Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मिम्लेन फुङ
  • #नाफिज
  • #वार्षिक साधारणसभा
  • #अन्तरराष्ट्रिय नागरिक उड्डयन दिवस
  • #मालढुंगा-बेनी_सडक
  • #एनपिएल
  • #जुडो
  • #सकुन_सुनुवार
  • #मानव अधिकार दिवस
Search Here
सम्पादकीय
  • Home
  • सम्पादकीय
  • सरकार खै सुशासन ?
सरकार खै सुशासन ?
प्रभाव संवाददाता
प्रभाव संवाददाता शुक्रबार, भदौ १३, २०८२

देशको प्रधानमन्त्रीको मुख्य ध्यान विकासको गतिविधिमा हुनुपर्ने हो । प्रशासनबाट जनतालाई के कतिको सुविधा भइरहेको विषयमा अनुगमन तथा अनुसन्धान गरी समस्याको गाँठो फुकाउने कामतिर लाग्नुपर्ने हो । तर प्रधानमन्त्री केपी शर्मा ओलीको पछिल्लो गतिविधि त्यस्तो देखिन्न ।

कहिले आफ्नै दलका नेताहरुको बारेमा राजनीतिक उछाल ल्याएर त कहिले बालुवाटारमै पार्टीका नेता कार्याकर्ता बोलाएर विपक्षी दलका नेताहरुलाई धम्क्याउनसम्म पछि पर्दैनन् ओली । अहिले युवाहरु रोजगारीको खोजीमा चौतर्फी भौतारिरहेका छन् । कुनै विषयमा स्थिरता नहुँदा उनीहरु निराश छन् । सामाजिक सञ्जालमा युवाहरुले आक्रोश पोख्छन् । वडाध्यक्ष नै भावुक सन्देश छाडेर विदेश छाड्न विवश बनेका छन् ।  यी विषयमा प्रधानमन्त्री ओलीले विशेष ध्यान दिनुपर्ने हो । युवा पुस्ताको विषयमा कुनै योजना बनाउनुपर्ने हो । तर ओली दैनिकजसो सत्ता जोगाउनतिरमात्र लागेको देखिन्छ । उनको दैनिक रटान हुन्छ, सरकार ढल्दैन । अघिल्लोपटक मन्त्रीहरुसँग कार्यसम्पादन गरेका ओलीले यसपटक पनि मन्त्रीहरुसँग कार्यसम्पादन सम्झौता गरेका छन् ।

तर उक्त कार्यसम्पादनको ‘रिपोर्ट कार्ड’ प्रधानमन्त्रीसँग छैन । अहिले देशको आर्थिक अवस्था संकटग्रस्त छ । भूमिसम्बन्धी कानुन बनाउन नसक्दा कित्ताकाट खुल्ला गर्न नसक्दा अहिले जग्गा कारोबार ठप्प छ । जसका कारण एक त देशभरको घरजग्गा कारोबार ओरालो लागेको छ । यसले राजश्व संकलनमा पनि कमी आएको छ । 
सहकारी ठगी प्रकरणका कारण अहिले देशभरको बैंकिङ क्षेत्र त्रास्त छ । बैंकमा गैरबैंकिङ सम्पत्ति थुप्रिएर बिक्री हुन सकेको छैन । जसका कारण ब्याजदरमा असर परेको छ । यही कारण ऋण लिनेहरु पनि घटिरहेका छन् । उखु किसानहरुलाई सधैं झुक्याएर परिबन्दमा पार्ने गरिन्छ । निजमती विधेयकमा छलछाम गरी ‘कुलिङ पिरियड’ नै गायब गर्नतिर लाग्दा निकै समय गोलमाल भयो ।

Hardik health

अहिले शिक्षा विधेयक किनारा लगाउन नसक्दा शिक्षकहरु फेरि आन्दोलनमा उत्रने तयारीमा छन् । दशैं नजिकिएको छ । अब विभिन्न बाहनामा व्यवसायीले मुल्य बढाएर सर्वसाधारणलाई दुख दिने क्रम चल्नेछ ।  सुशासनको मुद्दा लिएर दुई ठुला दल मिलेर बनेको यो सरकारले देशको शासनप्रतिको वितृष्णाको सम्बोधन गर्नुपर्ने हो । तर सुशासनको नाम लिनेबित्तिकै सरकार तर्कन थाल्छ । अहिले देशभरको कार्यालयमा चरम ढिलासुस्ती छ । बजेट विनियोजनदेखि बजेट कार्यान्वयनसम्म सरकारले जनताको माग सम्बोधन गर्न सकेको छैन । प्रधानमन्त्री र मन्त्रीहरु बढीजसो विदेश सयरमै रमाएको देखिन्छ । दलगत स्वार्थ र झगडा भन्दा पनि सरकार यी विषयमा सम्बोधन गर्न लागोस् । सुशासनलाई प्राथमिकता दिनु नै आजको प्रमुख आवश्यकता हो । 
 


प्रकाशित मिति: शुक्रबार, भदौ १३, २०८२  १४:२४
प्रतिक्रिया दिनुहोस्
थप सम्पादकीय
अनलाइन स्क्यामिङबारे सचेतना फैलाऔं
अनलाइन स्क्यामिङबारे सचेतना फैलाऔं शुक्रबार, मंसिर २६, २०८२
अस्वीकृत नेतृत्वको पछि लाग्दै कांग्रेस
अस्वीकृत नेतृत्वको पछि लाग्दै कांग्रेस सोमबार, मंसिर २२, २०८२
विदेशमा घरेलु कामदारमाथि हुने हिंसा न्यूनीकरण गर्न कदम चाल
विदेशमा घरेलु कामदारमाथि हुने हिंसा न्यूनीकरण गर्न कदम चाल शुक्रबार, मंसिर १९, २०८२
पुराना दललाई वैकल्पिक दलको चुनौती
पुराना दललाई वैकल्पिक दलको चुनौती बिहीबार, मंसिर १८, २०८२
महिला हिंसाविरुद्ध बोलौं, न्यूनीकरणमा जोड दिऊ
महिला हिंसाविरुद्ध बोलौं, न्यूनीकरणमा जोड दिऊ मंगलबार, मंसिर १६, २०८२
निर्वाचनको वातावरण बनाऊ
निर्वाचनको वातावरण बनाऊ सोमबार, मंसिर १५, २०८२
रिटायरहरुको क्लब बन्दै दल 
रिटायरहरुको क्लब बन्दै दल  आइतबार, मंसिर १४, २०८२
लोकप्रिय
  • Week
  • Month
पाँचवीर थुलुङ राईको ‘जीवनका जङ्घार’ लोकार्पण
पाँचवीर थुलुङ राईको ‘जीवनका जङ्घार’ लोकार्पण
महिला हिंसाविरुद्धको अभियान चलिरहँदा दुव्र्यवहार आरोपी नै सम्मानित
महिला हिंसाविरुद्धको अभियान चलिरहँदा दुव्र्यवहार आरोपी नै सम्मानित
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
रामप्रसाद राईको सम्झनामा परिसंवाद तथा वृत्तचित्र प्रदर्शनी
रामप्रसाद राईको सम्झनामा परिसंवाद तथा वृत्तचित्र प्रदर्शनी
वैदेशिक रोजगार व्यवसायी र स्वास्थ्य व्यवसायी आ-आफ्नै अडानमा
वैदेशिक रोजगार व्यवसायी र स्वास्थ्य व्यवसायी आ-आफ्नै अडानमा
‘एसएमसी अर्निङ एप’को ठगीधन्दा
‘एसएमसी अर्निङ एप’को ठगीधन्दा
नेपाली उत्पादन अमेरिकि बजारमा पुर्याउन पहल गर्नेछु :  भट्टराई
नेपाली उत्पादन अमेरिकि बजारमा पुर्याउन पहल गर्नेछु : भट्टराई
काठमाडौंमा हिट हिप–हप धमाका हुँदै
काठमाडौंमा हिट हिप–हप धमाका हुँदै
 गुणस्तरीय शिक्षाको उत्कृष्ट मोडल बन्दै न्यू क्यासल स्कुल
 गुणस्तरीय शिक्षाको उत्कृष्ट मोडल बन्दै न्यू क्यासल स्कुल
पाँचवीर थुलुङ राईको ‘जीवनका जङ्घार’ लोकार्पण
पाँचवीर थुलुङ राईको ‘जीवनका जङ्घार’ लोकार्पण
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP