Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #काठमाडौं निर्वाचन क्षेत्र नम्बर-२
  • #डा.विश्वास बस्नेत
  • #पुतली_नाच
  • #टाइगर कप
  • #मनोनयन_दर्ता
  • #तामाङ_घेदुङ
  • #सोनाम_ल्होछार
  • #शेरबहादुर देउवा
  • #सोनाम_ल्होच्छार
Search Here
सम्पादकीय
  • Home
  • सम्पादकीय
  • आवेश होइन, कूटनीतिक क्षमता देखाऊ
आवेश होइन, कूटनीतिक क्षमता देखाऊ
प्रभाव संवाददाता
प्रभाव संवाददाता बिहीबार, भदौ १२, २०८२
Hardik health

प्रधानमन्त्री केपी शर्मा ओली चीन भ्रमणमा जाँदै छन् । सांघाई सहयोग संगठनको शिखर सम्मेलनमा सहभागी जनाउँदै गर्दा नेपालले लिपुलेक विवादका विषयमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग छलफल गर्ने योजना बनाएको छ । सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङका अनुसार प्रधानमन्त्री ओलीले चिनियाँ राष्ट्रपति सी चिनफिङसँग पनि यो प्रश्न उठाउने तयारी छ ।

हालका प्रधानमन्त्री ओली नै सरकारको नेतृत्वमा रहेको बेला २०७७ जेठ ७ गते नेपालले लिपुलेक, लिम्पियाधुरा र कालापानी समेटिएको चुच्चे नक्सा सार्वजनिक गरेको थियो । यही नक्सामा रहेको नेपाली भूभाग लिपुलेकलाई दुई ठूला छिमेकी भारत र चीनले व्यापारिक केन्द्र बनाउने सहमति गरेपछि सरकारले प्रश्न उठाउने तयारी गरेको हो ।
भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालको निमन्त्रणमा चिनियाँ विदेशमन्त्री वाङ यीले भदौ २ र ३ गते भारत भ्रमणका क्रममा यस्तो सहमति गरेका हुन् । यो विषय सार्वजनिक हुनासाथ सरकारले कूटनीतिक नोटमार्फत समस्या समाधानको उपाय खोज्नुपथ्र्यो । तर परराष्ट्र मन्त्रालयले भारतसँग जुहारी खेल्ने किसिमले विज्ञप्ति जारी गर्दै भन्यो– यो विषय सबैलाई थाहा छ नेपाल सरकारले निरन्तर भारत सरकारलाई यस क्षेत्रमा सडक निर्माण वा विस्तार नगर्न र सीमा व्यापारजस्ता गतिविधि सञ्चालन नगर्न भनिरहेको छ । उक्त विज्ञप्तिको भारतले तुरुन्तै प्रतिक्रिया दियो । भारतको परराष्ट्र मन्त्रालयले सीमासम्बन्धमा एकतर्फी दाबी जायज नहुने जवाफ दियो । नेपालतर्फको दाबी कृत्रिम भएको तर्क गर्दै भारतले संवाद र कूटनीतिक संवादमार्फत बाँकी सीमा मुद्दाहरू समाधान गर्न नेपालसँग रचनात्मक अन्तरक्रियाका लागि खुला रहेको जनायो । 

प्रधानमन्त्री ओली सत्तामा आएको वर्ष दिन पुग्दा पनि नयाँदिल्लीले उनलाई स्वागत गर्न चाहेको छैन । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवामार्फत अनेक प्रयास गर्दा पनि नयाँदिल्ली खुसी नभएपछि आफ्नै प्रयासमा ओली यही भदौ मसान्तमा भारत जाने तयारीमा छन् । यसैको पूर्वसन्ध्यामा भारतले भने लिपुलेकमा आफ्नो दाबी दोहो¥याएको हो । १० वर्षअघि पनि भारतले यसैगरी लिपुलेकमा आफ्नो दाबी पेस गरेको थियो । लिपुलेक नेपाली भूमि हो, यसमा कुनै विवाद छैन । तर नेपालले यस विषयमा त्रिदेशीय छलफलदेखि अन्तर्राष्ट्रिय निकायहरुको साथ लिनुपर्छ । सिमाना विवाद प्रभावकारी रुपमा सुल्झाउने एकै उपाय भनेको कूटनीतिक छलफल हो । यसबारेमा सरकार कडा भएर भन्दा पनि रणनीतिकरुपमा प्रस्तुत हुनुपर्छ । सरकारले चीनमा हुने सांघाई सहयोग संगठनको शिखर सम्मेलनमा यो विषय उठाउने दाबी गरे पनि यो सही मञ्च नहुन सक्छ । विषय एकातिर कुराकानी अर्कोतिर हुँदा प्रभावकारी छलफल नहुन सक्छ । यसैले पनि छिमेकी मुलुकहरुसँग सीमाजस्तो जटिल विवादमा विज्ञहरुसँगै कूटनीतिज्ञहरुको सुझाव लिएरमात्र अगाडि बढ्नुपर्छ । यसका लागि विषयगत छलफल आयोजना गर्नु उपयुक्त हुन्छ । सरकार यस्तो बेला आवेशमा प्रस्तुत हुने होइन, कूटनीतिक क्षमता प्रदर्शन गर्ने हो ।
 


प्रकाशित मिति: बिहीबार, भदौ १२, २०८२  १३:००
प्रतिक्रिया दिनुहोस्
थप सम्पादकीय
इपिएसपीडितको माग सम्बोधन गर
इपिएसपीडितको माग सम्बोधन गर शुक्रबार, माघ ९, २०८२
महिला उम्मेदवारीमा उपेक्षा
महिला उम्मेदवारीमा उपेक्षा बिहीबार, माघ ८, २०८२
मनोनयन दर्ताको माहोलले जगायो उत्साह
मनोनयन दर्ताको माहोलले जगायो उत्साह बुधबार, माघ ७, २०८२
मनोनयन प्रभावित नहोस्
मनोनयन प्रभावित नहोस् मंगलबार, माघ ६, २०८२
बालेन-हर्कको दोहोरो धोका
बालेन-हर्कको दोहोरो धोका सोमबार, माघ ५, २०८२
रविको संरक्षणमा कानुनको बलिदान रोकियोस्
रविको संरक्षणमा कानुनको बलिदान रोकियोस् आइतबार, माघ ४, २०८२
विदेशमा जल्नुपर्ने बाध्यता कहिलेसम्म ?
विदेशमा जल्नुपर्ने बाध्यता कहिलेसम्म ? बिहीबार, माघ १, २०८२
लोकप्रिय
  • Week
  • Month
नाट्टाले गर्‍याे 'फितुर- २०२६' मा सहभागी नेपाली प्रतिनिधिमण्डललाई बिदाइ
नाट्टाले गर्‍याे 'फितुर- २०२६' मा सहभागी नेपाली प्रतिनिधिमण्डललाई बिदाइ
उच्च पहाडी तथा हिमाली भेगका हिमपातको सम्भावना
उच्च पहाडी तथा हिमाली भेगका हिमपातको सम्भावना
ल्होछारलाई सधैं एउटै मितिमा पर्ने गरी तय गर्नुपर्ने :  दिलमान पाख्रिन
ल्होछारलाई सधैं एउटै मितिमा पर्ने गरी तय गर्नुपर्ने : दिलमान पाख्रिन
आजदेखि  निर्वाचन आचारसंहिता लागू
आजदेखि निर्वाचन आचारसंहिता लागू
बालेनले दिए राजीनामा
बालेनले दिए राजीनामा
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
राजनीतिक संस्कृतिको प्रश्न, विवन्धन र सर्वोच्च अदालतको कार्यभार 
राजनीतिक संस्कृतिको प्रश्न, विवन्धन र सर्वोच्च अदालतको कार्यभार 
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP