Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #जनकराज_गिरी
  • #नेपाल पर्यटन बोर्ड
  • #फेब्रुअरी_पर्यटक
  • #इरान_इजरायल
  • #कोल्टन_खानी_दुर्घटना
  • #नेपाल रेडक्रस सोसाइटी
  • #क्लिन_स्वीप
  • #डा स्वर्णिम वाग्ले
  • #इन्दिरा मानन्धर
Search Here
विचार
  • Home
  • विचार
  • दर खाने दिन: परम्परा र आधुनिकता बीचको यात्रा
दर खाने दिन: परम्परा र आधुनिकता बीचको यात्रा
विविशा पाैडेल
विविशा पाैडेल सोमबार, भदौ ९, २०८२
विविशा पौडेल

नेपालमा मनाइने पर्वहरूमा महिलाहरूको उत्सव र भावनासँग गहिरो रूपमा जोडिएको पर्व हो तीज । तीज भनेको श्रावण शुक्ल तृतीयादेखि मनाइने हिन्दू महिलाहरूको विशेष पर्व हो जसलाई हरितालिका तीज पनि भनिन्छ । यस पर्वको प्रारम्भिक दिनलाई ‘दर खाने दिन’ भनेर विशेष महत्त्व दिइन्छ । यो दिनमा महिलाहरू आ-आफ्नो माइती घर जान्छन्, प्रियजनहरूसँग भेटघाट गर्छन्, दर खाने परम्परा पूरा गर्छन् र आगामी दिनको उपवास तथा पूजा तयारी गर्छन् । समयको परिवर्तनसँगै दर खाने दिनको स्वरूप, महत्त्व र प्रस्तुत गर्ने तरिका पनि बदलिँदै गएको छ ।

दर खाने परम्परा हिन्दू संस्कृतिसँग गहिरो रूपमा गाँसिएको छ । तीज पर्व शिव र पार्वतीको मिलनसँग जोडिन्छ । कथन अनुसार पार्वतीले कठोर तपस्या गरेर भगवान शिवलाई पति रूपमा पाएको स्मरणमा महिलाहरूले तीजमा व्रत बस्ने परम्परा बनाएको मानिन्छ । व्रत बस्नुअघि एक दिन अघिल्लो रात दर खाई पेट भरी खाने चलन छ, जसले उपवास सहज बनाउन मद्दत गर्छ । धार्मिक दृष्टिले दर खाने दिनमा खाने परिकारलाई ‘ऊर्जा सञ्चय गर्ने माध्यम’ को रूपमा लिइन्छ । दूध, दही, मासु, माछा, मिठाई, फलफूल लगायत ऊर्जा दिने पदार्थ खाने प्रचलन छ । यसरी दर खाई भोलिपल्ट महिलाहरूले कठोर व्रत पूरा गर्ने आधार तयार हुन्छ ।

परम्परागत रूपमा दर खाने दिनलाई अत्यन्तै रमाइलो उत्सवको रूपमा लिइन्थ्यो । माइती जाने प्रथाः छोरीचेलीहरू तीज अघिल्लो दिन माइती घर जान्थे । माइतीले छोरीलाई दर खुवाउने, मायाले सरसामान दिने चलन थियो । साथै गानाबजाना र मेलमिलापः माइती घर पुगेपछि दिदीबहिनीबीच गीत गाउने, नाच्ने, रमाउने परम्परा थियो । तीजका गीतमा सामाजिक व्यथा, दुःख, अधिकार र जीवनका संघर्षहरू प्रकट हुने गर्थे । दरका परिकारः परम्परागत रूपमा दरमा खासगरी घिउमा पकाइएका परिकार, सेलरोटी, पुरा, मासु, दही, मिठाई र मौसमी फलफूल अनिवार्य मानिन्थे। यी परिकारले व्रत बस्न सजिलो बनाउँछन् भन्ने विश्वास थियो ।

दर खाने दिनलाई केवल खाने मात्र नभई सामाजिक र सांस्कृतिक दृष्टिले पनि ठूलो महत्त्व दिइन्छ । मायाको प्रतीकका रुपमा माइतीले छोरीलाई मायाले खुवाउने दर सम्बन्धको गहिरो अभिव्यक्ति हो । महिलाको स्वतन्त्रताका लागि  विवाहपश्चात दिदीबहिनीलाई माइती घर बोलाउने, स्वतन्त्र रूपमा रमाउने अवसर दिनु नै यस दिनको खास विशेषता रहेको पाइन्छ । सांस्कृतिक निरन्तरता लिनकै लागि भए पनि दर खाने चलन छ । जसले परम्परागत गीत–संगीत, नाचगान र संस्कृतिलाई जोगाइराखेको छ । तर, समय बदलिएसँगै दर खाने दिनको स्वरूप पनि परिवर्तन हुँदै गएको छ। यसको पहिलो कारण  सहरीकरण र व्यावसायिकता रहेको छ ।  अघिल्ला वर्षका दिनहरूमा घरघरमै दर खाने चलन थियो भने अहिले होटल र पार्टी प्यालेसमा दर खाने कार्यक्रम हुने गरेको पाइन्छ । साथै सामाजिक सञ्जालको प्रभावले पनि परिवर्तल ल्याएको छ । पल्लिा केहि वर्ष यता फेसबुक, टिकटक, इन्स्टाग्राममा दर खाने दिनका तस्बिर र भिडियो पोस्ट गर्ने प्रचलन बढेको छ । परिकारमा परम्परा र आधुनिकताबीचको मिश्रण  भएको छ ।  आधुनिक परिकारहरु पिज्जा, पास्ता, मोमो पनि दरको थालीमा देखिन थालेका छन्, तर परम्परागत सेलरोटी र मिठाई अझै पनि मुख्य रहँदै आएको छ ।

Hardik health

आधुनिक समाजमा दर खाने दिनले विभिन्न आयाम समेट्न थालेको छ । एकता र भेटघाटको अवसर दिएको छ ।  विदेश वा अन्यत्र व्यस्त दिदीबहिनीहरूले यस दिन छुट्टी मिलाएर भेटघाट गर्ने परम्परा अझै पनि कायम छ ।  सांस्कृतिक प्रदर्शले  प्रतिस्पर्धाको वातावरण सिर्जना गरेको छ । विभिन्न संस्थाहरूले दर खाने दिनलाई सांस्कृतिक कार्यक्रममार्फत पनि मनाउन थालेका छन् । फेसन र पहिरन पनि पछिल्लो समय एउटा प्रचलन बनेको छ ।  रातो सारी, सुनका गहना, मेहन्दी, चुरा आदि आधुनिक ढंगमा प्रस्तुत गर्ने चलन बढेको गएको छ ।

दर खाने दिनसँगै केही आलोचना र बहसहरू पनि छन् । होटल, पार्टी प्यालेसमा दर खाने गर्दा ठूलो खर्च हुने भएकाले यसलाई ‘फजुल खचृ’ भनेर आलोचना गरिन्छ । मौलिकताको हस्तक्षेप गरी परम्परागत संस्कृतिभन्दा देखावटीपन, प्रतिस्पर्धा र फोटो सेसनमा जोड दिइनु आलोचनाको विषय बनेको छ । वर्गीय असमानता  निम्त्याएको  छ । सम्पन्न परिवारले महँगो दर खाँदा विपन्न महिलाहरू त्यसरी सहभागी हुन नसक्ने भएकाले विभेद उत्पन्न गरेको देखिन्छ ।

यद्यपि आलोचना भए पनि दर खाने दिनलाई सकारात्मक रूपमा लिन सकिन्छ । यसले महिलालाई रमाइलो गर्ने अवसर दिन्छ । दिदीबहिनीबीचको माया, सम्बन्ध र भावनालाई जोड्ने माध्यम हो । परम्परा र आधुनिकतालाई सन्तुलनमा राख्दै संस्कृतिको संरक्षण र नयाँ स्वरूप दिन सकिन्छ ।दर खाने दिन केवल खाने दिन मात्र नभई महिला, परिवार र समाजबीचको सम्बन्ध बलियो बनाउने विशेष पर्व हो। यसले परम्परागत मूल्यलाई जोगाउँदै आधुनिक समाजसँग तालमेल मिलाउन सिकाउँछ। समयको परिवर्तनसँगै यस दिनले आफ्नो स्वरूप बदले पनि यसको मूल भावना अझै जीवित छ- माया, सम्बन्ध र एकताको अभिव्यत्ति । त्यसैले, दर खाने दिनलाई हामीले संस्कृतिको धरोहरका रूपमा लिएर आधुनिक जीवनसँग सन्तुलन मिलाउँदै अघि बढाउनु आवश्यक छ। परम्परा र आधुनिकताको यो मिश्रण नै नेपाली समाजको विशेषता हो र यही विशेषताले दर खाने दिनलाई अझ अर्थपूर्ण बनाइरहेको छ ।

 

 

 


प्रकाशित मिति: सोमबार, भदौ ९, २०८२  १३:०९
प्रतिक्रिया दिनुहोस्
थप विचार
अन्तरजातीय विवाहको सामाजिकीकरण कसरी गर्ने ?
अन्तरजातीय विवाहको सामाजिकीकरण कसरी गर्ने ? सोमबार, फागुन २५, २०८२
लोकतन्त्र र लोकतान्त्रिक निष्ठाले जितेको दिन
लोकतन्त्र र लोकतान्त्रिक निष्ठाले जितेको दिन शुक्रबार, फागुन २२, २०८२
फागुन २१ दलहरूको अग्निपरीक्षा 
फागुन २१ दलहरूको अग्निपरीक्षा  बुधबार, फागुन २०, २०८२
भोट के मा ? 
भोट के मा ?  मंगलबार, फागुन १९, २०८२
निर्वाचन अमूल्य मत सदुपयोगको अवसर
निर्वाचन अमूल्य मत सदुपयोगको अवसर मंगलबार, फागुन १९, २०८२
चुनावमा सहभागी हुन आतुर छन् मतदाता
चुनावमा सहभागी हुन आतुर छन् मतदाता आइतबार, फागुन १७, २०८२
नेपाली राजनीति र महिला सहभागिताको सवाल
नेपाली राजनीति र महिला सहभागिताको सवाल शुक्रबार, फागुन १५, २०८२
लोकप्रिय
  • Week
  • Month
देशभित्रै गरिखाने वातावरण बनोस्
देशभित्रै गरिखाने वातावरण बनोस्
इरानी ड्रोन निष्क्रिय गर्दागर्दै अस्ताए दिवस
इरानी ड्रोन निष्क्रिय गर्दागर्दै अस्ताए दिवस
भोट के मा ? 
भोट के मा ? 
चुनावमा पनि इन्धन नियमित हुन्छ : आयल निगम
चुनावमा पनि इन्धन नियमित हुन्छ : आयल निगम
तराईका जिल्लामा आज होली मनाइँदै
तराईका जिल्लामा आज होली मनाइँदै
प्रथम सहिद लखन थापा मगरकाे १४९ औँ स्मृति दिवसमा खुल्ला दौड हुँदै 
प्रथम सहिद लखन थापा मगरकाे १४९ औँ स्मृति दिवसमा खुल्ला दौड हुँदै 
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
रेमिट्यान्स पठाउनेलाई बोनसदेखि नेपालबाटै विदेशमा काम गराउने प्रतिबद्धता
रेमिट्यान्स पठाउनेलाई बोनसदेखि नेपालबाटै विदेशमा काम गराउने प्रतिबद्धता
पुरानै अनुहारलाई पुरानै गल्ती दोहोर्याउन मत दिने कि नयाँ सोच, नयाँ नेतृत्व र स्पष्ट भिजनलाई अवसर दिने ?  
पुरानै अनुहारलाई पुरानै गल्ती दोहोर्याउन मत दिने कि नयाँ सोच, नयाँ नेतृत्व र स्पष्ट भिजनलाई अवसर दिने ?  
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP