Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #काठमाडौं निर्वाचन क्षेत्र नम्बर-२
  • #डा.विश्वास बस्नेत
  • #पुतली_नाच
  • #टाइगर कप
  • #मनोनयन_दर्ता
  • #तामाङ_घेदुङ
  • #सोनाम_ल्होछार
  • #शेरबहादुर देउवा
  • #सोनाम_ल्होच्छार
Search Here
सम्पादकीय
  • Home
  • सम्पादकीय
  • नियुक्तिमा गलत सिफारिस गर्नेलाई छुट !
नियुक्तिमा गलत सिफारिस गर्नेलाई छुट !
प्रभाव संवाददाता
प्रभाव संवाददाता बिहीबार, भदौ ५, २०८२
Hardik health

सरकारले विभिन्न निकायमा गर्ने नियुक्तिको सिफारिस कति पारदर्शी हुन्छ भन्ने उदाहरण नेपाल बिमा प्राधिकरणको अध्यक्ष नियुक्ति प्रकरणबाट प्रस्ट भएको छ । सरकारले पहिले आफैं योग्य देखेर नियुक्त गर्ने र पछि फेरि अयोग्य ठहर गर्दैै बर्खास्त गर्नु आफैं हाँस्यस्पद विषय बनेको छ । सरकारले गत फागुन १२ गते बिमा प्रधिकरणको अध्यक्षमा नियुक्त गरेको शरद ओझालाई सोमबार बर्खास्त गरेको हो । फर्जी अनुभव पेस गरेको अभियोगसहित उजुरी परेपछि असार ३० गते उनी निलम्बनमा परेका थिए । त्यसपछि उच्च अदालतका पूर्वन्यायाधीश कृष्ण गिरीको नेतृत्वमा कपिलदेव ओली र जीवनप्रकाश सिटौलासहितको तीन सदस्यीय छानबिन समिति गठन भयो । उक्त समितिले उनलाई अयोग्य ठहर गरेसँगै सरकारले बर्खास्त गरेको हो ।

सरकारले उनलाई बर्खास्त गर्नुको कारण खराब आचरण प्रदर्शन गरेको तर्क गरेको छ । त्यसैगरी उनमा कार्यक्षमताको अभाव रहेको र पदीय जिम्मेवारी पालना गरेको नदेखिएकाले जनाएको छ । फर्जी कागजात पेस गरी नियुक्ति लिएको सबैलाई प्रस्ट थाहा छ । तर, मन्त्रिपरिषद्ले भने यो विषय खुलाउन चाहेन । प्राधिकरणको अध्यक्ष भागबण्डामा नेपाली कांग्रेसलाई परेको थियो । पत्रकार ओझा कांग्रेस सभापति शेरबहादुर देउवाका सहयोगी नातेदार परेकै कारण उक्त पदमा पुगेको सर्वविदितै थियो । जसकारण पनि यो विषयमा मन्त्रिपरिषद्ले फर्जी कागजात लेख्न नसकेको हुन सक्छ । अर्को विषय भनेको बिमा प्राधिकरणजस्तो नियामक निकायको नेतृत्वमा जाने व्यक्ति फर्जी कागजात पेस गरेको थाहा पाउँदापाउँदै छनोट गर्नु ठूलो लापारवाही हो ।

यस्तो गर्ने छुट कसैलाई छैन । सेटिङ, घुस लिएर नियुक्ति गरिने घटनाहरु पटक-पटक सार्वजनिक भएकै छन् । यो नियुक्ति प्रकरणमा पनि छनोट समितिमाथि प्रश्न उठेको छ । सरकारले बिमा प्राधिकरणका अध्यक्ष छनोटका लागि राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. शिवराज अधिकारी संयोजकत्वमा बिमा प्राधिकरण सिफारिस समिति गठन गरेको थियो । जसमा अर्थ मन्त्रालयका सचिव र ज्योतिचन्द्र ओझा सदस्य रहेका थिए ।  ओझा अयोग्य ठहरिँदै बर्खास्त हुँदा सिफारिस समितिमाथि पनि छानबिन आवश्यक देखिएको छ । फर्जी कागजात हुँदाहुँदै कसरी नियुक्त गरे । कतै आर्थिक लेनदेन त थिएन ? यो विषयमाचाहिँ छानबिन हुनु पर्दैन ? ओझाले कारबाही भोग्दै गर्दा छनोट समितिलाई छानबिनको दायराबाहिर राख्नु ठीक हुन्न । निर्णय प्रक्रियामा गम्भीर त्रुटि भएको यस्तो अवस्थामा राज्य जिम्मेवार बन्नैपर्छ । के कति ‘डिल’मा ओझा अध्यक्ष नियुक्त भए ? यो छनोट प्रक्रियामा राज्यको कति खर्च भयो ? कति घाटा लाग्यो ? यी सबै विषयमा प्रस्ट ढंगले छानबिन होस् ।
 


प्रकाशित मिति: बिहीबार, भदौ ५, २०८२  १५:५४
प्रतिक्रिया दिनुहोस्
थप सम्पादकीय
इपिएसपीडितको माग सम्बोधन गर
इपिएसपीडितको माग सम्बोधन गर शुक्रबार, माघ ९, २०८२
महिला उम्मेदवारीमा उपेक्षा
महिला उम्मेदवारीमा उपेक्षा बिहीबार, माघ ८, २०८२
मनोनयन दर्ताको माहोलले जगायो उत्साह
मनोनयन दर्ताको माहोलले जगायो उत्साह बुधबार, माघ ७, २०८२
मनोनयन प्रभावित नहोस्
मनोनयन प्रभावित नहोस् मंगलबार, माघ ६, २०८२
बालेन-हर्कको दोहोरो धोका
बालेन-हर्कको दोहोरो धोका सोमबार, माघ ५, २०८२
रविको संरक्षणमा कानुनको बलिदान रोकियोस्
रविको संरक्षणमा कानुनको बलिदान रोकियोस् आइतबार, माघ ४, २०८२
विदेशमा जल्नुपर्ने बाध्यता कहिलेसम्म ?
विदेशमा जल्नुपर्ने बाध्यता कहिलेसम्म ? बिहीबार, माघ १, २०८२
लोकप्रिय
  • Week
  • Month
नाट्टाले गर्‍याे 'फितुर- २०२६' मा सहभागी नेपाली प्रतिनिधिमण्डललाई बिदाइ
नाट्टाले गर्‍याे 'फितुर- २०२६' मा सहभागी नेपाली प्रतिनिधिमण्डललाई बिदाइ
उच्च पहाडी तथा हिमाली भेगका हिमपातको सम्भावना
उच्च पहाडी तथा हिमाली भेगका हिमपातको सम्भावना
ल्होछारलाई सधैं एउटै मितिमा पर्ने गरी तय गर्नुपर्ने :  दिलमान पाख्रिन
ल्होछारलाई सधैं एउटै मितिमा पर्ने गरी तय गर्नुपर्ने : दिलमान पाख्रिन
आजदेखि  निर्वाचन आचारसंहिता लागू
आजदेखि निर्वाचन आचारसंहिता लागू
बालेनले दिए राजीनामा
बालेनले दिए राजीनामा
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
राजनीतिक संस्कृतिको प्रश्न, विवन्धन र सर्वोच्च अदालतको कार्यभार 
राजनीतिक संस्कृतिको प्रश्न, विवन्धन र सर्वोच्च अदालतको कार्यभार 
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP