दै आएको छ । यसबाट ‘अभिमन्य’ मुक्त रहेको अनुमान लगाउन सकिन्छ । कन्टेनमा देखिने गरेको मोरङ र तराई भू-भाग, मुख्य कलाकार तराईबासी नै भएकाले तराईको कथा यो चलचित्रले उठान गरेको संकेत छ ।

Hardik health

‘यो गीतले गर्दा तराईबासी पनि चलचित्रमा जोडिनसक्ने सम्भावना हुन्छ । निकै नयाँपन अनि मिठो छ,’ धनबहादुर कनुवारले लेखेका छन् । तराईको कथा र पात्रलाई सिनेमामा मजाकको पात्र बनाउने गरिएकाले प्राय मधेसी बाहुल्य रहेका क्षेत्रमा नेपाली चलचित्र चल्दैनन् । तर, यो चलचित्र चल्ने र त्यहाँका दर्शकले खुला मनले स्वागत गर्नसक्ने सम्भावना देखिएको छ ।

चलचित्र ‘अभिमन्यु स् च्याप्टर-१’ भदौ २७ गते रिलिज हुँदैछ । यो चलचित्रको हिन्दी भर्सन असोज ६ अर्थात् (सेप्टेम्बर २२) मा रिलिज हुने निर्माण पक्षले जनाएको छ । हिन्दी भर्सन पनि वल्र्डवाइड रिलिज हुने निर्माता विनोद पौडेलले जानकारी दिएका छन् । चलचित्रले पैसाको प्रलोभनमा चक्रव्यूहमा फस्ने र त्यहाँबाट उम्किन खोज्ने व्यक्तिको संघर्षको कथा भन्ने बताइएको छ ।

पोस्टप्रोडक्सनमा रहेको चलचित्र ‘अभिमन्यु स् च्याप्टर-१’को मुख्य भूमिकामा कामेश्वर चौरासिया, सरिता गिरी, गौमाया गुरुङ, लक्ष्मी बर्देबा, शिशिर वाङ्देल, किरण श्रेष्ठ, प्रकाश दाहाल, सुष्मा निरौला छन् । सेभेन सिज सिनेमाको प्रस्तुति निर्माण भएको सिनेमा ‘अभिमन्यु स् च्याप्टर-१’लाई सुशान्त गौतमले निर्देशन गरेका छन् । यो उनको डेब्यु निर्देशन हो ।

मुकेश खनालको लेखन रहेको चलचित्रको क्रिएटिभ निर्देशक मदन थापा हुन् । ‘अभिमन्यु स् च्याप्टर-१’ का निर्माता विनोद पौडेल र गुञ्जन गिरी हुन् । रमेश चौलागाईं र हरि श्रेष्ठ सह-निर्माता रहेको चलचित्रका कार्यकारी निर्मातामा विशाल लामा, हरि मोक्तान, कृष्ण भट्टराई, नीराजन लुइँटेल र सन्देश श्रेष्ठ रहेका छन् । जीवन शाक्य लाइन प्रोड्युसर रहेको यस चलचित्रमा मनोज श्रेष्ठ भिएफएक्स, सुप्रिम पराजुली रंग सम्योजन, मदन घिमिरे सम्पादक रहेका छन् । ‘अभिमन्य’मा शरद महतोको डिओपी रहेको छ ।
 


प्रकाशित मिति: बुधबार, भदौ ११, २०८२  १५:५९
प्रतिक्रिया दिनुहोस्
थप कला-मनोरञ्‍जन
निफले सक्यो प्रि–इभेन्टका कार्यक्रम
निफले सक्यो प्रि–इभेन्टका कार्यक्रम आइतबार, चैत ८, २०८२
‘अधुरो सपना’ सार्वजनिक
‘अधुरो सपना’ सार्वजनिक शुक्रबार, चैत ६, २०८२
गायिका ज्योति मगर विवादमा, सामाजिक सञ्जालमा बहिस्कार अभियान
गायिका ज्योति मगर विवादमा, सामाजिक सञ्जालमा बहिस्कार अभियान शुक्रबार, चैत ६, २०८२
‘लालीबजार’ मा फरक भूमिकामा छुः अभिनेत्री खड्का
‘लालीबजार’ मा फरक भूमिकामा छुः अभिनेत्री खड्का बिहीबार, चैत ५, २०८२
प्रयोगकर्ताको रोजाईमा ‘लालीबजार’ को गीत ‘मायालाई के दिउँ म बैना’ गीत
प्रयोगकर्ताको रोजाईमा ‘लालीबजार’ को गीत ‘मायालाई के दिउँ म बैना’ गीत मंगलबार, चैत ३, २०८२
चलचित्र ‘पाँच पाण्डव’को छायांकन सुरु
चलचित्र ‘पाँच पाण्डव’को छायांकन सुरु सोमबार, चैत २, २०८२
नयाँ वर्षमा प्रदर्शन हुने ‘पहाड’ टिजर सार्वजनिक
नयाँ वर्षमा प्रदर्शन हुने ‘पहाड’ टिजर सार्वजनिक सोमबार, चैत २, २०८२
Public Notice Public Notice
लोकप्रिय
  • Week
  • Month
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
खुल्याे श्रम स्वीकृति
खुल्याे श्रम स्वीकृति
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP