Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #८०औँ स्वतन्त्रता दिवस
  • #३२ औं तामाङ प्रसारण दिवस
  • #शेरबहादुर देउवा
  • #नेपाली कांग्रेस
  • #शेरबहादुर देउवा समूह
  • #डा. शेखर कोइराला
  • #‘ए मैना सुनन’
  • #राष्ट्रियसभा
  • #सन्तोष परियार
Search Here
विचार
  • Home
  • विचार
  • समाजवादी व्यवस्थामा आर्थिक न्याय
समाजवादी व्यवस्थामा आर्थिक न्याय
गम्भीरबहादुर हाडा
गम्भीरबहादुर हाडा मंगलबार, असार २, २०८३
गम्भीरबहादुर हाडा

 

समाजवाद केवल सामाजिक न्यायको दृष्टिकोणबाट मात्र होइन । यस कारण पनि अनिवार्य हुन्छ कि यसबाट राष्ट्रिय साधनहरूको दुरूपयोगसमेत बन्द हुन जान्छ । समाजवादमा साधनहरूमाथि सरकारी स्वामित्व हुने भएकोले आम्दानीको वितरण धेरै मात्रामा समान हुन सक्दछ । त्यसो हुनाले उपभोक्ताहरूको इच्छामा पनि समानता हुन्छ र तिनीहरूको इच्छा पूर्ति हुन जान्छ । समाजवादमा उत्पादनका साधनको वितरण गर्नमा उपभोक्ताहरूको स्वतन्त्रता हुँदैन भन्ने कुरामा सत्यता छैन ।


समाजवाद शब्दको उत्पत्ति ल्याटिन भाषाको ‘सोसियस’ शब्दबाट भएको हो । यसको अर्थ समाज हो । यसको मुख्य लक्ष्य समाजको सुधार गर्नु हो । समाजवादको जन्म पुँजीवादको अन्तरविरोधीको कारणबाट भएको हो । समाजवादको आधारभूत स्वरुपचाहिँ समाजको उन्नतिका लागि आर्थिक अवसर सिर्जना गरेर आर्थिक न्याय प्रदान गर्नु रहेको छ । यसको मतलब सबै जनताले समान आम्दानी गर्नुपर्दछ भन्ने होइन किनभने उत्पादनमा उत्साह जगाउने हो भने उत्पादकहरुलाई ध्यान दिनै पर्छ । त्यसैले आयमा समानता भन्नुको अर्थ आयको अन्तरलाई ज्यादै साँघुरो पार्नुमात्र हो । अतः समाजवादमा आयको असमान वितरण पुँजीवादमाभन्दा बढी अंकुश लगाइएको हुन्छ ।

खास भन्ने हो भने समाजवाद त्यो आन्दोलन हो, जसले निजी पुँजी र त्यसमाथिको प्रभुत्व सत्ता खाली गरी व्यक्तिगत जोखिम र प्रतिस्पर्धा हटाई यसको ठाउँमा समानता त्यो पनि आर्थिक समानता कायम गरी शोषण बन्द गर्न चाहने एउटा युगको माग हो भनेर भन्न सकिन्छ । यसबाट नै देशले राम्ररी उत्पादन गर्न सक्दछ । समाजवादको बारेमा वरट्रेण्ड रसेलसमेतले पनि उत्पादनको वितरणको पक्ष लिएर समानरुपको वितरणलाई बढी जोड दिएको पाइन्छ ।

Hardik health

समाजवादको रुप विश्वव्यापी छ । यसको लक्ष्य निजी सम्पत्ति नहुनु हो । निजी सम्पत्तिलाई यस व्यवस्थामा छुट छैन । समाजवाद एक अमूर्त ठोस सैद्धान्तिक, व्यावहारिक, आदर्शवादी, भौतिकवादी हुनाको साथै अति प्राचीन र पूर्ण आधुनिकता दुवैको संगम हो । यसमा एक कोरा भावनादेखि एक स्पष्ट धर्म, एक धार्मिक नियम, एक आर्थिक प्रणाली, एक ऐतिहासिक तह र एक न्यायिक सिद्धान्तको रुपमा मानिएको छ । यसप्रकार समाजवादको रुप विश्वव्यापी छ । लक्ष्य निजी सम्पत्ति नहुनु हो । यस व्यवस्थामा समाजको सांस्कृतिक, राजनीतिक र आर्थिक तत्वहरुसँग मिलेर रहेका हुन्छन् । समाज जस्तो छ, त्यस समाजको सांस्कृतिक परम्परामा पनि त्यसैको प्रतिविम्ब हुन्छ । 

समाजवादी व्यवस्थाको मुख्य आधार आर्थिक व्यवस्था हो । यसको केन्द्रीय समस्या आर्थिक नै हो । आर्थिक तत्वको चारैतर्फ राजनीतिक, सामाजिक, सांस्कृतिक धार्मिक तथा अन्य तत्वहरुको घेरा हुन्छ । त्यस्तो महत्‍वपूर्ण केन्द्रीय आर्थिक समस्याको मुख्य लक्ष्य समाज कसरी उपलब्ध आर्थिक वस्तुहरुको उत्पादन, वितरण उपभोग गर्न चाहन्छ, त्यसरी नै ती आर्थिक क्रियाकलापहरुको सञ्चालन गर्नु हो । 
विश्वमा देखिने राजनीतिक तथा सामाजिक घटनाहरुको जन्म आर्थिक कारणद्वारा नै हुने कुरा ऐतिहासिक तथ्यद्वारा सावित गरेको छ । कार्लमाक्र्सले इतिहासलाई क्रमबद्ध तथा तर्कसंगत ढाँचाबाट हेर्ने गरेका छन् । ऐतिहासिक घटनाको मुख्य कारण आर्थिक तत्व हो । सम्पन्न व्यक्तिबाट कमजोर व्यक्तिलाई शोषण गरिन्छ र यो नै वर्ग संघर्षको जड या मुल कारण हो भन्नु पर्दछ । ऐतिहासिक ढंगबाट माक्र्सले इतिहासको भौतिक व्याख्या गरेका छन् । अर्काे, माक्र्सले पुँजीपतिहरुद्वारा श्रमिक वर्गलाई शोषण गरिरहेका छन् भन्ने विषयलाई मूर्त रुप दिने कार्य अतिरिक्त मूल्यको सिद्धान्तलाई बढी महत्‍व दिएका छन् । यस सिद्धान्तको मूल उद्देश्य पुँजीपतिले श्रमजीवीहरुको श्रमको शोषण कसरी गर्दछन् भन्नेबारे सर्वसाधारणमा स्पष्ट गर्नु हो । तर माक्र्सको सिद्धान्तलाई पनि धेरै आधुनिक विचारकहरुले आलोचना गरेका छन् । कार्लमाक्र्सले भविष्यवाणी गरेझैं राष्ट्रिय आम्दानी बढेपछि ज्याला घटेको पाइँदैन र पश्चिमी युरोप तथा संयुक्त राज्य अमेरिकामा श्रमिक वर्गको रहनसहनको स्तरमा सुधार भएको छ ।

समाजवादले उत्पादनका साधनहरुमाथि सामूहिक स्वामित्व र व्यवस्थापनलाई लागू गर्दछ तर समाजवादमा मूल्य र बजारको स्थापना हुँदैन । यस व्यवस्थाले उपयोग र कृषिलाई राज्यको हातमा राख्छ तर उपभोग्य वस्तुउपर निजी स्वामित्वलाई खल्बल्याइरहन्छन् । प्रत्येक व्यक्ति आफूले चाहेअनुसारको उपभोग्य वस्तु रोज्न स्वतन्त्र हुन्छ । यस व्यवस्थाअन्तर्गत राज्य केन्द्रीय सत्ताको रुपमा कार्य गर्दछ । राज्यको आज्ञाअनुसार नै देशमा उत्पादन, उपभोग र वितरण प्रणालीको व्यवस्था गरिएको हुन्छ । उद्यमी वा लगानीकर्ता वा ‘साहसी’को कार्य राज्य आफैं गर्दछ । साहसीले उत्पादनका सबै साधनहरूलाई एकत्रित गर्दछ र उत्पादन गरिन्छ तथा सबै साधनहरूले उचित पुरस्कार लिएपछि जुन वचेको हुन्छ, त्यही राज्य संगठन रहन्छ । राज्यले यसरी प्राप्त गर्ने लाभलाई लोकहित कार्यहरूमा खर्च गरिन्छ, राज्य त्यो केन्द्र हो, जसबाट समाजवादी व्यवस्थाको सिद्वान्तलाई व्यवहारमा ल्याउने कार्य गर्दछ ।

उत्पादनका सबै साधनहरूमा व्यक्तिगत अधिकार हुँदैन, व्यक्ति समाजको अधिकार हुन्छ । उत्पादनका सबै साधन समाजका प्रतिनिधि राज्यद्वारा नियन्त्रित गर्ने गरिन्छ भने समाज अधिकारको सिद्वान्तअनुसार प्रतिफलको वितरण गरिन्छ । राज्यद्वारा उत्पादन, लाभ प्राप्त गर्ने दृष्टिबाट नगरेर जनहितको दृष्टिबाट गरिन्छ । समाजवादी अर्थव्यवस्थामा आर्थिक नियोजनका महत्‍वपूर्ण स्थान प्राप्त भएको हुन्छ । किनभने समाजवादको सफलता आर्थिक नियोजनमा नै आधारित हुन्छ । राज्य आफ्नो निश्चित् र निर्धारित नीतिका आधारमा केही प्रमुख विषयहरूको प्रमुखता दिएको हुन्छ र त्यसैको आधारमा देशमा उत्पादन, उपभोग, वितरण र विनिमय गरिन्छ ।

आर्थिक नियोजन गर्ने काम राज्य आफैं गर्दंछ । समाजवादमा समाज पूर्णतया वर्गसहित हुन्छ  । यस व्यवस्थामा न त कुनै व्यक्ति मालिक हुन्छ न त कुनै व्यक्ति नोकर हुन्छ । यस्तै प्रकार न कुनै पुँजीपति नै हुन्छन् । हरेक व्यक्तिलाई आफ्नो उन्नति गर्न समान अवसर र अधिकार प्राप्त हुन्छ । यसबाट स्पष्ट हुन्छ कि समाजवादी समाजमा जन्मजात कुनै अधिकार र पद हुँदैन तर प्रत्येक व्यक्ति आफ्नो प्रतिभा र योग्यताद्वारा माथिल्लो पद प्राप्त गर्न सकिन्छ । व्यक्तिगत सम्पत्तिको अधिकार नहुनुको कारणले गर्दा समाजमा विस्तार विस्तारै असमानता समाप्त भएर समानता पैदा हुन्छ र सम्पूर्ण समाज एक वर्गरहित समाजमा परिणत हुन्छ ।

समाजवादी व्यवस्थामा वर्गरहित समाज हुन्छ । सबै मानिस समान हुन्छन् र व्यक्तिगत पुँजी तथा सम्पत्ति राख्ने अधिकार हुँदैन । कुनै पनि व्यक्तिले परिश्रम नगरी कुनै प्रकारको प्रतिफल प्राप्त गर्न सक्दैनन् । समाजवादमा शोषणको कुनै स्थान प्राप्त हुँदैन । अतः कुनै व्यक्तिद्वारा गरेको परिश्रमको फलको उपभोग अरु व्यक्तिले गर्न सक्दैन । समाजवादी अर्थव्यवस्थामा प्रतिस्पर्धा गर्न सम्भव हुँदैन । उत्पादनका सबै साधनहरूमा राज्यको अधिकार हुन्छ । राज्य आफैं साहसी र पुँजीपतिको कार्य गर्दछ र सम्पूर्ण उत्पादनको व्यवस्थाको कार्य सञ्चालन गर्दछ । उत्पादनसँग सम्बन्धित व्यवस्था विभिन्न संस्थाहरू जस्तोः यातायातको साधन, बैंक, बिमा आदि सबैको राष्ट्रियकरण गरिन्छ । यसप्रकार यस व्यवस्थामा कुनै प्रकारको प्रतिस्पर्धा हुँदैन ।

यस व्यवस्थाले आफ्नो श्रमबाट कमाउने धनलाई मात्र राख्न पाइने अधिकार तथा अनुमति दिइन्छ । तर यसको मतलब निजी सम्पत्तिको स्वामित्व पूरा हटाउने होइन । यस व्यवस्थामा सबै मानिसहरूलाई लुगा, फर्निचर, घर आदि राख्ने मौका दिइएको हुन्छ । तर देशको भूमि र मौलिक भारी उपयोगमा राज्यको स्वामीत्व हुन्छ । पुँजीवादी अर्थव्यवस्थामा श्रमिक र पुँजीपतीमा पारस्परिक सहयोग नहुनुको कारणले गर्दा मजदुर र पुँजीपती वर्ग दुई भागमा विभाजित हुन जान्छ । यस व्यवस्थामा मानव–मानवमा असमान व्यवहार हुन्छ र पुँजीपतीले श्रमिक वर्गलाई शोषण गर्ने कार्य गर्दछ । तर समाजवादी व्यवस्थामा यस किसिमको शोषण र भेदभाव कहिल्यै हुँदैन । किनभने यस व्यवस्थाले सबैलाई समान व्यवहार गर्दछ र धनी, गरिब, ठूलो, सानो सबैलाई समान किसिमले व्यवहार गर्दछ र मानव समानताको उद्देश्य र अर्थ मानसिक योग्यताको समानता होइन ।

समाजवादी अर्थव्यवस्थामा सम्पूर्ण अर्थव्यवस्थाको कार्यान्वयन सरकारद्वारा नियन्त्रित हुन्छ र सम्पूर्ण कार्यहरू सार्वजनिकरूपमा हुन्छन् । अतः सार्वजनिक क्षेत्रले राष्ट्रिय आयको अधिकांश भागको उत्पादन र उपभोग आफैंले गर्ने हुन्छ र अर्थव्यवस्थाका मूल बिन्दुहरू पनि सरकारी नियन्त्रणमै रहेको हुन्छ । अतः समाजवादीहरू अर्थव्यवस्थामा बचतको निर्माण र सरकारी बजेट तथा सरकारी कार्यहरूद्वारा नै गरिने हुन्छ । केन्द्रीकृत योजनाबाट अर्थव्यवस्थामा सरकारी बजेट नै त्यो हतियार हो, जसले प्रत्यक्ष रूपमा अर्थव्यवस्थाको प्रत्येक कार्यक्रमको रूपरेखा र बजेट सीमांकनको निर्धारण गर्दछ । त्यहाँ सम्पूर्ण कार्यक्रमको वित्तीय र अन्य क्षेत्रहरूलाई समष्टी रूपमा सरकारी बजेटले दर्शाएको हुन्छ ।

निष्कर्षमा हामी भन्न सक्छौं कि, समाजवाद केवल सामाजिक न्यायको दृष्टिकोणबाट मात्र होइन । यस कारण पनि अनिवार्य हुन्छ कि यसबाट राष्ट्रिय साधनहरूको दुरूपयोगसमेत बन्द हुन जान्छ । समाजवादमा साधनहरूमाथि सरकारी स्वामित्व हुने भएकोले आम्दानीको वितरण धेरै मात्रामा समान हुन सक्दछ । त्यसो हुनाले उपभोक्ताहरूको इच्छामा पनि समानता हुन्छ र तिनीहरूको इच्छा पूर्ति हुन जान्छ । समाजवादमा उत्पादनका साधनको वितरण गर्नमा उपभोक्ताहरूको स्वतन्त्रता हुँदैन भन्ने कुरामा सत्यता छैन । 


प्रकाशित मिति: मंगलबार, असार २, २०८३  १०:५६
प्रतिक्रिया दिनुहोस्
थप विचार
फोन ट्यापिङ अधिकारः आवश्यकता र प्रश्न
फोन ट्यापिङ अधिकारः आवश्यकता र प्रश्न मंगलबार, भदौ २, २०८३
हेलिकप्टर सम्वाद 
हेलिकप्टर सम्वाद  मंगलबार, भदौ २, २०८३
वस्तुनिष्ठताको कसीमा शैक्षिक परामर्श सेवा
वस्तुनिष्ठताको कसीमा शैक्षिक परामर्श सेवा सोमबार, भदौ १, २०८३
महिला सशक्तीकरणः दिगो विकासको मूल आधार
महिला सशक्तीकरणः दिगो विकासको मूल आधार आइतबार, साउन ३१, २०८३
ओखलढुंगाका जालपादेवी र सुकुमालादेवी मन्दिर
ओखलढुंगाका जालपादेवी र सुकुमालादेवी मन्दिर शुक्रबार, साउन २९, २०८३
बाध्यताको परदेश यात्रा
बाध्यताको परदेश यात्रा बिहीबार, साउन २८, २०८३
नारामा सीमित नीति, पलायन हुन बाध्य युवा
नारामा सीमित नीति, पलायन हुन बाध्य युवा बुधबार, साउन २७, २०८३
लोकप्रिय
  • Week
  • Month
वैदेशिक रोजगारीमा कीर्ते गर्नेलाई १२ वर्षसम्म कैदको प्रस्ताव 
वैदेशिक रोजगारीमा कीर्ते गर्नेलाई १२ वर्षसम्म कैदको प्रस्ताव 
कालो पट्टी बाँधेर सरकारविरुद्ध सांकेतिक विरोध 
कालो पट्टी बाँधेर सरकारविरुद्ध सांकेतिक विरोध 
विभागको कार्यालयमा व्यवसायीले दिए धर्ना
विभागको कार्यालयमा व्यवसायीले दिए धर्ना
वीरगञ्जमा भारतको ८०औँ स्वतन्त्रता दिवस उत्साहपूर्वक मनाइयो
वीरगञ्जमा भारतको ८०औँ स्वतन्त्रता दिवस उत्साहपूर्वक मनाइयो
नारामा सीमित नीति, पलायन हुन बाध्य युवा
नारामा सीमित नीति, पलायन हुन बाध्य युवा
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
सरकारले सभापति थापामाथि निगरानी बढाएको कांग्रेसको आरोप
सरकारले सभापति थापामाथि निगरानी बढाएको कांग्रेसको आरोप
व्यवसाय बन्द गर्ने चेतावनीकाबीच थप ८९ म्यानपावरमाथि विभागको कारबाही
व्यवसाय बन्द गर्ने चेतावनीकाबीच थप ८९ म्यानपावरमाथि विभागको कारबाही
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक कृष्ण कार्की
मल्टिमिडिया मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP