Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #८०औँ स्वतन्त्रता दिवस
  • #३२ औं तामाङ प्रसारण दिवस
  • #शेरबहादुर देउवा
  • #नेपाली कांग्रेस
  • #शेरबहादुर देउवा समूह
  • #डा. शेखर कोइराला
  • #‘ए मैना सुनन’
  • #राष्ट्रियसभा
  • #नेपाल इन्भेष्टमेन्ट मेगा बैंक
Search Here
विचार
  • Home
  • विचार
  • हेलिकप्टर सम्वाद 
हेलिकप्टर सम्वाद 
प्रभाव संवाददाता
प्रभाव संवाददाता
वैकुण्ठ भण्डारी
वैकुण्ठ भण्डारी
मंगलबार, भदौ २, २०८३

बानेश्वरको छक्कुबक्कु छेउमा रहेको गोपाल दाइको चिया पसल बिहानदेखि नै भरिभराउ थियो । गोपाल दाइको पसलमा चिया अनि तात्तातो दुनोट खाने पारखीहरु झुरुप्पै थिए । कोही चिया खाँदै थिए, कोही मोबाइलमा फेसबुक चलाउँदै थिए, कोही देश बनाउने जिम्मा सरकारलाई दिएर चुरोट सल्काउँदै थिए ।

मट्याङ्ग्रो पनि चिया दुनोटको पारखी खल्तीमा पैसा भएपछि गोपाल दाइको पसलमा पुगि हाल्छ । सोमबार बिहान पनि भेँडा भाको नोट बोकेर मट्याङ्ग्रो पसलभित्र छिर्‍यो । ‘गोपाल दाइ ! एउटा चिनी कडा चिया बनाइहाल्नुस् त अनि तात्तातो दुनोट । आज देशकै हालत कडा छ !’ गोपाल दाइले चिया बसाउँदै भने, ‘के भयो फेरि ? ग्यासको भाउ बढ्यो कि दुईतिहाइको सरकारमा पनि संकट आइलाग्यो ?’ 

मट्यांग्रोले कुर्सी तानेर बस्दै भन्यो, त्योभन्दा ठूलो कुरा भयो । मन्त्रीज्यूलाई चिसोले रुघा लागे छ ! हेलिकप्टरबाटै उद्धार गर्नु परेछ अनि !’ बैरी पनि त्यहीँ चिया खाँदै थियो । उसले चियाको कप मुडाको तल राख्यो । रुघा त मलाई पनि लागेको थियो । ‘कसैले हेलिकप्टर पठाएन त !’ मट्याङ्ग्रोलाई व्यंग्य गर्‍यो । गएको फागुन २१ गतेको चुनाउपछि बैरी र मट्याङ्ग्रो राम्रोसँग खुलेका छैनन् । अनि छेडछाड गर्न पनि छाडेका छैनन् । मट्याङ्ग्रोले यसो घुर्दै भन्यो, ‘तँ मन्त्री होस् त पहिला !’

गोपाल दाइ हाँसे । ‘रुघा लाग्दा मन्त्रीलाई हेलिकप्टर, जनताको मुटु नै फुट्न लागे पनि स्ट्रेचर छैन । कति फरक छ है नेता र जनतामा ।’ मट्याङ्ग्रोेले तुरुन्तै जवाफ दियो, ‘हुन्छ नि गोपाल दाइ ! ठूलो फरक हुन्छ । सर्वसाधारणलाई रुघा लाग्यो भने सिटामोल खोज्छ । मन्त्रीलाई रुघा लाग्यो भने हेलिकप्टर खोजिन्छ । यही त हो हिजोको लोकतन्त्रदेखि जेन-जी विद्रोहले ल्याएको अहिलेको भोगतन्त्रसम्मको उपलब्धि !’ 

Hardik health

पसलमा सबै हाँसे । मट्याङ्ग्रोे रोकिएन । ‘हामी सानोमा गीत गाउँथ्यौं- ‘गाउँमा कोही छैन...’ भनेर । अहिले गाउँमा गएर हेरेको त मान्छे नै मान्छे ! बूढाबूढी, किसान, महिला, बालबालिका, युवा सबै छन् । गाउँमा नभएको त उपचार गर्न राम्रो अस्पताल र बच्चा पढाउन निजी स्कूल पो हो त !’ बैरीले भन्यो, ‘त्यसो भए गाउँमा मान्छे नभएको होइन रहेछ ?’ ‘किन नहुनु नि ! छन् नि । कहाँ छन् भन्ने कुरा पो हो त ! संघीयतामा मान्छे बस्ने भनेकै आफ्नो ठाउँमा त हो ।’

गोपाल दाइले चिया दिँदै सोधे, ‘अनि मन्त्रीज्यू हेलिकप्टरमा चढेको कुरामा यत्रो हल्ला किन ?’मट्याङ्ग्रोे देब्रे हातमा लिएको दुनोट टोकेर दाहिने हातको चियाको गिलासबाट चिया सुरुप्प पियो । ‘यही सामाजिक सञ्जालका झोलेहरू ! मन्त्री हेलिकप्टर चढेको पनि देख्न नसक्ने । अरे, युवा मन्त्री हुन् । त्यत्रो ठूलो रुघा लागेपछि हेलिकप्टर नचढेर स्ट्रेचर चढ्छन् त ?’ बैरीले तुरुन्तै भन्यो, ‘तर गाउँको सुत्केरी महिला उपचार नपाएर मर्नुपर्दा ?’

मट्यांग्रो एकछिन चुप भयो । ‘भिरबाट खसेको मान्छेले अस्पताल पुग्न नसक्दा ? सिटामोल नपाएर बिरामीले दुःख पाउँदा ?’ मट्याङ्ग्रोेले कप टेबलमा राख्यो । ‘गोपाल दाइ, यो बैरीले आज मेरो राजनीतिक दर्शन नै बिगार्ने भयो !’ गोपाल दाइ हाँस्दै बोले, ‘दर्शन होइन मट्याङ्ग्रोे प्रश्न हो ।’ मट्यांग्रोले गम्भीर हुँदै भन्यो, ‘ठीक छ । मन्त्रीलाई उपचार चाहिन्छ । हेलिकप्टर चाहिन्छ भने चढून् । तर जनतालाईचाहिँ उपचार नपुग्ने, अस्पताल नहुने, एम्बुलेन्स नपुग्ने अनि सरकारको हेलिकप्टरचाहिँ आकाशमा उड्ने । यो प्रश्नचाहिँ जनताले सोध्न पाउनुपर्दछ ।’

त्यत्तिकैमा मोबाइल चलाइरहेको एक युवकले भन्यो, ‘मट्याङ्ग्रोे दाइ, सामाजिक सञ्जालमा मन्त्रीको हेलिकप्टरको फोटो राखेर आलोचना गर्नेहरूलाई पनि गाली गरिएको छ नि ! हेर्नुहुन्छ ?’ ‘सरकारलाई प्रश्न गर्‍यो भने झोले, पत्रकारले प्रश्न गर्‍यो भने विरोधी, सामाजिक सञ्जालमा लेख्यो भने देशद्रोही ! अनि सरकारले जे गर्‍यो त्यही सही ?’ गोपाल दाइले मुस्कुराउँदै भने, ‘त्यसो भए लोकतन्त्रमा जनताले के गर्ने ? जेन-जीको नाममा देश खरानी भएको एक वर्ष पुग्दै छ । दिन नजिकिँदै छ । तर त्यही बलमा बनेको सरकार मौन छ ।’ 

बैरीेले औंला उठाउँदै भन्यो, ‘प्रश्न गर्ने ! गुनासो गर्ने ! हिसाब माग्ने ! गाउँ जाने ! दुई-चार जनाको खुट्टा भाँच्न होइन, व्यवस्थाको खुट्टा कहाँ भाँचिएको छ भनेर हेर्ने !’ बैरीले भन्यो, ‘मन्त्री भइसकेपछि दुई-चार जनाको गालामा मालिस गर्‍यो, दुई-चार जनालाई हप्कायो, फोटो खिचायो अनि आफूलाई जनताको मसीहा सम्झिने होइन । गाउँमा गएर सुत्केरीले उपचार पाइन् कि पाइनन्, बच्चाले पढ्न पाए कि पाएनन्, किसानले मल पाए कि पाएनन् त्यो हेर्नुपर्छ ।’ गोपाल दाइले सोधे, ‘तर जनताले पनि त चुनावमा सोचेर भोट हाल्नुपर्‍यो नि ?’

मट्याङ्ग्रोेले पुर्पुरोमा हात राख्यो । ‘त्यही त सबैभन्दा ठूलो दुःख हो दाइ ! जनता चुपचाप ड्यामड्याम, सुझबुझ नगरी, मान्छे नै नचिनी हिजो घण्टीमा छाप हाने । अनि अहिले आएर सरकारले काम गरेन भनेर हुन्छ ?’  मट्याङ्ग्रोे भन्यो, ‘काम त भइरहेको छ नि ! चार महिनामा नै चार वर्षको काम हुन्छ त ? चित्त नबुझे बोट फिर्ता लैजानुस् भनेर गृहमन्त्रीले भनिसके त !’ गोपाल दाइले हाँस्दै भने, ‘तर नेताहरूको हैसियत पनि त हुन्छ नि !’

मट्याङ्ग्रोे फेरि जोसियो । ‘हैसियत हुनुपर्छ नि !’  उसले थप्यो, ‘सयौं तोला सुन भएको युवा मन्त्री बनेपछि रुघा लाग्दा हेलिकप्टर चढ्ला । दिशा लाग्दा पनि हेलिकप्टर चढ्ला । रिस गरेर हुन्छ ?’ बैरीले सोध्यो, ‘अनि गरिब जनता नि ? भोट बैंक बनेका सुकुमबासी, अनि अहिले ग्यासको लाइनमा रोएर बसेका नागरिकहरु नि ?’  मट्याङ्ग्रा अलि गम्भीर बन्यो । मलिन स्वरमा भन्यो, ‘जसको जति भाग्य हुन्छ, त्यसले त्यति नै पाउने हो !’

गोपाल दाइले भने, ‘यो वाक्यचाहिँ अलि खतरनाक भयो ।’ मट्याङ्ग्रोेले हाँस्दै भन्यो, ‘व्यंग्य हो दाइ ! यही त हाम्रो राज्यको वास्तविक व्यंग्य हो ।’ ‘कहिलेकाहीँ नचाहेर पनि समर्थन गर्नुपर्ने रैछ । कसैलाई रुघा लाग्दा हेलिकप्टर तयार हुन्छ, कसैलाई सुत्केरी व्यथा लाग्दा स्ट्रेचर खोज्दै गाउँ डुल्नुपर्छ । पदमा भएकालाई सामान्य चोट लाग्दा विशेषज्ञ विदेशी अस्पताल, जनतालाई गम्भीर चोट लाग्दा स्वास्थ्य चौकीमै भगवान् भरोसा !’ गोपाल दाइले चियाको गिलास अगाडि सार्दै भने, ‘ल, अर्को चिया खा । आज त तेरो व्यंग्य अलि गम्भीर भयो । यो चियाचाहिँ मेरो तर्फबाट अनुदान !’

मट्याङग्रोले चिया उठायो । ‘गम्भीर नहुने हो भने हाम्रो व्यंग्य पनि हेलिकप्टरजस्तै हुन्छ, माथिबाट उड्छ, तलको दुःख देख्दैन ।’ मट्याङ्ग्रोले बैरीलाई भन्यो, ‘तर मन्त्रीको हेलिकप्टरप्रति तेरो रिसचाहिँ अझै छ ।’ बैरीले हाँस्दै भन्यो, ‘रिस छैन यार ! सके आफू पनि चढ्नु ! नसके घरभित्र मर्नु ! समस्या हेलिकप्टर चढ्नु होइन । समस्या के हो भने, कसैका लागि हेलिकप्टर तुरुन्तै आउँछ, कसैका लागि एम्बुलेन्स पनि आउँदैन भन्नेमात्र हो ।’  गोपाल दाइले टेबल ठटाउँदै भने, ‘वाह ! यही हो कुरा !’ बैरीले उठ्दै भन्यो, ‘अब म जान्छु । बबरमहलमा गएर लाइन बस्नु छ । आज ग्यास बाँड्ने रुटिन छ ।’

मट्याङ्ग्रोले सोध्यो, ‘केमा जाने ?’‘बसमा,’ बैरीले सहज उत्तर दियो ।  ‘हेलिकप्टरमा होइन ?,’ मट्याङ्ग्रो हाँस्यो ।  बैरीले फेरि झट्का हान्यो, ‘त्यो हेलिकप्टर तेरो मन्त्रीका लागि छोडिदे । हामी त जनता । ग्यासको लाइन, बसको लाइन, अस्पतालको लाइन, पासपोर्टमा लाइन, जहाँ लाइन हुन्छ, त्यहीँ हाम्रो लोकतन्त्र भेटिन्छ !’ गोपाल दाइ टेबुलको गिलास उठाउँदै बोले, ‘जय होस् युवा पुस्ताको ! जय होस् युवा सरकारको ! अनि सबैभन्दा ठूलो जय होस् । चुपचाप ग्यासको लाइनमा बसेर पनि कर तिर्ने नेपाली जनताको !’
 


प्रकाशित मिति: मंगलबार, भदौ २, २०८३  १२:१२
प्रतिक्रिया दिनुहोस्
थप विचार
फोन ट्यापिङ अधिकारः आवश्यकता र प्रश्न
फोन ट्यापिङ अधिकारः आवश्यकता र प्रश्न मंगलबार, भदौ २, २०८३
वस्तुनिष्ठताको कसीमा शैक्षिक परामर्श सेवा
वस्तुनिष्ठताको कसीमा शैक्षिक परामर्श सेवा सोमबार, भदौ १, २०८३
महिला सशक्तीकरणः दिगो विकासको मूल आधार
महिला सशक्तीकरणः दिगो विकासको मूल आधार आइतबार, साउन ३१, २०८३
ओखलढुंगाका जालपादेवी र सुकुमालादेवी मन्दिर
ओखलढुंगाका जालपादेवी र सुकुमालादेवी मन्दिर शुक्रबार, साउन २९, २०८३
बाध्यताको परदेश यात्रा
बाध्यताको परदेश यात्रा बिहीबार, साउन २८, २०८३
नारामा सीमित नीति, पलायन हुन बाध्य युवा
नारामा सीमित नीति, पलायन हुन बाध्य युवा बुधबार, साउन २७, २०८३
लोकप्रिय
  • Week
  • Month
वैदेशिक रोजगारीमा कीर्ते गर्नेलाई १२ वर्षसम्म कैदको प्रस्ताव 
वैदेशिक रोजगारीमा कीर्ते गर्नेलाई १२ वर्षसम्म कैदको प्रस्ताव 
कालो पट्टी बाँधेर सरकारविरुद्ध सांकेतिक विरोध 
कालो पट्टी बाँधेर सरकारविरुद्ध सांकेतिक विरोध 
विभागको कार्यालयमा व्यवसायीले दिए धर्ना
विभागको कार्यालयमा व्यवसायीले दिए धर्ना
वीरगञ्जमा भारतको ८०औँ स्वतन्त्रता दिवस उत्साहपूर्वक मनाइयो
वीरगञ्जमा भारतको ८०औँ स्वतन्त्रता दिवस उत्साहपूर्वक मनाइयो
नारामा सीमित नीति, पलायन हुन बाध्य युवा
नारामा सीमित नीति, पलायन हुन बाध्य युवा
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
सरकारले सभापति थापामाथि निगरानी बढाएको कांग्रेसको आरोप
सरकारले सभापति थापामाथि निगरानी बढाएको कांग्रेसको आरोप
व्यवसाय बन्द गर्ने चेतावनीकाबीच थप ८९ म्यानपावरमाथि विभागको कारबाही
व्यवसाय बन्द गर्ने चेतावनीकाबीच थप ८९ म्यानपावरमाथि विभागको कारबाही
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक / सम्पादक कृष्ण कार्की
मल्टिमिडिया मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP