मुलुकको विकासको ऊर्जा वा शक्ति युवालाई उत्साहित, प्रोत्साहित र उद्यमी बनाउने खालका ठोस कार्यक्रम ल्याउन सकिएको छैन । युवालाई सीपसँग जोड्ने, रोजगारीसँग गाँस्ने, उद्यमी बनाउने तथा नवप्रवर्तनका क्षेत्रमा प्रोत्साहन गर्ने, खेलकुद र अन्तर्राष्ट्रियता भावनाको विकास गर्ने दिशामा राष्ट्रिय युवा परिषद्ले केही गर्नुप¥यो । मुलुकको सक्रिय जनसंख्या युवा हुन् । यिनीहरुको सीप र ज्ञानको भरपुर उपयोग गरिनुपर्दछ । हजारौं युवा रोजगारीका लागि विदेश पलायन हुनु ठूलो चुनौती हो ।
विश्वमञ्चमा युवाका आवश्यकता, समग्र विकास र परिवर्तनका दिशामा युवाको भूमिकालाई सम्बोधन गर्ने दिशामा कार्य हुनुपर्दछ । विकास र परिवर्तनतर्फका साझा प्रयास र वर्तमानका चुनौतीलाई सामना गर्नेतर्फ विश्वमञ्चको दृष्टिकोण कुनै न कुनै रुपमा युवाप्रति लक्षित भएको नै छ । विश्वको दोस्रो आर्थिक शक्ति चीन तथा उदाउँदो ठूलो अर्थतन्त्रको निकट छिमेकी मुलुक भारतका विकास र समृद्धिका अजस्र सम्भाव्यताबाट लाभ लिनसक्ने मुलुक हो । विज्ञानका नविनतम् खोज, अनुसन्धान तथा प्रविधिको उपयोग विकास र रुपान्तरणमा युवाको आवश्यकताबोध गर्ने आधार हो ।
अन्तर्राष्ट्रिय युवा दिवसको थालनी सन् १९९८ को अगस्टमा पोर्चुगलको राजधानी लिस्बनमा आयोजित विभिन्न देशका युवा मन्त्रालय हेर्ने मन्त्रीहरुको विश्व सम्मेलनले सर्वसम्मतरुपमा सुझावसहित पारित गरेको प्रस्तावका सुझावका आधारमा सन् १९९९ को डिसेम्बरमा भएको संयुक्त राष्ट्रसंघको साधारणसभाले सर्वसम्मतरुपमा पारित गरेको प्रस्तावअनुसार प्रत्येक वर्षको अगस्ट १२ तारिखलाई अन्तर्राष्ट्रिय युवा दिवसको रुपमा मनाउँदै आइएको छ । यस दिवसलाई सार्थकता दिन युवालाई उद्यमशीलता, नवप्रवर्तन, विकासमा साझेदारीजस्ता क्षेत्रमा युवाको भूमिका र समुदायका आवश्यकता परिपूर्तिमा तिनका योगदानलाई बढावा दिने ध्येयका सन्देश प्रवाह गर्नुछ ।

विश्वमञ्च र युवा
युवाका आयामिकता र विषयलाई सम्बोधन गर्ने गरी सन् १९९९ देखि हरेक वर्षको अगस्ट १२ मा अन्तर्राष्ट्रिय युवा दिवस संयुक्त राष्ट्रसंघले सुरू गरेपश्चात् नेपालमा पनि सरकारीस्तरमा वि.सं. २०७३ देखि औपचारिकरुपमा यो दिवस युवालक्षित विविध कार्यक्रम गरी मनाउँदै आइएको छ । विद्यमान युवा नीतिमा निकै हदसम्म युवा विकास तथा रोजगारमूलक जनशक्तिलाई स्वदेशमा उपयोग गर्ने दिशामा राम्रा तथा सारभूत कार्यक्रमलाई कार्यान्वयन गर्न सकिएको खण्डमा रोजगार, सीप आर्जन तथा अध्ययनका लागि बर्सेनि लाखौं युवा विदेशमा जाने, हजारौं युवा जनशक्ति पलायन हुने परम्परालाई निरुत्साहित गर्न सकिन्थ्यो कि ?
अन्तर्राष्ट्रिय परिवेशमा युवाको पहिचान र राष्ट्र निर्माणको महाअभियानमा युवाको योगदानलाई विश्वमञ्चले विशेष प्राथमिकतामा राखेर युवा वर्गको विकास, उनीहरुका सीप र ज्ञान तथा नवीनतम् प्रविधिमैत्री कार्यक्षमताको यथोचित् उपयोग र विकासको अभियानमा उनीहरुलाई पहिलो प्राथमिकतामा राखी नवनिर्माण र समृद्धिको ढोका खोल्नुपर्दछ भन्ने मान्यताले विशेष महŒव राख्यो । संयुक्त राष्ट्रसंघलगायत विश्व युवा संघले युवा वर्गको विकास र उनीहरुमा अन्तरनिहित अज्रस कार्य शक्ति र क्षमताको अधिकतम उपयोग तथा सकारात्मक सोच र चिन्तनको संस्थागत विकास गरी समृद्ध र शान्तिपूर्ण विश्व निर्माणमा विश्वका सकल युवा वर्ग लक्षित कार्यक्रमको समन्वयात्मक र प्रभावकारी कार्यान्वयन आजको आवश्यकता हो ।
विकास र परिवर्तनतर्फका साझा प्रयास र हामीबीच अंकुर भएका यावत् चुनौतीलाई सामना गर्ने दिशामा विश्वमञ्चको दृष्टिकोण कुनै न कुनै रुपमा हाम्रा युवाप्रति लक्षित भएको नै छ । नेपालले पनि अन्तर्राष्ट्रिय मञ्चमा गरेका प्रतिबद्धता र मुलुकको विकासमा युवाको भूमिकालाई मध्यनजर राखी कार्य वातावरण संस्थागतरुपमा राष्ट्रिय युवा परिषद् तथा समान प्रकृतिका संस्थाको नेतृत्वका कार्य थालनी गरिए पनि त्यसको प्रभावकारिता र विकासको मूल प्रवाहमा नेपाली युवालाई समाहित गर्ने अभियानतर्फ अझ धेरै गरिनुपर्ने देखिन्छ ।
युवा तथा रोजगारीको वातावरण
युवाको पेचिलो समस्याका रुपमा रोजगार तथा आर्जित सीप र ज्ञानको यथोचित् उपयोगको वातावरण निर्माण नै हो । नेपाली युवा रोजगारीका लागि बर्सेनि हजारौंका संख्यामा मध्यपूर्वका खाडी मुलुक, मलेसिया तथा दक्षिण कोरिया, पूर्वी युरोपका गन्तव्य मुलुकमा कृषि, औद्योगिक, निर्माण तथा सेवा क्षेत्रमा रोजगारीका लागि गइरहेका छन् । यस्ता रोजगारीका गन्तव्य मुलुकमा गइरहेका युवाको रोजगारीको ग्यारेण्टी, तलब र ज्यालाको न्यायोचित व्यवस्थापन, सुरक्षाको प्रत्याभूति र कार्यस्थलमा दुर्घटना भएमा यथोचित् उपचारको व्यवस्थाका लागि नेपाल सरकारको सम्बन्धित निकायले जुन तदारुकताका साथ कार्य गर्नु पर्दथ्यो त्यसअनुसार कार्य गर्न नसकिएको व्यापक गुनासो छ । यस्ता यावत् विषय र प्रसंगमा सम्बन्धित देशमा कार्यरत राजदूतावास, श्रम सहचारीलगायतका निकायको ध्यान पुग्नुपर्दछ । नागरिकको सुरक्षित कार्य वातावरण, सेवा सुविधाको न्यायोचित वितरणलगायतका क्षेत्रमा सम्बन्धित सरकारी निकायले स्पष्ट कार्यनीतिक योजनाअनुसार अन्य सरोकारवाला निकायसँगको सहकार्यमा परिणाममुखी कामको अपेक्षा गरिएको छ ।
नेपालको सन्दर्भमा युवालाई विकासको साझेदारी र परिवर्तनको सम्वाहकका रुपमा महŒव दिएर युवाकेन्द्रित कार्यक्रमलाई सरकारको नीतिगत कार्यक्रममा पनि समावेश गरिएको छ । नेपालका युवाहरुको विकास तथा उनीहरुमा रहेका सिर्जनशीलता, ऊर्जा र विकासमा पु¥याउनसक्ने योगदानको सम्भाव्यतालाई मनन गरी केही वर्षअघि नै तत्कालीन युवा तथा खेलकुद मन्त्रालयले संस्थागतरुपमा युवाकेन्द्रित कार्यक्रमहरु सञ्चालन गर्दै आएको थियो । तर ती युवालक्षित कार्यक्रमहरु सोचेजस्तो प्रभावकारी हुन सकेनन् । कार्यान्वयनका दिशामा भए गरेका कमी कमजोरीको मिहीन समीक्षा गरी आगामी कार्यक्रममा निखारता ल्याउन सक्नुपर्दछ । सरकारीस्तरमा नै युवा तथा खेलकुद मन्त्रालयको अगुवाइमा विगतका वर्षहरुदेखि नै युवालक्षित कार्यक्रमहरु अघि नबढेका होइनन् । विकासको मेरुदण्डका रुपमा रहेका युवाहरुको समयानुकूल विकास र तिनका सीप, शिक्षा तथा ज्ञानको ठोस रुपान्तरण सन्दर्भमा सरकारी निकायले आफ्ना कार्यक्रम तथा नीतिगत योजनामा युवालक्षित कार्यक्रमलाई यथोचित् बजेट विनियोजन, रोजगारीका अवसरको सिर्जना तथा उद्यमशील जनशक्ति निर्माणका दिशामा सार्थक प्रयास हुने थियो । पछिल्लो जनगणना २०७८ को तथ्यांकअनुसार युवा जनशक्ति भएका विश्वका उच्च स्थानका मुलुकमा नेपाल पनि अग्रपंक्तिमा पर्दछ । लाखौं युवा जनशक्तिको उचित र सम्मानजनक परिचालन र राष्ट्र निर्माणमा अवसरको सिर्जनामा वर्तमान गठबन्धन सरकारले प्राथमिकताका साथ कार्य गरोस् । युवाका भरोसा परालको त्यान्द्रोजस्तो नहोस् ।
सर्जनशीलता, ऊर्जा र मुलुकको समृद्धि तथा २१औं शताब्दीको चुनौती समाना गर्न सक्ने जनशक्ति युवा हो । रोजगारीका अवसरको सिर्जना तथा स्वावलम्बी र उद्यमशील युवा जनशक्ति निर्माणका दिशामा निरन्तरता पाउन सकेको खण्डमा विकसित र समृद्ध नेपाल बनाउन सकिन्छ । नवप्रवर्तनकारी, सिर्जनात्मक सोच, उद्यमशील कर्मजीवि युवा जमातलाई मुलुक निर्माणको अभियानमा अघि बढाऔं । मुलुकले विकास र समृद्धि तथा रचनात्मक चिन्तन, सोच, भविष्यद्रष्टा ऊर्जावान् युवाको कार्य वातावरण र निर्माणात्मक अवधारणा बोकेका युवाका सीप र जाँगरको मुलुक निर्माणको महाअभियानमा समाहित हाम्रो ध्येय हुनुपर्छ । इमान्दार, कर्मशील तथा मुलुकको माटोलाई आत्मसात् गर्ने युवाशक्तिको परिचालन गरौं । नवनिर्माणको अभियानको संस्थागत विकास खोजेको छ । फितलो प्रवृत्ति र कार्य वातावरणले मुलुक उँभो लाग्दैन । युवालाई दायित्वबोध गर्ने वातावरण राज्यले निर्माण गरिदियोस् ।
मुलुकको विकासको ऊर्जा वा शक्ति युवालाई उत्साहित, प्रोत्साहित र उद्यमी बनाउने खालका ठोस कार्यक्रम ल्याउन सकिएको छैन । युवालाई सीपसँग जोड्ने, रोजगारीसँग गाँस्ने, उद्यमी बनाउने तथा नवप्रवर्तनका क्षेत्रमा प्रोत्साहन गर्ने, खेलकुद र अन्तर्राष्ट्रियता भावनाको विकास गर्ने दिशामा राष्ट्रिय युवा परिषद्ले केही गर्नुप¥यो । मुलुकको सक्रिय जनसंख्या युवा हुन् । यिनीहरुको सीप र ज्ञानको भरपुर उपयोग गरिनुपर्दछ । हजारौं युवा रोजगारीका लागि विदेश पलायन हुनु ठूलो चुनौती हो । युवाका मागलाई सम्बोधन गरौं, यहीँ काम, दाम र सम्मानको परम्परालाई संस्थागत गरौं । सरोकारवाला निकायको चुस्त समन्वय र सहकार्य रहोस् । सहयोगका क्षेत्र विस्तार गरेमा केही परिवर्तनको आभाष पाउन सकिन्छ ।
विकसित देशका युवाका आवश्यकता तथा अतिकम विकसित एसिया, अफ्रिका तथा ल्याटिन अमेरिकी देशका युवाको आवश्यकताको पहिचान तथा विद्यमान विश्व व्यवस्थामा तिनका क्षेत्रगत समस्यालाई सम्बोधन गरिएको पाइन्छ । संयुक्त राष्ट्रसंघलगायतका निकायको प्रयासमा सम्बन्धित देशले युवा विकास तथा युवा परिचालन नीतिगत कार्यक्रमलाई कार्यान्वयनमा ल्याउने दिशामा प्रभावकारी काम गर्न विलम्ब गरिनु हुँदैन । साझा प्रयास र प्रतिबद्धता आजको आवश्यकता हो । भोलिको सुन्दर भविष्यको कोरा कल्पनामामात्र हामीले हाम्रो शक्ति र ऊर्जा खर्च गर्ने समय छैन ।
युवा नीति–२०७२, युथ भिजन–२०२५ तथा अन्तर्राष्ट्रिय कानुन र युवालक्षित मुद्दा कार्यान्वयनले सोचेजस्तो व्यावहारिक कसीमा आउन नसकेको भोगाइ छ । युवालक्षित नीति तथा कार्यक्रमले युवामा आशा र भरोसा दिन सकेको छैन । युवा र २१औं शताब्दीका चुनौतीलाई सम्बोधन गर्ने दिशामा ठोस कदम चाल्न नसकिनु विडम्बना हो । नेपालका युवाहरुमा देखिएको विकराल समस्या लागुपदार्थ दुव्र्यसन, बेरोजगारीलगायतका समस्याको पेचिलो सम्बोधन र यस्ता समस्याको दिशामा कार्यक्रम परिलक्षित हुनुपर्दछ । जसका लागि विद्यालयस्तरदेखि नै खेलकुद तथा स्वस्थ मनोरञ्जन र युवाहरुलाई नवीन सिर्जनात्मक कार्यमा लगाउने दिशामा सम्बन्धित निकायको ध्यान पुग्नुपर्दछ । युवालाई विकास तथा सिर्जनाका क्षेत्रमा अभिमुख गर्न उनीहरुको मनोवल उच्च राख्ने सवालमा सरोकारवाला निकायले युवामैत्री वातावरण बनाउने कार्यको प्रभावकारिता पनि हो ।
प्रचलित युवा नीतिको सवल कार्यान्वयन गरे एक हदसम्म रोजगार, सीप आर्जन तथा अध्ययनका लागि बर्सेनि हजारौं युवा विदेशमा जाने, सयौं युवा जनशक्ति पलायन हुने परम्परालाई निरुत्साहित गर्न सकिन्थ्यो कि ? युवा दिवस मनाउनुले साार्थकता पाउने थियो । युवा परिवर्तनका सम्वाहक हुन्, परिवर्तनका अनुयायी र ‘चेञ्ज मेकर’को रुपमा नेपाली युवालाई राष्ट्र निर्माणको मूलधारमा ल्याउने दिशामा जुझारु र क्रियाशील बनाउन ठोस कार्यक्रमले अवश्य पनि मद्दत गर्ने छ । हाम्रा इच्छाशक्ति, कार्ययोजना तथा युवालक्षित कार्यक्रमको कार्यान्वयन अनिवार्य सर्त रहला । साझा चिन्तन, नवीनतम् आयाम र इच्छाशक्तिको प्रयोग हुनु छ ।
युवा परिवर्तनका सम्वाहक हुन् । परिवर्तनका अनुयायी र प्रवद्र्धनकर्मीका रुपमा लिइएका र नेपाली युवाले अझ धेरै गर्नुपर्ने समय आएको छ । राष्ट्र परिवर्तनको मूलधारमा ल्याउने दिशामा हाम्रा युवालाई जुझारु र क्रियाशील बनाउन सकिन्छ । जसका लागि इच्छाशक्ति, स्पष्ट कार्ययोजना तथा युवालक्षित कार्यक्रमको योजनाबद्ध कार्यान्वयनमा सबैको समान दायित्वबोध हुनुपर्दछ । हाम्रो साझा चिन्तन र मनन यसै दिशातर्फ परिलक्षित हुनुपर्दछ ।